२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

१६ दिने अभियान लैंगिक हिंसा विरुद्धको होईन महिला हिंसा विरुद्धको हो


४९२३ पाठक संख्या

सावित्रि दाहाल लामिछाने अध्यक्ष महिला मानव अधिकार रक्षक संजल काभे्र काभे्र जिल्लाको साविक उग्रचण्डी नाला

  • नवसंकेत अनलाईन
  • २०७५ मंसिर १९, बुधबार मा प्रकाशित ६ साल अघि
  • सावित्रि दाहाल लामिछाने
    अध्यक्ष
    महिला मानव अधिकार रक्षक संजल काभे्र

    काभे्र जिल्लाको साविक उग्रचण्डी नाला ७, हाल बनेपा नगरपालिका २ चुनाताल को रमणिय स्थानमा पिता स्व.दिनानाथ दाहाल तथा माता मानकुमारी दाहालको कोखबाट २०२४ साल जेठ २८ गते जन्मनु भएकी सावित्री दाहाल लामिछाने वाल्यकालबाटै महिलामाथि हुने गरेको हिंसाको अन्त्य गर्नु पर्छ भन्ने बिषयमा वकालत गर्नुहुन्थ्यो । बाल्यकालमा खेल्दा समेत महिलाहरुमाथि हुने दुव्र्यवहारको विरुद्धमा खेल्ने लामिछानेले शुभ चामुण्डा प्रा.विमा कखरा सिकी चण्डेश्वरी माध्यमिक विद्यालयबाट माध्यमिक तह उतिर्ण गर्नु भएको थियो ।
    अध्ययन गर्दा गर्दै कलिलै उमेरमा साविक पाँचखाल गा.वि.स वडा नं ७ हालको पाँचखाल नगरपालिका वडा नं ३ को जनताडिहिमा मात्रिका प्रसाद लामिछानेसंग २०४२ मंसिर २९ गते बैवाहिक बन्धनमा बाँधिदा केही समय आफुले लिएको लक्षका साथ अगाडी बढ्न समयले साथ नदिदा नदिदै पनि महिलाहरुमाथि हुने दुव्र्यवहाको विरुद्धमा उत्रदै अगाडी बढ्दै जाँदा धेरै महिलाको समस्या समाधान गर्ने कार्यमा घरपरिवारले समेत साथ दिदा हौसला बढ्दै जाने क्रममा हाल महिला मानव अधिकार रक्षक काभे्रको अध्यक्ष, सामुदायिक मेलमिलाप केन्द्र पाँचखाल अध्यक्ष, नेपालि काँगे्रस महांधिवेशन प्रतीनिधि साथै महांसमिति सदस्यको समेत जिम्मेवारी निर्वाह गर्दै आउनु भएका साबित्री लामीछाने दाहालसंग अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान साथै महिला हिंसाको बारेमा ईश्वरी राजकुमार मैनालीले गरेको कुरा कानी अंश ……।

    तपाई महिला मानव अधिकार रक्षक संञ्जाल कााभे्रको अध्यक्षको नाताले भन्नु पर्दा तपाईलाई यस क्षेत्रमा लाग्ने प्रेरणा कसरी मिल्यो ?

    वास्तबमा भन्नुपर्दा यो क्षेत्रमा लाग्ने प्रेरणा मेरो बुवाले दिनुभया,साथै बिवाह पछि पनि मलाई मेरो घरपरिवारले साथ र सहयोग गर्दा महिलामाथि हुने अन्याय अत्याचारको विरुद्धमा आवाज बुंलन्द गर्ने मौका मिलेको हो । मेरो बुवा २०२८ सालमा उग्रचण्डी नालाबाट उप—प्रधानपञ्चमा निर्वाचित हुनुभएको थियो । २०३० सालमा गाउंकै ९ नं वडामा श्रीमान र श्रीमती विच ठुलो बिवाद भएछ, म त्यतिखेर ६ बर्षको मात्रै थिए । श्रीमानले अर्को श्रीमती ल्याएको नीहुमा भएको झगडा मिलाउन गाउंको उप—प्रधान पञ्चको नाताले बुवा जानुभयो बुवाको साथमा म पनि गए । त्यहां ठुलो विवाद भयो एउटी महिलामाथि धेरै अत्याचार गरेको रहेछ , पिडित महिलाको रोदनले मलाई धेरै भावुक बनायो । सोही महिलामाथि भएको अन्याय र आफु पनि महिला भएको नाताले महिलामाथि हुने कुनै पनि प्रकारको दुव्र्यवहारको अन्त्य गर्नु पर्छ भन्ने मेरो मनमा लागेको थियो । बुवाले गाउंमा अन्य मुद्धाहरु मिलाउन जाँदा पनि मलाई लानुहुन्थ्यो । त्यतिखेर गांउंमा प्राय गरेर महिलामाथी हुने बिभिन्न हिंसाको विवाद बढी हुन्थ्यो । त्यस्ता अन्याय देखेर मेरो मनमा धेरै पढेर महिलामाथि हुने अन्यायको अन्त्य गर्नु पर्छ भन्ने सोचको बिकास भयो । सोही कारणले गर्दा दौतरी साथीहरुसंग खेल्दा पनि महिला माथि हुने अन्याय अत्याचारको बारेमा नाटकहरु वनाएर खेल्ने गथ्र्यौ ।

    पछिल्लो समयमा काभे्रमा महिला हिंसाको अवस्था कस्तो रहेको छ ?

    म महिला मानव अधिकार रक्षक संजालको काभे्रको अध्यक्षको नाताले भन्नु पर्दा तात्कालिन रुपमा विश्वव्यापी रुपमा चलेको अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान चलि रहंदा नेपालमा पनि सो अभियान ७० औं भनेपनि जनआन्दोलन पछाडीको गणतन्त्र स्थापना पछि आधिकारकि रुपमा अभियान चलाउंदै आएका छौं । यो अभियानले महिला पुरुष दुवैलाई चेतना प्रदान गर्न सफल भएका छौं । विगतका अवस्थामा जुन लैंगिक उत्तरदायी वजेट, महीला सचेतनात्नमक कार्यक्रमहरु संञ्चालन भएका छन् ।

    जुन कार्यक्रमहरुले धेरैमा प्रभाव परेका छ । तत्कालिन अवस्थामा स्थानिय तहलाई सवै कुरा जिम्मेवारी दिएको छ । स्थानिय तहले सवै महीलाहरु सचेत भई सके भनेर पुर्ण विराम लगाएको अवस्था रहेको छ । तर साच्चिकै भन्नुपर्दा पुर्णविराम लगाउने अवस्था भएको छैन, महिला सचेतना कार्यक्रमको लागि निरन्तरताको आवस्यकता छ ।
    महिला हिंसाको विषयमा भन्नु पर्दा आत्माहत्याको ९ औं स्थानमा भएको काभे्र हाल दोस्रो स्थान त्यसैगरी वलात्कारमा आठौं स्थानमा पुगेको छ । हिंसाकै कुरा उठ्दै जाँदा महिलाबाट पुरुषपनि हिंसित भएको कुरा आईरहेको छ । म आफु अध्यक्षको नाताले भन्नुपर्दा साच्चिकै हाम्रो राज्यले महिला विरुद्ध कुनैपनि हिंसा गर्ने छैनौ भनेर संयुक्त राष्ट्रसंघको महां संधिमा हस्ताक्षर गरेर आईसकेको छ । तर राज्यले अझैपनि त्यसलाई कार्यान्वयन नगरेको हामीले हाल चलिरहेको १६ दिने अभियान लैंगिक हिंसा विरुद्धको नभई महिला हिंसा विरुद्धको अभियान हो । महीला हिंसा न्युनिकरण भएको छैन न्युनिकरण गर्न लागिरहेका छौं । महीलालाई राजनैतिक क्षेत्रमा पनि हिंसा भएको छ , महिला सक्षम हुंदा हुंदैपनि जिम्मेवारी दिन चाहेका छैनन् ।

    महिलामा हिंसा कायमै छ भन्नुभयो, यसो हुनुमा दोसी पुरुष मात्रै हो कि महिलाले गर्दा पनि हुन्छ ?

    कतिपयले भनेको सुन्छु, महिलाले महिलालाई हिंसा गर्छन, तर त्यो भनाईमा म सहमत छैन । किनकि हाम्रो समाज अनि राज्यले जति छोरालाई मान्यता दिन्छ त्यती छोरीलाई दिदैन । भनिन्छ आमाको नाउमा नागरीकता तर आमा भनेको एउटा तथ्य हो बाउ भनेको विश्वास हो, तर पनि हाल संम्म बंस आमालाई दिएको छैन । वंश नदिने वित्तिकै बच्चाहरुको सनाखत गर्नको लागि आमाले बाउ खोजिरहनु पर्ने अवस्था छ । जति भनेका छन् त्यति अधिकार नपाएको कारणले छोरालाईनै मान्यता दिनु परेको छ । यसै प्रशंग अन्तर्गत गर्भ पतनको बिषयमा केही भन्न मन लाग्यो, गर्भ पतनको रेकर्डहरु हेर्दा सवैभन्दा चेतनशिल बर्गा, जागिरदार बर्ग, शिक्षित नेता उद्योगपति समेतको बसोवास भएको काठमाडौ जिल्लामामा सवै भन्दा बडी गर्व पतन हुने जिल्लामा चिनिन्छ । किनकि काठमाडौका महिलाहरु वडी व्यस्त हुनेकारणले गर्भपतन गराएको पाएका छौं । छोरा एउटा पाउदा हुने तर छोरी जन्मिएमा फेरी पाउनु पर्ने भन्ने डरले गर्भमा रहेको भु्रणको पहिचान गरी छोरी भएमा भ्रुण हत्या गर्ने गरेका पाएका छौं । राज्यले छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिंदा पनि महिला हिंसा निर्मुल नभएको हो ।

    तपाईको बिचारमा महिला हिंसा पुरुषको मात्रै कारणले हुने गरेको हो ?

    पुरुसको कारणले भन्दा पनि सोचको कारणले गर्दा महिला हिंसा भएको हो । हामीसंग भएका दर्शनहरु, परम्परा सोच, सम्पतिमाथिको पुरा अधिकार श्रीमानको हुनु जस्ता कारणले गर्दा पनि हिंसा नरोकिएको हो । परम्परागत सोच अन्तर्गत सासुले बुहारीलाई गर्ने दुव्यवहारले पनि केहीत समस्या भएको होला तर त्यस्ता खाले समस्या समाधानको रुपमा आएको छ । नेपालमा जारी भएको संविधानले बहुविवाहमा दर्ता नै नगर्ने भन्ने कुरामा पनि अवका दिनमा सौतासौता बिचमा हुने हिंसा पनि कमी होलाकी भन्ने आशा हामीले गरेका छौं ।

    कसैसंग बहुविवाह गर्दा एउटा श्रीमति देख्दा देख्दै सौता जानुलाई तपाई के भन्नु हुन्छ ?

    यस्तो खाले कार्य महिला पुरुष दवैको दोष हो, कत्तिपय त टाडाबाट विवाह गरेर ल्याउदा घरमा अर्को श्रीमती छैन भनेर ल्याउनु चाही पुरुषको मात्रै दोस हो तर देखादेखी सौता बनेर जानु चाही महीलाको पनि दोष हो । महिला हिंसा हुनुमा २५ प्रतिशतको दोषीको भागेदार महीला पनि हो । महिंला हिंसा हुनुमा प्रमुख दोष, कानुनी सुनुवाई, हिंसा प्रभावित महिलाहरुले श्रीमानसंग प्रतिकार गर्दै गर्दा परिवार भित्रका महिला सदस्यहरुले सरक्षीत आवासमा बसोवास गर्ने वातावरण नहुनुको कारणले पनि हिंसा सहंदै आएको अवस्था छ । धेरै सहदा पनि हिंसा बढ्ने गरेको छ तर जसहने नाउमा घरघरमै द्वन्द मचचाउनु पर्छ भन्ने चाही होईन ।

    १६ दिने अभियान समाजमा शान्ति कायम गर्नको लागि एउटा अभियानको रुपमा अगाडी बढीरहेको छ, तर बैदेशिक रोजगारीमा जाने श्रीमानका श्रीमतिहरुको बिषयमा अलि नकारात्मक कुरा आएको छ, यो बिषयमा के सोच्नु भएको छ ?
    हामीले हरेक ठाउंमा गएर बैदेशिक रोजगारीमा जानेका परिवारहरुका लागि पारीबारिक आर्थिक योजना भन्ने बिश्व शिक्षाले कार्यक्रम लागु गर्दै गर्दा म त्यसको पनि सहज कर्ताको रुपमा रहेको छु । यो योजना महिला तामाङ घेदुङले सन्चालन गरेको छ, सहजकर्ताको नाताले आफुले राम्रो भुमिका निर्वाह गरेको छु । परिवारमा श्रीमान बाहिर जान्छ र श्रीमतिको नाउमा पैसा आउंछ र उसलाई फसाउने कसरी भन्ने खेल खेलेको पनि पाईएको छ । पैसा धुत्ने बिषयमा पनि कतिपयले कुदृष्टि लगाएको पाएका छौं । श्रीमान बिदेश गएपछि श्रीमतिलाई व्यवहारीक रुपमा हरेक प्रकारको समस्या पर्छ समस्यामा साथ दिने नाउमा फसाउनेको संख्या पनि कम छैन ।

    विदेशमा रोजगारीमा जानेहरुको महिलाले मात्रै वदमासि गरेका छैनन त्यसमा पुरुषको पनि दोस रहेको पाएका छौं । कतिपय एस्ता घटनाहरु पनि पाएका छौं, छोरा बिदेश गएको मौका छोप्दै घरपरिवारले समेत कुदृष्टि लगाउने गरेको हाम्रो गोप्य ढंगको तथ्य संकलन गर्ने क्रममा फेला पारेका छौं । लोग्ने बाहिर गएको समयमा महिला कमजोर हुने र सहयोगको वाहनामा कुदृष्टि लगनाउने कार्यले गर्दा पनि वैदेशिक रोजगारीमा जानेहरुको श्रीमतिमा समस्या आएको हो । महिलाहरुको पनि दोस होला तर पुरुषहरु पनि दुधले नुहाएकै त छैन । धेरै गल्ती गर्ने महिलालाई संरक्षण गर्नु पर्छ भन्ने छैन तर अन्जानमा चेतनाको अभावमा गल्ती हुन पुगेमा सुध्रिने मौका दिन आवस्यक हुन्छ ।

    विगत बर्षहरुको तुलनामा हाल सम्म कुन कुन कुरामा सुधार आएको पाउनु भएको छ ?

    विगतको तुलनामा धेरे कुरामा सुधार आएको छ । डाटालाई अध्ययन गर्दा बढेको देखिन्छ तर वास्तबमै धेरै कुरामासुधार आएको पाएका छौं । विगत बर्षहरुमा धेरै घटनाहरु चेतनाको अभावमा गुपचुपमा रहने गरेको थियो । जव चेतनाको बिकास भयो हिंसालाई लुकाउंदा थप हिंसा हुने भन्ने बिषय । तव जे जति हिंसाका घटनाहरु छन् वाहिर आएको छ त्यसैले जिल्लाको डाटामा अलि मेल नखाएको हो । विगतमा छोरीको समस्याको कुरा बाहिर लादा समस्या हुन्छ भन्दै गुपचुपमा रहने धेरै थिए तर अवको समयमा रेपको घटनालाई लुकाउनु हुदैन न्यायको लागि बाहिर ल्याउनु पर्छ भन्ने चेतना जाग्यो । विगतको तुलनामा सासु बुहारीको विवाद पनि बिस्तारै घट्दै गएको छ ।

    महिला हिंसाको घटनालाई बन्द इजालासले के कती सहयोग गर्ने गरेको छ ?

    बन्द इजालास पनि छ, साथै ओ.सि.एम.सी पनि काभे्रमा लागु भएको छ । सो सवै कुरा प्रहरीलाई पनि जानकारी नभएकोले पिडितहरुको खर्च वडी हुनेगरेको पनि छ । एउटा घटना यस्तो पनि भएछ श्रीमानले कुट्दा कुट्दै करङको हाड फुटेछ सो को जानकारी ओ.सि.एम.सिलाई जानकारी गरराएको भए उपचारमा धेरै सहज हुनेथियो तर पाँचखाल प्रहरीले स्थानिय पोलि क्लिनिकमा उपचार गराउंदा धेरै खर्च भएको पाएका थियौं । ओ.सि.एम.सि काभे्रमा लागु भएको छ तर प्रभावकारी ढंगले अगाडी बढ्न अलि सकेको छैन ।

    तपाई सामुदायिक मेल मिलाप केन्द्र पाँचखाल नगरको अध्यक्षको हैसियतले भन्नु पर्दा के कती मुद्धाहरु मिलाउन सफल हुनु भयो ?

    हामीले अदालतमा २० बर्षदेखी चलेको मुद्धा छलफलको आधारमा जितजितको अवस्था गर्दै मिलाएका छौं । अरु कतिपय मुद्धाहरु मिलाउंदा सामुदायिक केन्द्रको सुझावको आधारमा मिलाउने गरेका छौं । हामी परिवार भित्रको झगडा मेल मिलाप गर्ने कार्यमा सहभागी भएका छौं । परिवारमा रहेको विवाद मिलाउंदा दस्तावेद तयार गर्दा थप समस्या हुने भएकोले दस्तावेद राखेका छैनौ । हामीले बहुविवाहको समस्या, अंश, सार्वजनिक स्थानमा भएको खानेपानी समस्या गरी ७ वटा मुद्धा मिलाउन सफल भएका छौं । मुद्धाका बारेमा धेरै निवेदन परेको छैन । बिशेष गरेर समाजमा हुने गरेको बिभिन्न विवादहरु मिलाउंदा कतिपय सार्वजनिक नगर्ने समेत गरेका छौं । जुन कुरा सार्वजनिक गर्दा समाजमा ईगो हुनछ भने किन सार्वजनि गर्ने आन्तरिक रुपमै मिलाउने गरेका छौं ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार