२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

अन्तर हृदयबाट आउने आफ्नोपनको भावना नै माया हो – सृजना


५२३८ पाठक संख्या

भक्तपुर–४ कमलबिनायकमा पिता राम बहादुर तामाङ् र माता मासाङ् तामाङ्को कोखबाट जेठी सन्तानका रुपमा जन्मिएकी

  • नवसंकेत अनलाईन
  • २०७४ भाद्र २५, आईतबार मा प्रकाशित ६ साल अघि
  • भक्तपुर–४ कमलबिनायकमा पिता राम बहादुर तामाङ् र माता मासाङ् तामाङ्को कोखबाट जेठी सन्तानका रुपमा जन्मिएकी सृजना तामाङ् आफुलाई एक सफल मोडलको रुपमा परिचित गराउन लागिपरेकि छिन् ।मोडलको साथसाथै फिट्नेस ट्रेनरको रुपमा पनि कार्यरत रहेको छिन् । सामान्य परिवारमा हुर्किएकी सृजना गित संगीतलाई पनि उतिकै माया गर्छिन । जीवनलाई संघर्ष हो भन्छिन यिनी । म्युजिक भिडियोको सुटिंगमा ब्यस्त रहेकी सृजना हाल भक्तपुरमा रहिन्छिन । यिनै सृजनासंग सहकर्मी सुरज श्रेष्ठले गरिएको कुराकानीको :-

     

                 ० सृजना तामाङ् ० मोडेल तथा फिट्नेस ट्रेनर 

     

    ० जीवन के हो ?
    मेरो विचारमा जीवन एउटा संघर्ष हो, सुख र खुशीको लागि गरिने एस संघर्षमा कतै सुख त कतै दुख हुन्छ । यस्तै लाग्छ मेरो विचारमा जिबन भनेको ।

    ० आजकल के मा ब्यस्त हुनुहुन्छ ?
    मोडलिंगको क्षेत्रमा आफ्नो राम्रो छाप बनाउन लागिपरिरहेको छु । साथै फिट्नेस ट्रेनर भएको कारणले त्यतौ तिर नै ब्यस्त रहन्छु । बढी जस्तो म मोडलिंग तिर नै व्यस्त हुन्छु ।

    ० फुर्सदको समयमा के गर्न रुचाउनुहुन्छ ?
    मलाई गित सुन्न, उपन्यास, सायरी पढ्न धेरै मन पर्छ त्यसैले फुर्सदको समयलाई किताब, उपन्यास, सायरी पढ्ने, गित सुन्ने गर्छु ! प्राय आधुनिक र सेलो गित सुन्छु ।

    ० कति भयो मोडलिङको क्षेत्रमा लाग्नुभएको ?
    मोडलिङको क्षेत्रमा लाग्ने बिचार सानै देखि भय पनि यो क्षेत्रमा लागेको ७,८ वर्ष भयो ।

    ० अहिले सम्म कति वटामा मोडलिङको गर्नु भयो ? पहिलो मोडलिङ कुन गीतमा गर्नु भयो ?
    अहिले सम्म ११ वटामा मोडलिङ गरिसकेको छु र अझ गर्दै छु पहिलो मोडलिङ तामाङ् सेलोमा गरेको थिए जसको बोल थियो “ट्याटु खोपेर”

     

    ० मोडलिङ मात्र हो की अरु पनि गर्नु हुन्छ ?
    म मोडलिङ संगसंगै फिट्नेस ट्रेनर पनि हो ।

    ० फिट्नेस ट्रेनर पनि हुनुहुन्छ, समय कसरि मिलाउनु हुन्छ ?
    जहा इच्छा हुन्छ त्यहा इच्छा प्राप्तिको लागि उपाय पनि आउछ । अहिले सम्म समय मिलेको छ । अब मिल्दैन भन्न सक्दिन ।

    ० माया के हो ?
    अन्तर हृदयबाट आउने आफ्नोपनको भावना नै माया हो । यस्तो भावना न त आफुले चाहेर नै श्रीजना हुन्छ न त चाहेर यसलाई हटाउन नै सकिन्छ । त्यहि हो माया मेरो विचारमा ।

    ० आजभोली मोडलिङको क्षेत्रमा पनि केहि बिकृति र विसंगतिका कुराहरु सुनिन्छ, यस विषयमा के भन्नुहुन्छ ?
    हो तपाईले एकदम सहि विषय उठाउनुभयो। आजभोली तपाईले भन्नुभएको जस्तो मोडलिङको क्षेत्रमा केहि बिकृति र विसंगतिका कुराहरु सुन्न पाईन्छ । बिषेश गरि यसक्षेत्रमा छोटा छोटा लुगाकपडा लगाउने, अंग प्रदर्शनी गर्ने जस्ता अस्लिलपना बिकाश भइरहेको पाइन्छ ।

    ० मोडलिङमा आफुलाई चिनाउन कतिको गारो भयो ?
    खासै गारो भाको जस्तो लागेन मलाई किनकी म आफु पनि एस क्षेत्रमा आफुलाई चिनाउन लागिपरेको छु, सिक्दै र अगी बढ्दै जादै छु । सफलता एउटा एस्तो स्थान हो जसलाई हासिल गर्न धेरै संघर्ष त अत्यन्तै आवश्यक छ । जुनसुकै बिषयमा उत्क्रिस्टता हासिल गर्न गारो हुन्छ ।
    ० यसक्षेत्रमा लाग्न प्रेरणा कसले दिनुभयो ?
    मेरी मामु र मामा मेरो प्रेरणाको श्रोत हुनुहुन्छ ! उहाँहरुको प्रेरणा र मार्गदर्शनले नै आज म यो स्थानमा छु । धन्यबादी छु म उहाहरु प्रती ।

    ० अन्त्यमा के भन्न चानुहुन्छ ?
    नेपाली गित संगीत तथा म्युजिक भिडियोलाई माया गरिदिनुभएकोमा म सारै खुशी छु र यस्तै माया पछि सम्म पनि रहन्छ भन्ने पूर्ण आशा तथा बिश्वास लिएको छु । छोटा लुगाकपडा र अंग प्रदर्शनीले मोडलिङ हुदैन भन्ने कुरा सबैले बुझ्नु जरुरि छ र हाम्रो समाजमा विकृति फैलाउने यस्तो कुरालाई निरुत्शाहित गर्न हामी सबै जुट्नुपर्छ भन्न चाहन्छु । अनि मैले खेलेको भिडियो हेरेर सुझाब दिन अनुरोध गर्दछु, र मेरो मनमा लागेको कुरा राख्न दिनुभएकोमा तपाई सुरज श्रेष्ठलाई धन्यवाद गर्न चाहन्छु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार