२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

जनस्वास्थ्यमा असरपुग्ने उद्योगलाई पाँचखालमा ठाउंछैन, समृद्ध पाँचखाल निर्माणमा कर्मचारीबाट ठुलो सहयोग मिलेको छ


२७९३ पाठक संख्या

संजय तामाङ अध्यक्ष पाँचखाल नगरपालीका वडा नं ८ एवं पाँचखाल नगर कार्यपालीका प्रवक्ता काभे्रपलाञ्चोक जिल्लाको

  • नवसंकेत अनलाईन
  • २०७५ पौष १७, मंगलबार मा प्रकाशित ५ साल अघि
  • संजय तामाङ
    अध्यक्ष
    पाँचखाल नगरपालीका वडा नं ८
    एवं
    पाँचखाल नगर कार्यपालीका प्रवक्ता

    काभे्रपलाञ्चोक जिल्लाको साविक होक्से गा.वि.स वडा नं ८ (हाल पाँचखाल नगरपालीका वडा नं ८) को रमणिय स्थलको रुपमा परिचित चिसापानी भन्ने स्थानमा पिता शेरवहादुर तमाङ तथा माता कान्छिमाया तामाङको कोखबाट २०३३ साल साउन १७ गते जन्मनु भएका संञ्जय तामाङ बाल्य कालबाटै सामाजिक कार्यमा रुचि राख्ने स्वभावको हुनुहुन्थ्यो । आफ्नो गाउंघर तथा आसपासको स्थानमा विकास निर्माणको कार्यमा आफ्नो बुवा तथा ठुलोबुवाको साथमा लागि विकास निर्माण तथा सामाजिक कार्यमा रुचि राख्दै अगाडी बढ्नु भएको तामाङले आफ्नो लक्ष पुर्ण गर्नको लागि राजनीतिमा क्रियासिल ढंगबाट अगाडी बढ्दै आउनु भएको थियो ।

    शुन्दर सुर्योदय प्राथमिक विद्यालयबाट कखरा सुरु गरी सर्वमंगला माध्यमिक विद्यालयबाट एस.एल.सि उतिर्ण गरी उच्च शिक्षाको लागि काठमाडौ जानुभएको थियो । काठमाडौको पशुपति क्याम्पस चाहाविलमा उच्च शिक्षाको लागि अध्ययनको सुरुवातसंगै राजनीतिमा समेत झुकाव राख्दै २०६१ सालबाट सहकारी क्षेत्रमा लाग्नुभएको थियो । सहकारी संञ्चालन गर्दै २०६३ सालबाट सक्रिय राजनीतिमा प्रवेस गर्नु भएका तामाङ स्थानिय तहको निर्वाचनमा पाँचखाल वडा नं ८ बाट वडा अध्यक्षमा उम्मेदवारी दिई निर्वाचित हुनु भएको थियो । हाल पाँचखाल नगरपालिका वडा नं ८ को वडा अध्यक्ष साथै पाँचखाल नगर कार्यपालीका प्रबक्ताको समेत जिम्मेवारी सम्हाल्दै आउनुभएको संजय तामाङसंग समसामयिक बिषयमा ईश्वरी राजकुमार मैनालीले गरेको कुरा कानी अंश…।

    तपाई सहकारी विज्ञ भएर, सहकारी क्षेत्रलाई भन्दा राजनीतिलाई बढि प्राथमिकता दिदै राजनीतिमा आउनाको कारण केही छ की ?

    म पाँचखालको होक्सेमा जन्मिय, भन्नुपर्दा पाँचखालको झण्डै विकट ठाउंको रुपमा रहेको आफ्नो जन्मभूमि साथै पुरै पाँचखाल नगरमा रहेको बिबिध समस्याहरुको समाधानको लागि राजनैतिक माध्यमलाई अपनाएर सहकारीलाई भन्दा यसलाई महत्व दिए । पछिल्लो समयमा म धेरै काठमाडौ वसे आफु गाउंमा आउने जाने क्रममा गाउंमा रहेका आम व्यक्तिहरुले झेलेका धेरै समस्याहरु देखे । सो समस्याहरुलाई कसरी निराकरण गर्न सकिन्छ भनेर सहकारीलाई अलिकता व्याक गरेर अव राजनीतिको माध्यमबाट सामाजिक कार्यलाई अगनाडी बढौं भनेर म अगाडी बढे ।

    गाउंमा रहेको समस्या समाधान गर्ने उद्देस्यले राजनीतिमा आउनु भयो र स्थानिय तहको निर्वाचनबाट वडा अध्यक्षको जिम्मेवारी पाउनु भयो, त्यो गाउंको समस्या समाधानको लागि के कस्ता योजना ल्याउनु भएको छ ?

    मैले समग्र वडाको विकासको लागि सो वडाको पहिलो समस्याको रुपमा रहेको पानीको व्यवस्थाको लागी पहल थालेको छु । म राजनीतिमा २०६२ सालबाट भए सोही समयदेखीनै पानीको लागि पहल गर्दै आए । मैले सवैको साथ पाएकोले खानेपानीको योजना सफल भयो । अव सो योजना विस्तार गर्ने क्रममा छौं । वडावासिले स्वच्छ खानेपानी खानपाउनु पर्छ भन्ने मेरो मस्तिस्कमा बसेर अगाडी बढे । खानेपानीलाई पहिलो प्राथमिकता दिदै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा साथै आर्थिक पक्षहरुलाई समेत अगाडी बढाउनु पर्छ भन्ने क्रमिक रुपले अगाडी बढेको छु ।

    पाँचखालमा रहेको सवै वडा मध्य उद्योगको कारणले अलि बढी चर्चीत तपाईको वडामा (जहां सेज लागु हुदैछ, साथै इट्टा भट्टाहरु रहेको छ,) चल्ने तयारी अवस्थामा रहेको सेज र चली रहेको इट्टा भट्टाको बिषयलाई कसरी लिनु भएको छ ?

    यो अलिकता गम्भीर बिषय पनि हो, जनताको प्रत्यक्ष स्वास्थ्यसंग जोडिएको बिषय भएकोले । यसलाई सरकारले तोके बमोजींम वातावरणको न्युनतम मापदण्ड पुरा भएको उद्योग धन्दालाई चाही हामी स्वागत गर्छौ । न्युनतम मापदण्ड पुरा नगरेको कुनै पनि उद्योगले जनस्वास्थ्यलाई गम्भीर असर पार्छ, त्यस्ता उद्योगहरुले नयाँ प्रबिधिहरुको माध्यमबाट अगाडी बढ्दै व्यवस्थीत गरी संचालन गरेमा हामी उद्योग संचालनको लागि सहयोग गर्छौ । तर उद्योगीहरुले यथास्थितिमा अस्तव्यस्त ढंगबाट उद्योग संञ्चालन गर्न खोजेमा कानुनि प्रकृयाअनुसार अगाडी बढी विस्थापित गर्ने तिर लाग्छौ । जनस्वास्थ्यमा असरपुग्ने खालको कुनैपनि उद्योगको लागि पाँचखालमा ठाउंछैन ।
    सेजको बिषयमा भन्नुपर्दा यो पाँचखालको मात्र नभई काभे्रकै गौरवको बिषय हो । वातावरण अनुकुल सेज संञ्चालन गर्न सक्यो भने काभे्र भरीकै आर्थिकको पाटोमा सहयोग पु¥याउछ । पाँचखाल नगर भित्रका बिदेशिएका युवाहरुलाइ तालिम दिएर सो उद्योगहरुमा रोजगारीको वातावरण समेत सिर्जना गर्न सकिन्छ । सेजको बिषयमा भन्नुपर्दा हामीले पाँचखाल नगरपालिकाको स्थानियको चाहना अनुसार स्वस्थ्यमा असर नपुग्ने ढंगको नयाँ प्रबिधिबाट संञ्चालन हुने उद्योगलाई मात्र अनुमती दिनु पर्छ, र सेजले पनि सोही ढंगबाट अगाडी बढ्नु पर्छ भन्ने सुझाव राखेको छु । पहिलो चरणको निर्माणको कार्य सुरु हुन लागेको छ, पटक पटक सेज, वडा र नगरसंग वसेर छलफल गरी समन्वयको आधारमा अगाडी बढ्दै स्वस्थ्यमा असर पर्ने खालको उद्योगलाई रोक लगाउंछौ । स्वास्थ्यमा असर नपर्ने खालको उद्योगलाई सञ्चालनको लागि सहयोग गर्छौ ।

    तपाईले वडाको हितको लागि दिर्घकालीन ढंगको के कस्तो योजना अगाडी बढाउनु भएको छ ?

    दिर्घकालीन योजनाको लागि शिक्षामा अति आवस्यक हुने भौतिक संरचनाहरु तयार गर्दै छौं । मेरो वडामा उच्च माबी १,(जनता उ.मा.वि) सुन्दर सुर्योदय प्रा.वि र जनज्योति प्रा.वि गरी २ प्रावि रहेको छ । जसमा २ वटा प्राविको भवनहरु तयारी गरीसकेका छौं । जनता उ.मा.विको भवन १४ कोठाको आर.सि.सि भवन तयार हुन्छ । वस्ने व्यवस्था भइसकेपछि शैक्षिक गुणस्तर परिवर्तनको लागि हामीले गतसालबाट बिभिन्न कार्यक्रमहरु गर्दै छौं । विद्यालय व्यवस्थापन समिति र शिक्षक शिक्षिकाहरुलाई राखेर गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि चाहीने तालीमको लागि वजेटको व्यवस्था गर्ने छौं । वडाभरीको सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरलाई सुधार्नु पर्छ भनेर पटक पटक छलफल गरी रहेका छौ ।

    त्यसैगरी खानेपानीको लागि यसै बर्ष वडाभरीनै नीजि धाराको वितरण गर्ने गरी प्रयासरत रहेका छौ । नगरवाट पनि अघिल्लो बर्ष र यो बर्ष गरी ७०—८० लाख खानेपानीमै विनियोजन गरेको छ । पानी वितरणको लागि पम्पिङ तरीका अपनाएका छौं । वडावासिलाई शुद्ध साथै गुणस्तरीय खानेपानी वितरणको लागि गुणस्तर बिभागबाट काभे्रकै दोस्रो नमुना फिल्टरप्लान तयार गर्दै छौं । यो योजना आउने बर्ष सम्पन्न हुने लक्ष लिएका छौं । त्यसैगरी सडकको हकमा चाही वडाको सम्पुर्ण टोलमा सडकको सुबिधादिने योजना अघि सारेका छौं । सवै वडावासिको घरघरमा आवस्यकताको आधारमा एम्बुलेन्स र दमकल पु¥याउने लक्ष लिएका छौं ।

    तपाई कार्यपालिकाको प्रवक्ताको नाताले भन्नुपर्दा छाडा चौपायलाई व्यवस्थित गर्ने कार्यको लागि काञ्जि हाउसको व्यवस्था गर्न लागेको भन्ने सुन्नमा आएको छ, के छ त्यसको अवस्था ?

    यो बिषयमा काम निकै अगाडी बढेको छ , दुध आउन्जेल घरमा पाल्ने र दुध आउन छाडेपछि सडकमा छाडिदिने गाइ र बाच्छा बाच्छिको कारण सडकमा दुर्घटना हुने साथै कृषकहरुको खेतबारीमा गएर खेती विगार्ने बिषयलाई मध्यनजर गर्दै काञ्जी हाउसको व्यवस्था गर्न लागेको हो । पाँचखाल नगरपालिका वडा नं १२ मा जग्गा हेरेका थियौं सो स्थानमा जग्गा नपुग्ने भएर हाल पाँचखालको वडा नं ६ मा व्यवस्था गर्ने बिषयमा कुराकानी अगाडी बढेको छ । हामीले पशुको बाँच्न पाउने अधिकार साथै दुर्घटना कम गर्ने र कृषकहरुको खेतीको सुरक्षा गर्ने उद्देश्यले कार्यलाई अगाडी बढाएका हौं ।

    पाँचखालको सवभन्दा प्रमुख समस्याको बिषय पानी हो, जुन समस्या समाधानको लागि बृहत खानेपानीको योजना अगाडी बढिरहेको छ, त्यो योजनालाई सफल गराउन नगरको तर्फबाट के कस्तो भूमिका निर्वाह गरेको छ ?

    पाँचखाल नगरवासिको भविश्य निर्धारण गर्ने एउटा बृहत आयोजना हो यो , यसलाई हामी जनप्रतीनिधि र पाँचखाल वासी सवैजना मिलेर सफल बनाउनु पर्छ । त्यसको लागि हामीले प्रत्तेक वडावडामा वडा स्तरिय उप—समिति गठन गरेर प्रभावकारी ढंगबाट अगाडी बढाउंदै आम जनमानसमा सकारात्मक शंदेस दिनको लागि सवै लागि परेका छौं । हामीले प्रत्तेक वडामा घरदैलो कार्यक्रम गरेर यो योजनालाई कुनै हालतमा सफल पार्नैपर्छ यदि यो सफल भएन भने पाँचखाल वासिको भविश्य अन्धकार हुन्छ भन्ने बिषयमा नगरवासिलाई जानकारी गराउंदै उपभोक्ताहरुबाट गर्नु पर्ने कार्यको लागि सकृय गराउंछौं ।

    पाँचखाल नगरको विकास निर्माणको कार्य गर्दा कार्यपालिकामा विवाद हुन्छकी हुदैन ?

    पाँचखाल नगरमा रहेको कार्यपालिकामा हाल सम्म त्यस्तो कुनैपनि विवाद भएको छैन । नगरको हितको लागि गरिने जुनसुकै कार्यको गालि अत्यन्त सौहार्द पुर्ण तरिकाले अगाडी बढेका छौं । कुनै पनि निर्णयगर्दा अप्ठेरो व्यहोर्नु परेको छैन, सवै जना बसेर सरसल्लाह गरेर अगाडी बढेका छौं । सामान्य ढंगको विवाद हुन लागेमा एक अर्कासंग वसेर समस्याको समाधान सहज ढंगबाट निकाल्ने गरेका छौं ।

    विगतमा नगरपालिकाको तर्फबाट भएको विकास निर्माणको कार्यमा तपाई सन्तुष्ट हुनुहुन्छ ?

    हामीले विगतमा कर्मचारीबाट नगर र वडाहरु संचालन हुंदाखेरी पनि पार्टी प्रतीनिधिहरु वसेर विकास निर्माणको कार्य गरिने गरिन्थ्यो । सो समयमा सानासाना वजेट भएकोले समिति गठन गर्ने लगाएतको कार्यमा अलि वढी प्रशासनिक खर्च अलि वढी भएको हो की भन्ने महसुस भएको थियो । हाल आएर ठुलाठुला योजनाहरु वडाबाटै गर्न पाउने भएकोले चुहावट नहुने साथै प्रशासनिक खर्च कम भएर विकास निर्माणको कार्य राम्रो भएको छ ।

    “कृषि नगर पाँचखाल शहर” भन्ने मुल नाराका साथमा अगाडी बढेको नगरमा विकास निर्माणको लागि कसरी अगाडी बढाउने योजना ल्याउनु भएको छ ?

    पाँचखाल नगरलाई वातावरण प्रदुषण हुन नदिने बिषयलाई पहिलो प्राथमिकता दिएका छौं । जसको लागि वातावरण प्रदुषण गराउने ढंगको उद्योग संञ्चालन गर्न नदिने , फोहोर मैला व्यवस्थापन सहज गराउने तर्फ लागेका छौं, यो आम नगरवासिको स्वास्थ्यसंग जोडिएको बिषय हो । पाँचखाल नगर कृषि शहर भन्ने नाराका साथ अगाडी बढेको नगर भएकोले कृषिको लागि विभिन्न कार्यक्रमहरु ल्याएर कृषकलाई हौसला बढाएर कृषिमा भईरहेको बिचौलिया प्रवित्ति छ यो बिचौलीया अन्त गर्नको लागि कृषि सहकारी मार्फत विभिन्न समितिहरु र समुह बनाएर अगाडी बढ्ने बिषयमा छलफल भईरहेको छ । प्रत्यक्ष कृषकहरुको आम्दानीको स्रोत उहांहरुकै हातसम्म पुग्नेगरी व्यवस्था गर्नको लागि तत्पर छौं ।

    पाँचखाल नगरलाई हांक्ने क्रममा कार्यपालिकामा एक ढिक्का भएको बताउनु भयो, कर्मचारीहरुबाट चाही के कति सहयोग पाउनु भएको छ ?

    मलाई जहांसम्म लाग्छ, कर्मचारी र जनप्रतीनिधि भनेको एउटा रथको दुई पाङ्रा हुन् । त्यो रथ चलाउनलाई एउटा मात्र पाङ्रा चलेर हुंदैन, दुइटै पाङ्रा एउटै ढंगबाट चल्योभने समृद्ध पाँचखालको परिकल्पना पुर्ण हुन्छ । हाम्रो लक्ष पुर्ण गर्नको लालि म आफुले भोगेको कुरालाई राख्दा अहिले सम्म पाँचखाल नगरपालीकाको कुनै पनि कर्मचारीले कुनैपनि ढिला सुस्ति र अप्ठेरो परिस्थिति सृजना गरेको पाएको छैन । मैले कुरा गर्नुनै पर्दा पाँचखाल नगरपालिकामा रहनु भएको प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई उहांले पाँचखाल नगरको लागि ठुलो योगदान दिनु भएको छ । पाँचखाल नगरलाई म केही गर्छु र यहांको नीति निर्माण देखी लिएर भरखर अगाडी बढेको नगरलाई जनप्रतीनिधिहरुसंग मिलेर केही न केही गरेरै छाड्छु भनेर अगाडी बढ्नु भएको छ । उहांको यो सोचलाई धन्यवाद दिन चाहन्छु, आदर्णीय भोला सरलाई ।

    नगर कार्यपालिकाको प्रबक्ता साथै ८ नं वडाको वडा अध्यक्षको नाताले नगरवासि र वडावासिलाई केही भन्न चाहनु हुन्छ की ?

    म सम्पुर्ण नगरवासि र वडावासिलाई हामी जनप्रतीनिधिले कतीपय काम गर्न चाहांदा चाहांदै पनि केही अप्ठेहरु परिस्थितिहरु आईपर्दा रहेछन् । त्यस्तो अप्ठेको कार्यमा नगरवासिको तर्फबाट सहयोग गर्नु अनुरोध गर्दछु । नगरवासिहरुले आफुले देखेका कुरामात्र समाज साथै समाजमा राखिदिनु होला, कतिपय कुरा व्यक्तिको चरित्र हत्याहुने कुराहरु केही व्यक्तिहरुबाट आईराख्ने कार्य भएको छ । कुनैपनि जनप्रतीनिधिले केही गल्ती गरेको छ भने त्यस्ता गल्ति गर्नेलाई समाजमा राखेर नङ्गाउनु प¥यो र ठाउको ठाउं कारवाही गर्ने कार्यमा नगरवासिबाट सहयोगको अपेक्षा । राम्रो कार्यलाई राम्रो नराम्रो लाई नराम्रो भन्ने गरेमा राम्रा कार्यगर्नेको मनोवल वढ्ने र नराम्रा गर्नखोज्नेहरु निरुत्साहीत हुने थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार