२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

समृद्धि, र सामाजिक रुपान्तारणको जिम्मा हाम्रो काँधमा : लम्साल


३६४३ पाठक संख्या

यतिबेला काभ्रे जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको माहौल तातिँदै गएको छ । दुई

  • नवसंकेत अनलाईन
  • २०७४ मंसिर १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • यतिबेला काभ्रे जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको माहौल तातिँदै गएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेश सभा रहेको काभ्रेमा नेपाली काँग्रेस र बाम गठबन्धनविच चुनावी प्रतिस्पर्धा हुने छ । गठबन्धनले काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा (क) मा युवा विद्यार्थी नेता लक्ष्मण लम्साललाई उम्मेदवार बनाएको छ । विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आएका लम्साल बौद्धिक, राजनीतिक र सरल स्वभावका नेता मानिन्छन्, काभ्रेको मण्डनदेउपुर वडा नं. ७ स्थायी घर भएका लम्साल आम जनसमुदायले आफुलाई मत दिने विश्वास व्यक्त गर्दै घर दैलो अभियानमा छन् । उनै लम्सालसँग चुनावी शेरो फेरोमा रहेर कविराज ढकालसंग भएको कुराकानी अंश ।

     

    – तपाईं त जनताको घर दैलोका क्रममा प्राय गाउँ घुमिसक्नु भयो, कस्तो पाउनुभएको छ जनताको प्रतिक्रिया ?

    हो, म र हाम्रो बाम गठबन्धन जनताको घरदैलोमा जाने क्रममा मण्डन, भुम्लु पाँचखाल लगायतका प्राय ठाउँमा पुगिसकेका छौं । विगत देखिनै नेकपा एमालेको वर्चश्व रहेको र अहिले माओवादी केन्द्रसमेत साथमा रहेको गठबन्धन भएको हुनाले आम जनसमुदायको नगरमा यो क्षेत्र सहज रुपमा हामीले जित्ने क्षेत्रमा पर्छ र हामी जित्दै पनि छौं । यसरी जित सुनिश्चित भएका कारण पनि जनताहरू हामीमा केही अपेक्षा लिएर बसेका छन् । जनताहरूले हामीलाई मत दिने प्रतिबद्धता त व्यक्त गरेकै छन् । साथै उहाँहरूले समृद्धि, विकास र सामाजिक रुपान्तरणको आस हामीबाट गरेका छन् । मेरो क्षेत्र काभ्रे जिल्लाको कृषि क्षेत्रको सबैभन्दा महत्वपूर्ण क्षेत्रमा समेत पर्छ भने काभ्रे जिल्लामा सिञ्चाइको सबैभन्दा समस्या भएको क्षेत्र पनि पर्छ यो । यहाँका प्राय जनता किसान वर्ग व्यापारी र व्यवसायीहरू समेतले सबै कुराको सहजताका लागि विभिन्न माग समेत अघि सार्नुभएको छ । पाँचखाल, ज्याम्दी लगायतका ठाउँका जनताले सिंञ्चाईको कुरा गर्नुभएको छ, सडकको कुरा गर्नुभएको छ । त्यो पुरा गर्न हामी प्रतिबद्ध छौं र सक्षम पनि छौं । हाम्रो पार्टीले लामो समयदेखि इन्द्रावती जलाशय, पाँचखालमा सिंचाई र खानेपनीको मुद्दा बोक्दै आएको छ र त्यो सपना पूरा गर्न आम जनसमुदायले हामीलाई मौका दिनुनै हुनेछ । र हामी यो सपना पुरा पनि गर्दै छौं ।

    – यहाँको क्षेत्रमा दुर्गम देखी सुगम सम्मका भुभाग रहेका छन्, यो सबै क्षेत्र समेट्ने गरी निर्वाचत जितिसकेपछि त्यस क्षेत्रको विकासका लागि के योजनाहरू बनाएर जनतामाझ प्रस्तुत गर्नुभएको छ ?

    पक्कै पनि मेरो क्षेत्रमा नगरपालिकाको हिसावले पाँचखाल नगरपालिका, धुलिखेल नगरपालिकाका वडा नं. १ देखी ७ सम्म, मण्डनदेउपुर नगरपालिकाका वडा नं. ७ देखी १२ सम्म साथै अलि दुर्गम भेगका हिसावले कोशीपारीको भुम्लु गाउँपालिका पर्छ । भौगोलिक हिसावले पाँचखाल, धुलिखेल, मण्डन र भुम्लु यि चारै क्षेत्रको सम्भावना फरक खालको छ । धुलिखेलको विकासको सम्भावना अर्कै खालको छ । यि तहको भौगोलिक अवस्थालाई, त्यहाँको सामाजिक अवस्था र त्यहाँको सांस्कृतिक अवस्थालाई मैले, हाम्रो पार्टी र गठबन्धनले समग्र देशको अवस्थालाई सचित्र बयान अर्थात प्रस्ताव गरेको छ । त्यो प्रस्ताव सँगसँगै मैले मेरो निर्वाचन क्षेत्रमा पनि मैले हाम्रो गठबन्धनको तर्फबाट के प्रतिबद्धता जाहेर गरेको छु भने हामीसँग पाँचखाल र मण्डनजस्ता कृषि उपत्यका छन् । जहाँ सिंचाइको अभावले गर्दा हामीले चाहेजी कृषि उत्पादन लिन सकेका छैनौं । अब संविधान बनिसकेको अवस्था र नवनिर्माणमा मुलुक अघि बढेको अवस्थामा जबसम्म हामी आफ्नो उत्पादन बढाउँन सक्दैनौं तब सम्म हामी आत्मर्निभर अर्थतन्त्र हामी बनाउँन सक्दैनौ । त्यसैले महादेवस्थान र पाँचखालमा इन्द्रावतीमा बगेर गएको पनिलाई हामीले बृहत सिंचाई आयोजना सम्भव भए राष्ट्रिय स्तरमा र सम्भव नभए अन्तर्राष्ट्रिय क्षेत्रबाट लगानी जुटाएर भएपनि हामीले बनाउने योजना ल्याएका छौं ।
    दोस्रो कुरा भनेको पर्यटनको हो । पर्यटनको हिसावले धुलिखेललाई अघि बढाउनु आवश्यक छ । धुलिखेल नेपालका पर्यटकीय स्थलमध्येको एक हो । तर यहाँ एउटा भन्दा तारे होटल छैन । धुलिखेलमा बाह्य ता आन्तरिक पर्यटकहरू भित्र्¥याउन हामीले त्यहाँ धेरै पूर्वाधारहरू विकास गर्नु आवश्यक छ । बातावरणिय प्रभावलाई नियन्त्रण गर्नुपर्ने छ । त्यसैले हामी नगरपालिका मार्फत नीति निर्माण गर्नेछौं । मैले प्रदेश सभाको उम्मेदवारको हिसावले अझ के प्रतिबद्धता व्यक्त गरेको छु भने धुलिखेललाई अझ शशक्त पर्यटकीय स्तल बनाउने, ग्रामिण क्षेत्रसम्म पर्यटन क्षेत्रको रुपमा विकास गर्दै धुलेखेलसँग पलाञ्चोक र नगरकोटसँग मण्डनको सुलिकोटको डाँडालाई जोड्ने हो भने पनि पर्यटकको आकर्षणकेन्द्र बनाउँन सक्छौं । यसरी पाँचखाललाई नमुना कृषि क्षेत्र र धुलिखेल र मण्डनलाई पर्यटकीय क्षेत्र बनाउने तर्फ हामी लाग्नेछौं ।
    तेस्रो भनेको कोशी र इन्द्रावतीको पानीलाई उपभोग गर्ने हो । बाम गठबन्धनले आगामी दश वर्षमा पन्ध्र हजार मेगावाट विजुली उत्पादन गर्ने भनेको छ । त्यो पन्ध्र हजार मेगावाट विद्युत उत्पादन गर्ने क्रममा एउटा राष्ट्रिय गौरवको योजना हामीले काभ्रेमा बनाउँने छौं । त्यो उर्जा उत्पादन गर्दै गर्दा हजारौँ युवाहरुले रोजगारी पाउनेछन् । र त्यो उत्पादनबाट प्राप्त आय हाम्रो प्रदेश र क्षेत्रको आम्दानीको स्रोत समेत बन्नेछ ।
    अर्को भनेको कोशीपारीको भुम्लु गाउँपालिकाको सल्ले, भूम्लु, सिम्थली लगायतका क्षेत्रमा ठूला जंगल छ । ति जंगल क्षेत्रहरूमा उत्पादनमुलक जडिबुटी, चिया, कफी के को सम्भावना छ त्यसको पहिचन गरी पकेट क्षेत्रहरूको निर्धारण गरी जंगललाई जडिबुटी, चिया, कफी, लगायतको उत्पादन सँगै पर्यटनको समेत बृद्धि र विकासका लागि हामीले योजना बनाएर अघि बढ्न सकिन्छ । मैले यसो भनिरहँदा जनताहरूलाई चुनावका बेला नेताहरूले मत प्राप्त गर्न भाषण गर्छन्, आश्वासन दिन्छन् भन्ने पनि लाग्न सक्छ । तर म आम जनसमुदायहरूलाई के अनुरोध गर्छु भने, चिन र भारतले तेत्रो ठूला योजनाहरू बनाउन सक्नछ । हामी नेपालीले किन नसक्ने ? काम गर्न इच्छा हुनुपर्छ । योजनाका लागि लविङ गर्न सक्ने क्षमता हुनुपर्छ र त्यो क्षमत राख्न म सक्छ । त्यसैले पनि म यि योजनालाई अघि सारिरहेको छु ।
    यसैगरी शिक्षाको क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा हाम्रो क्षेत्रमा गरिवी पनि छ त्यसलाई न्युनिकरण गर्न भुम्लु गाउँपालिकामा बाटो सिंचाई र आम जनसमुदायको जिवनस्तर सुधार्नर्फ हामी दीर्घकालिन र अल्पकालिन योजना लिएर अघि बढ्ने छौं र हामी अघि बढ्न सक्छौं पनि । र हामी भ्रष्टाचारलाई निर्मुल पार्ने र भ्रष्टाचारमुक्त स्थानीय, प्रदेश र केन्द्रीय सरकार बनाएर देशलाई समुन्नत बाटोतर्फ लैजाने तर्फ हाम्रो अभियान जारी रहने छ ।

    – यतिका राम्रा र प्रभावकारी योजना बोकेर हिँड्नुभएको छ, जनतालाई सुनाइराख्नुभएको छ, यि योजनाहरू सुनेपछि जनताको उत्साह र यहाँप्रतिको विश्वास पाउनुभयो ?

    मैले धेरै ठाउँमा आफ्ना विचारहरु राखेँ । मैले अघिनै भने म भुम्लु गाउँपालिका विगतका सबै गाविस र हालका सबै वडाहरूमा जाँदा, चौवास होस्, कोताँती होस्, सिम्थली, सल्ले, लगायतका क्षेत्रमा मण्डनका विभिन्न वडा, पाँचखालका विभिन्न वडाहरूमा म जाँदा र आफ्ना विचार सुनाउँदा त्यहाँका जनसमुदायहरूले मलाई राम्रो प्रतिकृया दिनुभएको छ । आज पनि कतिपय ठाउँबाट फोन गर्नुहुन्छ, कतिपय जनता भेट्न आउनुहुन्छ र भन्नुहुन्छ जे मुद्दा तपाईले उठाइरहनुभएको छ, त्यो एजेण्डा र मुद्दा तपाईं बोकीरहनुहोस् हामी सधैं तपाईंको साथमा छौं भन्ने प्रतिक्रिया प्रेरण दिइरहनुभएको छ ।

    – यि सब कुरा भनिरहँदा यहाँलाई एउटा आरोप लाग्ने गरेको छ कि तपाईं जिल्लाको राजनीतिमा सक्रिय नबनेको नेता भनेर पनि हल्ला चलाएका छन् नी ?
    होला, स्वभाविक रुपमा विपक्षीहरूले लक्ष्मण लम्साले राजनीति नबुझेको, राजनीतिक आन्दोलनबाट भागेको भन्न सकेनन् । लक्ष्मण लम्साल राजनीतिक सँगै शैक्षिक योग्यताका हिसावले पनि अब्बल छ भन्ने कुरा सबैले बुझेका छन् । राजनीतिक इतिहासका कुरा गर्नुहुन्छ भने म विगत लामो समय, विद्यार्थीकालदेखि नै राजनीतिमा नेपाली जनतको मुक्तिको आन्दोलनमा, विद्यार्थी हक अधिकार स्थापनाको आन्दोलनके नेतृत्व पंक्तिमा, पञ्चायत विरोधी र राजतन्त्र विरोधी आन्दोनमा स्पष्ट ढंगले देखिएको मान्छे भएको हुनाले राजनीतिक रुपमा कुनै आलोचना गर्ने ठाउँ पाएनन् र कुनै पनि किसिमको भ्रष्टाचार, मुद्धामामिला नखेपेको हुनाले पनि र बैचारिक, राजनीतिक हिसावले सवल भएकाले जिल्लामा नभिजेको भनेर भ्रेम फैलाइएको मात्र हो । म त्यही ठाउँमा विद्यालय शिक्षा हासिल गरेको हुर्ने बढेको मान्छ, उच्च शिक्षाका लागि राजधानी पसेको न हुँ । मेरो गाउँ मेरो घर साथीभाई खेले हुर्केको त त्यही मण्डन क्षेत्र न हो । आज पनि त्यही मेरो घर छ । म आज पनि त्यहीँ बस्छु । आज पनि मेरा नाता सम्बन्ध त्यहीँ छन् भने म कसरी टाढाको भएँ । हो म राजनीतिक रुपमा काभ्रेका पार्टीमा भुगोलमा जिममेवारी भइन् । नेकपा एमालेको म आठौं महाधिवेशनबाट राट्रिय प्रतिनिधि परिषद्को सदस्य हुँ भने नवौं महाधिवेशनपछि केन्द्रीय कृषि तथा भुमीसुधार विभागमा छु । पार्टीले मलाई कृषि जस्तो महत्वपूर्ण विभागमा जिम्मेवारी दिएको छ । यो मुलुकभरिको जिम्मा दिएको छ । केन्द्रीय स्तरको जिम्मेवारी दिएको छ । केन्द्रीय स्तरमा राजनीतिमा सहभागि छु । म जिल्लाका हरेक विकास निर्माण राजनीतिक र योजनाका काममा सक्रिय छु । विपक्षीले हतास भएर फैलाउन खोजिएको भ्रम मात्र हो ।

    – तपाईंको क्षेत्र जहिले पनि बामपन्थीहरू अघि छन् स्थानीय निर्वाचनमा प्राप्त मतको हिसावले पनि बामपन्थीहरू धेरै अघि छन् । तर तपाईंका विपक्षी प्रतिस्पिर्धीहरूले बल, डर धम्की प्रयोग गरेर सहज रुपमा मत हाल्न नदिने अवस्था बनाउँन सक्छन् । कतै लक्ष्मण लम्साललाई अप्ठ्यारो पार्ने हो कि, मतदातालाई सहज रुपमा त हाल्न नदिने हो कि भन्ने छ नि ?
    म आम मतदातालाई निश्चित भएर मत हाल्न अनुरोध गर्छु । यो २०६४ पनि होइन र २०७० साल पनि होइन । यो पञ्चायतको चुनाव पनि होइन । अहिले बामपन्थीहरूको एकता भएको बेला हो । जनताको चेतनाको स्तर बढेको छ । त्यसकारणले गर्दा हामी जनताको सुरक्षा गर्छौ भनेर लागेका मान्छे मतदाताको सुरक्षा गर्न नसक्ने भन्ने हुँदैन । कसैको धाक धम्की र पैसाले हामीलाई कुनै असर गर्दैन हामी संघर्षकै मैदानबाट आएको मान्छे हामीलाई मतदाता र जनतको सुरक्षा कसरी गर्नुपर्छ भन्ने थाहा छ । कसैले केह ीगर्न सक्दैन । हामी लोकतन्त्रको रक्षा गर्न हिँडेको मान्छ । हामी कसैलाई निषेध गर्दैनौं, स्वतन्त्र रुपमा हामी अघि बढ्छौं । जनताले बुझेका छन्, यो लोकतन्त्र हो कसैले तानाशाह लाद्न सक्दैन ।

    – अन्त्यमा मतदातालाई केही भन्नु छ ?
    मैले धेरै महत्वपूर्ण कुरा त राखिसकेँ । म आम मतदातालाई के भन्न चाहन्छु भने मैले अब तपाईंहरुसँगै बसेर यो क्षेत्रमा काम गर्ने मौका पाएको छु निश्चित भएर मलाई मत दिनुहोस् । सधैं तपाईहरूकै साथमा रहेर तपाईहरूका समस्या हल गर्न अग्रसर रहनेछु । विकास निर्माण, उद्योग कलकारखान, कृषि लगायतका क्षेत्रमा मैले प्राप्त गरेका ज्ञान र मेरो क्षेमतालाई प्रयोग गर्ने र यहाँहरूको र यहाँहरूको ठाउँको समग्र विकास र समृद्ध क्षेत्र निर्माणका लागि सबै शक्ति केन्द्रीत गर्ने र आगामी पाँच वर्षमा यहाँहरूले सोचेभन्दा बढी काम गर्ने छु । तपाईहरूको मतको कदर हुने छ । तपाईंहरूको प्रतिनिधिका कारणले शिर झुकाउनु पर्ने अवस्था आउन दिने छ्रैन ।
    पलपलको डटकमबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार