२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

‘सकारात्मक सोचका साथ अघि बढ्यौ भने सफलतापुर्वक सञ्चालन गर्न सकिन्छ ’


३४९७ पाठक संख्या

नाम : केशब बन्जारा ठेगानाः पनौती नगरपालिका – ८ , खरिबोट , हाल बनेपा ,

  • नवसंकेत अनलाईन
  • २०७३ कार्तिक २८, आईतबार मा प्रकाशित ७ साल अघि
  • नाम : केशब बन्जारा
    ठेगानाः पनौती नगरपालिका – ८ , खरिबोट , हाल बनेपा , काभ्रे
    कार्यरत निकाय : पनौती नगरपािलका कार्यालय
    पद : सामुदायिक बिकास सहायक , सामाजिक बिकास शाखा प्रमूख
    कार्यरत समय : २०६४ साल देखि

    ० नगरमा सञ्चालन भएका र भईरहेका सामाजिक गतिबिधीहरुबारे जानकारी दिनुहोस

    खास गरेर बिकास भन्ने बितिकै बाटो घाटो, पुल पुलेसा तथा भवन लगायतका भौतिक बिकास लाई मात्र बिकासको रुपमा लिईदै आएकोमा सामाजिक बिकास पनि अपरिहार्य छ तथा सामाजिक बिकास बिना भौतिक बिकासको संरक्षण सम्भब छैन भन्ने मान्यता स्थापित हुदै गएको छ । यो अत्यन्त राम्रो पक्ष हो । पनौती नगरपालिकामा हाल सामाजिक क्षेत्रमा महिला तथा बालबालिका लगायत लाई समेटने गरि लक्षित समुह अन्र्तगतका कार्यक्रमहरु, निकृष्ट प्रकारको बालश्रम निवारण सम्बन्धी कार्यक्रम, खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम, बिपद ब्यबस्थापन सम्बन्धी कार्यक्रम तथा सबै कार्यक्रमहरुलाई ब्यबस्थित रुपमा सञ्चालन गर्ने र नगरपालिका मार्फत स्थानीय क्षेत्रमा कार्यान्वयन गर्ने प्रमुख कडीको रुपमा रहेको सामाजिक परिचालन कार्यक्रम सञ्चालन भईरहेको छ ।

    ० तपाईले सामाजिक परिचालन कार्यक्रमलाई महत्व दिएको देखियो, के पाउनु भएको छ यो कार्यक्रम बाट त्यस्तो उपलब्धी ?

    पनौती नगरपालिकामा आ. ब. ०६७÷०६८ देखि सामाजिक परिचालन कार्यक्रम सञ्चालन भईरहेको छ । यो कार्यक्रम मार्फत पनौती नगरपालिकाका सबै वडामा वडा नागरिक मञ्चहरु तथा पिछडिएको समुदायका लागि १९ वटा नागरिक सचेतना केन्द्रहरु स्थापना भई सञ्चालनमा रहेका छन । नेपाल सरकार सङघीय मामिला तथा स्थानीय बिकास मन्त्रायले जारि गरेको सामाजिक परिचालन कार्यबिधी बमोजिम नगरपालिकाका वडा नागरिक मञ्चमा महिला, बालबालिका, जेष्ठ नागरिक, अपा·ता भएका नागरिक, पछाडी परेका तथा पारिएका बर्ग, समाजका जानिफकार ब्यक्ती, लगायत समग्र नागरिकहरुको प्रतिनिधित्व हुने ब्यबस्था भएको सन्र्दभमा समाजका हरेक क्रियाकलापहरुमा वडा नागरिक मञ्चहरुको महत्वपुर्ण भूमिका देखिन्छ तथा वडा नागरिक मञ्चको क्रियाशिलताले हरेक कार्यक्रमहरुमा महिलाहरु लगायतको समानुपातिक सहभागिता बृद्धी भएसंगै नगरपालिकाले सञ्चालन गरेका बालश्रममुक्त अभियान, खुल्ला दिशामुक्त अभियान लगायतका कार्यक्रमहरु प्रभाबकारी रुपमा सञ्चालन हुदै आएका छन । सरकारले वडा नागरिक मञ्चलाई जनाताको बिचमा जान इन्ट्री पोइन्टका रुपमा बिकास गरे संगै सामाजिक परिचालन कार्यक्रमको महत्व अझै बृद्धी हुदै गएको महसुुश भएको छ ।

    नगरका बिभिन्न वडामा सामाजिक गतिबिधी सञ्चालन गर्दा राजनितिक दलहरुको के कस्तो सहयोग पाउनु भएको छ ?
    नगरपालिका जनता प्रतिनिधीहरु मार्फत सञ्चालन हुने राजनितिक निकाय हो । नगरपालिका सञ्चालनका क्रममा राजनितिक दलका प्रतिनिधीहरुको परामर्शमा निर्णयहरु हुने गर्दछन । पनौती नगरपालिकाको बिकासमा राजनितिक दलहरुको सकारात्मक भूमिका बिगतदेखी नै कायम रहेको सन्दर्भमा सामाजिक गतिबिधीहरु सञ्चालन गर्ने क्रममा नगर तथा वडा स्तरका राजनितिक दलहरुले महत्वपुर्ण साथ तथा सहयोग प्रदान गर्नुभएको छ ।

    ० हालसम्म पनौती नगरपालिकाको कती वटा वडा सफल रुपमा बालश्रम मुक्त वडा घोषणा भयो ।

    पनौती नगरपालिकामा अन्तराष्टिय श्रम संगठन (आईएलओ) को सहयोगमा निकृष्ट प्रकारको बालश्रम निवारण कार्यक्रम सञ्चालन भएकोमा नगरपालिकाका १३ वटा वडाहरु मध्ये वडा नं १,२,६,७,९,१२ र १३ गरि जम्मा ७ वटा वडाहरु बालश्रमुक्त वडा घोषणा भएका छन ।

    बालश्रमलाई कसरी लिनु भएको छ ? बालश्रम बिरुद्ध नगरले गरेका गतिबिधीहरु बारे जानकारी दिनुहोस ।

    श्रममा साना बालबालिकिाहरुको संलग्नता , सामान्य काममा १४ बर्ष भन्दा कम उमेरका र निकृष्ट प्रकारको श्रमको हकमा १६ बर्ष भन्दा कम उमेरका बालबालिकाहरुको संलग्नतालाई बालश्रम भनिन्छ । १६ बर्ष भन्दा कम उमेर समुहका बालबालिकाहरुलाई श्रममा लगाउन नपाइने ब्यबस्था कानूनमा समेत भएको सन्दर्भमा बाल अधिकार महाँसन्धी १९८९ मा नेपाल को तर्फबाट हस्ताक्षर भई नेपाल सरकारले बालमैत्री स्थानीय साशन पद्धती लागु गर्ने प्रतिबद्धता ब्यक्त गरी सोही अनुरुपका कार्यक्रमहरु सञ्चालन समेत हुदै आएका छन । सोही क्रममा पनौती नगरपालिकामा पनि निकृष्ट प्रकारको बाल श्रम निवारण गर्ने उद्येश्यले अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा निकृष्ट प्रकारको बालश्रम निबारण कार्यक्रम सञ्चालन भएको थियो । बाल श्रम निवारणका लागि बिभिन्न्न चरणमा कार्यक्रमहरु सञ्चालन भएका छन । पनौती नरपालिका क्षेत्रमा बालश्रममा रहेका बालबालिकाहरु को तथ्याँक अद्यााबधिक गर्ने कार्य सम्पन्न गरिएको छ । जस अनुसार पनौती नगरपालिकामा वालश्रममा रहेका बालबालिकाको संख्या २३ जना र वालश्रममा अन्यत्र पठाईएका वालबालिकाको संख्या १४ जना रहेको देखिएको छ ।

    बालश्रम निवारणका लागि गरिएका गतिबिधीहरुमा नगरपालिकाका कर्मचारीहरुको लागि अभिमुखिकरण कार्यक्रम, पर्चा प्रकाशन, पम्प्लेट प्रकाशन लगायतका कार्यहरु सम्पन्न गरियो । बालश्रम बिरुद्ध प्रचार प्रसारको लागि पनौती नगरपालिका क्षेत्र भरी माईकि· गर्नुका साथै पनौती बसपार्कमा बालश्रम बिरुद्ध हस्ताक्षर अभियान समेत आयोजना गरिएको छ । उक्त हस्ताक्षर अभियानमा ९७० जना नागरिकहरुले बालश्रम प्रयोग नगर्ने नगराउने प्रतिबद्धता ब्यक्त गर्दै हस्ताक्षर गरेका छन । प्रचार प्रसारकै लागी पनौती बसपार्कमा पनौती जेशिस लगायतका संस्थाहरु संगको सहकार्यमा होडि· बोर्ड तथा पनौती नगरपालिकाको कम्पाउण्डमा बालश्रम सम्बन्धी चेतनामुलक फ्लेक्स प्रिन्ट राखिएको छ । बालश्रम निवारणकै लागि पनौती नगरपालिकाले राजनितिक दल, वडा नागरिक मञ्च तथा बालश्रम अनुगमन समितिका लागी अभिमुखिकरण कार्यक्रम तथा तालिमहरु सञ्चालन गरिएको छ । यसका साथै बालश्रम निवारणका लागि बाल क्लबहरुलाई परिचालन, रोजगारदाताहरुको लागि सचेतिकरण कार्यक्रम, बालश्रम निवारण कोेषको थालनी, श्रममा रहेका बालबाकिाहरुको लागि सेफ्टी टूल्स सहयोग, तथा बालश्रमिकहरुको शिक्षा र मनोरञ्जन समेतलाई ध्यान दिएर गैर आवासिय सम्पर्क केद्र स्थापना गरि सञ्चालनमा ल्याईएकोे छ । यसका साथै घर तथा ब्यबसायमा बालश्रमको प्रयोग नगर्ने तथा नगराउने प्रतिबद्धता पत्रमा हस्ताक्षर , तथा बालश्रम नरहेको प्रतिकात्मक संकेतको रुपमा हरियो झण्डा बितरण गरि बालश्रमुक्त वडाहरु घोषणा गरिएको छ ।

    ० बालश्रममुक्त वडाहरु घोषणा गर्दा के कस्ता समस्या र चुनौतीहरु आए ?

    बालश्रममुक्त क्षेत्र घोषणा गर्ने सन्र्दभमा निश्चित रुपमा समस्या तथा चुनौतीहरु आएका छन । जतीबेला हामीले बालश्रममुक्त नगर घोषणा अभियान सञ्चालन गर्ने क्रमको सुरुवात गर्र्यौ, त्यतीबेला बालश्रमको बारेमा नागरिकहरुमा खासै सचेतना थिएन । नगरपालिकाले पनि आफ्ना कार्यक्रमहरुमा बालश्रमका बिषयहरु सम्बोधन गरिरहेको थियन । पहिलो चरणमा हामीले जिल्ला बाल कल्याण समिती मार्फत कार्यक्रम सञ्चालन गरेका हौ. । त्यतीबेला बालश्रमका सवालमा सचेतना अभिबृद्धी नै हाम्रो प्रमुख चुनौती थियो । कार्यक्रम कार्यान्वयनको सन्र्दर्भमा बालश्रम राख्नेहरुले तथ्याङ्क लुकाउन खोज्ने, नगरपालिका प्रति सकारात्मक सोच नराख्ने लगायतका समस्याहरु भोग्यौ । यद्यपी यि सबै बिषयको सन्र्दभमा नगरपालिकाका सहयोगी हातहरु वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, बिभिन्न संघ संस्थाहरुको सहकार्यमा कार्य सम्पन्न गर्न हामी सफल भयौ । यद्यपी अन्तराष्ट्रिय श्रम संगठनसंगको सम्झौता अवधी अत्यन्त कम भएको तथा सामाजिक परिचालकहरु लगायत नगरपालिकाका कर्मचारीहरुले भुकम्प पिडितहरुलाई प्रथामिकतामा राखी कार्य गर्नुपर्नै भएकोले कार्यक्रम कार्यान्वयन गर्न समस्याहरु रहे ।

    ० बालश्रममुक्त वडा प्रतिबद्धता र घोषणामा मात्र सिमित भएको छ कि कार्यान्वयन पनि हुदै आएका छन ।
    बालश्रममुक्त वडा प्रतिबद्धता र घोषणामा मात्र सिमित भएको छैन । बास्तबमा कार्यक्रम सञ्चालनकै सन्र्दभमा हामीले सोचेको बिषयबस्तु पनी यो हो की बालश्रम मुक्त क्षेत्र घोषणा गरेर मात्र हुदैन यसको निरन्तरता कायम राख्नु पनि प्रमुख चुनौती हो । त्यसैकारण हामीले बालश्रम मुक्त वडा घोषणाको प्रक्रिया भित्र वडा तथा नगरमा अनुगमन समितिहरु पनि गठन गरेका छौ र यसको निरन्तरताको लागि अनुगमन समितिहरुलाई क्रियाशिल बनाउने सोच राखेका छौ ।

    ० ऐतिहासिक नगरी र पर्यटकिय क्षेत्रको रुपमा परिचित पनौती क्षेत्रको सरसफाई र फोहोरमैला ब्यबस्थापनमा के कस्ता प्रयत्नहरु हुदै आएका छन ।

    नगरपालिकाहरुको प्रमूख चुनौती फोहोरमैला ब्यबस्थापन हो भन्ने मलाई लाग्छ । फोहोरमैला ब्यबस्थापनका सन्र्दभमा स्थायी किसिमले फोहोरमैला ब्यबस्थापन केन्द्र सञ्चालन गर्न सकिएको छैन । यद्यपी पनौती नगरपालिकामा युरोपेली युनियनको सहयोगमा डिभ्लोपिङ्ग अ मोडेल अफ् ग्रीन म्युनिसिपालिटी परियोजना सञ्चालन गरि फोहोरलाई श्रोतमै बर्गिकरण तथा न्युनिकरण गरि ब्यबस्थापन गर्ने लगायतका कार्यहरु गरिरहेका छौ । तथा नगरपालिकाका नियमित कार्यक्रमहरु मार्फत पनि फोहोरमैला ब्यबस्थापनका लागि कार्यहरु पनि भईरहेको छ ।
    ० खुल्ला दिशामुक्त घोषणका प्रक्रियाहरु के भएका छन ।

    पनौती नगरपालिका लाई खुल्ला दिशामुक्त नगरपालिका बनाउने क्रममा हामीले नगरपालिका वडा नं ७ र ९ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका छौ । बाँकी वडाहरुलाई पनि खुल्ला दिशामुक्त क्षेत्र बनाउने प्रक्रियामा लागिरहँदा बिनाशकारी भुकम्प गएका कारण सो कार्यमा केही ढिलाई भएको छ । नागरिकको बस्ने बास नै नभएको बेला सौचालयको सन्दर्भ कुरा गर्नु त्यती सान्दर्भिक पनि नदेखिएको कारण हामीले अभियान सञ्चालन गरेका छैनौ । यद्यपी भुकम्प पछिको पुर्ननिर्माणका क्रममा सौचालयको अनिबार्य ब्यबस्था नक्सापासकै क्रममा अघी बढाउने तथा पुनः शौचालयको तथ्याङ्क संकलन गरि खुल्ला दिशामुक्त अभियान सञ्चालन गर्ने सोच हामिले राखेका छौ ।

    ० यस बर्ष नगरले के –कस्ता सामाजिक कार्यको योजना राखेको छ ? कस्ता कार्यक्रहरु प्रभाबकारी होला जस्तो लाग्छ ।

    पनौती नगरपालिकाले सामाजिक कार्यहरुलाई प्राथामिकतामा राख्ने निति लिएको छ । यस बर्ष नगरपालिकाको निति तथा कार्यक्रममा उल्लेख भएका बिषयहरुनै प्राथामिकतामा राखी कार्य गरिने छ । खास गरि सामाजिक परिचालन कार्यक्रम, बालश्रममुक्त नगरपालिका घोषणाको निरन्तरताका, खुल्ला दिशामुक्त क्षेत्र घोषणा तयारी कार्य, बाल क्लबहरुको परिचालन, टोल बिकास संस्थाहरुको गठन तथा परिचालन, स्वास्थ्य तथा सिक्षा क्षेत्रको सबलिकरणका लागि स्थिती बिष्लेषण गर्ने, समाज प्रति नागरिकहरुको उतरदायित्वको बिषयमा सचेतना अभिबृद्धी गर्ने, बिपद ब्यबस्थापन योजना निर्माण गर्ने , बालमैत्री योजनाहरुको कार्यान्वयन गरि बालमैत्री नगर घोषणाका लागि तयारी गर्ने, वातावरण मैत्री स्थानीय शासनका कार्यान्वयन गर्ने लगायतका सोच राखेका छौ । कार्यक्रमको प्रभाबकारीताका सन्र्दभमा हामिले गर्ने कार्यहरु बास्तबिक रुपमा लक्षित क्षेत्रमा पुर्र्याउनु पर्छ र हामीले सञ्चालन गर्ने हरेक कार्यक्रमहरुको लक्ष्य तथा उपलब्धीहरु बिष्लेषण गरेर कार्य गर्नुृ पर्छ । हामिले जे जती कार्य गर्न लागेका छौ र गर्दै छौ त्यसलाई प्रभाबकारी ढंगले सञ्चालन गर्नु पर्छ भन्ने लाग्छ । बिकासका सन्र्दभमा एउटा उपलब्धी हासिल गरिसकेपछी त्यसले आफै अर्को आवश्यकताको श्रृजना गर्छ भन्ने लाग्छ । बास्तबिक रुपमा समुदायको बिकासको लागि भौतीक बिकास, सामाजिक बिकास र आर्थिक बिकासलाई संग संगै लिएर जानु पर्छ र त्यस्ता किसिमका थप कार्यक्रमहरु आवश्यक पनि देखिन्छन ।

    ० किन नगरपलिकामा दर्ता भएका सामाजिक संघ संस्थाहरुलाई सक्रिय बनाएर कार्यक्रम बाँडफाड गर्नुभएन ?के नगरले त्यस्ता संस्थालाई दिने कार्यक्रम छैन ।

    नगरपालिकाको बिकासका लागि सबै कार्यहरु नगपालिका आफैले अर्थात बिद्यमान जनशक्तीले गर्न सम्भब हुदैन भन्ने आधारमा सहयोगी निकायको रुपमा संघ संस्थाहरु संग सहकार्य गर्ने गरिएको हो । नगरपािलकाको सिमित साधन श्रोत का कारण कार्यक्रमहरु पनि सिमित हुने गरेका कारण अपेक्षित कार्य गर्न सकिएको छैन । यद्यपी कार्यक्रमको बाँडफाँड भन्दा पनि सरकार र संघसंस्थाहरुको संयुक्त लगानीमा कार्य गर्नु पर्छ र सहकार्य गर्नु पर्छ भन्ने मान्यता हो भन्ने लाग्छ । आगामी दिनमा त्यस तर्फ पनि ध्यान दिने गरि कार्य गर्ने सोच राखेका छौ ।
    ० बालश्रम निवारण कार्यक्रमको निरन्तरताको लागि आगामी योजना के छ ।

    हामिले पनौती नगरपालिकामा अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा सञ्चालन गरेको निकृष्ट प्रकारको बालश्रम निवारण कार्यत्रम अन्र्तगत नगरपालिकाका ७ वटा वडा लाई बालश्रममुक्त वडा घोषणा गरेका छौ । यसको निरन्तरता कायम राख्नु हाम्रो जिम्मेवारी तथा चुनौती पनि हो । यसका लागि हामिले अन्य संघ संस्थाहरुको सहकार्यको खोजि पनि गरिरहेका छौ । बालश्रम निवारण कार्यमा दिर्घकालिन रुपमा सहयोग पुर्रयाउन बालश्रम निवारण कोषको स्थापना गरिएको छ । यसको प्रभाबकारी परिचालन गर्ने बालश्रम निवारणमा महत्वपुर्ण भूमिका खेल्न सक्ने उद्योग बाण्ज्यि संघ संग सहकार्य गरि कार्य गर्ने सोच समेत राखेका छौ । यसका साथै ज्ञान बिकास सामुदायिक पुस्तकालय संगको सहकार्यमा स्थापना गरिएको बालश्रमिकहरुका लागि गैर आवासिय सम्पर्क केन्द्रको प्रभाबकारी सञ्चालन गर्ने सोच राखिएको छ । कार्यक्रमको निरन्तरताको लागि अन्य संघ संस्थाहरुसंगको सहकार्यको थालनी पनि गरिएको छ । विन रक इन्टरनेशनलसंग बालश्रम अनुगमन प्रणालीको सबलिकरण तथा बालश्रम निवारण कार्यंक्रमको लागि कार्य आरम्भ गरिएको छ । तथा सो को लागि सम्भब भएसम्म नगरपालिकाको साधन श्रोतबाट कार्य गर्ने तथा अन्तराष्ट्रिय श्रम संगठन, युनिसेफ लगायतका संस्थाहरुसंग सहकार्यको लागि अनुरोध गर्ने सोच पनि राखेका छौ ।

    ० अन्त्यमा ?

    अन्त्यमा , पनौती नगरपालिकामा सामाजिक क्षेत्रमा कार्य गर्ने कर्मचारीको हैसियतमा आफ्ना कुराहरु राख्ने अबसर दिनुभो यसको लागि तपाँई साथै मध्यमार्ग साप्ताहिक लाई धन्यबाद दिन चाहन्छ ु । समाजको रुपान्तरणको लागि सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपुर्ण छ । हामि सकारात्मक सोचका साथ अघि बढयौ भने हरेक कार्यहरु सफलतापुर्वक सञ्चालन गर्न सकिन्छ । काम गर्ने सन्दर्भमा जानेर वा नजानेर कमजोरिहरु पनि हुनसक्छन ति कमजोरिहरुलाई सुधार गर्नको सुझाबहरु आवश्यक पर्दछन । मानिस पुर्ण कोहि पनि हुदैन यसकारण म धैरै जान्ने छु भनेर मानिसले घमण्ड गर्नु हुदैन । यो सबै क्षेत्रमा लागु हुन्छ भन्ने लाग्छ । समाजको बिकासको लागि सकारात्मक सोचका साथ अघि बढौ । म होईन हामिको भावना बिकास गरौ तथा समाज र देशको बिकासको लागि सबै नागरिकहरुको भूमिका महत्वपुर्ण छ भन्न चाहन्छु ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार