२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

६ महिनामा १ खर्ब सार्वजनिक ऋण भुक्तानी


८८०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन २, मंगलबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा सावाँ ब्याज गरी १ खर्ब बढी सार्वजनिक ऋणको भुक्तानी गरेको छ । साउनदेखि पुस मसान्तसम्म सरकारले आन्तरिक तथा बाह्य ऋणको ६४ अर्ब ५ करोड ४ लाख रुपैयाँ सावाँ र ३७ अर्ब ८३ करोड ६५ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको हो ।

    समीक्षा अवधिमा सबैभन्दा बढी आन्तरिक ऋणको ८३ अर्ब ३ करोड ५३ लाख रुपैयाँ भुक्तानी भएको छ भने बाह्य ऋणतर्फ १८ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

    आन्तरिकतर्फ ४९ अर्ब ४२ करोड २० लाख रुपैयाँ सावाँ र ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ ब्याज भुक्तानी भएकोमा बाह्यतर्फ क्रमशः १४ अर्ब ६२ करोड ८३ लाख र ४ अर्ब २२ करोड ३२ लाख रुपैयाँ सावाँ ब्याज भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार