२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

‘भिटामिन बी–१२’ को तौलसँग सम्बन्ध छ कि छैन ?


१०२७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर २९, बुधबार मा प्रकाशित २ साल अघि
  • आर.एल.श्रेष्ठ
    हाम्रो दैनिक जीवनयापनका क्रममा खाने खानाका कारण तौल बढ्ने गर्छ । त्यसैले स्वस्थ्य तौलका लागि खानामा परिवर्तन गर्नु आवश्यक छ । तर, कहिले काँही स्वस्थ्य खाना खाँदा पनि तौल बढ्न सक्छ । यसका साथै, भिटामिन बी–१२ को कमीले पनि तौल बढ्न सक्छ ।
    के हो त भिटामिन बी–१२
    शरीरका लागि भिटामिन बी १२ ले पौष्टिक तत्वको रुपमा काम गर्छ । पानीमा घुलनशिल हुने यो भिटामिन शरीरका विभिन्न गतिविधिमा आवश्यक पर्छ । यसले रातो रगत सेल, डीएनए जस्ता तत्वहरु शरीरमा निर्माण गर्नका लागि मद्दत गर्छ । यसका साथै, नर्भ सिस्टमलाई पनि क्रियाशिल बनाउँछ । यसका लागि भिटामिन बी १२ निकै जरुरी हुन्छ ।
    संसारमा धेरैजसो जनसंख्या भिटामिन बी १२ को कमीबाट जुधिरहेका छन् । यो समस्या शाहाकारी र शाहाकारी खाना खनेमा बढी हुने गर्छ । भिटामिन बी १२ जनावरको मासुमा पाइन्छ । र, शाहाकारीका लागि भिटामिन बी १२ प्राप्त गर्नका लागि कम स्रोत हुन्छ ।
    भिटामिन बी १२ को मात्रा निकै कम भए पनि शरीरका लागि भरपुर हुन्छ । जब हामी धेरै भिटामिन बी १२ को सेवन गर्छौ तब शरीरले उक्त भिटामिन सबै कलेजोमा जम्मा गर्छ । जसले गर्दा यो भिटामिनको अपर्याप्त सेवनले हुने साइड इफेक्टका कारण बन्नका लागि एक वर्ष लाग्छ । जो व्यक्तिमा भिटामिन बी १२ को कमि हुन्छ उसलाई थकान महसुस हुने, सास फेर्न गाह्रो हुने, मुटुको चाल असामान्य हुने, मुड परिवर्तन हुने, ध्यान भंग हुने जस्ता समस्या हुन्छ भने तौलमा वृद्धि हुने पनि खतरा हुन्छ ।

    भिटामिन बी १२ को कमी र तौल बढ्नु

    भिटामिन बी १२ को कमिले तौलमा वृद्धि हुने सम्भावना रहन्छ । अत्यधिक तौल भएका व्यक्तिहरुमा भिटामिन बी १२ को मात्रा सामान्य बीएमआई भएका व्यक्तिको तुलनामा कम पाइन्छ । मेटाबोलिज्म प्रोटिन र फ्याटका लागि भिटामिन बी १२ अत्यन्त जरुरी मिनरल हो । यसले तौल बढ्नका लागि थोरै प्रभाव पार्न सक्छ ।
    भिटामिन बी १२ को कमिले तौलमा वृद्धि हुने सम्बन्ध पत्ता लगाएको छ । एक अनुसन्धानका अनुसार अत्यधिक तौल भएका व्यक्तिहरुमा भिटामिन बी १२ को मात्रा सामान्य बीएमआई भएका व्यक्तिको तुलनामा कम पाइन्छ । मेटाबोलिज्म प्रोटिन र फ्याटका लागि भिटामिन बी १२ अत्यन्त जरुरी मिनरल हो । यसले तौल बढ्नका लागि थोरै प्रभाव पार्न सक्छ ।
    त्यसैगरी भिटामिन डीले हड्डी, दाँत र मांसपेशीलाई बलियो र स्वास्थ्य बनाउन सहयोग गर्छ । वैज्ञानिकहरूले उक्त भिटामिनले रोग प्रतिरोधात्मक प्रणालीलाई पनि सुदृढ पार्न सक्ने विश्वास गर्न थालेका छन् । भिटामिन डीलाई ’सनशाइन भिटामिन’ भनिन्छ । यो पोषक तत्वले हाम्रो छाला सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा बन्छ ।
    मानिसको ’मेटाबलिजम’ प्रवेश गरेपछि यसले क्याल्सीअम र फस्फेटजस्ता तत्त्वलाई ग्रहण गर्न शरीरलाई सहयोग गर्छ । यी तत्त्वहरू स्वस्थ दाँत, मांसपेशी र हड्डीका लागि अत्यावश्यक भएको अनुसन्धानले देखाएको छ । अध्ययनहरूले गम्भीर प्रकृतिका रिकेट्स, अस्टिओमलेशीआ र अस्टिओपरोसिस जस्ता हड्डीसम्बन्धी रोगहरू गम्भीर रूपमा भिटामिन डीको अभाव हुनुको परिणाम भएको निष्कर्ष निकालेका छन् ।
    मान्छेको प्रतिरक्षा प्रणाली ’बूढो हुने प्रक्रिया’ लाई कसरी सुस्त बनाउन सकिन्छ । भिटामिन डीको अभावले मानिसहरूलाई सङ्क्रमण बढ्ने जस्ता समस्या देखा पर्न सक्छ । “विगत दुई दशकमा भिटामिन डीले हाम्रो अस्थिपञ्जर प्रणालीबाहेक अन्यत्र पनि महत्वपूर्ण काम गर्छ छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार