२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

‘अहिलेको गितसंगित खिचडी जस्तै लाग्छ’


४०२२ पाठक संख्या

संचिता पौडेल, कलाकार संचिता पौडेल , नेपाली गितसंगितको क्षेत्रमा प्रवेश गरेको धेरै भएको छैन ।

  • नवसंकेत अनलाईन
  • २०७४ श्रावण १०, मंगलबार मा प्रकाशित ६ साल अघि
  • संचिता पौडेल, कलाकार
    संचिता पौडेल , नेपाली गितसंगितको क्षेत्रमा प्रवेश गरेको धेरै भएको छैन । स्याङ्जा जिल्लाको चापाकोट स्थायी घर भई हाल राजधानीलाई कर्मथलो बनाउँदै आउनु भएकी पौडेल ४ वर्ष अघि मात्रै यसक्षेत्रमा प्रवेश गर्नु भएको हो । गितसंगितलाई पछि सम्म निरन्तरता दिने सोचाईमा रहेकी संचिता आफैं गित लेख्ने र गाउने गर्नु हुन्छ । गितसंगितका विविध आयामहरुका बारेमा उहाँसँग यसपटक मध्यमार्गका विशेष संवाददाता ज्ञानमणि नेपाल कालोटोपीले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश ः

    यहाँको परिचय दिनुस न ,

    नाम संचिता पौडेल, स्याङ्जा जिल्लाको चापाकोट, हाल वालाजुमा बस्छु ।

    कलाक्षेत्रमा कहिले देखि लाग्नु भयो ?

    चार वर्ष भयो ।

    कसको प्रेरणाले कला क्षेत्र रोज्नु भएको हो ?

    खासै त्यस्तो कारण त छैन, सबै मान्छे जस्तै म पनि प्रशंसाको भोको मान्छे । त्यहि भोक मेटाउन आफूसँग सिर्जना शक्ति छ जस्तो लाग्यो । त्यहि कला देखाउन यो क्षेत्रमा होमिएकी हुँ । यसमा मलाई घरपरिवार, साथीभाई सबैको सहयोग पनि मिलेको छ ।

    अहिले सम्म के–के मा अभिनय गर्नु भयो ?

    मेरा आफ्नै शब्द र स्वरमा रहेका तीज गित र अन्य गितहरुमा अभिनय गर्दै आएकी छु । अब लगत्तै दुईवटा गितहरु आउँदै छन् । त्यसमा पनि आफैंले अभिनय गरेकी छु । आशा छ दर्शक र श्रोताहरुले मन पराइदिनु हुनेछ ।

    गितहरु कस्ता कस्ता लेख्नु हुन्छ ?

    अहिले सम्म बजारमा आएका मेरा गितहरु समसामयीक राजनिती माथीका विकृति र विसंगतीलाई व्यङ्ग्य गर्ने खालका छन् । साथै सामाजिक विषयवस्तु , माया प्रेम , मिलन विछोड समेटिने खालका गितहरु पनि बजारमा आएका छन् ।

    कला क्षेत्रमा सजिलो के पाउनु भयो ?

    पहिले त निकै समस्या थियो । गाह्रो पनि अनुभव भयो । आफन्त र साथीभाईहरु यसक्षेत्रमा कोहि पनि नभएकाले गाह्रो भएको भएपनि अहिले त्यस्तो छैन । अनुभव पनि बटुलियो । मिडिया र साथीभाईको सहयोग पनि छ । त्यसैले अहिले काम गर्न सजिलो छ ।

    कला के हो जस्तो लाग्छ ?

    आजको आधुनिक युगमा पनि पछाडि परेर काम छैन । आफूसँग भएका प्रतिभा देखाउनु नै कला हो जस्तो लाग्छ ।

    कलाक्षेत्रको प्रतिश्पर्धामा प्रवेश गर्दा नयाँ कलाकारले कतिको चुनौती खेप्नु पर्छ ?

    पुराना कलाकारहरु नामबाटै चिनिएका छन् । उनीहरु नामले नै चलेका छन् । हिजोआज संगित लाइनमा पैसा भएकाले मात्र अवसर पाएका छन् । जस्तो सुकै स्वर, लय भएपनि पैसावालाहरुले गर्दा नयाँ प्रतिभावान कलाकारहरु पछि परेका छन् । त्यसैले नयाँ कलाकारहरुले चुनौती खेप्नु परेको छ ।

    पछिल्ला दिनहरुमा कलाक्षेत्र भित्र धेरै विकृतिहरु भित्रिएको आरोप छ नि , केहि भेट्नु भयो यहाँले ?

    मेरो विचारमा कुनै पनि क्षेत्रमा विकृति र विसंगती छन् । त्यसैले गितसंगितको क्षेत्र पनि यसबाट टाढा छैन । अरु कुरा के भनौं र मैले ।

    कला क्षेत्रलाई माथी उकास्न कलाकार र राज्यले के गर्नु पर्छ जस्तो लाग्छ ?

    पहिले भन्दा धेरै राम्रो छ । तर पनि मलाई लाग्छ अहिलेको नेपाली गितसंगित खिचडी जस्तो छ । यसक्षेत्रमा थुप्रै विसंगतीहरु भित्रीएका छन् । छाडा गितहरु पनि आएका छन् । यसलाई रोक्नुपर्छ जस्तो लाग्छ ।

    तपाईंको भविष्यको लक्ष्य नै यहि हो कि अरु केहि रोज्नु भएको छ ?

    गितसंगितले नाम दिन्छ । शुभ चिन्तक र दर्शकहरुको मायाले प्रेरणा दिन्छ । जिन्दगीमा सबैलाई हँसाउन अनि मनोरञ्जन दिन पनि गित संगित चाहिन्छ नै । तैपनि गितसंगितले मात्र त बाँच्न गाह्रो छ । अरु पनि काम त गर्दैछु । यसलाई पनि निरन्तरता दिने सोचाईमा छु ।

    एउटा कलाकारको नाताले भन्नु पर्दा देशको वर्तमान अवस्थालाई यहाँले कसरी लिनु भएको छ ?

    एकदमै विग्रिएको छ । राजनिती तिर त त्यति ख्याल छैन तर पनि यो अवस्था देख्दा एकदमै दिक्क लागेको छ । एउटा भिरमा फलेको फल जस्तो छ नेपालको राजनीतिक अवस्था ।

    कुराकानीका लागि समय दिनुभयो , यहाँलाई धेरै–धेरै धन्यवाद ।

    तपाईं जस्तै दर्शक र मिडियाकर्मीहरुको साथ र माया पाइरहेकी छु । आशा छ , आउने दिनमा पनि पाउने छु । मेरा विचारहरु राख्ने मौका दिनु हुने तपाईं र तपाईंको मिडियालाई विशेष धन्यवाद । गितसंगितलाई माया गरिदिनु होला । जय गित , जय संगित ।

     

    प्रस्तुती ज्ञानमणि नेपाल कालोटोपी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार