२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

हालकै तरिकाले अगाडी बढ्नेहो भने पाँचखालको भविश्य सुनौलो छ, २५ प्रतिशत भित्रै प्रशासनिक खर्च पुर्याउंछौ


४०९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ भाद्र २२, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • भोलाप्रसाद चापागाई
    प्रमुख प्रशाससकिय अधिकृत

    साबिक धनकुटाको चुङ्माउ गाबिस वडा नं ६ हालको पाख्रिवास नगरपालिका वडा नं ९ को अती रमणिय स्थलमा पिता पद्मलाल चापागाई तथा माता उमादेवी चापागाईको कोखबाट २०२६ साल साउन १० गते जन्मनु भएका भोलाप्रसाद चापागाई मिलनसार सालिन साथै भद्र हुनुहुन्छ । पाँचखाल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेर कार्य गर्दै आउनु भएका चापागाई प्रशासनिक खर्चलाई अत्यन्त कम गरी विकास निर्माणको लागि खर्च गर्ने मनसायका साथ अगाडी बढ्नु भएको छ ।

    नीयमत वजेटको ४० प्रतिशत सम्म प्रशासनिक खर्चगर्न पाउने प्रावधान हुंदा हुंदै पनि त्यसलाई घटाएर २२.४१ प्रतिशतमै (चालु तर्फ) खर्च पुर्याएर वचेको रकम समेत बिकास निर्माणमै लगाई नगरको बिकासको लागी निरन्तर रुपमा अगाडी बढ्नुभएका प्रशासकीय अधिकृत चापागाईले एम. ए, एम.बिए, विएड, वि.एल सम्म अध्ययन गर्नु भएको छ । ०४५ सालमा शिक्षक पेसाबाट अगाडी बढ्नुभएका चापागाईले ०५५ सालमा खरिदारको रुपमा संसद सेवामा कार्यरत हुदै, ०५७ सालमा शुब्बा, ०६३ सालमा अधिकृत हुदै ०७३ सालमा उप सचिब हुन सफल हुनु भएको थियो । उपसचिव भएपछि स्थानिय तहमा पहिलो पल्ट काभे्र जिल्लाको नमोबुद्ध नगरपालिकामा आउनु भएका चापागाई हाल पाँचखालमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ । पछिल्लो समय स्थाई वसोवास ललितपुरको धापाखेलमा रहेपनि सेवाग्राहीहरुलाई सेवा दिन सहज रहोस भनि कार्यालयकै आवास गृहमा वस्दै विहान ९ बजे देखी बेलुका ६ वजे सम्म सेवा ग्राहिको साथमा रहेर सेवा दिदै आउनु भएका चापागाईसंग समसामयिक बिषयमा ईश्वरी राजकुमार मैनाली (आइ.आर.कें) ले गरेको कुराकनी अंश…..

    कृषि नगरीको रुपमा अगाडी बढेको पाँचखालको विकास निर्माणम साथै कृषिको क्षेत्रमा के कस्ता योजनाहरु अगाडी बढाएको छ ?

         हाम्रो नारामा पाँचखाल नगर कृषि शहर छ, तर प्राप्त साधन र स्रोतको आधारमा जुन किसिमले कृषिलाई प्राथमिकता दिनु पर्ने थियो त्यो केही मात्रामा कमै भएको छ । वजेट वितरण गर्दा चाही हाम्रो जम्मा वजेटलाई ५ वटा बिषयगत क्षेत्रमा साथै उप शिर्षकहरुमा समेत बजेट बाँडेका छौं । त्यसमा पनि हरेक वडाबाट समेत कृषिको कार्यक्रममा वजेट परेको छ । उहाँहरुले आफ्नो प्राथमिकता कृषिको कार्यक्रम राख्नु भएको छ । वडाले कृषिको लागि छुट्याएको वजेटमा सपोर्टको लागि नगरले ३० लाख बजेट व्यवस्था गरेको छ । त्यसमध्य १० लाख वजार व्यवस्थापनको लागि खर्च गर्ने छौं । त्यसमा युएनको प्रोजेक्टले सहयोग गर्नेभएको छ । बाँकी २० लाख कृषकलाई नगरपालिकासंग जोडिईरहने किसिमका कामहरुको लागि बाँडफाँड गरेर अगाडी बढाउंदै छौं । जुन प्रकारले कृषिलाई प्राथमिकता दिनुपर्ने थियो प्राबिधिक कारण र कर्मचारीको अभावले गर्दा केही नीतिगत तरीकाले काम गर्ने कर्मचारी नहुंदा सामान्य समस्या परेको छ । तर आगामी दिनमा पर्याप्त मात्रामा बजेट छुट्याउने प्राथमिकतामा राख्नेगरी पुर्वाधारहरु तयार भएको छ ।

    कृषिको बिकासको लागि नगरको केन्द्र बिन्दु भएर बगेको झिगखोलाको बारेमा केही सोचेको छ नगरले ?

    नगरले समग्र वजेटलाई मध्यनजर गरेर हेर्दा सवै प्रकारको जम्मा वजेट ५७ करोड ९८ लाख २१ हजार रहेको छ । त्यसमा हाम्रो सरकारी खर्च नियम अनुसार ४० प्रतिशत भन्दा बडी प्रशासनिक खर्च गर्न पाईन्न । तर पाँचखाल नगरमा प्रशासनिक खर्चलाई २५ प्रतिशत नाघ्न नदिने र ७५ प्रतिशत रकम बिकासमा लगाउने योजनाका साथमा अगाडी बढेका छौं । सोही हिषावले यो बर्षको प्राथमिकतामा अघिल्लो बर्षमा सुरुगरेको खानेपानी योजनालाई पुरा गर्ने र बाँकी पैसा बाटो राजकुलो लगाएत साथै अन्य बिकास निर्माणको लागि खर्च गर्ने छौं । सोचेअनुसारको कामहुन स्रोत साधनले गर्दा केही समस्या भएको छ ।

         झिगु खोलामा ठाउंठाउमा बाँध बाँधेर सिंचाईका व्यवस्था मिलाउने , जमिनलाई रसिलो वनाउनको लागि अरु धेरै बिषयका उपायहरु हुन्छन् । त्यो बिषयमा अघिल्लो बर्ष अध्ययन गरीसकेका छौं । जसअनुसार अरनिको राजमार्ग भन्दा २ कीलोमिटर माथी बाँध बाध्दा जसवाट जमिनमा पानी रिचार्ज गर्न सकिन्छ भन्ने रिपोर्ट आएको छ । बाँध बाध्नु भन्दा पहिले डिपिआर तयार गर्नु पर्ने हुन्छ, यो कार्य अलि महंगो हुंदो रहेछ । यो बर्ष सम्पुरक कोषमा २ करोड राखेको छ, सो रकमले झिगुखोलाको बाँध, रिङरोड ,७ नं वडामा लिफ्ट सिंचाई लगाएतको योजनाको डिपिआर तयार गर्ने र सोही आधारमा नगरले केही व्योहोर्ने र नपुग रकम केन्द्रिय सरकार र प्रदेश सरकारसंग मागेर सो बिकास निर्माणको काम सम्पन्न गर्नको लागि सम्पुरक कोषको व्यवस्था गरेका छौं ।

    पाँचखालमा हालैवाट लागु गरेको सम्पत्ति करको बिषयमा सहज छ भन्ने सुन्नमा आएको छ , कुन ढंगले कर निर्धारण गरेको छ यहाँ ?

    वास्तबमै पाँचखालमा सम्पत्ति कर धेरै सहज ढंगले अगाडी बढाएको छ , तीन तहको सरकारकोे कन्सेप्ट आईसकेपछि अलिकति उद्देमीपनि बन्नुपर्छ , आफ्नो आर्थिक स्रोतलाई वलियो बनाउनु पर्छ , कुनैपनि स्थानिय तहको आर्थिक स्रोतको अवस्था हेरेर मात्रै अनुदान दिने भएकोले आन्तरीक स्रोत बलियो पार्न आवश्यक छ । करले धेरै क्षेत्रहरुलाई समेटोको छ ,सोही अनुसार बैज्ञानिक ढंगको सम्पत्ति कर संविधानको धारा ५७ (४) मा लेखिएको जुन अधिककार छ । सोही आधारमा एकल अधिकारको असुची ८ मा उल्लेख गरिए अनुसार यो बर्षबाट प्रारम्भ गरेका छौं । निश्चीतरुपमा कर खुसिले तिर्ने वातावरण वनाउनु पर्छ भन्ने कुरा छ, तर कर तिर्न सवैलाई अनुकुल वातावरण वनाउन नसकेको अवस्था नै हो यसमा केन्द्र देखी हामी स्थानिय तह सम्मका सवै जिम्मेवार नै छौं । सुरुमा हामीले सवै सम्पत्तिको मुल्याङ्कन वडा लेवलबाट गरेउ । त्यतिखेर ३४ वटा रेट बनाएका थियौं ।

    सोही आधारमा ३ सय जना जतिले कर बुझाईसकेको अवस्थामा केही मात्रामा बढी भएको हो कि भन्ने सुझाव आएपछि संसोधनको लागि छलफल अगाडि बढाएको थियो । पहिलो पटक निर्धारण गरेको करको दायरा पनि समग्र रुपमा जिल्लाको अन्य स्थानिय तहमा लगाएको भन्दा बढि त थिएन । सवैतिरको छलफलको आधारमा सुरुमा दायरामा ल्याउनको लागि सस्तो नै होस भन्ने सल्लाह अनुसार करको दायरा निर्धारण भयो ।

    पाँचखाल वासीको सुझाव साथै मन्त्रालयसंग सल्लाह गरेर नगरमा बिशेषसभभा बोलाएर सम्बोधन गरीयो । दोस्रो पटक निर्धारण गरेको करमा १ देखी २० लाख सम्म जस्को सम्पत्ति मुुल्याङ्कन हुन्छ त्यस्तोलाई प्रतिलाख २० रुपैयाँ, ४० लाख हुनेलाई प्रतिखाल २५ रुपैया १ करोड हुनेलाई प्रतिलाख ३० , ५ करोड सम्म हुनेलाई प्रतिलाख ३५ , ५ करोड भन्दा माथी हुनेलाई प्रतिलाख ७० पैसाको दरले कर उठाउने निर्णय भएको छ । ४० लाख भन्दा कम सम्पत्ति हुनेकोे लागि अघिल्लो बर्ष मालपोत तिरेको भन्दा बढी नहुने रहेछ । पाँचखालले निर्धारण गरेकोे कर तिर्न नगरवासिहरु उत्साहकोे साथमा सहभागि भएका छन् । करदाताहरुको सहजताको लागि टोकन सिस्टमको व्यवस्था, वस्ने व्यवस्था, पिउने पानीको व्यवस्था, साथै सम्पत्ति करको फाराम भर्ने नाममा कसैले पनि दलालि नगरोस भनि कर्मचारीलेनै फारम भर्ने कार्यलाई सिकाउने समेतको व्यवस्था गरेको छ । त्यतिमात्रै नभई कुनै करदाताले वुझाउनु पर्ने फोटोकपी नभएमा कार्यलयको तर्फबाटै निशुल्क फोटोकपी गरीदिने व्यवस्था समेत गरेको छ । साउन महिनामा मात्रै झण्डै २० लाख संकलन भएको छ । सम्पत्ति करको बिषयमा नगरवासिहरुले सारै वैज्ञानिक राम्रो रहेको वताएका छन् । कतिपयलेत धेरै थोरै भएको प्रतिक्रिया समेत दिएको पाएको छु ।

    नगरको आन्तरिक आम्दानिको लागि सम्पत्ति कर भन्दा अन्य कुन कुन स्रोत रहेको छ नगरमा ?

    नगरको आम्दानिको स्रोतको रुपमा प्राकृतिक स्रोत तर्फ, व्यवसाय तर्फ, सेवा शुल्कहरु, दण्ड जरिवाना, लगायत आर्थिक ऐनको आधारमा स्रोत व्यवस्थापन गरेका छौं । प्रदेश सरकारले दिएको अधिकार अन्तर्गत पहरी खोला दोभानमा १ किलोमिटर जती सुनकोशिको वगर पाँचखाल नगरमा पर्छ त्यसमा दहत्तर बहत्तरको लागि टेण्डर गरेका छौं । त्यसबाट २ करोड २७ लाख रकम संकलन हुन्छ, जुन आम्दानि प्राकृतिक स्रोतबाट भएकोले ४० प्रतिशत प्रदेशलाई बुझाउनु पर्ने हुन्छ । यो बर्षबाट बिज्ञापन करको ठेक्का १ लाख २ हजारमा लाग्दैछ । अर्को आम्दानिको स्रोतको रुपमा नगरपालिका भित्र गाडि चल्ने सडकमा सडक उपयोग शुल्क भन्ने टेण्डर निकालेका छौं । जुन सडकबाट उठेको रकम सोही सडकमा खर्च गर्ने नीर्णय गरेका छौं । पाँचखालमा लगाएको सो सडक उपयोग शुल्क अन्यत्रको भन्दा कम रहेको छ । जुन अशोजको पहिलो हप्ताबाट लागु हुने छ । त्यसैगरी पाँचखाल नगरपालिका भित्र व्यवसाय गर्ने सवै व्यवसायीहरुलाई एउटा अभियान चलाएर दर्ता भएकालाई नविकरण गर्न लगाउने नभएकालाई दर्ता गराउने भएका छौं । जुन अभियानको लागि ३ लाख बजेटको व्यवस्था समेत गरेको छ । हरेक वडाबाट प्लस टु पड्दै गरेका विद्यार्थीहरुलाई बोलाएर १÷२ दिनको तालिम दिने र उनिहरुले व्यवसाय दर्ता गराउन, नविकरण गर्न साथै नक्सा पास नभई बनेको संरचना भएमा नक्सा पास गर्न लगाउने जस्ता काम गर्नेछन् ।

    नगरमा सम्पत्ति कर लगायत बिभिन्न स्रोतबाट संकलित रकमलाई नगरले कसरी व्यवस्थापन गर्ने तयारी गरेको छ ?

    स्थानिय सरकारको ३-४ वटा खाता हुन्छ त्यसमध्य एउटा खाता भनेको संचित कोष हो । जति कर उठ्छ त्यो रकम संचित कोषमै जम्मा गरीन्छ । जाँहा जहाँबाट जुनसुकै सिर्षकमा आएको रकम पनि सोही खातामा जम्मा गछौं । स्थानिय स्रोत साधनबाट जे जति जुट्छ त्यो छुट्टै खर्च हुंदैन , एउटै डालोमा (वास्केट फण्टको रुपमा) जम्मा हुन्छ । अर्को कुरा आन्तरिक खर्चलाई एकदम कम गर्ने नीति लिएका छौं । जस्तो गाडी किन्ने बिबषयलाई पनि न्यूनिकरण गरेका छौं, मन्त्रालयतिर रहेको पुराना गाडी खोजेर ल्याएर गाडिको समस्या टारेका छौंं । सवै वडालाई एउटा एउटा मोटरसाईकलको आवश्यक छ भन्ने छ, यो बर्ष सवैलाई दिने नभइ आधा आधी वडालाइ व्यवस्था गर्ने र अर्को बर्ष बाँकीमा व्यवस्था गर्ने योजना बननाएका छौं ।

    त्यसको लागि पनि सकेसम्म कतैवाट मागेर ल्याउने योजना पनि रहेको छ । एलजिसिडिपि भन्ने प्रोजेक्टमा २-३ बर्ष चलेका मोटर साईकल थन्केर वसेका छन् । सो मोटरसाईकल मध्य ४ वटा जति दिने कुरा सचिबज्युले भन्नु भएको छ । त्यो आउछ की भन्ने आशले हाललाई आधालाई दिने र भोलिका दिनमा त्यो प्रोजेक्ट बाट आयोभने यसै बर्ष दिने योजना पनि रहेको छ । खर्चलाई घटाउने उद्देस्यले प्रत्तेक वडालाई प्रशासनिक खर्चको लागि मैनाको १५ हजार मात्र उपलब्ध गराउंदै आएका छौं । सवै वडाध्यक्षहरुको सल्लाह अनुसार भएको सो कार्यले खर्च कम हुने छ । १५ हजारले टेलिफोेन, बत्ति, इन्टरनेट, स्टेसनरी , चियापान र मासिक हुने ३ वटा बैठक भत्ता समेतमा खर्च हुनेछ ।

    आन्तरिक स्रोतलाई राम्रोसंग व्यवस्थित गरेका छौं, अघिल्लो बर्ष करिव २ करोड ४५ लाखको लक्ष राखेकोमा झण्डै ३ करोड उठेको छ । यो बर्ष हाम्रो लक्ष भनेको ३ करोड ८७ लाख हो तर मलाइ जहाँसम्म लाग्छ सजिलै संग ५ करोड उठ्छ । नगरपालिकामा संस्थागत सुधारको हिषावमा त्यो युनिटलाई वलियो बनाएको छु । नेपाल सरकारबाट सरुवाभएर आउनु भएको सुब्बा साहेवलाई पनि त्यहाँ राखेको छु , त्यसैगरी राजश्व शाखा प्रमुख हुनुहुन्छ सहयोगको लागि एउटा कर्मचारी व्यवस्था गरेको छु । सवै करदाताहरुकको व्यक्तिगत फाइल व्यवस्थित गरेका छौ । सवै काम अनलाईन सिस्टमले गरेका छौं । हाललाई वडामा यो व्यवस्था गर्न नसकेपनि अवको ४ महिना भित्र सवैमा नसकेपनि ७ ,९ ,१२ ,३ र ४ मा व्यवस्था गर्ने योजना बनेको छ । अर्को बर्ष सवै वडामा अनलाईन सिस्टम व्यवस्था गर्ने योजना रहेको छ । जसको लागि सवै वडा कार्यालयहरुमा फोटोकपी, स्क्यान, फ्याक्स र प्रिन्ट गर्न मिल्ने खालको मेसिन उपलब्ध भइ सकेको छ ।

    राजस्व चुहावट नियन्त्रणकको लागि नगरले के कस्ता योजनाहरु अगाडी बढाएको छ ?

    मान्छेको जति सम्पर्क हुन्छ, जति हातहरु प्रयोग गर्छन त्याँहानेर हामीले शंका गर्नु पर्छ । तर अहिले सम्म पाँचखाल नगरमा राजश्व चुहावट भएको छ्रैन । हामीले राजश्वको रसिदहरु भेरीफाई गर्दा त्यस्तो देखिएको छैन । संसारमा बिधिले मान्छेलाई नियममा ल्याउनु पर्छ, प्रबिधिले बाध्ने हो । अव हामी सवै वडामा प्रबिधि (अनलाईन सिस्टम) लागु गर्दै छौं, त्यसो भएपछि कुनै शंका गर्नु पर्ने ठाउनै रहंदैन ।

    फोहोर मैला व्यवस्थापनको लागि कुनै नयाँ ढंगको रणनीति अपनाएको छ नगरले ?

    फोहोर मैलालाई व्यवस्था गर्ने योजना रहेको छ । हाल सम्म पाँचखाल चौकी भन्दा पर जंगलको खोल्चोमा व्यवस्था गर्दै आएका छौं । दैनिक रुपमा उठाउन सकेको छैन, फोहोर उठाउने गाडी चलाउनको लागि छुट्टै चालक व्यवस्था गरेकोे छैन । मितव्ययीता अपनाउने नाउमा मेरो गडी चलाउने चालकलेनै शनिबार फोहोर मैलाको गाडी चलाएर फोहोर उठाउंदै आएको छ ।

    नियमित नहुंदा नगवासिहरुबाट केही गुनासो आएको छ, तर अहिले फोहोर संकलनको लागि समानन्तर रुपमा ४ वटा संस्थासंग कुरा अगाडी बढाएका छौं । वनेपा र धुलिखेलमा सम्झौता गर्ने संस्थासंग अलि बडी कुरा अगाडी बढेको छ । लोकल संस्थाहरुसंग पनि कुरा अगाडि बढेको छ । संकलन गरेको फोहोर राख्ने बिषयमा छलफल भैरहेको छ, त्यसको टुंगो लाग्ने बित्तिकै फोहोर मैला सहज ढंगले व्यवस्थापन हुन्छ ।

    हामीले जिरो ल्याण्ड फिल्ल साईडको योजनालाई अगाडी वढाएर दिर्घकालीन सोचका साथ कार्य गर्ने बिषयमा कार्यपालिकामा छलफल हुदै छ । नमोबुद्द नगरले एउटा राम्रो प्रस्ताव अगाडी बढाएको छ त्यसलाई पनि अध्ययन गर्दै छौं । उहाँहरुले पाँचखाल नगरको १० नं मा रहेको वाघको खोर भन्ने ठाउमा दुवै नगरको संयुक्त रुपमा व्यवस्था गर्ने जसको लागि दुवै नगरको फोहोर संकलन गर्ने जिम्मा एउटै संस्थालाई दिने बिषयमा छलफल पनि अगाडी बढेको छ । सो स्थानमा संकलन भएको फोहोरलाई छानेर बेच्ने योजनालाई अगाडी बढाएका छौं ।

    नगरले धेरै षिर्शकमा दस्तुर निःशुल्क गरेको छ भन्ने सुन्नमा आएको छ ? के सत्य हो ? त्यसको बिषयमा केही बताई दिनुहोस ।

    पंजिकरण (घटना दर्ता) संघिय सरकारको नियम अनुसार ३५ दिन सम्म निःशुल्क हुन्छ । जसमा जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता , सम्बन्ध विच्छेद, बसाई सराई लगाएतका हुन्छन् । यस्ता कार्यमा ३५ दिन नघाएमा शुल्क लाग्छ, राज्यको नियम अन्तर्गत कुनैपनि घटना दर्ता समयमा हुनु पर्छ समयमा नभए जरिवाना गर्ने चलन छ । तरपनि पाँचखालमा भने अन्यत्रको तुलनामा सो षिर्सकमा पनि न्युन शुल्क निर्धारण गरी १ सय मात्र लिने गरेका छौं । करको बिषयमा पुर्ण रुपमा शिक्षा दिन नसक्दा पनि केही मात्रामा समस्या छ त्यसको निराकरणकोे लागि शिक्षा दिने सोच समेत नगरले अगाडी बढाएको छ ।

    कतिपय स्थानिय तहमा सामाजिक भत्ता वितरणमाको बिषयमा समस्या आउने गरेको सुन्नमा आएको छ, पाँचखालमा कसरी व्यवसथा मिलाएको छ ?
    सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बिषयमा केन्द्रिय सरकारबाट राम्रोसंग व्यवस्थित गर्दै अगाडी बढाउने बिषयमा कडा निर्देशन छ । सवैलाई वैंकिङ्ग गर्नुपर्ने बिषयमा जोड दिईएको छ । त्यसमध्य पनि नगरपालिकाको हकमा अअनिवार्य गरेको छ । वैंकिङ्ग प्रणालिमा लादा पनि बैक सम्म गएर पैसा झिक्न नसक्नेको लागि समस्या रहेको छ । त्यस्ता व्यक्तिको हकमा आफुले इच्छाएको व्यक्ति मार्फत झिक्ने वातावरण मिलाउंदै सवैलाई वैंकिङ्ग मार्फत भूक्तानि दिने वातावरण मिलाएका छौं । विरामीको कारण बैकमा खाताखोल्न जान नसक्नेको लागि नगरको गाडी प्रयोग गरी नगरका प्रतिनीधि, बैकका प्रतीनिधि, वडा प्रतीनिधि समेतको रोहवरमा रहेर घरघरमा गएर खाता खोल्ने काम गरेका छौं । त्यसमध्य ३ जना विरामी भएर काठमाडौ अस्पतालमा रहेकोे पाईएकोले अस्पतालमै प्रतीनिधिहरु पुगेर खाता खोल्ने काम भएको छ । अघिल्लो बर्ष केही समस्या भएको भएपनि पछिल्लो समयमा समस्या आएको छैन । सम्पुर्णलाई भत्ता वितरण गरेर बचेको ३५ लाख फिर्ता गरेको छ ।

    अन्तमा नगरमा चुनियर आएका जनप्रतीनिधिहरुको बारेमा केही वताई दिनोसन .

    वास्तबमा तपाईले जटिल कुरो उठाउनु भयो, म आफु कार्यरत नगरको जनप्रतीनिधिको कारण मलाई पनि नगरमा केही नयाँ ढंगको कार्य गर्ने जोस जाँगर बढेको हो । सोधेपछि यथार्थ कुरा राख्नै पर्छ, पाँचखालले जे जति नजप्रतीनिधि पाएका छन् त्यो पाँचखालको भविश्य निर्माता जस्तो लाग्छ, त्यो पाँचखालको भाग्य हो । मेरा कतीपय स्थानिय तहमा गएका साथीहरु जनप्रतीनिधिकै कारण स्थानिय तह छोड्न आतुर छन् । कहीले काँही मलाई फोन मार्फत गुनासो गर्छन तर मलाई नौलो लाग्छ । साथीहरुकको भनाई सुन्दा म आफु पनि भााग्यमानि ठान्दछु ।

    पाँचखालमा रहेका सम्पुर्ण जनप्रतीनिधिबिच अत्यन्त घनिष्ट राम्रो संबन्ध रहेको पाएको छु । नगरको हितको लागि गरीने कुनैपनि कार्यमा विवाद देख्दिन । कुनैपनि मिटिङ्गमा बिवाद भएको देख्दिन सवैको एउटै धारण रहेको छ । खर्चलाई कम गर्ने, विकास निर्माण गुणस्तरीय गर्ने यो नै सकारात्मक पक्ष हो जनप्रतीनिधिहरुको । सोही आधारमा अगाडी बढ्दा खर्च कम भएको कुरा वताई सकेको छु । पाँचखाल नगरका मेयर महेश खरेलले त आफ्नो कार्यकालमा आउने सेवा सुबिधा वापतको सवै रकम कुनै बैंकमा जम्मा गररीदीने र आफ्को कार्यकालको अन्तिम सम्ममा जम्मा भएको रकममा थपेर १ करोड वरावरको बिकास निर्माणको कार्य व्यक्तिगत रुपमा गर्ने वताउनु भएको छ । उहाँले प्रयोग गर्ने गाडीको लागि कहिले काँही वाहेक आफैले इन्धनको व्यवस्था गर्दै आउनु भएको छ ।

    त्यसैगरी उपमेयर लक्ष्मी दनुवारले पनि खर्चमा मितव्ययिता अपनाउनु पर्छ साथै दिर्घकालीन ढंगको बिकास निर्माणमा जोड दिनु पर्ने बताउंदै आउनु भएको छ । उहाँ निर्वाचित भएर आएको लामो समय सम्म पनि सार्वजनिक यातायातमा ओहोर दोहोर गर्नुभयो । हामीले मन्त्रालयबाट गाडी मागेर ल्याएपछि भरखर केही दिन अगाडी बाट मात्रै उहा गाडीमा ओहोर दोहोर गर्नु हुन्छ । वडाध्यक्षहरुले सुबिधा लिने बिषयलाई भन्दा विकास निर्माण र सो कार्यमा चुहावट हुन नदिने बिषयलाई प्राथमिकता दिदैै आउनु भएको छ । नगरले वडालाई सुबिधाको लागि मोटरसाईकलको व्यवस्था गर्ने बिषयमा उठान राख्दा समेत एकै पटक नभई क्रमस विस्तारै व्ययवस्था गर्ने पक्षमा सवै वडाध्यक्षहरु भएको पाएको छु । अझ कतिलेत नलिने कुरा समेत गर्नु भएको छ, मैले गरेको अध्ययनलाई भन्नु पर्दा हालकै तरीकाबाट यसरीनै एक ढिक्का भएर ५ बर्ष सम्म जनप्रतीनिधि अगाढी बढ्नेहो भने पाँचखालले ठुलो फड्को मार्ने प्रवल संभावना रहेको छ । भविश्य सुनौलो छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार