२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

निन्द्रामा झस्कने समस्याबाट जोगीने ७ उपाय


५२६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    कतिपय मानिसमा निद्रामा झस्किने समस्या हुने गर्दछ । तर मानिस किन निद्रामा झस्किन्छन्, यस बिषयको ठोस कारण अझै सम्म वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् ।

    केहिले निद्रामा झस्कनुको कारण मनोसामाजिक तथा मानसिक कारण बताउँछन् भने केहिले यो समस्या तनावका कारण हुने भन्दछन् । तथापि मानिस किन निद्रामा झस्किन्छ, त्यसको यकिन कारण भने पत्ता लागेको छैन । राति राम्रोसँग निद्रा नपर्ने, पातलो निद्रा हुने, नराम्रो सपना देखिने र शारीरिक समस्याका कारण मानिस निद्रामा झस्किन्छन् ।

    मानसिक तनाव भएका ब्यक्ति वा अधिकाशं चिन्तामा रहने मानिसलाई निद्राबाट झस्किएर सुत्न गाह्रो हुने गर्दछ । यस्तो समस्या हुदाँ निद्राको बीचबीचमा बिउझिने, डर लाग्ने, उठ्दा पसिनै–पसिना हुने र श्वास फेर्न गाह्रो हुने गर्दछ । यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखा पर्छ । कहिलेकाही पहिला कुनै ठूलो घटना भएको छ भने त्यसको झझल्को आएर पनि मानिसहरु निद्रामा झस्किने गर्दछन् ।

    अझ रक्सी र लागुऔषध धेरै खाने मानिसहरुमा पनि यस्तो समस्या आउन सक्छ । कतिपय निद्राको औषधि सेवन गर्ने मानिसमा पनि यस्तो समस्या आउन सक्छ ।

    कसरी बच्ने ?

    निद्रामा झस्कने बानीबाट बच्नका लागि सुरुमा आफू किन निद्रामा झस्किन्छु भन्ने कारण थाहा पाउन जरुरी हुन्छ । यसको कारण पत्ता लगाएर उपचार सुरु गरेमा निद्राबाट झस्कने समस्या विस्तारै कम भएर जान्छ । यी कुरामा ख्याल गरेमा निद्रामा झस्किने समस्याबाट बच्न सकिन्छ ।

    १. बेलुका सुत्ने तालिका सधैँ एउटै बनाउने र उठ्ने समय पनि एउटै पार्ने ।

    २. बेलुका सुत्ने बेलामा कफी, रक्सी, धुमपानको सेवन नगर्ने ।

    ३. आफू सुत्ने कोठा शान्त राख्ने साथै बेडमै बसेर टिभी हेर्ने वा पढ्ने बानी त्याग्ने ।

    ४. सुत्ने कोठामा बत्ति नबाल्ने, बाल्नु परेपनि कम चम्किलो बत्ति मात्र बाल्ने ।

    ५. भविष्य, काम, अध्ययन वा पारिवारिक चिन्ता कम गर्ने, सकेसम्म तनाव नलिने ।

    ६. दैनिक बिहान न्युनतम आधा घण्टा शारीरिक ब्यायाम गर्ने वा हिँड्ने बानीको विकाश गर्ने ।

    ७. दिउँसो सुत्ने बानी छ, त्यसलाई बिस्तारै हटाउने, आफूलाई दिनभर व्यस्त राख्ने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार