२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

बजार मुुल्य भन्दा ५ सय बढीमा शुपरजोनको कृषि औजार , म भनेर सुनाउने होईन, गरेर देखाउंछु, भाषणको भरमा बिकास हुंदैन


४३१४ पाठक संख्या

सुन्दर अधिकारी वडा अध्यक्ष पाँचखाल नगरपालिका वडा नं ३ साबिक पाँचखाल गाविस वडा नं ४

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन ९, मंगलबार मा प्रकाशित ५ साल अघि
  • सुन्दर अधिकारी
    वडा अध्यक्ष
    पाँचखाल नगरपालिका वडा नं ३

    साबिक पाँचखाल गाविस वडा नं ४ हालको पाँचखाल नगरपालिका वडा नं ३ को अती रमणिय स्थलको रुपमा चिनिने लामिडिही साहुटोलमा पिता स्व.मिनप्रसाद अधिकारी तथा माता भवानी अधिकारीको कोखबाट २०३९ साल असार १ गते जन्मनु भएका सुन्दर अधिकारी बाल्यकाल बाटै मिलनसार साथै परोपकारी स्वभावको हुनुहुन्थ्यो । राजनीतिमा खासै चासो नराखी आफ्नो इन्जिनियरिङ्ग अध्यनलाई निरन्तर रुपमा अगाडी बढाउंदै जाने क्रममा स्थानिय तहमा जनप्रतीनिधि विहीन र सो समयमा सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा झन्झटीलो ढंगको कार्य साथै सुस्तताले गर्दा समस्या भएको पाएपछि आफ्नो इन्जिनियरिङ्ग माध्यम भन्दा राजनीतिको माध्यमबाट जनताको सेवा गर्ने मनसाय लिदै स्थानिय तहको निर्वाचनमा नेपाली काँगे्रसको तर्फबाट वडाध्यक्षको उम्मेदवारी दिनु भएका अधिकारी चुहावट रहीत ढंगबाट गुणस्तरिए विकास निर्माण हुनुपर्ने पक्षमा हुनुहुन्छ । कलेजमा अध्ययनको क्रममा नेपाली काँगे्रस निकट विद्यार्थी संगठनमा आबद्ध भई २०५६ सालमा सक्रिय सदस्यता लिइ पार्टीको कार्यकर्ता भएपनि सकृय ढंगको राजनीतिको सुरुवात स्थानिय तहको निर्वाचन बाट मात्र गर्नु भएका वडाध्यक्ष अधिकारीसंग समसामयिक बिषयमा ईश्वरी राजकुमार मैनालीले गरेको कुराकानी अंश….

    पाँचखाल नगर वडा नं ३ को वडाध्यक्ष भएपछि सो वडामा विकास निर्माणको अवस्था कस्तो रहेको छ ?

    पाँचखाल नगरपालिका वडा नं ३ को वडाध्यक्षको जिम्मेवारी सम्हालेपछी वडाको विकास निर्माणको लागि आवश्यकताको पहिचानको आधारमा छनोट गरी प्राथमिकता तोक्ने कार्य भयो । जसमा पहिलो प्राथमिकता खानेपानीलाई दिईयो भने दोस्रो र तेस्रोमा सडक र शिक्षा हो । वडा वासिहरुलाई स्वच्छ पिउने पानी खुवाउने बिषयमा सम्पुर्ण वडावासिहरुको साथ र सहयोग भएकोले सोको लागि वजेट विनियोजन गरेर अगाडी बढेका छौं । दोस्रोमा सडक, वडा नं ३ मा रहेको पाँचखाल नगरकै एउटामात्र सामुदायिक कलेज सर्वमंगला, (जुन विद्यालयले विगत लामो समयदेखि पाँचखाल र आसपासको क्षेत्रमा गुणस्तरीय शिक्षा दिदै आयो ) । कृषिको लागि उर्बरा भूमिको रुपमा चिनिने खराने, कुमाईटार, नाङ्गे फाँट, हलौंडे फाँट लगायतको भूमिहरुको कृषि सडक साथै शसस्त्र प्रहरीको क्याम्प र पाँचखाल वडा नं २ हुदै वनेपा सम्म जोडीने बैकल्पिक सडकको रुपमा रहेको सडकको स्तर उन्नतिको लागि वजेट व्यवस्था गरी अगाडी बढेका छौं । त्यसैगरी शिक्षा तर्फ वडावासिहरु कोहीपनि शिक्षाको उज्यालो घामबाट वञ्चित हुनु नपरोस भन्ने उद्देस्यका साथ योजना ल्याएका छौं भने सर्वमंगला क्याप्पसलाई अझ थप व्यवस्थित गर्दै गुणस्तरीय शिक्षा प्रदान गरी उच्च शिक्षाको लागि पाँचखाल र आशपासका क्षेत्रका विद्यार्थीहरु शहर तर्फ भौतारीनु पर्ने वाध्यतालाई अन्त्य गराउने तर्फ अगाडि बढेका छौं ।

    वडा नं ३ को काफ्लेडिही, लामिडिहि, जनताडिहिका स्थानियले भरपर्दो पानीको बिकल्प नहुदा विगत ८÷१० अगाडी बाटै डिपबोरिङ्गको पानी पिउदै आएको तर पर्याप्त नभएकोले चारपिप्लेमा डिपबोरिङ्ग खनी पानीको व्यवस्था गर्ने भएका छौं । सडकको लागि अर्को ठुलो योजना पनि अगाडी बडाएका छौं, पहिला एक पटक सर्वे भईसकेको काफ्लेढिहिबाट टाँके, अनैकोट हुंदै वाघको खोर भन्ने ठाउंसम्म जोड्ने सडक निर्माणको लागि समेत पहल गरेका छौं । १ हजार जनशक्ति भएको शसस्त्रको व्यारेकको लागि समेत वाटो मजवुत हुनु पर्ने भएकोले बाटोलाई प्राथमिकता दिएका हौं । वाटो बनाउदा हिउदमा चल्ने खालको मात्र नभई मजवुत ढंगको बनाउने योजना रहेको छ ।

    तपाई आफै प्राबिधिक भएको नाताले विकास निर्माणको कार्यमा कस्तो गुणस्तरता कायम गर्नु भएको छ ?

    वास्तबमा भन्नुपर्दा म भनेर, भाषण गरेर सुनाउने भन्दा काम गरेर देखाउनु पर्छ भन्ने मान्यताले अगाडी बढ्छु । म आफै प्राविधिक भएको नाताले सवै समितिहरुलाई भन्ने गरेको छु , “जति बन्छ मजबुत बनाउ, एउटै ठाउमा प्रत्तेक बर्ष लगानि गर्ने वातावरण बन्द गरौं” । किनकि छुट्याईएको वजेटले कमजोर गुणस्तरको सडक धेरै वनाउंने र बर्षातमा बगाउने फेरी लगानि गर्नुपर्ने भन्दा वनीसकेको सडक लामो समय सम्म टिकाउ भएमा अरु वर्षहरुमा लगानि गरेको वजेटले कालोपत्रे हुन्छ । कतिपय सडकहरुमा धेरै बर्ष अगाडिबाट बजेट निरन्तर परि रहन्छ तर सुरक्षित हुदैन बर्षातमा यातायात संचालनमा समस्या कायमै रहने भएकोले अव त्यस्तो डंगबाट बिकास निर्माण कार्य गर्न हुदैन भन्ने ढंगले अगाडी बढेका छौं । अगिल्लो बर्ष सडकमा गरेको लागानि पानीले बगाएको छैन । सडकमा गरेको लगानिलाई व्यवस्थित गर्दै सववेस गर्दा बर्षातमा पनि सहज ढंगबाट सडक संञ्चालन भएको छ । राज्यले गरेको लगानि बगेर नजाओस भन्ने उद्देस्यका साथमा बिकास निर्माणको कार्य गरेका छौं ।

    नगरकै एक मात्र सामुदायिक क्याप्पस सर्वमंगला तपाईकै वडामा रहेको छ, त्यसलाई व्यवस्थित गर्ने बिषयमा के कस्तो सोच बनाउनु भएको छ ?

    सर्वमंगला स्कुलको साथै पाँचखाल नगरकै शिक्षामा आमुल परिवर्तन गर्नुपर्छ भन्ने उद्देस्यका साथ शिक्षा नीति निर्माण गर्ने बिषयमा छलफल भएको छ । हाल रहेको दुई ढंगको शिक्षा नीतिलाई परिवर्तन गर्न आवस्यक छ । एकै पटक संम्भव नरहने हुंदा क्रमस गर्दै अगाडी बढ्नुपर्ने देखिएकोले सोही ढंगले अगाडी बढेका छौं । सर्वमंगलाको बिषयमा भन्नु पर्दा नर्सरी कक्षाको व्यवस्था साथै कक्षा ४ सम्म अंग्रेजि माध्यमबाट अध्यापन गराउने कार्य सुरु भएको छ, प्रत्तेक बर्ष १ कक्षा माथि अंगे्रजी माध्यमलाई थपिदै जाने योजना बनाएका छौं ।
    पाँचखालकै पुरानो इस्कुल मध्यको एक सर्वमंगला भएको र हाल आएर क्याम्पस समेत संचालन भएकोले त्यसलाई व्यवस्थित गर्न हामी लागि रहेका छौं । पहिला पहिला सुन्न आउंथ्यो शिक्षकहरुमा केहि अनियमितता र गुणस्तरमा केहि कमि भन्ने हल्ला यदा कदा सुनिन्थ्यो तर हाल आएर सुधार भएको छ । म आफु विद्यालयको पदेना सदस्य समेत भएको नाताले भन्नु पर्दा कुनै दिन कुनैपनि कक्षा खालि हुने अवस्था हाल छैन । कुनै बिषयको शिक्षक नआएको दिनमा विद्यालयमा भएका अन्य शिक्षकहरुले आफ्नो लिजर पिरियडमा कक्षा लिने समेतको व्यवस्था मिलाएको छ ।

    सर्वमंगला कलेजको लागि जग्गा जमिन नभएको भन्ने कुरा छ, सोही बिषयलाई लिएर मेयरसंग कुरा गरेको छु । पहिला पिपुल्स क्याम्पसको नाममा रहेको ८२ रोपनी जग्गा कलेजको नाउमा ल्याउने भन्ने बिषयमा पनि छलफल भएको छ । अर्को बिकल्पको रुपमा सर्वमंगलाको नाउमा रहेको जग्गा मध्य केही जग्गा कलेजको नउमा दिने र सोही स्थानमा कलेज संचालन गर्दा इस्कुलकै भौतीक पुर्वाधारमै कलेज संचालन गर्दा कम खर्चिलो हुन्छ । कलेजको लागि आवश्यक हुने स्कुल बसको लागि भारतिय दुतावास, पाकिस्तान दुतावासहरु समक्ष माग गर्ने योजना समेत रहेको छ ।

    कृषि नगरीको रुपमा परिचित नगरको केन्द्र विन्दु भएर वग्ने झिगु खोला धेरै तपाईको वडामा पर्छ, त्यसको व्यवस्थापनको लागि के कस्तो योजना रहेको छ ?

    झिगु खोलाको शिर (मुहान) मा धुलिखेल नगरपालिकाले फोहोर मैला फाल्ने डम्पिङ साईड बनाउदा बर्षातमा सो फोहोर वगाएर पाँचखालको उर्बरा खेतीहरुमा छरपस्टै हुने गरेको छ । जसको कारण उत्पादनमा समेत ह्रास आउने र खोलाको पानी प्रदुषण हुने गरेको छ , खोलाको पानी बस्तुलाई खुवाउंदा बस्तुहरुलाई समेत असर परेको छ । फोहोरसंगै वगेर आएको सिसाका टुक्राहरु र अस्पतालमा प्रयोग गरेको शिरिन्ज खेतबारीमा छरपस्टै हुदा खेती गर्न समस्या आएको छ । सो बिषयलाई लिएर धुलीखेल नगरपालिकालाई पाँचखाल नगरको तर्फबाट पटक पटक पत्र काटिसकेको अवस्था छ । धुलिखेल नगरसंग यसै बिषयमा जानकारी लिदा हालको फोहोर फाल्ने ठाउको बिकल्पको खोजि गर्दै गरेको भन्ने जानकारी आएको छ । अव चाँडै नै धुलिखेल नगरले फोहोर फाल्ने ठाउको व्यवस्था गरी झिगु खोलामा फोहोर नआउने वातावरण तयार गर्नेमा हामी आशाबादी रहेका छौं ।

    सिंचाईको लागि झिगुखोलाको बारेमा केही सोचेको छ ?

    झिगु खोलामा ठाउंठाउमा बाँध बाँधेर सिंचाईका व्यवस्था मिलाउने साथै बाँध बाध्दा आसपासका जग्गाहरु समेत सुख्खा हुन नपाउने बिषयमा व्यापक छलफल भएको छ । त्यो बिषयमा अघिल्लो बर्ष अध्ययन गरीसकेका छौं । ठाउंठाउंमा बाँध बाध्दा जसवाट जमिनमा पानी रिचार्ज गर्न सकिन्छ भन्ने रिपोर्ट आएको छ । बाँध बाध्नु भन्दा पहिले डिपिआर तयार गर्नु पर्ने हुन्छ, । नगरले यो बर्ष सम्पुरक कोषमा २ करोड राखेको छ, सो रकम मध्य केही रकम झिगुखोलाको बाँधको लागि खर्च गर्ने सल्लाह भएको छ । बाँध बाध्दा बर्षातमा खेर जाने पानी संचित हुने जुन पानीले सिंचाईको लागि केही सहज हुनाको साथै ठाउंठाउंमा बाधेको बाँधले दृश्यावलोकनमा समेत सघाउ पुग्ने छ ।

    तपाईले वडावासिहरुको हितको खातिर सेवा सुबिधा र बिकास निर्माणको बारेमा के कस्तो सोच अगाडी बढाउनु भएको छ ?

    मैले वडामा उम्मेदवारी दिनाको प्रमुख कारण अगाडि पनि बताई सकेको छु । पुन भन्नुपर्दा वडामा सेवा लिन आएका सेवाग्राहीहरुलाई जति सक्दो छिटो र सहजढंगले सेवा दिने । वडाको बिकास निर्माणलाई प्राथमिकतामा राखि अगाडी बढ्ने । कुनैपनि प्रकारको वजेटमा चुहाओट हुन नदिने गुरु योजना बनाउंदै अगाडी बढेका छौं । मेरो कार्यकालमा आफुले जिम्मेवारी सम्हालेको वडालाई नमुना ढंगको वडाको रुपमा परिचय गराउने लक्षका साथ अगाडि बढेको छु । वडावासिहरुले विगतमा जनप्रतीनिधिहरु नहुंदा भोगेका दुख र विकास निर्माणमा भएको चुहावटलाई टुलु टुलु हेर्न बाध्य भएको थियो अवका दिनमा कुनै पनि खालको बिकास निर्माणमा चुहावट भए वडावासिहरुले खवरदारी गर्ने वातावरण बनाउने छु ।

    जनप्रतीनिधि नहुदा स्थानिए तहमा भएको विबिध समस्याहरु देख्दा मलाई यस क्षेत्रमा डोहो¥यायो । मैले भोगेको केही कुरा स्मरण गराउछु, म स्थानिय तहमा घुम्दै जाने क्रममा पुगेको थिए । जतीखेर स्थानिय तहको निर्वाचन भएको थिएन, कर्मचारीको भरमा स्थानिय तह संचालन भएको थियो । गरिव स्थानियहरुले सेवा लिन आईरहेको अवस्था र उनीहरुसंग एउटा नक्सा पासको लागि धेरै धाउनु पर्ने र नक्सा बनाउन टन्नै पैसा लिएको देख्दा आफुलाई पिन्च परेकोले वडामा उम्मेदवार दिए । म आफु पनि प्राबिधिक भएको नाताले घरको नक्सा बनाउन कति मेहनत गर्नुपर्छ साथै कति खर्च हुन्छ भन्ने मलाई ज्ञान भएकोले नक्सा पास गर्ने र वनाउने नाउमा धेरै दुखभोगेको पाए । सो समया मलई लाग्ने गरेको थियो, यो ठाउंमा अफु हुने हो भने सहज गर्थे जस्तो लाग्दथ्यो सोही कारणले म नगरवासिको साथमा घुलमिल हुने पगे ।

    कृषिको माध्यमबाट नगरलाई अगाडी बढाउने कुनै लक्ष रहेको छ ?

    पाँचखाल नगर कृषि शहर भन्ने नारा लिएर अगाडि भएको नगर हो, यस ठाउको प्रमुख उत्पादन भनेको आलु, गोलभेडा लगाएतको तरकारी साथै खाद्यान्नमा धान मकै नै हो । पाँचखालमा आलु खेतिको लागि शुपरजोन भन्ने कार्यक्रमले सहयोग गर्छ भन्ने आशा थियो तर खासै प्रभावकारी भएको पाएका छैनौ । कृषि उपकरणहरुलाई मात्र प्राथमिकता दिएको पाईएको छ । कृषकहरु माझ पुगेर उत्पादन बढाउने साथै गुणस्तरयि बिउ र मलको बिषयमा जानकारी गराउने कार्य गरेको पाईन्न । मेरो वडामा सुपरजोनले बिषादी छर्ने पम्म बितरण गरेको थियो, जुन पम्म स्थानिय व्यापारीले वेच्ने भन्दा ५ शय बढी मुल्य लगाईएको थियो । आफ्नै वडा भएको नाताले पम्म वितरण गर्न आफु पनि गएको र वजार भाउ भन्दा बढी पर्दा अलि बिवाद आएको थियो । वडाका कृषकहरुले आफुलाई सोद्दा कारण थाहा नभएकोले वताउन सकिन ।

    प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना (शुपरजोन) पाँचखालमा लागु भएको छ , यसले आलुको पकेट क्षेत्रहरुमा के कस्ता कार्यहरु गरेर आलु उत्पादनमा बृद्धि गरेको छ ?

    नगरमा आलुको लागि पकेट क्षेत्रको रुपमा वडा नं ३, ६, १०, १२, ४ नं र वडा नं २ को केही भाग । शुपरजोन कार्यक्रमका जिल्ला अध्यक्ष हाम्रो वडा नं २ का वडाध्यक्ष हुनुहुन्छ जुन चाही नगरवासिको लागि लक्कि हो । तर उहाँले कार्यक्रम ल्याउंदा चौडा छाती नगरेको जस्तो देखीन्छ । उहाँ जिल्ला अध्यक्ष भएको नाताले समग्र पाँचखाललाई हेर्दिनु भएको भए अलि सहज हुन्थ्योकी भन्ने लागेको छ । मलाई पनि कृषकहरुबाट गुनासो आउने गरेको छ, वडा नं २ मा मात्र कार्यक्रम बढी लगिएको छ के हो भनेर सोध्ने गरेका छन् । तर के गरीदैछ भन्ने कुरा हामीलाई थाहानै हुदैन, सवै काम गुपचुपमै हुदा समस्या आएको छ ।

    तपाईको भनाईमा शुपरजोनले सवैलाई समेटेन भन्ने आयो, नगरले चाही कृषकको लागि के कस्तो योजना ल्याएको छ ?

    पाँचखालमा उत्पादन भएको तरकारीहरुको विक्रिको लागि आवश्यकताको पहिचान गरी बिक्रि केन्द्रको व्यवस्था गर्ने बिषयमा छलफल भएको छ । कृषि सम्बन्धि बिज्ञहरु, मल बिक्रि गर्दै आएका सहकारीहरु, अगुवा कृषकहरु समेतको उपस्थितमा व्यापक छलफल गरी कृषकहरुलाई परेको समस्याको निराकरण गर्ने तर्फ नगरपालिकाले सोच बनाएको छ । पाँचखालमा उत्पादन भएको तरकारीमा अन्यत्रको तुलनामा अत्यन्त मक मात्रामा बिषादि प्रयोग भएको पाईएको छ । विस्तारै पाँचखालमा जे जती तरकारीहरु उत्पादन हुन्छ सो सवै प्राङ्गारिक तरीकाले उत्पादन गर्ने वातावरण निर्माण तर्फ नगर अगाडि बढेकोछ जुन कार्यको लागि लवग्रीन नेपालले सहयोग गर्दै आएको छ ।

    पाँचखाल नगरमा कार्यालय संञ्चालन खर्च अत्यन्त कम गरी बिकास निर्माणमा जोड दिएको भन्ने सुनिन्छ, कस्तो छ पाँचखालको कार्यालय संञ्चालन खर्च ?

    पाँचखाल नगरमा कार्यालय संचालन शिर्षकको खर्चलाई न्यूनिकरण गर्नुपर्छ भन्ने पक्षमा पाँचखाल नगरका सम्पुर्ण जनप्रतिनिधिहरुको एक मत रहेको छ । वडा कार्यालय संञ्चालनको लागि मासिक १५ हजार छुट्याईएको छ । त्यसबाट स्टेसनरी, टेलिफोन, अतिथि सत्कार, इन्टरनेट, वैठकमा खाजा र नियमित बैठक भक्ता समेत त्यसैबाट पुर्याएका छौं । समग्र नगरमा भन्नु पर्दा नगरले खर्च गर्न पाउने ४० प्रतिशत हुंदा पनि २४ प्रतिशतले खर्च पुर्याउने गरेको छ । जनताबाट उठेको राजस्वलाई विलासितामा खर्च गर्न हुदैन भन्ने मान्यताको साथ खर्चलाई कम गर्दै आएका छौं ।

    जनताले तिरेको कर चुहावट नहोस भन्ने बिषयमा कसरी अगाडि बढेको छ पाँचखाल ?

    राजस्व चुहावट नरहोस भन्ने उद्देस्यले अनलाईनको व्यवस्था मार्फत राजस्व लिने गरेको छ । हाललाई सवै वडामा अनलाईन व्यवस्था नहुंदा नगरपालिका बाट राजस्व लिने कार्य भएको छ । जुन कार्यले सेवाग्राहिहरुलाई केही समस्या परेपनि चुहावट हुने संम्भावना छैन । सेवाग्राहिलाई सहज होस भन्ने उद्देस्यले सवै वडा कार्यालयहरुमा अनलाइन व्यवस्था छिटै हुंदैछ । राजश्वको रसिदहरु भेरीफाई गर्दा त्यस्तो देखिएको छैन ।

    अन्तमा नगरमा चुनियर आएका जनप्रतीनिधिहरुको विचको सम्बन्छ कस्तो रहेको छ ?

    पाँचखालमा रहेका सम्पुर्ण जनप्रतीनिधिबिच अत्यन्त घनिष्ट राम्रो संबन्ध रहेको छ । नगरको हितको लागि गरीने कुनैपनि कार्यमा विवाद छैन । सवैको एउटै धारणा छ, खर्च कम गर्ने र विकास निर्माण गुणस्तरीय गर्ने । विकास निर्माणको लागि वजेट बिनियोजन गर्दा आवस्यकताको पहिचान गरी वजेटिङ्ग गर्ने, साथै कनिका छरेजसरी वजेट नछरी दिर्घकालिन ढंगको विकास निर्माणलाई प्राथमिकता दिने ढंगले एक जुटका साथ अगाडी बढेका छौं ।
    कुनैपनि बिकास निर्माणको लागि नाता, विचार, कुनै हेरिन्न दिर्घकालिन र अति आवस्यकताको पहिचान गरेर अगाडि बढ्ने गरेका छौं ।

    खर्चलाई वढाएर जनप्रतीनिधिहरुले विलासिता तर्फ अग्रसर रहनु हुदैन भन्ने बिषयमा सवैको एउटै मत रहेको छ । नगरमा सवारी साधनको आवस्यक हुंदा समेत विलासितामा खर्च गर्नु हुदैन भन्ने मान्यताको आधारमा सवारी साधन नहुंदा उपमेयर लक्ष्मी दनुवार निर्वाचित भएर आएको लामो समय सम्म पनि सार्वजनिक यातायातमा ओहोर दोहोर गर्नुभयो । मन्त्रालयबाट गाडी मागेर ल्याएपछि भरखर केही दिन अगाडी बाट मात्रै उहाँ गाडीमा ओहोर दोहोर गर्नु हुन्छ । वडाध्यक्षहरुले सुबिधा लिने बिषयलाई भन्दा विकास निर्माणमा प्राथमिकता दिदैै आउनु भएको छ । वडालाई आवस्यक सवारी साधनहरु पनि सकेसम्म मन्त्रालयतिर थन्किएर वसेको मोटरसाईकल मागेर ल्याउने सोचमा छौं । माग्दा पाईएन भने विस्तारै आवस्यकताको परिपुर्ती गर्ने सल्लाह गरेका छौं ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार