२०८१ अषाढ ८, शुक्रबार | Fri, 21, Jun, 2024

‘अरुको रचना चोरी गर्नु अपराध हो’ – अर्चना बराल (लेखिका)


५३१६ पाठक संख्या

धनकुटाको कुरुलेमा जन्मिएकी युवापुस्ताकी नयाँ प्रतिभा अर्चना बराल साहित्य प्रति रुचि राख्छिन् । विभिन्न पत्रपत्रिकाहरुमा

  • नवसंकेत अनलाईन
  • २०७४ बैशाख १८, सोमबार मा प्रकाशित ७ साल अघि
  • धनकुटाको कुरुलेमा जन्मिएकी युवापुस्ताकी नयाँ प्रतिभा अर्चना बराल साहित्य प्रति रुचि राख्छिन् । विभिन्न पत्रपत्रिकाहरुमा बालसाहित्यका सामाग्रीहरु प्रकाशित गरेर साहित्यमै लाग्ने प्रयासमा छिन्, उनी । बालकथा, कविता, लघुकथा, निवन्ध लगायतमा उनको कलम चलेको छ । यसपटक उनै लेखिका अर्चनासँग साहित्यसँग सम्बन्धित विषयमा केन्द्रित रहेर मध्यमार्गका विशेष संवाददाता ज्ञानमणि नेपाल कालोटोपीले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ः

    कहिलेबाट साहित्यमा प्रवेश गर्नु भयो ?

    सानो हुँदा बुवाले किनेर ल्याउनु भएका पुस्तक खुब पढिन्थ्यो । बिशेषगरि कथा, कविता भित्तेपत्रिकामा खसालेर कहिले आउला भनि पर्खिन्थ्यौं । लगभग ९ बर्षको उमेरदेखि सुरूवात हो । बालकविता लेखिन्थ्यो त्यतिबेला ।

    कसको प्रेरणाले लाग्नु भएको हो ?

    हजुरबुवा माधबप्रसाद बराल पनि संस्कृतको प्रकाण्ड बिद्वान र पुस्तक निकाल्नु पनि भएको छ । बुवा पनि कवि, समालोचक, निबन्धकार भएकोले उहाँहरूकै छत्रछायाँको प्रभाव हो । त्यतिबेला पनि पढ्नको लागि प्रशस्त किताब भेला पारिदिनु हुन्थ्यो । त्यसैले उहाँहरुरूकै प्रेरणाले गर्दा यतातिर रुचि वढेको हो ।

    साहित्यमै लाग्छु भन्ने सोच थियो त ?

    एक कक्षामा पढ्न जाँदा के बन्ने नानु भनेर कसैले सोध्यो भने डाक्टर , अलिक पछि कसैलाई पाईलट । यस्तै उत्तर दिईन्थ्यो । साहित्यमै लाग्छु भन्ने नै त थिएन । खासै लागेको पनि होईन तर कुनै कुरामा रस बसिसकेपछि त्यसलाई नदेखेझैं गर्न सकिदैन रहेछ ।

    हाल सम्म कुन कुन विधामा साहित्यिक कलम चलेको छ ?

    फाटफुट कथा, कविता र निबन्धहरू लेखिन्छ । प्रकाशन नै भएका चाहिं थोरै मात्र छन् ।

    साहित्य के हो जस्तो लाग्छ ?

    सत्यम शिवम सुन्दरम् , उच्च भावनालाई उच्च शब्दद्वारा ब्यक्त गरिएको भनाई वा जीवनको कलात्मक अभिव्यक्ति ।

    साहित्यका अतिरिक्त यहाँको रुचि के मा छ ?

    रूचि त धेरै कुरामा छ । नाच्न, गाउन, मञ्चमा नजाने पनि श्रोता दर्शक हुने रूची छ । प्रकृतिप्रेमी पनि हुँ । राम्रो राम्रो ठाउँ घुम्न मन लाग्छ । फुर्सद हुनासाथ हिडिहाल्छु ।

    पछिल्ला दिनहरुमा साहित्यमा पनि अन्य क्षेत्रमा जस्तै विकृतिहरु पनि आएको छ, केहि पाउनु भयो त ?

    अर्काको रचना आफ्नो पार्ने, आफू मात्र अघि बढांै भनेर चरित्रहत्या गर्ने, आफ्नो कमि कमजोरीलाई प्रयोगवाद भनेर छोप्ने प्रवृत्ति मौलाएको छ । यो विकृति हो ।

    साहित्यलाई अझै माथी उकास्न कसले के गर्नु पर्छ जस्तो लाग्छ ?

    जीवनजगतसँग मेल खाने, समसामयिक तथा पृथक विषयवस्तुलाई समेट्न सकियो भने साहित्यलाई माथि उकास्न सजिलो हुन्छ जस्तो लाग्छ । आफू मात्र होईन समाज र देशका विकृति, विसंगती विरूद्द आवाज उठाउन सकियो भने स्वतः उकासिन्छ ।

    अलिकति फरक प्रसंग, माया प्रेम के हो ?

    यसबारे यति धेरै सिद्धान्तहरू छन् कि त्यसको खोजमा म निस्केकै छैन । के लाई चाहिं माया मान्ने त ? यहाँ त छुट्टिने बेलामा मात्र थाहा हुन्छ, मायाप्रेम के हो भनेर ।

    जिन्दगीमा प्रेम प्रस्तावहरु पनि त आए होलान नि ?

    हा हा हा …. अलिअलि

    अनि आफूले चाहिं अरुलाई प्रस्ताव राख्नु भएको छ कि छैन ?

    छैन… जिस्किएर चाहिँ राखियो होला, अप्रिलफुलमा

    मन पर्ने साहित्यकार को हुनु हुन्छ र किन ?

    अनगिन्ती हुनुहुन्छ । कसैको एउटै वाक्यले पनि धेरै प्रभाव पारेको छ । माधब प्रसाद घिमीरे, लक्ष्मी प्रसाद देवकोटालाई नै सम्झिन चाहें । पछिल्लो पुस्तामा पनि धेरै हुनहुुन्छ ।

    मन पर्ने पुस्तक नि ?

    अनगिन्ती किताब मन परेका छन् । नाम लिएर साध्य छैन । सबैका उत्कृष्ट नै छन् । बिशेषगरि कृष्ण धरावासीको राधा एकदमै मन पर्छ ।

    समय दिनु भयो , धन्यवाद

    मेरा विचारहरु सबैसामु राख्ने अवसर दिनुहुने तपाईं र तपाईंको मिडियालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

    प्रस्तुती ज्ञानमणि नेपाल कालोटोपी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार