२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

मिर्गौलामा समस्या हुनै नदिन के गर्ने ?


८८८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक २७, शनिबार मा प्रकाशित २ साल अघि
  • मिर्गौला स्वस्थ राख्न दैनिक सेवन गर्ने परिकार तथा खाद्यान्न स्वस्थ हुनुपर्छ । अस्वस्थ कर खानाले शरीरका सम्पूर्ण अंगमा असर पुर्‍याउँछ । अस्वस्थ कर खाना खाँदा मिर्गौलामा क्षति पुग्न सक्छ । यस्तोमा मिर्गौलामा हुने क्षति कम गर्न के गर्ने त ?

    क) जथाभाबी रूपमा दुखाइ कम गर्ने औषधि सेवन नगर्ने ।

    ख) चिकित्सकको परामर्श बिना कुनै पनि औषधी नखाने ।

    ग) घर बाहिरका खानेकुरा, जंकफुड, प्याकेट बन्द खानेकुरा खानेकुरा नखाने ।

    घ) घरमा पनि तारेको, डिप फ्राइड, मसलादार खानेकुरा नखाने ।

    ङ) नियमित शारीरिक परीक्षण र नियमित शारीरिक व्यायाम गर्ने ।

    च) गर्मी मौसममा पर्याप्त पानी पिउने ।

    छ) धेरै बेर पिसाब रोकेर नराख्ने ।

    मिर्गौलामा समस्या हुँदा देखिने लक्षण :

    – खान मन नलाग्ने

    – वाकवाक लाग्ने

    – शरीर धेरै सुन्निने

    – पिसाबमा फिँज आउने

    – पिसाब कम हुने

    – पिसाब धेरै लाग्ने

    – कोखा सुन्निने

    – आँखा तिरमिर हुने

    – खुट्टा सुन्निने

    – शरीरमा रगत कम भएर शरीर सेतो देखिने

    – सास फेर्न गाह्रो हुने

    – छाती दुख्ने ।

    माथिका लक्षणहरू देखा परेमा मिर्गौला रोगको शङ्का गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा तुरुन्त चिकित्सकसँग परीक्षण गराउनुपर्छ ।

    मिर्गौलासम्बन्धी रोग लाग्ने कारणमा मधुमेह, उच्च रक्तचाप, पत्थरी, वंशाणुगत रोग, अव्यवस्थित तथा अस्वस्थ कर खानपान, अव्यवस्थित जीवनशैली प्रमुख हुन् । मिर्गौलासम्बन्धी रोग लाग्न नदिन रक्तचाप र मधुमेहको नियमित परीक्षण गर्ने, ४० वर्ष कटेका मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले ६-६ महिनामा मिर्गौला परीक्षण गराउनुपर्छ । यस अलावा शरीर स्वस्थ राख्न र अन्य रोगबाट बच्न जीवनशैली व्यवस्थित बनाउनु पर्दछ । यस अलावा खानपान र व्याममा पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ । अन्यथा शरीरमा विभिन्न रोग लाग्न सक्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार