२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

धुलिखेलको थप पहिचान कोसेली खरायोको मासु


४८५९ पाठक संख्या

बनेपा नगरापालिका वडा नं. ८ पिता ज्योती प्रकाश सैजु र माता इन्दिरा सैजुको कोखबाट जेठो

  • नवसंकेत अनलाईन
  • २०७५ मंसिर १२, बुधबार मा प्रकाशित ५ साल अघि
  • बनेपा नगरापालिका वडा नं. ८ पिता ज्योती प्रकाश सैजु र माता इन्दिरा सैजुको कोखबाट जेठो सन्ताको रुपमा २०४० चैत्र ५ मा यस धर्तिमा आँखा उघारन पुग्नुभएको जोत्सना सैजु । जसको पारिवारिक पृष्ठभुमि नै सामाजिक सेवाको उपनामले चिनिन्छ । जहाँ कि ज्योती प्रकाश सैजु जसले सहकारीको माध्यामद्घारा समृद्घ समाज निर्माण हुन सक्छ भन्ने सन्देश दिएर गए । हो उहाँकै रगत जोत्सना सैजु पिताको त्यो महान भावनालाई आँच आउन दिने छैन भन्ने अठोटका साथ फरक पेशामा समर्पित हुनुभयो । पढाइका हिसावले घरको जेठी छोरी कम्प्युटर इन्जिनियर बनेर प्रविधिको क्षेत्रमा छुट्टै पहिचान बनाओस् भन्ने चाहना नभएका कहाँ हो र विडम्बना पिताको अल्पआयुमै निधनले बाध्यातमक स्थिति सिर्जना ग¥यो । पुख्यौली पेशालाई निरन्तरता दिनु नै तत्कालिन आवश्यकता थियो । पिता पछिको पारिवारिक नेतृत्व ग्रहण गर्नु त्यति सजिलो थिएन । पितृ सतात्मक राज्य सत्त भित्र संक्रिणताले जरा गाडेको हाम्रो जस्तो परिवेशमा जुन किसिमको साहस बटुल्न पुग्नुभयो त्यसले नै आज सफल व्यबसायिकको रुपमा स्थापित गरेको छ । जोत्सना सैजु आफैमा एउटा पहिचान बनेको छ । अब कसैको साहारा नपर्न सक्छ किनकि साहारा विहिनहरुको साहारा बन्न सफल हुनु भएको छ ।

    एउटा सफल व्यबसायि संगै सामाजिक व्यक्तित्वको पहिचान बनिसकेको अहिलेको अवस्थामा धुलिखेलको थप पहिचान दिने जमर्काे लिएर अगाडी आउनु भएको छ । बजारको अभावमा धेरैको रहरमा तुसरपात भइसकेको जटिल मोडमा खरायो पालन व्यवसायको संभावना छ । यसको मासु सञ्विनी बनेर आएको छ है भन्ने सन्देश प्रवाह गर्न अहोरात्र लागि पर्नुभएको छ जोत्सना सैजु । हो उनै जोत्सना सैजु संग खरायोको मासु बजार, यसको प्रभावकारीता र गुणस्तरीयताको बारेमा प्रभातफेरी साप्ताहिक संग गरिएको कुराकानीको सम्पादीत अंश पाठक सामु पस्कने जमर्काे गरेका छौँ –स.

     तपाईले खरायोको मासुमा के देख्नुभयो र कसरी आकार्षित हुनु भयो ?

    ड्ड धन्यवाद जुन विषयका बारेमा बोल्ने अवसर दिनुभयो मैले खरायोको मासुमा सिंगो जिवन देखेको छु । जुन हाम्रो शरिरका लागि अति आवश्यक चाहिने पौष्टिक तत्व खरायोको मासुमा मात्रै छ । पशु विज्ञहरुको लेख अध्ययनबाट म त्यस तर्फ आकर्षित भए मानव शरिरका लागि अति आवश्यक पर्ने “ओमेगा थ्रि” खरायोको मासुमा पर्याप्त मात्रमा पाइन्छ भन्ने थाहा पाए । त्यसकारणले नि म आकर्षित भएको हुँ ।

     खरायो पालन व्यबसाय हिजोका दिनमा त असफल व्यबसायको रुपमा दर्ज भएको होइन ?

    ड्ड होला, तर त्यसको महत्व प्रभावकारीता र गुणस्तरियताको बारेमा नबुझेपछि स्वभाविक थियो त्यो अवस्था आउनु भन्ने लाग्छ । अब त्यस्तो अवस्था आउदैन किसानहरुले जति उत्पादन गर्छन सरोकारवाला निकायले त्यसको बजार व्यबस्थापन गर्ने जिम्मा लिइसकेको छ । त्यसकारण पनि अतित दोहोरिदैन भन्न चाहान्छु । किनकि क्षेत्रीय होटल एसोसियसन धुलिखेल र द हिमालय र्याबिट फर्मले आउने चुनौतीहरुको सामना गर्ने अठोट गरिसकेको छ । अब सञ्चारकर्मी मित्रहरुले खरायोको मासु प्रवद्र्घनको लागि सक्दो कलम चलाईदिएर बेरोजगार अन्तका लागि महत्वपूर्ण भुमिक निर्वाह गर्न हुनेछ भन्ने विश्वास सरोकारवाला निकायले लिएको छ ।

     हजुरले दुई वटा विषय जोड्नुभयो एउटा क्षेत्रीय होटल एसोसियसन र अर्काे बेरोजगार यि मा के तारतम्बे छ ?

    ड्ड यि दुवैमा ठुलो तारतम्बे जोडिएको छ सर्वप्रथम त म क्षेत्रीय होटेल एसोसियसन धुलिखेलको सचिव हुँ । त्यसको कारण पनि खरायोको मासु खपतका लागि मेरो भुमिक महत्वपूर्ण हुन्छ र संस्थागत रुपमा सहभागी भइसकेपछि यसले सकारात्मक सन्देश प्रवाह गर्छ । अहिलेको अवस्थामा बढ्दो आन्तारिक पर्यटनलाई थप आकर्षन भनेकै खरायोको मासु उपहार, आज अन्य मासुको कारण अस्थिर हुन पुगेको हाम्रो जीवनको रक्षा गर्नका लागि पनि खरायोको मासु सञ्विनी सावित भएको छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ । खरायोको मासुमा पाइने पौष्टीक तत्वले हाम्रो शरिरको आवश्यकता पुरा गर्ने छ । तपाईलाई जुनसुकै रोगले आक्रमण गरेपनि खरायोको मासु सञ्जिवनी भएर आउनेछ भन्ने विश्वास दिलाउनुछ । त्यो दायित्व क्षेत्रीय होटल एसोसियसन धुलिखेलको दायित्व भित्र पर्दछ ।
    सवाल बेरोजगारको अत्यन्तै सानो पूँजीबाट व्यबसाय सुरु गर्न सकिन्छ । न त कुनै चुनौती नै आउँछन् न त कुनै समस्या नै आउँछ मात्रै केहि गर्छु भन्ने चाहना भएका व्यबसायमा लाग्नेहरुका लागि यो सुनौलो अवसर हो । यथार्थमै भन्नुपर्दा बेरोजगारी भएर छटपटिएको घाउमा मलमपट्टि यो व्यबसायले लगाउनेछ । न त ठुलो धन राशिको खाँचो पर्छ ∕ सामान्य रुपमा घरबारीको घाँस तरकारीका टुक्राटाक्री, भान्छाको जुठोपुरो बाटै व्यबसाय सुरु गर्दा हुन्छ । अब भन्नुस के चाहना भए बेरोजगार अन्त्य हुन्न ? राज्यले यस व्यवसायका लागि ठुलो धनराशी छुट्याएको छ, व्यवसायिले स्किम लिएर पशु कार्यालय सम्म जाँदा हुन्छ । व्यवसायको सपना सहज रुपमा पूरा हुन्छ । तर व्यवसाय नाम मात्र धारण गरेर जानु भयो भने निराश भन्दा अरु हात लाग्दैन । मैले भन्न खोजको आजकाल झोलामा व्यवसाय बोकेर हिड्नेहरु पनि बाक्लै भेटिएका छन् त्यस तर्फ इंकित गर्न खोजेको हुँ अन्यथा नलिनुहोला ।

     हजुरले भनेको सुन्दा त कलम छोडेर व्यवसायतिर लागौँ कि भन्ने उर्जा दिनुभयो खास यस भित्रको राज चाहि के छ ?

    ड्ड तपाईले मलाई भन्न बाध्य नै पार्नुभयो म आफै आँखा सम्बन्धी समस्या ग्रस्त रोगी हुँ मैले माछाको तेल बाट बनाइएको “ओमेगा थ्रि” नामक तत्व नियमित सेवन गर्नुपर्छ । त्यो प्राकृतिक रुपमै खरायोको मासुमा प्रशस्त मात्रमा पाइन्छ भन्ने अध्ययनबाट थाहा पाए । त्यसबाट मलाई यस सम्बन्धी चासो बढ्यो । म जस्तै पिडीत कति होलान् सबैको पहुँच विदेशबाट आयत गरेर ओमेगा थ्रि खरिद गरेर उपचार गर्न संभव पनि नहोला त्यसैले मैले यो अभियान सुरु गरे । उहाँहरुका लागि यो अभियान अनुकरणिय हुन सकछ भनेर विश्वास राखेको छु । यथार्थमा भन्नुपर्दा खरायोको मासु गर्भपति महिला क्यान्सर पिडित मधुमेहका रोगी मुटुका रोगी लगायतका व्यक्तित्वहरुका लागि अत्यन्तै स्वाथ्यबर्धक छ । खरायोको मासुमा सहजै रुपमा हाम्रो घर आँगनमै प्राप्त हुने चिज हो । यसको बारेमा यथष्ट जानकारी नहुदा हामी भौतारिएका थियौ तसर्थ यो अभियान मनासिब सम्झेर खरायोको मासुको हबका रुपमा धुलिखेललाई विकास गर्नु गराउनु जरुरी ठानेको छु ।
     अब अलिकति प्रशंग बदलौ, तपाई सामाजिक सेवामा समर्पित पृष्ठभुमि भएको व्यक्तित्व एकाएक व्यवसायमा चम्किनु भयो कसरी ?

    ड्ड हो म अहिले पनि दर्जनौ मानविय र व्यवसायिक एक संघ संस्थामा आवद्घ छु । जस्तो रोटरी क्लब अफ धुलिखेल महिला उद्यमी संघ, साहारा बालगृह, धुलिखेल उद्योग वाण्ज्यि संघ, धुलिखेल वातावरण तथा पर्यटन संघ, यात्री पर्यटन संघ लगायतका संघ संस्थामा क्रियाशिल छु । मैले अघि नै माथि उल्लेख गरे जस्तो लाग्छ सुरुमा मेरो लागि व्यवसाय बाध्यता बनेर आएको थियो । घरको जेठो सन्तान जिम्मेवारी सम्हालनुको विकल्प थिएन बहिनीहरु सानै थिए । जसको कारण भक्कानिएको छाती सम्हाल्ने विकल्प बन्यो व्यवसाय । फेरी पनि मानविय भावना बाट म पछि हट्ने छैन भन्ने अठोट संगै लिएर आएको हुदाँ अहिले यो पहिचान बन्यो यसको सबै श्रेय पिता ज्योती प्रकाश सैजुलाई जान्छ । उहाँको समाज रुपान्तरण प्रतिको झुकाव नै आजको मेरो पथ प्रदर्शक हो । व्यवसाय बाट बचेको केहि रकम मानविय सेवाका समर्पण गर्दै आएको छु । त्यसैले नि मलाई सन्तुष्टी मिलेको छ । जसकोे कारण म यो सेवाबाट बाहिरिन सक्दिन यो मेरो प्रण हो ।
     अन्तमा हजुरलाई केही थप्न मन लाग्छ भने खुलाइदिनुहोला ?

    ड्ड खासै त्यस्तो त छ जस्तो लाग्दैन प्रथम त प्रभातफेरी साप्ताहिक र प्रभातफेरी अनलाइनलाई धन्यवादका पात्र हुनुहुन्छ । मेरा अभिव्यक्तिहरु समग्र पाठक सामु पस्किदिनुभयो । धुलिखेलको थप पहिचान खुलाउने मौका मिल्यो । सवाल छुटेका कुराका बारेमा–हिजो सम्म धुलिखेल पर्यटकिय हबका रुपमा स्थापित थियो अब पर्यटन संगसंगै स्वस्थ स्वाथ्यको आहाराका लागि पहिचान दिन खोज्दै छ त्यसका लागि काभ्रेको गौरव धुलिखेलको विकासमा पर्यटनको ठुलो महत्व छ भन्ने पुष्ठि त विदेशी पर्यटक भन्दा पनि आन्तरिक पर्यटकको अगमणले दर्शएको छ । त्यसको व्यबस्थापनका लागि सम्पूर्ण होटेल व्यवसायिहरुले ऐक्यबद्घता जाहेर गरेर धुलिखेलको पहिचान कोसेलीको रुपमा खरायोको मासु भन्ने सन्देश प्रवाह गर्न आवश्यक देखेको छु । यो पुणित कार्यका लागि आ–आफ्नो स्थानबाट उठौँ र जुटौँ भन्न चाहान्छु–धन्यवाद ¤

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार