२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तो छ‚ एकजुट भएर अगाडि बढ्दा समृद्ध बेथानचोक निर्माणमा समस्या रहन्न—भण्डारी 


७४८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन १५, शनिबार मा प्रकाशित १ साल अघि
  •  धनकुटा जिल्लाको साविक फलामेटार गा.वि.स हाल पाख्रिबास नगरपालिका वडा नं ६ भण्डारी गाउँमा पिता हिम बहादुर भण्डारी तथा माता मनमाया भण्डारीको कोखबाट २०४० साल पौष १४ गते जन्मनु भएका राजेन्द्र भण्डारी प्रखर वक्ता निष्पक्ष व्यवहार गर्ने व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । 

     एम.पि.ए‚ एल.एल वि सम्मको शिक्षा हासिल गर्नुभएका भण्डारीले कानुनी क्षत्रबाट अगाडि बढ्नुको बदला कर्मचारीको माध्यमबाट अगाडि बढ्दै समाज रूपान्तरण सहित समृद्ध नेपाल निर्माणको मार्ग पहिल्याउने क्रममा २०७४ मंसिर २५ गते बाट शाखा अधिकृतको रुपबाट सरकारी सेवामा प्रवेश गर्नुभयो । सेवा प्रवेशको क्रममा दुर्गम क्षेत्रको समेत अनुभव गर्दै काभ्रेको बेथानचोक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत भण्डारीसँग ईश्वरी राजकुमार मैनालीले गरेको कुराकानी अंश । 

    काभ्रेको विकट स्थानको रुपमा परिचित बेथानचोक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हुनुहुन्छ‚ तपाईंको कार्यकालमा दुई जनप्रतिनिधिसँग काम गर्ने अवसर पाउनु भयो सो समयमा के कस्ता फरक पाउनु भयो ?

    मैले  धेरै ठाउमा काम गरे‚ जहाँ रहँदा पनि कामको प्रकृति उस्तै उस्तै हुन्छ तर जनप्रतिनिधि र जनप्रतिनिधि नभएको कार्यालयमा काम गर्नुमा केही फरक भने हुन्छ नै । मैले बेथानचोक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्ने क्रममा दुई जनप्रतिनिधिसँग काम गरे । दुवै जनप्रतिनिधिसँग काम गर्न निकै सहज छ । उहाँहरूले नीति र विधिमा काम गर्ने अवसर दिनु भएको छ । यस गाउँपालिकाको राम्रो पक्ष भन्नुनै नीति सम्वत् कार्य गर्ने वातावरण मिल्नु हो जसले गर्दा पालिकावासीको काम गर्न सहज भएको छ ।

    बेथानचोक गाउँपालिकामा दैवी प्रकोप अलि वढी हुने साथै खानिहरु मापदण्ड विपरित साथै अव्यवस्थित ढंगबाट सञ्चालनमा आएका छन् भन्ने सुन्नामा आएको छ वास्तविकता के हो ?

    कसैकसैले यस पालिकालाई दुर्गम पनि भन्ने गरेका छन् तर मलाई त दुर्गम जस्तो लाग्दैन किनकि मेरो जागिरको क्रममा धेरै दुर्गममा काम गरिसकेको छु । म यहाँ आउनु भन्दा पहिला सोलुखुम्बु जिल्लाको लिखुपुरी गाउँपालिकामा काम गरेको थिए । जुन ठाउं सदरमुकाम पुग्न बसमै एक दिन लाग्थ्यो भने पैदल हिँड्दा दुई दिन लाग्थ्यो । त्यस्ता दुर्गममा काम गरेको अनुभवको आधारमा बेथानचोक गाउँपालिकालाई दुर्गम भन्न सुहाउँदैन ।
    भूगोलको आधारमा अन्यत्रको भन्दा केही बडी पैरोजाने साथै बर्सातमा चट्याङ्गले केही मानव क्षति भने हुने गरेको पाइन्छ । खानीको लागि योग्य स्थानहरूमा खानी सञ्चालन हुनु नौलो हैन तर पूर्ण रुपमा मापदण्ड विपरित भन्नु गलत हो । पालिकाले मापदण्ड विपरित ढंगबाट खानी सञ्चालन गर्न दिएको छैन ।

    तपाइको अवधिमा विकास निर्माणको कार्यको लागि कस्ता ढङ्गको विकास निर्माणमा प्राथमिकता दिदै आएको छ ?

    विकास निर्माणको लागि बजेट विनियोजन गर्दा पालिकावासिको हितको खातिर साथै जनताको सुझाबको आधारमा बजेट बिनियोजन गर्ने गरेका छौं । जस अनुसार पहिलो प्राथमिकता पूर्वाधार विकासमा जोड दिएका छौं । दोस्रोमा जनजिविकासँग सम्बन्धित तिर् ध्यान दिने गरेका छौं । जनप्रतिनिधि पहिलो चाहना भने कै पालिका बासिको जीवनस्तर उकास्ने ढङ्गको रहेकोले सोही अनुसार कार्य गर्दै आएका छौं ।

    तपाइको अवधिमा विकास निर्माणको कार्यको लागि कस्ता ढङ्गको विकास निर्माणमा प्राथमिकता दिदै आएको छ ?

    विकास निर्माणको लागि बजेट विनियोजन गर्दा पालिकावासिको हितको खातिर साथै जनताको सुझाबको आधारमा बजेट बिनियोजन गर्ने गरेका छौं । जस अनुसार पहिलो प्राथमिकता पूर्वाधार विकासमा जोड दिएका छौं । दोस्रोमा जनजिविकासँग सम्बन्धित तिर् ध्यान दिने गरेका छौं । जनप्रतिनिधि पहिलो चाहना भने कै पालिका बासिको जीवनस्तर उकास्ने ढङ्गको रहेकोले सोही अनुसार कार्य गर्दै आएका छौं ।  काभ्रेकै शानको रुपमा रहेको बेथानचोक नारायणको भौतिक पूर्वाधारलाई व्यवस्थित गरी आन्तरिक पर्यटकलाई आकर्षण गर्ने वातावरण निर्माण निर्माणको लागि २ करोडको ठेक्का निक्लँदै छ ।

    तपाईंले बेथानचोक गाउँपालिकामा जिम्मेवारी सम्हाले यता नमुना ढङ्गको दीर्घकालिक तरिकाको कामहरू के के भए ?

    म यहाँ आएपछि जनप्रतिनिधिले गरेको नमुना ढङ्गको काम भनेको वडा नं १ देखी वडा नं ट सम्म वडा कार्यालयहरू स्थापना गर्ने काम सम्पन्न भयो । वडाहरुबाट गरिने सेवा प्रवाह अनलाइन माफर्त गर्ने गरेका छौं । पालिकाको सबै वडाहरूमा पुग्ने १२ महिना चल्ने खालको सडक निर्माण भएको छ साथै हेर्न लायक ढङ्गको पूर्वाधार विकासका कामहरू गर्न सफल भएका छौं ।

    बेथानचोक गाउँ पालिकामा स्वास्थ्यको क्षेत्रमा के कस्तो उपलब्धीहरू भएका छन् ?

    वेथानचोकमा रहेको वडाहरु मध्य वडा नं ५ मा स्वास्थ्य भवनको केही समस्या रहेको छ । जुन समस्या समाधानको लागि डिपिआर तयार गरी बजेट माग गर्ने कार्य गरेका छौं । सम्भवत आगामी वर्षमा ठेक्का प्रकृया सुरु हुन्छ । पालिकाको ठुलो वडाको रुपमा रहेको च्याम्राङ्ग बेसी सो ठाउमा स्वास्थ्यको थप व्यवस्थापनको कर्मचारी व्यवस्थापन गरेका छौं । जनतालाई स्वास्थ्य सेवा लिनको लागि दुख नहोस् भन्ने उद्देश्यले पालिका अगाडि बढ्दै गर्दा स्वास्थ्यका कर्मचारीहरू दिन रात नभनी निरन्तर रुपमा खट्नु भएको छ ।

    हालको आवश्यक प्राविधिक शिक्षा हो‚ जसको लागि पालिकाले के कस्तो नीति ल्याएको छ ?

    अहिलैको माग‚ आवश्यकता साथै नेपाल सरकारको नारा पनि प्राविधिक शिक्षामा जोड दिने नै हो । यतिखेरको शिक्षा भनेको सीपलाई समृद्धिसंग जोड्नु पर्छ भन्ने हो । पालिकाले प्रदान गर्ने शिक्षाबाट विद्यार्थीहरूको स्किल वृद्धि हुनुपर्छ भन्ने मान्यताको आधारमा अघि बढेको छ । सोही अनुसार बेथानचोक पालिकामा रहेको पार्वती मा.विलाई बहु प्राविधिक शिक्षालयको रुपमा विकास गरेको छ । जुन विद्यालय नमुना विद्यालय हो । यसैवर्ष डिप्लोमा इञ्जेनेरिङ कोर्सको लागि सम्बन्धन प्राप्त गरी अगाडि बढेका छौं ।

    हाल आएर बेथानचोक गाउँ पालिकाको आन्तरिक स्रोत वृद्धि भएको छ ‚ भन्ने सुन्नामा आएको छ यथार्थ के हो ?

    यो सत्य हो ‚ आन्तरिक स्रोतमा बृद्धि गर्न हामी सफल भएका छौं । म यहाँ आएपछि जनप्रतिनिधिहरूसँग समन्वय गरेर राजश्व ठेक्कामा प्रतिस्पर्धाको नीति लिएर अगाडि बढेर । अगाडिको समयमा ५ करोडमा लागि रहेको ठेक्का प्रतिस्पर्धात्मक पद्धति अवलम्बन गर्दा ९ करोडमा ठेक्का लाग्यो । त्यसैगरी व्यवसाय दर्ताका कुरा‚ संस्था दर्ताका कुरा‚ मालपोत असुलीका कुरामा कर्मचारीले मेहनत गर्दा आन्तरिक राजस्वमा वृद्धि भएको हो । हाल पनि लगभग १० करोड ५० लाखको ठेक्का निकालेका छौं । ०७७/०७८ मा ७/८ करोडको आन्तरिक स्रोत हाल आएर १३ करोड हुने देखिन्छ ।

    पालिकामा सञ्चालन भएका खानी ca}w छ भन्ने सुनिन आएको छ नी‚ के हो यथार्थता ?

    पालिकामा आधिकारिक रुपमा चलेका खानी ६ वटा हुन् । पालिकाबाट अनुगमन गर्दा ca}w रुपमा चलेको खानी भेटिन्न । वडा नं ४ मा सञ्चालनको तयारीमा रहेको खानीहरू पनि नियम संगत प्रकृयामा आउने तयारी अवस्थामा रहेको छ ।

    पालिकाबाट विकास निर्माणको लागि कार्य गर्दा उपभोक्ता समिति माफर्त गरिन्छ की अन्य कुनै ?

    पालिकाले गर्ने विकास निर्माणको कार्यमा १५ लाख भन्दा माथिका योजनाहरू ठेक्का प्रकृयाबाट गरिन्छ । ठेक्का प्रकृया पनि हाड कपीबाट नभई इविडिङ्ग माफर्त गरिने गरेका छौं । कानुनमा ६० लाख भन्दा माथि भनिएता पनि संकुचित नहोस् प्रतिस्पर्धाको दायरा फराकिलो होस भन्ने उद्देश्यले १५ लाख भन्दा माथिका योजनामा इविडिङ्ग (विद्युतिय प्रणाली बाट) गर्ने गरेका हौं ।

    बेथानचोक पालिका वासीलाई तपाई कार्यालय प्रमुखको नाताले के भन्न चाहनु हुन्छ ?

    पालिका वासीलाई सर्वप्रथम वडा दशै‚ दिपावली साथै छट्को अवसरमा शुभ कामना व्यक्त गर्न चाहन्छु । त्यसैगरी पालिका निर्माण कार्यमा सम्पूर्ण पालिकावासि एक जुट भएर अगाडि बढ्न अनुरोध गर्दछु । विकास निर्माण भन्ने कुरो राज्य एक्लैले गर्ने बिषय हैन । संविधानको अनुसार पनि विकास भनेको राज्यपक्ष‚ निजी क्षेत्र‚ समादाय‚ नागरिक समाज यि सबैको सहकार्य र समन्वयको आधारमा अगाडि बढ्दै एउटै मार्ग पहिल्याउँदै एकजुट भएर अगाडि बढ्दा समृद्ध बेथानचोक निर्माणमा समस्या रहन्न ।

    निर्वाचित जनप्रतिनिधिहरू र कर्मचारीहरूको बिचको सम्बन्ध कस्तो रहेको छ ?

    जनप्रतिनिधि र कर्मचारीको बिचमा नङ र मासुको सम्बन्ध रहेको छ । सायद निर्विवादित ढङ्गको कार्यपालिका बेथानचोक मै मात्रै होला । कुनैपनि निर्णय विवाद रहित ढंगबाट अगाडि बढेको छ । कर्मचारी र जनप्रतिनिधि बिच टिमवर्क रहेको छ । बेथानको प्रमुख आफै विद्वान हुनुहुन्छ ‚ पत्रकारितामा मास्टर डिग्री ‚एल एल वि गर्नुभएको छ । जसले गर्दा कुनै समस्या छैन कर्मचारी र जनप्रतिनिधि बिचमा ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार