२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा नहुदा, नीजिको आवस्यक पेरेको हो


४३८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ मंसिर ५, बुधबार मा प्रकाशित ५ साल अघि
  • ज्ञानबहादुर थापा
    अध्यक्ष
    विद्यालय व्यवस्थापन समिति
    गोल्डेनफ्युचर उच्च माध्यमिक विद्यालय

    साविक भमरकोट गाउंपञ्चायत वडा नं ६ हाल पाँचखाल नगरपालिका वडा नं ३ को रमणिय स्थलको रुपमा रहेको काफ्लेडिहीमा पिता तेजवहादुर थापा तथा माता ईन्द्र कुमारी थापाको कोखबाट ५ भाई छोरा मध्य कान्छो सन्तानको रुपमा २०२१ साल साउन २९ गते जन्मनु भएका ज्ञानबहादुर थापा वाल्यकालबाटै गुणस्तरीय शिक्षाको पक्षधर हुनुहुन्थ्यो । घरै नजिकको विद्यालय सर्वमंगलामा आफुले शिक्षा हासिल गरेपश्चात आधुनिक गुणस्तरीय शिक्षाको पक्षधर थापाले २०४१ साल देखी २०४३ साल सम्म निमित्त प्रधानाध्यापकको रुपमा रहेर सिन्धुपाल्चोकको भोटसिपा गाविसमा रहेको सरस्वती प्राथमिक विद्यालयमा गर्दै गरेको शिक्षण पेसालाई त्याग्दै आफ्नै जन्मस्थान पाँचखालमा आधुनिक गुणस्तरीय शिक्षाको व्यवस्था गर्दै पाँचखाल र आसपासका विद्यार्थीहरुले गुणस्तरीय शिक्षाको लागि शहर धाउनु पर्ने वाध्यताको अन्त्य गर्नुपर्छ भन्ने मनसायका साथ २०४९ सालमा सरस्वती शिक्षा गृह नामक नीजि विद्यालयको स्थापना गर्दै संचालक साथै प्रिन्सिपलको समेत जिम्मेवारी सम्हाल्नु भएका थापा हाल गोल्डेन फ्युचर उच्च माध्यमिक विद्यायलको संचालक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेतको जिम्मेवारी निर्वाह गर्दै शुलभमा पाँचखाल र आसपासको स्थानमा आधुनिक गुणस्तरीय शिक्षा उपलब्ध गराउनु पर्छ भन्ने बिषयमा निरन्तर रुपमा अगाडी बढ्दै आउनु भएका शिक्षा सेवी थापासंग ईश्वरी राजकुमार मैनालीले गरेको कुरा कानी अंश ……।

     

    पाँचखाललाई आधुनीक गुणस्तरीय शिक्षाको माध्यमबाट अगाडी बढाउनु पर्छ भन्ने उद्देश्यका साथ अगाडी बढ्दै आउनु भएको छ भन्ने सुनिन्छ के यो भनाई सत्य हो ?

    तपाईले जे सुन्नु भयोे त्यो एक दम सही सत्य हो, मैले बच्पनमा केही जान्ने भएदेखी सवै भन्दा सर्वोपरी कुरो भनेको शिक्षा हो भन्ने लाग्थ्यो । जो संग आधुनीक गुणस्तरी शिक्षा हुन्छ उसंग सबथोक हुन्छ , जोसंग गुणस्तरीय शिक्षा छैन भने उसले हासिल गरेको उच्च शिक्षाले कुनै काम दिदैन भन्ने मेरो ठहर थियो । जसले गुणस्तरीय आधुनिक शिक्षा हासिल गर्छ उसले घर, समाज साथै मुलुककै हित गर्न सफल हुन्छ भन्ने मेरो मनमा लागि रहन्थ्योे । मेरो बुवाको ५ भाई छोरा मध्य म कान्छो छोरा हुं, दाईहरुले र मैले पनि आधुनिक गुणस्तरीय शिक्षा हासिल गर्न नसकेकोले हिनता बोध भएको थियो । पाँचखालमा आधुनिक गुणस्तरीय शिक्षा हासिल गर्ने स्थान नहुंदा शहरमा बसेर शिक्षा हासिल गर्न त्यति सजिलो थिएन । आफुहरुलाई जस्तोे हिनताबोध पाँचखाल र आसपासका विद्यार्थीहरुमा नहोस भन्ने उद्देश्यले शिक्षा क्षेत्रलाई जसरी भएपनि अगाडी बढाउन भनेर लागि परेको हुं ।

    तपाईले गुणस्तरीय शिक्षाको लागि के कस्तो पहल गर्नुभयो ?

    मैले सुरुमा शिक्षक भएर गुणस्तरीय शिक्षा प्रदान गर्ने जमर्को गरे, तर जुन मैले पहिल्याएको बाटोबाट न गुणस्तरीय शिक्षा प्रदान गर्न मिल्यो नत पाँचखालमा आधुनिक शिक्षा नै । केवल पैसा कमाउने काम मात्र भएजस्तो लाग्यो र मैले त्यो बाटो परिवर्तन नगरे मेरो लक्ष पुर्ण नहुने देखेर परिवर्तन गरे । म शिक्षक भएर सिन्धुपाल्चोक पुगे, त्यहाँ गएर मैले जुन लक्ष लिएको थिए सो पुरा नहुने देखेर जागिर छाडेर पाँचखाल आए । पाँचखालमा आएर पाँचखाल र आसपासको स्थानमा आधुनिक शिक्षा प्रदान गर्ने वातावरण निर्माणको लागि ०४९ सालमा एउटा नीजि विद्यालय खोल्ने योजना अगि बढायौं जुन योजना अनुसार सरस्वती शिक्षा गृह संञ्चालन ग¥यौं । सो नीजि विद्यालयको संञ्चालक साथै प्रिन्सिपल समेत आफैले चलाएर अगाडी बढीयो ।

    तपाई सरस्वती शिक्षा गृह विद्यालयको संस्थापक हुनु हुदो रहेछ तर हाल कसरी गोल्डेनफ्युचरको संचालक तथा व्यवस्थापन समिति अध्यक्ष हुनु भयो ?

    म सरस्वती शिक्षा गृहको संस्थापक भएपनि विद्यालय संचालन गर्दै जाने क्रममा आन्तरीक रुपमा केही समस्याहरु देखा परे । जुन समस्याको कारण मेरो लक्षमा पुग्न अवरोध आउने लक्षण देखा प¥यो र मैले विकल्प खोज्ने क्रममा हाल गोल्डेनफ्युचरमा आबद्ध छु । म जुन विद्यालयमा आवद्ध भएपनि सम्पुर्ण नीजि विद्यालयको हीतको पक्षमा छु , तर ताी विद्यालयहरुले गुणस्तरीय समय सुहाउंदो ढंगको शिक्षा दिनु पर्छ ।

    तपाई किन नीजिलाई मात्र मायाँ गर्नुहुन्छ ? सरकारी विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्दैन र ?

    सोधि हाल्नु भयो, भएको कुरो भन्नै प¥यो, पहिला म तपाईलाई नै सोध्छु सरकारी विद्यालयमा पढाउने शिक्षक तथा कर्मचारीले अनि शिक्षा क्षेत्रमा लगानि गर्ने राज्यको माथिल्लो निकायको जिम्मेवार सम्हाल्नेहरुले किन सरकारी विद्यालयमा आफ्ना बाल बच्चा नपडाएर नीजिमा पढाउंछन ? मुलुकमा रहेका अरु मन्त्रायलयको कुरै छाडौं शिक्षा मन्त्रालयका मन्त्री र अन्य कर्मचारी हरु मध्य कसैले पनि सरकारी विद्यालयमा पडाएको तपाई पत्रकारहरुले देख्नु भएको छ । अनि यस्तो बिषयमा लेख्ने गर्नु भएको छ ? यसको एउटै उत्तर छ सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा नहुदा वाल बालिकाको भविस्यको लागि नीजि विद्यालयनै छानेका हुन् । बाउ तथा आमाले सरकारी विद्यालयमा शिक्षण पेसा गर्ने सो सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा नभएको महसुस गरी नीजिमा पठाउने गरेको हो त्यसैले गर्दा भोलिका दिनमा के होला भन्न सकिन्न तर गुणस्तरीय शिक्षाको लागि नीजि विद्यालयको नै आवस्यक छ र त्यसैले नीजिलाई माया गर्नु परेको हो ।

    सर्वसाधारण जनताका छोराछोरीहरुले सरकारी विद्यालयमा निःशुल्क पढ्न छोडेर नीजिमा पैसा तीरेर पढ्न सक्छन त ?

    तपाईले वास्तबमै जटिल कुरा उठाउनु भयो, वास्तवमा निःशुल्क पढ्न छोडेर नीजिमा पैसा तिर्न को किन आउछन् भन्ने बिषय हो पनि, सित्तै पाईन्छ भने किन पैसा तिर्ने ? तर सित्तैमा के पाईन्छ, र कस्तो पाइन्छ भन्ने कुरोको महत्व हुन्छ । तपाई पत्रकारलाई मसंग भएको अन्तरवार्ता लेख्न कलम चाहीन्छ, कलमले नै लेखिरहनु भएको छ तर कलम छ तर कापीमा लेख्दैन भने त्यो कलमको के काम ? हो त्यस्तै हो सित्तैमा पाईने शिक्षा “नलेख्ने कलम” । उच्च शिक्षाको लाईसेन्स छ तर व्यवहारमा उतार्न सक्दैन, अनि भनिन्छ शैक्षिक बेरोजगारी । गुणस्तरीय शिक्षा हासिल गर्ने विद्यार्थी कहील्यै वेरोजगारी रहंदैन त्यसैले हामी गुणस्तरीय साथै व्यवहारीक शिक्षा प्रदान गर्दै छौं । अर्कोे पैसाको कुरो उठाउनु भयो गोल्डेनफ्युचरले प्रदान गरेको गुणस्तरीय शिक्षा हेर्दा हामीले दिएको गणस्तरलाई मापन गर्ने हो भने सित्तै सम्झंदा फरक पर्दैन । गोल्डेनफ्युचरवाट पास आउट भएका बिद्यार्थीहरु हेर्नोसत कति धेरै फडेको मारेका छन् । अर्को कुरो अन्यत्रको तुलनामा गोल्डेनफ्युचरले धेरै सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गरेको छ ।

    तपाई नीजि विद्यालय संचालकहरुको उद्देश्य शैक्षिक व्यापार गर्ने भनिन्छ , तपाईहरु पनि आर्थिक उपार्जनको लागि विद्यालय संञ्चालन गर्नु भएको हो नी ?

    नीजि विद्यालयले शैक्षिक व्यापार हैन सरकारलाई सघाएको छ, तर सरकारले भने नीजिलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । यदि मुलुकमा नीजि विद्यालय थिएन भने सरकारी विद्यालयले थाम्न पनि सक्दैन थियो, अनि नेपाली शिक्षा काम लाग्ने पनि हुंदैन थियो । सवै नीजि विद्यालयहरुले शैक्षिक व्यापार गर्नको लागी विद्यालय खोलेका दुदैनन् । हुन सक्छ केहीले आर्थिक उपार्जन गर्ने प्रमुख उद्देस्यका साथ पनि विद्यालय खोलेका होलान्द्ध , तर गोल्डेन फ्युचर संचालकहरुले व्यापार गर्ने उद्देस्यले विद्यालय खोलेका होईनन् । विद्यालय स्थापना गर्दा संस्थापकहरुले पाँचखाल र आसपासका स्थानहरुमा आधुनिक गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले खोलेका थिए । पछिल्लो समयमा हामी संञ्चालकहरुले पनि विद्यालयबाट कमाउने कुनै लक्ष लीएका छैनौ । हाम्रो संञ्चालक टिमको अध्यक्ष बद्री महत लगायतको काठमाडौबाट आउनु भएका साथीहरुको पनि प्रमुख उद्देश्य कमाउने भन्ने छैन । उहाँहरुको उद्देश्यपनि पाँचखाल र आसपासका विद्यार्थीहरुले गुणस्तरयि आधुनिक शिक्षा हासील गर्न अन्यत्र जानु नपरोस भन्ने नै हो ।

    सरकारले नीजिलाई हेर्ने दृष्टिकोण राम्रो छैन भन्नुभयो नीजिलाई सरकारले रिस गर्नुको कारण के होला ?

    यो सतिले सरापेको मुलुक, राम्रो गर्नेले अपजस पाउने, त्यस्तै भएको हो शिक्षामा पनि । सरकारी विद्यालयले आधुनिक शिक्षा दिन नसक्दा गुणस्तरीय शिक्षा हासिल गर्नको लागि नेपाली युवाहरु बिदेश भौतारीनु पर्दथ्यो । मुलुकको ठुलो धनरासी बिदेशमा जाने गरेको थियो । सोही बिषयलाई अध्ययन गर्दै नीजि विद्यालय संञ्चालनमा आयो । नीजिको कारण शिक्षा हासिल गर्न बिदेश जानु परेन त्यति मात्रै नभई गाउ.गाउंमा आधुनिक शिक्षा हासिल गर्ने अवसर पाए । यति खेर ठुलो संख्यामा विद्यार्थीहरु नीजिमा अध्ययन गरीरहेका छन् । जसले गर्दा सरकारलाई ठुलो टेवा मिलेको छ तर सरकारभने नीजिको कसरी घाँटी निमोठ्ने भन्दै योजना बन्दै गरेको छ । सरकारी यस्तो खाले सोचलाई आम नेपालीले नकारात्मक रुपले हेरेका छन् । त्यसैले नीजि विद्यालयहरुलाई सरकारले सघाउनुको साथै हौसला प्रदान गर्न जरुरी रहन्छ ।

    गोल्डेन फ्युचरमा अध्ययन गर्ने विद्यार्थीहरुको भविश्यको लागि के कस्तो ढंगको योजना अगाडी बढाएको छ, विद्यालय संचालकहरुले ?

    हामीले हाम्रो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु अन्य नीजि विद्यालयमा अध्ययन गर्ने भन्दा अब्बल हुनुपर्छ भन्ने ढंगले अध्यापनका साथै खेलकुद र अनुसासनमा जोड दिदै आएका छौं । विद्यालयबाट पास आउट भएर बाहीरीएका विद्यार्थीहरु वेरोजगारी हुनु नपरोस भन्ने प्रमुख लक्ष लिएका छौं । वेरोजगारी नहुनको लागी आधुनिक गुणस्तरीय शिक्षाको साथै अनुशासन आवस्यक हुन्छ त्यो विद्यालयले प्रदान गर्दै आएको छ । अन्य र हाम्रोमा विद्यार्थीको हितको लागी धेरै कुरा फरक दिएका छौं । जसले गर्दा हामीलाई अभिभावकले विस्वास गरेको हो ।

    सरकारी विद्यालयबाट आधुनिक शिक्षा प्रदान गर्ने वातावरण बनाउन सकिदैन ? नीजिमा निम्न आय भएकालेत पड्न सक्दैनन् होलानी ?

    यस बिषयमा मैले भनि रहदा अलि नरमाईलो होला, सरकारी विद्यालयले गुणस्तरीय शिक्षा दिन सक्ने भए सरकारी विद्यालमा पढाउने शिक्षकहरु आफैले किन छोरा छोरी नीजिमा पठाउंथे ? सरकारीलाई सुधार्ने बिषयमा हामी स्थानिय मात्रै लागेर केही सुधार हुंदैन जस्तो लाग्छ । सरकारले आधुनीक शिक्षा प्रदान गर्ने बिषयमा कुनै पोलिसी ल्याएकै छैन कसरी सुधारिन्छ ? सरकारीमा नीजिले जस्तै गुणस्तरीय शिक्षा दिए नीजिको विद्यार्थी सरकारीमा जान्छन जसले गर्दा थेग्न गारो होला भन्ने सरकारको सोच भएको जस्तो लाग्छ । अर्को कुरा पुराना शिक्षा हासिल गरेका बुडा पुराना शिक्षकले आधुनिक शिक्षा दिन पनि समस्या हुने भएकोले पनि समस्या आएको हुन सक्छ, किनकि सरकारीमा सवै आयपुराना शिक्षकहरु रहेका छन् ।

    अर्को कुरा निम्नआयस्रोत भएकाले नीजिमा पढ्न नसक्ने भन्नुभयो हामीले आर्थिक अवस्था सारै कमजोर भएकाको लागी छात्रवित्तिको व्यवस्था गरेका छौं । त्यसैगरी गोल्डेन फ्युचरमा तिर्न नसक्ने खालको शुल्क लगाएको छैन । सवैले पड्न सक्ने खालको वातावरण तयार गरेका छौं । हामीले दिने सेवा सुबिधा साथै गुणस्तरलाई हेर्ने हो भने अन्यत्रको तुलनामा अत्यन्त कम शुल्कमा शिक्षा दिएका छौ । शैक्षीक व्यापार गर्ने एकात्मा विद्यालयले धेरै पैसा लियो भन्दैमा सबै नीजिले बढी लिन्छन भन्ने भ्रम हो ।

    धेरै आधुनिक गुणस्तरयि शिक्षाको कुरा गर्नुभयो, यतिखेरको माग प्राबिधिक शिक्षाको छ, के तपाईहरुले प्राबिधिक शिक्षा पनि दिदै आउनु भएको छ ?

    गोल्डेनफ्युचर यस्तो विद्यालय हो जुन विद्यालय समय अनुसार चल्ने विद्यालय हो , विगतमा पनि समयको माग अनुसारको शिक्षा दिदै आएकोले हामीले अभिभावकको मन जित्न सफल भएका हौं । पछिल्लो समयमा आएर प्राबिधिक शिक्षाको माग भएको छ सोही अनुसार हामी अगाडी बढ्ने तयारीका साथ लागेका छौं । प्राविधिक शिक्षाको लागि सुबिधा सम्पन्न भवनको समेत आवस्यक हुने भएकोले हामी तिब्र गतीमा भवन निर्माण गर्दै छौं । विद्यार्थी र अभिभावकको माग अनुसारको शिक्षा दिनको लागी हामी तयारी गर्दै छौं ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार