२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

प्रेम अमुल्य र अदृश्य चिज हो – नवराज ढुँगाना


३६०५ पाठक संख्या

नुवाकोट जिल्ला बेलकोटगढी न पा वडा न ११ का पिता कोप प्रसाद ढुँगाना र माता

  • नवसंकेत अनलाईन
  • २०७४ भाद्र ३१, शनिबार मा प्रकाशित ६ साल अघि
  • नुवाकोट जिल्ला बेलकोटगढी न पा वडा न ११ का पिता कोप प्रसाद ढुँगाना र माता मिनाकुमारि ढुँगानाको तेस्रो सन्तान नवराज ढुँगाना एक असल समाजसेवि र असल नागरिक  बन्न चाहान्छन । सामान्य परिवारमा हुर्किएका ढुँगाना देशलाइ निकै माया गर्छन, देशको लागि केही गर्न पर्छ भन्ने सोच राख्छन ढुंगाना । देशलाइ केही गर्न पर्छ भनेर लागी परेका ढुंगाना संग सहकर्मी सुरज श्रेष्ठले गरेको कुराकानी :
    ० आज भोलि के मा ब्यस्त हुनुहुन्छ ?
    विगत ७ वर्षदेखि जिल्ला सरकारि वकिल कार्यालयमा कार्यरत छु ।साथै केही सामाजिक सस्थाहरुमा पनि अावद्द छु ।
    ० फुर्सदको समयमा के गर्न रुचाउनु हुन्छ ?
    फुर्सदको समयमा केही पुस्तकहरु पढ्ने साथै सामाजिक सन्जालतिर व्यस्थ रहन्छु ।
    ० जीवन के हो ?
    मेरो विचारमा जीवन एउटा संघर्ष हो, सुख र खुशीको लागि गरिने यस संघर्षमा कतै सुख त कतै दुख हुन्छ । यस्तै लाग्छ मेरो विचारमा जिबन भनेको ।
    ० काभ्रे जिल्ला लाई नै कर्म थलो किन बनाउनु भो ?
    समय र परिस्थितिले मानिसलाई कुन वाटो कता पुर्याउछ थाहा हुदैन । त्यसरि नै म पनि कुनै वाटोवाट यहाँ अाईपुगे । सगैका साथिभाईहरु विदेश पलायन भएका छन तर मलाई चै अाफ्नै देश र जनताको लागि केही गरम भन्ने लागेर यतै अल्झिरहेको छु ।धुलिखेलको हावापानि मेरो जन्मथलो कै जस्तो लागेर नि यहि टिकिरहेको छु ।
    ० प्रेम के हो ?
    प्रेम अमुल्य र अदृश्य चिज हो । जुन पशुपन्छि र जिवजनावर समेतले सम्झन्छन वुझ्छन र स्विकार्छन । वाकि मानवको लागि त अपरिहार्य र जीवन जिउन अावस्यक कुरा हो ।
    ० राम्रो हुनु हुन्छ ? प्रेम प्रस्ताव आउदैन ?
    हे हे धन्यवाद ! तपाईको नजर राम्रो रैछ राम्रै देख्नु भो प्रेम प्रस्ताव चै अाजभोलि अाउदैन । अाईहाल्यो भने पनि प्रेमलाई स्विकार्नु पर्छ भन्ने मेरो सोचाई हो ।
    ० देशको बारेमा के भन्नू हुन्छ ?
    हामी सवैलाई थाहा छ विश्वकै उत्कृष्ट मुलुक नेपाल हो र हामी यहि देशका भाग्यमानि नेपाली हौ । देशभरका पढेलेखेका देखि सामान्य सम्मका युवापुस्ता विदेश पलायन हुने हाम्रो देशमा सवैजनालाई यहि देशमा रहनसक्ने वातावरण वनाएर त्यो श्रमको सदुपयोग गरि सुन्दर शान्त नेपाल ! वनेको मेरो देश हेर्ने चाहना छ ।
    ० दशै नजिकिदै छ, नया सोच बनाउनु भाको छैन ?
    सर्वप्रथम त हामी नेपालिको घर अागनमा अाईसकेको बडा दशैको सबैलाई शुभकामना ।। सर्वप्रथम त दशैको लागि परिवार अाफन्त र साथिभाई भेट्न गाउघरमा जानेछु । र यो अवसर पनि हुनेछ कि हाम्रो लागि साथिभाई छिमेक र समाजमा सबैभेला भएको समयमा अाफ्नो टोल छिमेक र समाज सुधारका लागि गर्नुपर्ने कार्यहरुको विषयमा छलफल गरि कार्यक्रमहरु चलाउने 
    ० अन्त्यमा के भन्न चाहानु हुन्छ ?
    सर्वप्रथम त तपाईलाई धन्यवाद ! मलाई यो स्थानमा अवसर दिनुभयो । हामी नेपाली युवापुस्ताले मरुभुमिको डिग्रिमा हैन पढाईको डिग्रिमा देशलाई सबल वनाउने अवसर पाउनु पर्यो सम्वन्धित निकायले मर्म वुझिदियोस भन्न चाहन्छु । धन्यवाद
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार