२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

कलाकारिता र पत्रकारिता एकअर्काेका परिपुरक हुन्–


३७२३ पाठक संख्या

डि.एन दाहाल “धनपति” अध्यक्ष लोक दोहोरी प्रतिष्ठान काभे् २०३९ माघ २६ गतेका दिन पिता शिवहरी

  • नवसंकेत अनलाईन
  • २०७५ पौष ३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • डि.एन दाहाल “धनपति”
    अध्यक्ष
    लोक दोहोरी प्रतिष्ठान काभे्

    २०३९ माघ २६ गतेका दिन पिता शिवहरी दाहाल एंव माता स्वर्गीय राधा दाहालका माइलो सन्तानका रुपमा जन्म भयो सानै उमेर देखी गायनमा रुची रहेका दाहाल जिल्ला अञ्चल र राष्ट्रिय स्तरका विभिन्न प्रतियोगीतामा सहभागी हुदै आफूलाई प्रतियोगी गायकका रुपमा स्थापित गरी सकेका हुन् । सञ्जीवनी मा.वी धुलिखेलमा अध्ययनरत रहदा दाहालले स्कुल जिवन देखि नै कुनै न कुनै प्रतिभालाई प्रष्फुटन गर्दै नआएका होइनन् आफ्नो यात्राको पहिलो उपहार मृत्यृ कविता संग्रह प्रकाशित गरेर पहिला खुड्किला शुभराम्भ गरेका हुन् । तत् पश्चात् प्रतिभालाई डो¥याउने जमर्काे सहित नेपाल टेलिभिजनमा अभिनय गर्दै कलायात्रालाई मुर्त रुप दिन प्रवेश गरेका दाहालले सानै उमेरमा बाल टेली चलचित्र अठोटबाट आफ्नो कलाकारिता सुरुवात गरेका थिए ।

    विष्णु शर्मा निर्देशित अठोट, अनुसन्धान लुकेको रहष्य आब्हान लगायतका टेलि चलचित्रमा आफ्नो अभिनय कौसल प्रस्तुत गरेका दाहालले जिल्ला शिक्षा कार्यालय जि.वि.स काभ्रे, ने.रे.सो काभे्रें एड्रा नेपाल लगायतका संस्थाह्रुसंग समन्वय गरेर जिल्ला एंव आसपासका क्षेत्रहरुमा झण्डै तिन हजार भन्दा बढी सडक नाटक प्रदर्शन गरी सकेका छन् । जिवनका विभिन्न उत्तार चढावहरु पार गरेको अनुभव रहेका दाहाल फेरी एकपटक गित संगीतका क्षेत्रमा केहि गर्ने जोश सहित आफ्नो उपस्थित दर्सारहेको छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल काभ्रेको संस्थापक अध्यक्ष दाहाल सामाजिक संघ संस्थाहरुमा आवद्घ रहेर सामाजिक कार्यहरुमा पनि अग्रसर रहदै आएका छन् । अझ सञ्चार क्षेत्रमा पनि उनको दरिलो उपस्थिति छ । उनै डि.एन दाहाल “धनपति” संग प्रभातफेरी साप्ताहिक र प्रभातफेरी अनलाइनका लागि गरेको कुराकानीको सार पाठक सामु पस्कने प्रयास गरेका छौँ–स.

     अहिले के गर्दै हुनुहुन्छ ?

    ड्ड आफू त संगीतमा रमाउने मान्छे अरु के हुन्छ गीत र संगीत भन्दा पर रहन सक्दिन त्यसैले कहिले गाउँछु कहिले लेख्छु अनि कहिले अभिनय गर्छु तर सबै त्यहि गीत संगित कै लागि गरीरहेको छु ।

     अझै प्रस्ट पारिदिनु हुन्छ कि ?

    ड्ड सानै उमेरदेखिको मेरो रुचीको विषय थियो तर समयको बहावसंगै कुहरिोको काग झै कताकता हराइयो पत्तै भएन अहिले फेरी उही पुरानो जोश र जागरका साथ लोक गीत अनि लोक दोहोरी भित्र रहेका मर्महरुलाइ उजागार गर्न अनि त्यसभित्र रहेका विकृतिहरुलाई हटाउनका लागि एउटा सामुहिक प्रयास स्वरुप डि.एन.आर मुभिज एण्ड फिल्म इन्डष्ट्रिज प्रा.लि को स्थापना गरी विगत दसै देखि हामीले हाम्रो उपस्थिति जनाइरहेका छौ ।

     एकपटक चर्चामा आएर अस्ताएको प्रतिभाले के देख्यो र फेरी किन फर्कायो ?

    ड्ड म कहिल्यै अस्तायको थिएन मात्रै कुहिरोको काग झै रुमालिएको थिएँ । भनिन्छ हरेकको प्रगतीको पछाडी कसै न कसैको हात रहन्छ त्यस्तै भयो मेरो जीवनमा पनि म भित्रको मेरो कलालाई जगाउन उहाँको निकै ठुलो योगदान रहयो उहाँ अर्थात प्रभावन । उहाँले मलाइ फेरी त्यहि स्थानमा ल्याएर खडा गरीदिनुभयो जुन स्थानबाट मैले बाटो त्यहि बिर्सिएको थिए । आज फेरी त्यहि सपना त्यहि जोशका साथ एउटा सामुहिक प्रयास स्वरुप गीतहरु बजारमा ल्याइराखेका छौँ । मैले त्यस्तो ठुलो केहि देखेर यो क्षेत्रमा आएको होइन तर फेरी पनि मैले मेरो उज्वल भविष्य यहि क्षेत्रमा देखेको छु ।

     अहिलेको लोक दोहोरीको क्षेत्र खस्किएको छ।, मौलिकता हराएको छ, भनिन्छ यति हुदाँहुदै फेरी पनि यसको भविष्य के देखेर समर्पित हुन खोज्दैहुनुहुन्छ ?

    ड्ड आज भन्दा १० वर्ष अगाडी र आजमा धेरै परीवर्तन भएको छ । समाजले कोल्टे फेरी सकेको छ त्यसैको चपेटामा गीत संगीत अझै भनौ लोक तथा दोहोरी गीत परेका छन् । कोठामा बसेर भाका बनाएर अनि शब्द त्यस्तै खालका लेखने अनि भिडियो त कुरै नगरौँ गीत संगीत आफैमा कहिले कमजोर हुदैन त्यसैले उसको आफ्नै मौलिकता हुन्छ र खस्कदैन पनि खस्कने त केवल त्यो सोचमा जसले आज लोक दोहोरीको नाउँमा परिवार संगै बसेर म्युजिक भिडियो हेर्न नसकिने बनेको छ,् हो तिनै व्यक्तिहरुलाई निरुत्साहित गर्न पनि हामी यो क्षेत्रमा आएका हौ भनि रहदा उपयुक्त नहोला ।

     तपाई लोक तथा दोहोरी प्रतिष्ठानको एउटा जिम्मेवार व्यक्ति हुनुहुन्छ ?अहिले यो क्षेत्रमा देखिएको छाडा प्रवृत्तिलाई निरुत्साहित पार्ने कुनै त्यस्ता योजनाहरु ल्याएनु भएको छ ?

    ड्ड राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रले त्यस्ता खालका बिकृति मानासिकता झल्कने खालका गीतहरु निकाल्न अनि प्रसारण गर्नेहरुका विरुद्घ प्रतिष्ठानले कडा चेतावनी दिएको छ । आफ्ना मातहतका कार्यसमिति तथा अन्य निकायमा पनि अनुरोध गरेको छ हाम्रो हालका अध्यक्ष श्री बद्री पंगीनी पनि यो विषयमा अत्न्तै चिन्तित हुनुहुन्छ तर केहि त्यस्ता कलाकारहरु छन् जसलाई न कसैको डर छ न कसैको इज्जतको मोह छ । उनीहरुलाई संहाल्न सकेको दिन यो बिकृति हराएर जान्छ यसका लागि प्रतिष्ठान सदैव लागि पर्ने छ ।

    अध्यक्ष बद्री पंगीनी सहितको केन्द्रय कार्य समिति र उपत्यका कार्यान्वयन समिति काठमाडौको पहलमा विभिन्न समयमा विभिन्न रेकार्डिङ स्टुडियोमा पुगेर सामाजिक मर्यादामा आश पु¥याउने खालका गीतहरुलाई रेकर्ड गर्न निषेध गरेका छौँ । तथापी केही गीतहरु सुन्न अत्यन्तै राम्रा लाग्ने तर भिडियो भने उशृङखलताको पराकास्य नाघेको स्वीकार्नुपर्छ त्यसका लागि पनि प्रतिष्ठानले छिटै केहि कदम चाल्ने छ ।

     लोकदोहोरीको क्षेत्रमा आफूलाई समर्पित गराउदा अहिलेको अवस्थामा चुनौती र अवसर के देख्नुभएको छ ?

    ड्ड मैले यो क्षेत्रमा चुनौती र अवसर दुवै देखेको छु यो बिना अगाडी जान पनि त सकिदैन तसर्थ अवसरहरु छन् तर चुनौतीको पहाड ठुलो छ त्यसलाई जित्न निकै संघर्ष गर्नुपर्छ समाजमा गीत गाउने मान्छेलाई हेर्ने दृष्टिकोण फेरिएको छ । कलकारको रुपमा सम्मानित हुन पाउने आजको समयमा आइपुग्दा आफूलाई गीत संगीतकै क्षेत्रमा लागेर बचाइराख्न भने निकै गा¥हो छ । पहिले जस्तो अडियो क्यासेट वा भिसिडि बेच्ने समय नभएको हुदाँ कलाकारको दैनिकी अझै भनौ पारिवारिक भने निकै कष्टकर हुने पनि देखिएको छ ।

     तपाईले कलाकारिताको प्रसंग जोडि रहदा तपाई सञ्चारकर्मी पनि होनी कलाकारिता र सञ्चारकर्ममा के भिन्नता पाउनु भयो पृष्टभूमि खोलीदिन सक्नुहुन्छ ?

    ड्ड कलाकारिता र सञ्चारकर्म एकअर्काका परिपुरक हुन् नङ मासु झै सम्बन्ध छ त्यो कुरा सबैले बुझकै कुरा हो प्रचारप्रसार बिना केहि नहुने आजको समाजमा सञ्चारले साथ नदिए राम्रा कुराहरु पनि बजारमा बिक्न गा¥हो छ । त्यसैले यि २ मा अत्यन्तै नजिकको सम्बन्छ छ मेरो पत्रकारिताको पृष्टभूभिको बारेमा सोध्नुभयो त्यो पनि बताउ कि मैले सुरुवातदेखि अहिले सम्मको यात्रामा झण्डै काभ्रेका १ दर्जन पत्रिकामा हकर देखि सम्पादन सम्मको भूमिका निर्वाह गरेको छु अझ भन्नुपर्दा पूर्विय दर्पन दैनिकमा अन्तवार्तामा बस्दा चर्चा गर्न लायक स्मरण गर्न लायक अनुभूति छ ।

    एउटै पत्रिका बाट सिफारिस भएका ४ जना अन्तवार्तमा पुगेछौँ । अन्तवार्तामा बस्ने भुषण सरले के नव संकेत साप्ताहिक थाली बनाएको हो भन्दा मैले मन्द मुस्कान भन्दा अरु व्यक्त गर्न सकेन । मैले भन्न खोजेको तत्कालिन अवस्थामा अन्तवार्तामा शरिक हुन अनुभवको प्रमाणपत्र नव संकेत बाट लिएर दरखास्त लिनेहरु दर्जानौ भएछौँ । त्यस्तै मेरो अर्काे अनुभव रेडियो ए.बि.सि मा कार्यक्रम सञ्चालन देखि प्रस्तोता हुदै समाचार बाचक सम्मको अनुभूव लिएको छु । व्यक्तित्वको हिसावमा भन्नुपर्दा काभ्रेली अग्रज पत्रकार प्रल्हाद शर्मा हुमागाई, ईश्वरी ओझा, खगेन्द्र भण्डारी लगायतका व्यक्तित्वहरु संगको काम गराईले निकै पूर्णता हासिल गर्न पाएको छु । दुःखको कुरो यि सबै अनुभवहरुलाई नगद बनाउन सकिन र बाध्य हुन पुगे क्षेत्र परिवर्तन गर्न तर पनि मलाई यो क्षेत्र प्यारो लाग्छ र संभवत फेरी पनि काभ्रेली सञ्चार क्षेत्रमा झुल्किेने अपेक्षा राख्दछु ।

     तपाई साच्चै पत्रिकाको हकर देखि सम्पादक सम्मको अनुभव प्राप्त व्यक्ति हुनुहुदोरहेछ यो अनुभवलाई काभ्रेली भूमीमा उपयोग गर्नुृ भएको भए के फरक पथ्र्याे ?

    ड्ड यो विषयमा मैले बोल्न नपरे हुन्थ्यो भन्ने सोचेको थिए अन्तत बाध्य पार्नुभयो । सत्य तितो हुन्छ तर बोल्नुपर्छ हुनत सानो मुख ठुलो कुरा होला तर आजको काभ्रेको पत्रकारिता र त्यस भित्रको राजनितिले मलाई यो क्षेत्रबाट टाढाँ पु¥यायो जस्तो लाग्छ टाढाँ हुन विवश भए भन्दा पनि हुन्छ । मलाई साह्रै प्यारो लाग्ने यो क्षेत्र किन छोडौ भन्ने लागेको थियो तर पनि यस भित्र रहेका अनगिन्ती तिक्तताहरुले विवश बनायो तर पनि मन मरेको छैन यसलाई शुद्घिकरण गर्ने नेतृत्व आउने छ भन्ने अपेक्षा राखेको छु । म पछि बस्नुका कारण जहा पदिय मर्यादाको ख्याल हुदैन जहाँ भ्रष्टचारीहरु संग मिलेर आफ्नै आफ्ना लडीरहेको भान हुन्छ । त्यो जालोमा सायद म रहन नसक्ने भएरै बाहिरिन विवश भएको हुँ । फेरी पनि स्पष्ट पार्न चाहान्छु नेतृत्वले कदम चाल्दा सावधानी पर्वक चल्नुपर्छ अरुलाई लगाएको अंकुश आफुलाई पनि लाग्छ भन्ने सोच्नुुपर्छ । यदि त्यस्तो अंकुशका बारेमा नसोच्ने हो भने पत्रकारिता ्िभत्र अधिनायक बाद हाबी भएको महशुस गर्ने छौँ । हुन त म यो विषयमा बोल्न नचाहेको हुँ तपाईले कोट्याइहाल्नु भा कुण्ठित भावनाहरुको पोखिन पुगे यसबाट नेतृत्वले सकारात्मक आलोचना सम्झियोस र आफूलाई रुपान्तरण गरोस भन्न चाहान्छु । समग्रमा कलाकारीता र पत्रकारीता एक अर्काका परिपुरक हुन् भन्ने मेरो ठम्याई छ ।

     फेरी प्रसंग बदलौँ साँगितिक यात्रा कतिको सम्मानजनक देख्नुभएको छ ?

    ड्ड समाजमा २ किसिमका संगीत जन्मिरहेका छन् एक रातारात हित हुने लोप हुने अर्काे बिस्तारै आउने अनि जिवन्त हुने हो । त्यो खालको यात्रामा सम्मान जनक छ । हाम्रो गीतीयात्रा आजको समयमा हाम्रा गीतहरु सुनेर वा भिडियो हरेक कसैले हेरेर कसैले नाक खुम्च्याउनुपर्ने अवस्था छैन । डि.ए.आर मुभीज एण्ड फिल्म इन्डष्ट्रिज प्रा.लि. ले बजारमा ल्याएका गीतहरु दसै गीत “रुन्छ यो मन” तिहार गीत “बाटो पर्खेर” अमेरिकामा रहेर नेपाल र नेपाली जनको सेवा भावमा समर्पित दाइ हेम थापा भाउजु माया थापा प्रति समर्पित गीत “असल मन” त्यसैगरी हालै मात्र सर्वाधिक चर्चा कमाउन सफल “पापी दाइ” पञ्चे बाजा गीत सुनेर वा हेरेर कसैले हामीलाई गलत भन्नुभएको छैन र भन्नुहोला झै पनि लाग्दैन किनकि सकरात्मक सोचका साथ गरिएका सम्पूर्ण कामका प्रतिफ पनि सकरात्मक नै रहन्छ भन्ने विश्वास हाम्रो हो जसका लागि मेरो सम्पूर्ण यात्रामा मेरो टिम सदैव मेरो साथमा रहेको छ । जसको परिणाम हामी विस्तारेै सांगीतिक यात्रामा सफल हुदै छौँ यो सम्पूर्ण श्रेय हाम्रा श्र्रोताहरु नै हुन् । जसले हामीलाई सहि मार्ग निर्देशन गरिदिनु हुनेछ । हामी प्रत्येक श्र्रोताको मन मुटु छुने समाज रुपान्तरण हुने खालका अभिव्यक्तिलाई लय भरेर पस्कने छौँ ।

     टिम भन्नाले ?

    ड्ड हाम्रो हरेक कदम संगै रहने गायिका दिदि गिता देवी गायक÷संगितकार एवम निर्देशक प्रभावन कला निर्देशक रोशन झा सम्पादन विवेक सुनार बिग, परिवेश स्टुडियो हाम्रो टिम वा हाम्रो परिवार हो । मैले यसलाई नै मेरो टिम भन्न खोजिएको हूँ ।

     अन्त्यमा सोध्न छुटेका अनि भन्न मन लागेका केहि शब्द छन् भने राखिदिनुस् ?

    ड्ड सुरुको मेरो जीवनको यात्रा भन्नुपर्दा म भगवान संग विश्वास नगर्ने संस्कार बोक्नुपर्छ भन्ने लाग्थ्यो मैले सुरुयाती जिवनहरुमा बाउ बाजेले चलाउदै आएका सस्कारहरुको अभज्ञ गर्न खोजे तर त्यो मेरो भ्रम रहेछ । भगवान हुन्छन् भन्थे यथार्थ सत्य रहेछ । मेरो लागि मेरो भगवान “प्रभावन” भन्दा अनि सम्पूर्ण दर्शक श्र्रोताहरुको माया सदैव पाइरहुँ मेरा हरेक राम्रो कार्महरुमा स्याबासी दिै असल कर्ममा अघि बढ्न प्रेरण दिइरहनु हुनेछ प्रभातफेरी साप्ताहिक र प्रभातफेरी अनलाइनले यो अवसर जुटाइदिएकोमा धेरै धेरै आभार व्यक्त गर्न चाहान्छु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार