२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

समय सुहाउंदो पाँच प्रकारको प्राबिधिक शिक्षा दिदै छौं


३३४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ मंसिर १९, बुधबार मा प्रकाशित ५ साल अघि
  • मिस्टरकान्त मैनाली
    प्रमुख
    नेपाल बनेपा पोलिटेक्निक ईन्ष्टिच्युट

    धादिङ्ग जिल्लाको महांदेवस्थान गाविस ताल्ति भन्ने रमणिय स्थानमा पिता मेगनाथ मैनाली तथा माता स्व. पार्वती मैनालीको कोखबाट २०२२ साल कार्तिक ७ गते जन्मनु भएका मिस्टरकान्त मैनाली वाल्यकालबाटै गुणस्तरीय प्राबिधिक शिक्षाको पक्षधर हुनुहुन्थ्यो । विरेन्द्र आदर्श माध्यमिक बिद्यालय विरेन्द्र नगर २ चितवनबाट एस.एल.सि उतिर्ण गरी उच्च शिक्षा हासील गर्दै जाने क्रममा स्नाकोक्तर सम्म अध्यययन गर्नु भएका मैनाली हाल चितवन जिल्ला राप्ती नगरपालिका वडा नं ८ मा स्थाई वसोवास भई हाल काभे्रको नेपाल बनेपा पोलिटेक्निक इन्ष्टिच्युटका शिक्षालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । उहाँसंग शिक्षालयको बारेमा ईश्वरी राजकुमार मैनालीले गरेको कुरा कानी अंश ……।

    बनेपामा संञ्चालन भएको नेपाल बनेपा पोलिटेक्निक ईन्ष्टिच्युट कहीले बाट संञ्चालन भयो यस्तो बिद्यालय संञ्चालनको प्रमुख उद्देस्य के हो ?

    यो शिक्षालय २०६२ साल कार्तिक २४ गतेबाट कक्षा संचालन भएको हो । यो शिक्षालय नेपाल सरकार र चिन सरकारको सम्झौता अनुसार भौतीक संरचना बनेपामा चिन सरकारको सहयोगमा निर्माण भयो । यस शिक्षालयको लागि १ सय २ रोपनि जग्गा बनेपा नगरपालिकाले उपलब्ध गराएको हो । नगरले जग्गा उपलब्ध गराएको कारण यस ठाउंमा शिक्षालय निर्माण भई संञ्चालनमा आएको होे । नगरले जग्गा उपलब्ध गराएपछि निर्माण सम्पन्न गरी चिन सरकार र नेपाल सरकार बिच २००२ जुन १० मा शिक्षालय संचालनको बारेमा सम्झौता भएको थियो ।

    यस शिक्षालयबाट के कस्तो प्रकारको शिक्षा प्रदान गर्दै आएको छ ?

    सम्झौता अनुसार यस शिक्षालयमा ५ प्रकारको प्राबिधिक शिक्षा प्रदान गर्ने भन्ने सम्झौता भयो । सम्झौतामा जुन प्रकारको शिक्षा दिने कुरा भएको थियो त्यस भन्दा अलि फरक ढंगले संञ्चालन हुन गयो । ५ प्रकारको प्राविधिक शिक्षा प्रदान गरेपनि सम्झौता भन्दा फरक तर समयको माग अनुसारको शिक्षा प्रदान गर्दै आएका छौ । जस्तो कि डिप्लोमा एण्ड ट्राभल टुरिजम भन्ने शिक्षा दिनु पर्ने सम्झौतामा उल्लेख छ तर हामिले डिब्लोमा इन होटल म्यानेजमेन्टको कक्षा संञ्चालन ग¥यौं । अर्को डिप्लोमा ईन इलेक्ट्रोनिक्स इन्जेनेरिङ्ग भन्ने थियो तर यहाँ डिप्लोमा इन इलेक्ट्रेनिक भन्ने कक्षा चलायौं । त्यस्तै डिप्लोमा एण्ड विउटी कस्टोमालोजी भन्ने थियो तर यहाँ डिप्लोमा एण्ड ज्योमेटिक्स इन्जिनियरिङ्ग भन्ने कक्षा चलाएका छौं । त्यसैगरी अफिस म्यानेजमेन्ट एण्ड कम्प्युटर भन्ने थियो त्यसको सट्टा डिम्लोमा एण्ड सिभिल ईन्जिनियरिङ्गको कक्षा चलाएका छौं । यो सवै हुनुको कारण समय सन्दर्भ साथै समयको माग साथै आवश्यकता अनुसार कक्षा चलाएका हौं ।

    कक्षा संचालन गर्ने क्रममा हामीले विभिन्न काल खण्डमा (एकै चोटी भएको होईन) सञ्चालन हुंदै आएको छ । जस्तो सुरुमा डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी भन्ने कक्षा २०६५ सालबाट सुरु भयो । त्यसैगरी डिप्लोमा इन् ईलेक्टरी इञ्जिनरीङ्ग २०६७ बाट सुरु भयो । डिप्लोमा इन् होटल म्यानेजमेन्ट २०६८ बाट, डिप्लोमा सिभिल ईन्जिनियरिङ्ग २०७२ बाट , डिब्लोमा इन् ज्योमेटिक्स इन्जिनियरिङ्ग २०७३ सालबाट सुरु भयो ।

    विगतमा समयको माग अनुसारको कक्षा संञ्चालन गर्दै आउनु भएको रहेछ, आगामी दिनमा त्यस्तो नयाँ ढंगको कुनै प्राबिधिक शिक्षा दिने सोचमा अगी बढ्नु भएको छ की ?

    अहिले भई रहेको भौतिक संरचनाको हिषावले भवनको क्षमता ५ ओटा कार्यक्रमको लागि मात्रै पुग्ने खालको छ । भवनको क्षमता बढाउन सकेको खण्डमा (कक्षा कोठाहरुको) कार्यक्रमहरु थपन सकिन्छ । कुन प्रकारको प्राबिधिक शिक्षाको लागि कस्तो खाले (सुबिधा सम्पन्न) भवन आवश्यक हुन्छ सोही ढंगको निर्माण गर्न सकेमा थप कक्षाहरु चलाउन सकिन्छ । अहिलेको भौतिक संरचना अनुसार थप कक्षा संचालन गर्न संभव छैन ।

    शिक्षालय संञ्चालन भएबाट हाल सम्म कति विद्यार्थी (पास आउट) पास भएर वाहिरीए ?

    हाल डिब्लोमा तहका ५ ओटा शैक्षिक कार्यक्रमहरु संञ्चालन भैरहेको छ, तर हरेक आर्थिक बर्षमा २०६५ सालबाट संञ्चालन हुदै आएको शिक्षालयमा छोटो अवधिको व्यवसायिक तालिमहरु समेत संञ्चालन गर्ने गरेका छौं । डिब्लोमा चलाउने शिक्षालयको मुख्य लक्ष हो, समुदाय साथै राष्ट्रको आवश्यकतालाई समेत मध्यनजर राखेर सिपमुलक तालिम चलाउने गरेका हौं । डिब्लोमा तहको शैक्षिक कार्यक्रम बाट हालसम्म यस शिक्षालयबाट ६ सय ४८ जना उत्पादित जनशक्ति वाहिरिएका छन् । त्यसमध्य डिप्लोमा इन् टेक्नोलाजीबाट २८६, डिब्लोमा इन् इलेक्टिकल इन्जिनियरिङ्गमा २३२, डिब्लोमा इन् होटल म्यानेजमेण्टमा ८४, डिब्लोमा इन् सिभिल इञ्निेनियरिङ्गमा ४६, रहेका छन् र डिबलोमा इन् ज्योमेटिक्स इन्जिनियरिङ्ग हाल तेस्रो बर्षमा चलिरहेको छ, २०७६ मा सो जनशक्ति समेत उत्पादन हुन्छ । त्यसैगरी छोटो अबधिको सिपमुलक तालिम १ हजार ९ सय ३९ जनाले लिएका छन् ।

    यतिखेरको माग प्राबिधिक जनशक्ति भन्ने छ, तपाईहरुको यो शिक्षालयबाट यति धेरै प्राविधिक जनशक्ति उत्पादन भएको छ, ति उत्पादित सवै जनशक्तिले रोजगारी पाएका छन् ?

    यस शिक्षालयबाट उत्पादित जनशक्तिको बारेमा के कस्तो अवस्थामा रहेको छ भनेर अध्यइन गर्ने गरेका छौं । अध्ययनको क्रममा गत आ.वमा डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी कार्यक्रमको अध्ययन गर्ने क्रममा ४० प्रतिशत रोजगारीमा रहेको पाईयो । ३० प्रतिशतको हाराहारीमा बिदेश गएको, १० प्रतिशत जति बेरोजगार बाँकी २० प्रतिशत अध्ययनमै रहेको पाएका छौं । हाम्रो लक्ष यस शिक्षालयबाट उत्पादन भएका जनशक्ति मध्य कम्तिमा पनि ५० प्रतिशत रोजगारी हुनुपर्ने तर पुगेन ।

    यो शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीहरु कहाँ कहाँ बाट आउने गरेको छ ?

    यसको टार्गेट यरिया कुनै निश्चित जिल्ला छैन, नेपालको ७७ जील्ला नै यो शिक्षालयको टार्गेटमा पर्छ । सवै ठाउबाट आउन सक्ने अवस्था छ, तर अलि बाहुल्यता चाही शिक्षालय रहेको जिल्लानै भएको पाईन्छ । अन्य जिल्लाहरुको तुलनामा सवभन्दा बढी काभे्र जिल्ला दोस्रोमा भक्तपुर रहेको छ । त्यसैगरी दोलखा सिन्धुपाल्चोक जिल्लाहरुको अलि बाहुल्यता बढी भएको पाईन्छ ।

    यस शिक्षालयमा बार्षिक वजेट कति रहेको छ ?

    बार्षिक वजेटको कुरो भन्नु पर्दा आर्थिक बर्ष ०७५÷०७६ को लागि ५ करोड २४ लाख ३२ हजार रहेको छ । नेपाल सरकारबाट र सिटिभिटिको आन्तरिक स्रोतबाट शिक्षालयमा बजेट आउने गरेको छ । यो बर्षको संरचना संघियतामा गईसकेपछी प्रदेश मार्फत पनि केही बजेट आउने प्रावधान रहेको छ । नीतिगत अन्योलताले गर्दा प्रदेशबाट आउने वजेटको वारेमा स्प्रस्ट छैन, निकासा हुने क्रममा रहेको छ ।

    शिक्षालयलाई प्राप्त बजेट कुन कुन शिर्षकमा खर्च हुन्छ ?

    उपलब्ध भएको वजेटबाट शिक्षक तथा कर्मचारीको तलव खर्च र संञ्चालन खर्चमा खर्चिन्छ । प्राप्त बजेटले गर्दा सवै प्रकारको खर्चहरु पुगेकै छ । म आफुले शिक्षालयको जिम्मेवारी सम्हालेको ५ बर्ष पुरा भयो यो अवधिमा बजेटको अभाव भएको छैन । समयमा कर्मचारीलाई तलव खुवाउन नपुग्ने साथै संचालन खर्च अपुग भयो भन्ने अवस्था आएको छैन ।

    शिक्षालयमा शिक्षक तथा कर्मचारी कती संख्यामा रहेका छन् ?

    शिक्षालय प्रमुख देखि लिएर कार्यालय सहयोगि समेत गरेर ७४ जना कार्यरत रहेका छन् । आन्तरिक आयस्रोतको रुपमा विद्यार्थीबाट उठेको शुल्क बार्षिक रुपमा १ करोड भन्दा केही माथि पुग्छ । बिद्यार्थिबाट उठेको शुल्क शिक्षालयमा खर्च गर्न मिल्दैन सो रकम आर्जन खातामा जम्मा हुन्छ । आर्जन खाता भनेको नेपाल सरकारको राजश्व खाता जस्तै हो यहां खर्च गर्न मिल्दैन ।

    यस शिक्षालयमा छात्रवित्तिको अवस्था कस्तो रहेको छ ? कति बिद्यार्थी अध्ययन रत रहेका छन् ?

    यस शिक्षालयमा छात्रबित्तिको अवस्था भन्नु पर्दा, नियममा चाही हरेक कार्यक्रममा भर्ना गर्दा एक जनाले जेहेन्दार छात्रवित्ति पाउंछ । खुल्लाबाट प्रवेश परिक्षा सवभन्दा बढी प्राप्ताङ्क ल्याउने व्यक्ति भर्ना हुन आएमा उसले जेहेन्दार छात्रबित्ति पाउंछ । छात्रवित्ति भन्नाले नगद दिदैनौ शिक्षालयलाई बुझाउनु पर्ने फिमा मिलान गर्ने नीयम रहेको छ । शिक्षालयमा ४ प्रकारको शुल्क निर्धारण गरिएको हुन्छ । जसमा पुर्ण शुल्क, सहुलिएत शुल्क, शिक्षालय रहेको नगरपालिका (बनेपा) प्रायोजित कोटा भनेर निर्धारण गरीएको हुन्छ । चार किसिमको शुल्क मध्य पुर्ण शुल्क भनेपछि संञ्चालक समितिबाट निर्धारण भएको पुरै शुल्क, सहुलियत शुल्क अन्तर्गत एउका कार्यक्रममा १६ जना सहुलिएत शुल्कमा पर्छ । जसमा महिलाको ४,दलितको २, जनजातिको २, द्वन्द्व पिडितको २, शिक्षालय रहेको नगरपालिकालाई ४ ओटा कोटा । यस शिक्षालयमा संञ्चालन हुनै सवैप्रकारको प्रोग्रामबाट बनेपा नगपालिकालाई १७ जनाको कोटा छुट्याईएको हुन्छ ।

    नयाँ संरचना अनुसार बनेपा नगरपालिकालाई छुट्याईएको कोटामा अध्ययन गर्न आउनेले ६ सेमेस्टर पड्न जम्मा २७ हजार भुक्तानी गर्दा पुग्छ । हाल शिक्षालयमा ६६० जना बिद्यार्थी पढी रहेका छन् । होटल मेनेजमेन्टमा हरेक बर्ष ४० जना र अन्यमा ४८ जनाको दरले भर्ना लिने गरेका छौं । नियमित रुपमा पास हुने र आंसिक रुपमा पास गर्ने विद्यार्थीको संख्या करिब करिब बराबरी जस्तो रहेको छ ।

    अन्तमा तपाईको शिक्षालयमा अध्ययन गर्ने सम्पुर्ण विद्यार्थी र अभिभावकलाई केही भन्न चाहनु हुन्छ की ।

    सर्व प्रथम त नेपाल बनेपा पोलिटेक्निक ईन्ष्टिच्युटको बिषयमा मलाई आफ्नो धारणा संचार माध्यममा राख्ने अवसर दिनु भएकोमा मेरो व्यक्रिगत तर्फबाट साथै शिक्षालयको तर्फबाट आभार व्यक्त गर्दछु । अर्को कुरो शिक्षालयमा अध्ययन गर्ने विद्यार्थी र अभिभावकलाई केही भन्न सुझाव भन्नु भएको छ, सम्पुर्ण विद्यार्थीहरुले शिक्षालयको (नीति नियम) र अनुसासनमा रहि शिक्षा हासिल गर्दा विद्यार्थीहरुको भविस्य उज्जल रहेनेमा दुई मत छैन । त्यसैगरी शिक्षालयमा अध्ययन गर्न आउने आफ्ना छोराछोरीलाई गुणस्तरयि शिक्षा हासिल गर्न हौसला दिने कार्यमा अभिभावको भूमिका ठुलो हुने भएकोले सो भुमिका निर्वाह गर्न सम्पुर्ण अभिभावकहरु समक्ष अनुरोध गर्दछु ।
    त्यसैगरी शिक्षालयको हित साथै अध्ययन रत विद्यार्थीहरुको भविस्यको लागि प्रतेक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने शिक्षा सेवी तथा सुभ चिन्तकहरु प्रती निरन्तर सहयोगको अपेक्षा गर्दछु । त्यसैगरी बनेपा नगरपालिकाले शिक्षालय प्रति सकारात्मक भुमिका निर्वाह गर्दा आम विद्यार्थीहरुको भविस्य निर्माणमा सहयोग मिलेकोले निरन्तरताको अपेक्षा गर्दछु । शिक्षालय संञ्चालक समितिले निर्धारण गरेको नीति नियमलाई अक्षरस पालन गर्दै गुणस्तरयि शिक्षा दिनको लागि सम्पुर्ण शिक्षालयमा आबद्ध शिक्षक तथा कर्मचारीले पु¥याउनु भएको योगदानलाई उच्च मुल्याङ्कन गर्दै विद्यार्थीहरुको हितको खातिर आफुले जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार रहने छु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार