२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

सिंहदरवारको अधिकार स्थानिय तहमा खुम्चिएर आएको छ, मेरो पालीकामा एउटा सचिबले ५ वटा वडामा काम गर्नु परेको छ


३५६५ पाठक संख्या

प्रेमवहादुर तिमल्सिना अध्यक्ष वेथानचोक गाउंपालीका काभे्रपलाञ्चोक जिल्लाको साविक ढुंखर्क ६ (हाल वेथानचोक गाउंपालिका २) (दुग्ध

  • नवसंकेत अनलाईन
  • २०७५ पौष १०, मंगलबार मा प्रकाशित ५ साल अघि
  • प्रेमवहादुर तिमल्सिना
    अध्यक्ष
    वेथानचोक गाउंपालीका

    काभे्रपलाञ्चोक जिल्लाको साविक ढुंखर्क ६ (हाल वेथानचोक गाउंपालिका २) (दुग्ध तथा कृषि साथै फलफुलको लागि पकेट क्षेत्रको रुपमा रहेको रमणिय स्थान पाखुरे डाँडामा पिता लोकवहादुर तिमल्सिना तथा माता सरस्वति तिमल्सिनाको कोखबाट २००९ साल अशोज १४ गते जन्मनु भएका पे्रमवहादुर तिमल्सिना बाल्य कालबाटै सामाजिक कार्यमा रुचि राख्ने स्वभावको हुनुहुन्थ्यो ।
    २०३३ सालमा ढुंखर्क ६ नं वडाको गा.स.स सदस्यबाट राजनीति सुरुवात गर्नुभएको तिमल्सिना २०३८ साललमा ढुंखर्क गाउंपञ्चायतको उप—प्रधानपञ्च, २०४३ मा प्रधानपञ्च हुदै मुलुकमा वहुदल आएपछि नेपाली कांगे्रसको बिचारसंग हातेमालो गर्दै अगाडी बढ्दै जाने क्रममा ०५१ सालमा ढुंखर्कको नेपाली कांगे्रस पार्टी सभापति २०५४ सालमा गा.वि.स अध्यक्ष निर्वाचित हुनु भएको थियो । २०७४ को स्थानिय तहको निर्वाचनमा वेथानचोक गाउंपालिकाको अध्यक्षमा निर्वाचित तिमल्सिनासंग गाउंपालिकाले हालसम्म गरेको कार्य साथै दिर्घकालिन योजनाको बारेमा ईश्वरी राजकुमार मैनालीले गरेको कुरा कानी अंश…।

    तपाइ पञ्चायत, वहुदल हुदै गणतन्त्रमा पनि जनप्रतीनिधि भई कार्य गर्ने अवसर पाउनु भएको छ, यो लामो अनुभवको आधारमा विगत र हालको अवस्थामा के कस्तो भिन्नता पाउनु भएको छ ?

    पञ्चायतकाल देखी गणतन्त्र सम्म आउंदा धेरै भिन्नता पाएको छु, पञ्चायतमा विकास निर्माणको लागि खासै वजेट हुदैन थियो स्थानियले आफ्नै पहलमा वाटोघाटो निर्माण गर्ने लगायतको कार्यहरुमा सहभागि हुन्थे । बहुदलमा आएर आफ्नै गाउं आफै बनाउं भन्ने अभियानसंगै स्थानिय तहमा केही वजेट आउन थाल्यो सोही वजेटको आधारमा विकास निर्माणको कार्य भयो । मुलुकमा चलेको द्वन्दको कारण १५ बर्ष स्थानिय निकाय जनप्रतीनिधि विहिन भयो कर्मचारीको भरमा स्थानिय तह चल्यो सो समयमा कुनैपनि बिकास निर्माणमा स्थानिय जनताबाट आर्थिक तथा भौतीक सहयोग गर्ने वातावरण भएन । सो समयमा मुलुकको बिभिन्न स्थानमा वजेटमा चुहावट हुने कार्य भयो, कागज मिल्यो गुणस्तरीय विकास निर्माण भएन जसको असर हाल सम्म पनि केही मात्रामा छ ।
    मुलुकमा गणतन्त्रको आगमनसंगै स्थानिय तहले जनप्रतीनिधि पाय, पहिलो १ बर्ष नीति नियमको अभाव साथै प्रतीनिधि सभा तथा प्रदेश सभाको निर्वाचनले गर्दा अलमलमै वित्यो । अवको बाँकी समयमा स्थानिय तहको हर प्रकारको विकास निर्माणको लागि सहज हुने भएको छ । सिंहदरवारको अधिकार गाउंगाउंमा भन्ने भनाई अनुसार कार्य गर्न अझ केही समय लाग्छ । नीति नियम बनेपनि कर्मचारीको अभाव कायमै रहेकोले स्थानिय तहमा गरीने हर प्रकारको कार्यमा असहजै कायम छ ।

    वेथानचोक गाउंपालिकाको अध्यक्षमा निर्वाचित भई गाउंको बिकास गर्ने मौका पाउनु भएकोमा कति सन्तुष्ट हुनुहुन्छ ?

    पञ्चायतकाल देखीनै स्थानिय जनताको सेवा गर्दै आएकोमा हाल आएर गणतन्त्र आउंदा पनि जनताको सेवा गर्ने मौका पाएकोमा अत्यन्त खुसि छु । मलाई वेथानचोक गाउंपालिकाका सम्पुर्ण स्थानियले विश्वास गरेका छन् सोही विश्वासलाई कायम राख्दै स्थानियको चाहना अनुसारको कार्य गरी नमुना ढंगको गाउंपालीका बनाउने प्रयास मा छु । जसरी मलाई स्थानियले माया गरेर साथ दिनु भयो सो म माथी भएको विश्वसलाई मैले जिम्मेवारी बोध गर्दै अगाडी बढ्दै छु, जुन दिन यो गाउंपालिकालाई जिल्लाकै नमुना गाउंपालिका बनाउन सक्छु त्यो दिन मरो सवभन्दा खुसिको दिन हुने छ । मलाई स्थानियले दिएको साथ सार्थक हुने छ ।

    तपाईले गाउंपालिकाको स्थानियहरुलाई खुसि दिन साथै नमुना गाउंपालिका बनाउन के—कस्तो नयाँ ढंगको योजना ल्याउनु भएको छ ?

    मैले स्थानियलाई खुसि दिनु भनेको स्थानियको चाहना अनुसारको विकास निर्माण गर्नु हो । मेरो बाँकी कार्यकालमा सवै वडामा ग्ोभेल सडक पु¥याउने लक्ष हो र पुर्ण गरी छाड्छु । कृषि, फलफुल साथै दुधको पर्याप्त संभावना रहको गाउंपालीका भएकोले ति बिषलाई प्राथमिकतामा राखी स्थानियको आयस्रोत बढाउने कार्यमा निरन्तर अगाडी बढ्छु । त्यसैगरी टेलीफोन, पिउने पानी, शिक्षा, स्वास्थ्य लगायतको स्थानियलाई हाल सम्म भएको अभावलाई पुर्ण गराउने बिषयमा कार्यपालिका अगाडी बढेको छ । यि सवै कार्य सम्पन्न गर्नुनै स्थानियलाई खुसि दिनु हो ।

    तपाईको लक्ष अनुसारको विकास निर्माणको कार्यको लागि सरकारले विनियोजन गरेको बजेटले पुग्छ ?

    वजेटकै कुरा गर्दा विगतमा पञ्चायत कालमा वजेटै नहुंदा पनि विकास निर्माणलाई रोकेको थिएन । वहुदलमा केही वजेट आउंदापनि विकास गरेकै थियो । पहिलो चुरो कुरो भनेको जनप्रतीनिधिले विकास निर्माण कार्यको लागि तात्कालिन र दिर्घकालिन ढंगको योजना वनाउंछ सो योजनालाई स्थानियले साथ दिनु प¥यो । कुनैपनि बिकास निर्माणको कार्यको लागि छुटिएको वजेटमा चुहावट हुन दिनु भएन लक्ष अनुसारको विकास हुनेमा कुनै शंका रहन्न । अन्य विविध खर्चलाई कम गर्दै राज्यबाट उपलत्तब्ध वजेट साथै स्थानिय स्रोतबाट भएको आम्दानीको आधारमा हामीले लिएको लक्ष अनुसारको बिकास निर्माउण गरेरै छाड्छौं ।

    वेथानचोक गाउंपालिकालाई अगाडी बढाउने बिषयमा थप के कस्ता सोच रहेको छ ?
    साविक ५ वटा गा.बि.सहरु समेटेर पालिका बनेको छ भूगोलको आधारमा अत्यन्त विगट स्थानहरु समेत रहेको छ । पुवै रोशि सिमाना, उत्तरमा पनौती नगरपालिका , पश्चििममा ललितपुर,दक्षीणमा खानिखोला गाउंपालिका रहेको छ । यति सिमाना भित्र वेथानचोक गाउंपालिका रहेको छ, जसमा ६ वटा वडाहरु रहेको छ । हेर्दाखेरी साविक ढुंखर्कमा आउदा सदरमुकाममा आएजस्तो देखिन्छ । भुग्देउ महांकाल र च्याम्राङ्गवेसीको झिंगे अल्कापुरी, सुकुमफेदी हेर्दाखेरी बढो दुरदराज जस्तो देखेन्छि । तथापी हामी निर्वाचित भैसकेपछी सवै वडाले कमसेकम यातायातको सुबिधा पाउनु पर्छ भनेर ६ नं वडाको मेधम्सु, १ नं वडाको झिंगे सुकुमफेदी सम्मको वाटो आर्मीको समेत सहायता लिएर बाटो सुचारु गरेका छौं । हाल बस चलाएका छौंैं तर पुर्ण रुपमा व्यवस्था गर्न सकेका छैनौ । हाम्रो पालीकाको सिमानासम्म हामीले निर्माण गरेकाछौं, त्यभन्दा उता खानीखोलेले पहल गरेर जाँदै छ । कालान्तरमा यो सडक तराईसंग जोड्ने हो । फापरबारी झुझुरी भन्ने ठाउंसमम्म पु¥याएर धरान चतराहुदै पाहाडी लोकमार्गसंग जोडेर सडकको सुबिधा दिने सोचका साथ अगाडी बढेका छौं ।

    गाउंपालिकामा रहेर विकास निर्माणको कार्यमा काम गर्न केही समस्या छ ?

    समस्याचाही के हो भन्नु हुन्छ भने १५ बर्षसम्म जनप्रतीनिधि बिहिनको अवस्थामा देखिएको संकट अहिले पनि जिंम्दो देखिन्छ । किनभने सिंहदरबारको अधिकार पालिकामा आयो भनेर ज्ञसंविधानले अधिकार दिएको छ । तर धेरै अधिकारहरु स्थानिय तहमा खुम्चिएर आएको छ । कति अधिकार स्थानिय तहले पाउने कति नपाउने भन्ने बिषयमा अस्तव्यस्त देखिन्छ । त्यसले गर्दा राज्ठयकै संरचना मिलिसकेको छैन भने मेरो पालिकको मिलेन भन्नु पनि अप्ठेरो हो । मेरो पालिकामा रहेको ६ वटा वडा मध्य २ वटा वडामा मात्र सचिव रहेका छन् । एउटा सचिवले एउटा मात्रै वडा हेर्ने र बाँकी ५ वटा वडा एउटै सचिवले हेर्नुपरेको अवस्था छ ।

    एउटा सचिवले कसरी यति धेरै वडाको सम्पुर्ण काम गर्न भ्याउछन् त ?

    अरु अस्थाई कर्मचारीले गर्न नमिल्ने सचिवले नै गर्नु पर्ने काम पालिकाकै कार्यालयमा रहेर गर्ने वातावरण मिलाएको छ । सहायक कर्मचारीले गनु मिल्ने ढंगको काम वडावडामै रहेर काम गरेका छन् । समस्सया चाही कहांनेर भयो भने, यदि राज्यको अथोरीटी पाएर लोकसेवा लडेका हरेक वडामा वडा सचिव भएको भए मेरो सोच के पनि थियो भने बिकास निर्माणको चरणमा वडामा हुने काममा वडालाई नै जिम्मेवारी दिएर काम गर्न सकिन्थ्यो । जनतामा अहिले आएको लोकतन्त्र भनेको तल्लो बर्गलाई छुनेगरी आएको लोकतन्त्र हो, तर अहिले चलाउने क्रममाचाही कर्मचारीले भन्ठानेका छन् लोकतन्त्र मलाई मात्रै, नेताहरुले भन्ठानेका छन् माथि बस्नेलाई मात्रै, यस्तो अवस्थामा तल बस्ने जनताको लोकतन्त्र कहीले आउने ? लोकतन्त्रको परिभाषा मात्र गरेर भएन लोकतन्त्रको आभास समेत हुनुप¥यो । सेवा सुबिधा सवैको घरघरमा पुग्नु प¥यो ।

    यस्तो समस्यानै समस्याको बिचमा कसरी पालिकालाई नमुना बनाउनु हु्न्छ त ?

    “लथालिंगे देशको भताभुङ्गे चाला जस्ले पायो त्यस्ले खाला” भन्ने अवस्थामा हिजो देश चलेको रहेछ । जनप्रतीनिधि नहुदा सचिबको हालिमुहालीमा सामान्य टिपनि उठायो कालो मसिले सदर ग¥यो रातो मसिले दलका प्रतीनिधिहरु साछीको रोहवरमा फड्के किनाराका साक्षीका सदर भने जस्तोगरी बनाएको विनियोजनले चारै पटि बाटाघाटा खन्ने निहुमा घोटला भएको देखिन्छ । त्यतिखेरको जस्तो अहिले पनि लगाउन खोज्छन् तर त्यस्तो किसिमको व्यवहार गर्नबाट रोकेर अगाडी बढेका छौं । मैले धेरैलाई भन्ने गरेको छु, “साथीहरु सक्नुहुनछ भने त्याग गर्नुस, यदि सक्नुहुन्न भने लोभ चाही नगर्नुहोला” । लोभ गर्नुभो भने हामी लोभि वनाउन चाहंदैनौं, लोभिलाई निश्वार्र्थि बनाउने हाम्रो चाहना हो, हामी घुस खादैनौ र खान दिदैनौं । यस्तो ढंगबाट अगाडी बढेपछि पालिकालाई नमुना बनाउन कुनै समस्या नै रहन्न ।

    उपभोक्ता समिति बन्ने समयमा निकै तछाड मछाड हुन्छ भन्ने सुनिन्छ के लोभको लागिनै हो त ?

    बिगतमा जनप्रतीनिधि नहुंदा केही चुहावट गर्ने बानि परेकोले त्यस्तो भएको हुन सक्छ तर अव जनप्रतीनिधि भैसकेको कारण चुहावट हुने संभावनै छैन । उपभोक्ता समिति बन्ने बिषयमा १० प्रतिशत उपभोक्ता समितिले श्रम गर्नुपर्ने हुन्छ । अहिले श्रम गर्ने जनताछैनन्, त्यसमा पनि घोटाला गर्न किन तैछाड र मैछाड गर्नु हुन्छ ? तेरो पार्टीको मेरो पाटीको किन भन्नु ? पार्टीका कुरा छाड्नोस् विकासका कुरामा अगाडी बढ्नोस भन्ने गरेका छौं, सोही तरकिाले अगाडी बढ्छौं । उपभोक्ता समितिमा रहेर यदि कसैले घोटाला गर्ने सोच राख्छ भने त्यो उपभोक्ता समितिको पछाडी एक चरणमा मात्र लग्दा पुग्छ । मिसिन कतिघण्टा चल्छ, खर्च कती हुन्छ, ति सम्पुर्ण अधिकार स्थानियसंग पनि हुन्छ र स्थानियले त्यस्तो यथार्थ जानकारी साथ घोटाला गरेको कुरा हामीलाई जानकारी गराए त्यस्ता उपभोक्ता समितिलाई कारवाही गरेर छाड्छु ।

    स्थानिय तहको अधिकारको लागि संविधानमा उल्लेख भएका कुराहरु पुर्ण रुपमा लागु भएको छ ?

    नेपालको संविधानको आधारमा स्थानिय तहको निर्वाचन भएको छ र सोही आधारमा अगाडी बढेको छ तर मलाई लाग्छ के भने संविधानमा जे जे कुरा उल्लेख भएका छन्, जसरी संघियता यो मुलुकमा आएको छ, त्यसैगरी सेवा सुबिधा पुग्नेगरी राज्यले व्यवस्था गर्नु पर्छ । यदि राज्यले त्यो व्यवस्था गर्न सक्दैन भने र हामीलाई अधिकार दिएको हो भने लोकसेवाले जाँचलिन आउनु प¥यो र कर्मचारी भर्ना गर्ने गर्ने पनि अधिकार दिनु प¥यो । लोकसेवाबाट नाम निकालेर भएपनि कर्मचारी राख्न पाउनु प¥यो नी । हैन भने १ बर्ष सम्म सब इञ्जिनियरबाट पालिका चलाउनु प¥यो । यस्तो तरीकाले मुलुक चल्छ ?

    तपाई स्थानिय तहमा अनुभवि अध्यक्षको रुपमा चिनिन्छ बिगत र हालमा फरक के कस्तो रहेको छ ?

    जति जति अनुभव वोटलेको भएपनि गाउंखर्कको पालामा त्यहि वेलाको नीयम थियो, पञ्चायतको पालामा त्यहि लेलाको नीति नियाहरु थिए, देशमा वहुदल आएपछी त्यही बेलाको नीति नियम थियो । अहिले लोकतन्त्र सहितको प्रजातन्त्र भएको कारणले गर्दा अलिकति फरक रहेछ किनभने २१÷२२ वटा कानुन आफैले वनाउन पाउने अवस्था छ । हिजो जे जति बुझियो त्यो कुरा र आज बुझेको कुरो अलिकति भिन्न देख्छु । कारण के हो भने त्याग र तपस्या त हिजो पनि थियो आज पनि छ, वदमासि गर्नेलाई हिजोपनि थियो आज पनि होला, तर कुरो के रह्यो भने सिस्टम फेरीएको छ, सिस्टम फेरीय अनुसार हाम्रो मनस्थिति पनि फेरीनु प¥यो । जनता अनि लोकतन्त्र ल्याउने लोकतन्त्र बादिको, गणतन्त्र ल्याउने गणतन्त्र बादिको र हामीहरुको पनि सोचाई फेरीए मात्रै प्रधानमन्त्रिले भनेजस्तै समृद्ध नेपाल बन्न सक्ला । अन्यथा मिडियामा बोलेको भरमा केही हुनेवाला छैन ।
    किनभने कार्यालयमा जाँदा कर्मचारी नहुने कर्मचारीले समयमा सेवा सुबिधा दिन नसक्ने, जनप्रतीनिधि भेट्न नसकिने, जनप्रतीनिधिले जनताको गुनासो नसन्ने, त्यस्तो भयो भने विना लगनको पोते जस्तो हुन्छ । जस्ले जस्ले संघियता ल्याएका हुन् तिनै तिनैले बिसाउने खेल पनि खेल्दै छन् । किनभने केन्द्रले प्रदेशलाई नदिने, प्रदेशले पालिकालाई कसरी गुम्रामा हाल्ने भनेर खेल खेल्ने त्यस्तो भइदियो भने लोकतन्त्र टिकाउन गाह्रो हुन्छ । त्यसकारण लोकतन्त्र पे्रमी प्रजातन्त्रको आस्थावान व्यक्तिहरुले यो मुलुकलाई सरल ढंगबाट अगाडी बढाउनको लागि पहिलो लोभ लालचबाट पन्छनु प¥यो, दोस्रो बिषय भनेको मानिससंग दृड संकल्प चाहीयो । तर सेवा सुबिधा पाउने सरह पाईएन भने अठोट तुहिन सक्छ ।

    मुलुक संमृद्ध बनाउन कसरी अगाडि बढ्नु पर्ला जस्तो लाग्छ ?

    मुलुकको वाग डो सम्हाल्ने देखी तल्लो तहका जनप्रतीनिधि साथै दल र दलका नेता तथा कार्यकर्तामा तेरो र मेरो भनेर हेरीएन भने यो मुलुक पक्कै समृद्ध हुन्छ । तेरो र मेरोको हिषावले हेर्ने र जस्ले पैसा ल्याएको हो त्यसैलाई मात्र हुनुपर्ने हो भने मिसन फेल हुन्छ । राज्यको पैसा कस्ले ल्याएको र कस्ले लगेको भन्ने त कुरै भएन । कस्ले आर्जन गरेको कस्ले भोर्जन गर्नुपर्ने भन्ने हिषावले अगाडी बढेर त सुख पाईदैन । त्यसकारणले गर्दा मेरो वास्तवमा भनाई के हो भने बोलीले मात्रै तुक आउंदैन, व्यवहारमा काम गरेर देखाउन सकियो भने मात्रै सार्थक हुन्छ । सार्थक हुनको लागि जनतालाई दिनु पर्ने सेवा सुबिधा हरेक वडामा पुग्नु प¥यो त्यसो भए मात्रै हामी काममा सफल हुन सक्छौं ।

    तपाईको कार्यकालमा के कती बिकास निर्माणको कार्य सम्पन्न गर्नु भयो ?

    मैले त अगाडि पनि भने नि बाटा घाटा, वोडेफको कार्यक्रम, जहाँ जहाँ खानेपानीको समस्या छ त्यहांत्यहां पानीको व्यवस्था गर्दै आएको छु । दिर्घकालिन रुपमा पनि खानेपानीको व्यवस्थाको लागि अगाडी बढेको छु । तीन बर्ष भित्रमा कुनै पनि धुरीमा खानेपानीको समस्या हुन दिन्न । मेरो कार्यकाल भित्र एउटा वडामा एउटा पक्कि वाटो वनाएरै छाड्ने छु । वनजंगल अनेकौं तरकिाले बिनास हुदै छ त्यसका लागि त्यसलाई रोकथाम गर्ने कार्य गरेको छु । पर्यटकको अत्यन्त संभावना छ, पर्यटनको लागि असाध्य कृयासिल ढंगबाट अगाडि बढेका छौं । वेथानचोक नारायणस्थान प्रसिद्ध ठाउ हो । ३ हजार १८ मिटरको उचाईमा रहेको सो ठाउंमा ३ हजार ७ सय सिंडिको व्यवस्था गरीसकेको छ । सो स्थानलाई पर्यटक केन्द्र बनाउनको लागि प्रदेश सरकारबाट ३० लाख बजेटको व्यवस्था भएको छ ।

    दिर्घकालिन योजना के के रहेको छ वेथानचोक गाउंपालिकाको ?

    हरेक घरधुरिको जनसंख्या संकलन गरेर तिनको आयस्रोत र क्षमता कती भन्ने भिलेज प्रोफाएल तयार गर्दै छु । जसलाई अध्ययन गर्दा ठ्याक्कै पहिचान हुने जन्म दर्ता गर्नासाथ एउटा बढ्ने र मृत्यु दर्ता गर्नासाथ एउटा घट्ने रेकड फाईलिङ्ग गर्दै जाने तयारमिा छु, सो कामको लागि केही समय लाग्छ । दोस्रो कुरा तीन बर्ष भित्र खानेपानीको समस्या काहीं राख्दिन । तेस्रो बिषय भनेको एउटा वडामा एउटा ग्रावेल बाटो, अरु धुले कच्चि घरघरै लाने बाटोको चाही कसरी संरक्षण गर्न सकिएला मलाई पनि कहाली लागेको छ । पर्यटकको बिषयमा होमस्टे अत्यन्त राम्रो हिषावले अगाडी बढाउने र बिदेशि स्वदेसि जो सुकै पाहुनाहरु आउंदा वेथानचोक सारै राम्रो ठाउ भन्ने गुनगान गाउने वातावरण तयार गर्ने लक्ष लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार