२०८१ जेष्ठ १०, बिहिबार | Thu, 23, May, 2024

सरकारको सफलता र असफलता हाम्रो व्यवहारमा जोडिएको हुन्छ—थापा


७११० पाठक संख्या

सामाजिक भावना भएको घरमा सामाजिकत्व नै सृजना हुन्छ । जसको प्रतिबिम्ब बनेर आएको व्यक्ति हो,

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १, बुधबार मा प्रकाशित ५ साल अघि
  • सामाजिक भावना भएको घरमा सामाजिकत्व नै सृजना हुन्छ । जसको प्रतिबिम्ब बनेर आएको व्यक्ति हो, बुद्धसिं थापा । भगवान भनेकै समुदाय हो । समुदायको उत्थानका लागि जीवनभर समर्पित व्यक्तित्व अरु केही छ भने बुद्धसिं थापाको व्यवहारले पुष्टी गरेको वडा वासीहरुको तर्क छ । पञ्चायतमै हाइ–हाइ कमाएको कोही छ भने उही बुद्धसिं थापाको नाम अगाडि आउँछ । आफ्ना विरोधीहरुलाई पनि मित्र बन्न विवश वा वसमा पार्न सक्ने क्षमता राख्ने क्षमतावान् व्यक्तित्वका रुपमा स्थापित नाम हो बुद्धसिं थापा ।

    हालको पनौती नगरपालिका वडा नं. ४ चिडोलमा पिता देवीबहादुर थापा र माता भक्तकुमारी थापाको कोषबाट २००६ सालमा यो धर्तीमा आँखा खोल्न पुग्नुभएको थियो । उहाँले मात्र आँखा खोल्नु भएन, सिंगो चिडोलबासीको भविष्य कोरिदिने भाग्यदाताको रुपमा स्थापित हुनु भयो । जीवनको उतारचढावसँगै पिताको राजनैतिक यात्राका सारथी समेत बन्नु भएका बुद्धसिं थापा, पिताले कोरेको राजनीतिक यात्रा आफ्ना लागि पथप्रदर्शक समेत बनाउन सफल हुनुभयो ।

    राजनीतिक रुपमा रस बस्न इन्द्रेश्वर मा.वि., सञ्जीवनी मा.वि. हुँदै सरस्वती क्याम्पससम्मको यात्राले आजको गरिमा कायम ग¥यो । आफू सामन्त (कम्युनिष्ट भाषामा) परिवारमा जन्मिएको भएपनि गरिब, निमुखा, शोषित पिडितका बारेमा अति नै गम्भिर चासो राख्थे । कम्युनिष्टहरुले भने जस्तो हाम्रो परिवार सामन्त थिएन । यसको पछिल्लो प्रमाण अत्यन्तै शक्तिशाली विपक्षलाई जनमतले घुँडा टेकाएको स्मरण गराउनु हुन्छ थापा ।

    यथार्थ मै भन्नुपर्दा सादा जीवन उच्च विचारको पर्यायवाची शब्द हुन् बुद्धसिं थापा । अहिले विपक्षी नै भन्ने गर्दैछन् वडा अध्यक्ष होइन नगर प्रमुख हुनुपथ्र्याे । यस्तो व्यक्तित्वलाई बिडम्बना वडामै खुम्च्याउने काम पार्टीले गरेछ । परिवर्तनप्रेमीहरुका लागि दुःखद पक्ष हो भन्न पछि पर्दैनन् विपक्षी ⁄ अहिले नगरका प्रमुख उपप्रमुखभन्दा पनि सक्षम व्यक्तित्वका रुपमा आफ्नो प्रस्तुती र क्रियाकलाप पेश कसैले गरेको छ भने त्यो बुद्धसिं थापाले गरेको छ भन्छन् सहयात्री वडा अध्यक्षहरु । नगरका हरेक बैठकमा दमदार प्रस्तुती दिन नेतृत्वलाई चुनौती कसैले दिन्छ भने बुद्धसिंको विकल्प छैन । गाउँ पञ्चायतको प्रधानपञ्च देखि गाविस अध्यक्ष हुँदै नगरको वडा अध्यक्षसम्म आउँदा पनि कुनै स्थानमा प्रश्न उठ्ने चुक्ली भेट्न सकेका छैनन् विपक्षीले आजसम्म । २०२९ साल देखि २०७५ सालसम्मको नेतृत्वमा रति बराबर अन्तर आउन नदिने प्रणका साथ वडा हाँक्न सक्ने क्षमता राख्ने व्यक्तित्वका धनी बुद्धसिं थापासँग प्रभातफेरी साप्ताहिक र प्रभातफेरी अनलाईन गरेको समसामयिक विषयमा केही समय अघि गरेको कुराकानीको सार पाठकसामु पस्कने जर्मको राखेका छौं । —सं.

    ० के छ हालखबर के–के हुँदैछन् ? वडाका विकास निर्माणको अवस्था कस्तो छ ?

    के हुनु, सबै राम्रै चलेको छ । आफू हिजो पनि जनताकै, आज पनि जनताकै र भोलि पनि जनताकै बिचमा रहेन अठोट लिएका व्यक्तिले अरु केही सोच्न सक्ला ? विकास निर्माणका सवालमा जनताबाट अनुमोदित प्रत्येक विकास निर्माणलाई प्राथमिकीकरणमा राखेको छु । क्रमशः अगाडि बढीरहेको छ । समग्रमा भन्नु पर्दा सन्तुष्टी मिलेको छ ।

    ० वडामा निकै महत्वकांक्षी योजनाहरु छन्, भनिन्छ यर्थाथ के हो ?

    वडाका लागि सबै योजना महत्वकांक्षी नै हुन्छ । ति साना हुन् या ठूलो उतिकै महत्व राख्छ । त्यसैले त्यसलाई भिन्न हिसाबले हेर्नु हुन्न भन्ने लाग्छ । हिजो साँघुरो दायरामा थियौं । अहिले राज्यले अधिकार सम्पन्न बनाएको छ । राज्यको नीति अनुरुप चल्नुपर्छ । त्यसैलाई समाएर जाने क्रममा अलि फरक त भइरहन्छ केही समयको लागि । त्यति ठूलो बलिदान पश्चात् प्राप्त उपलब्धीलाई संस्थागत गर्नु सामान्य कुरा होइन । त्यसैले छिटफुट अर्चन आनउनु पनि असहज नौलो होइन । तर पनि समायोजन हुन्छ नेतृत्वको कल्पना “सिहंदरबार गाउँघरमा” छ त्यो पूरा हुन्छ । त्यसका लागि धैर्यताको खाँचो छ । विस्तारै पूरा हुन्छ भन्ने विश्वास मेरो छ । त्यसैका प्रतिबिम्ब हुन् वडास्तरीय योजना जसलाई महत्वाकंक्षकीका रुपमा परिभाषित गरिएको छ ।

    ० तपाईं वर्गीय हिसाबमा फरक वर्गको व्यक्तित्व कसरी कम्युनिष्ट हुन पुग्नुभयो ?
    हो, समग्र रुपमा म फरक कित्ताको मानिस नै हुँ । बाहिरी आवरण हेर्दा तर यथार्थ फरक थियो । जब म सञ्जीवनीबाट सरस्वती क्याम्पस पुगेँ तब मेरा भावनाहरु परिवर्तन पूरै भए । किनकी म प्रधानपञ्चको छोरा गाउँ, समाजमा मलाई हेर्ने दृष्टिकोण नै फरक थियो । म सम्पन्न आवरणमा भए पनि बिहानदेखि साँझसम्मको कुटो कोदालो गरेर छाक टार्न नसक्ने परिवारका बारेमा घच्घच्याउँथ्यो । म भित्रभित्रै तड्पिन्थ्यें, उनीहरु र ममा के फरक छ ? किन यस्तो अन्तर ? भन्ने सवालले मलाई प्रहार गरिरहन्थ्यो । मैले मेरो पितासँग कयौं पटक यस्ता सवाल गरेको छु । ती निमुखा गरिब घरमा आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । किनकी मेरा पिताले उनीहरुलाई नगद र रासन दिनुहुन्थ्यो । त्यतिबेला मलाई आनन्द लाग्थ्यो । त्यसैले होला त्यो सिको ममा पनि लागु भयो । म विस्तारै निमुखामुखी बन्दै थिए । तर बाहिरी वातावरण भने त्यस्तो थिएन । गरिब निमुखासँगको उठबस तत्कालीन समाजलाई पच्दैनथ्यो । त्यही व्यवहारले नै मलाई अघोषित कम्युनिष्ट बनाएको थियो । पोख्न सकिरहेको थिइन् । सुक्ष्म रुपमा मेरा आस्थालाई जनपक्षयी भूमिकामा ढाल्दै आफूलाई क्रमिक सुधार गर्दै आएको थिएँ । जसमा मलजल गरिदियो सरस्वती क्याम्पसले र आज यहाँ आइपुगेको छु । अझ विधिवत रुपमा क. केशव बडालको हातबाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्ने अवसर मिल्यो । त्यो दिन मेरा लागि अविस्मरणीय दिनका रुपमा स्थापित भयो ।

    ० तपाईंको भनाइले त जनपक्षीय नेतृत्वमा २०२९ सालमै हो ?

    तत्कालिन अवस्थामा आत्मीय भावना जन्मिएको चाहि हो । तर त्यतिबेला जनपक्षीय भन्ने अवस्था थिएन । केही गरी त्यस्तो देखियो भने तत्कालिन शासकको आँखाको कसिंगार बन्नु पथ्र्याे । त्यो भएर पनि मैले बाहिरी रुपमा त्यो हाउभाउ देखाइन भन्दा पनि हुन्छ । तर म तत्कालीन राजनीतिक सस्ंथाको विपक्षमा थिएँ । यथास्थितिबाट समाजलाई अघि बढाउँदै परिवर्तनकामी बनाउनु पर्छ भन्ने नै थियो । फेरि पनि मेरा पिता, इन्द्रबहादुर खड्का, लिलाबहादुर के.सी., भरतबहादुर थापा, अलिपछि रामबहादुर के.सी. लगायतका अगाडि, म पञ्चायत राजनीतिमा ओझेलमै रहनु बेस थियो । मैले अलिकति पनि आप्mनो क्रियाकलापमा फरक देखाए भने पद गुम्ने नै हो । त्यसैले पनि चाहेर जनपक्षीय हुन सकिरहेको थिइनँ । २२÷२३ वर्षको उमेरमा प्रधान पञ्च बनाइएको व्यक्ति कतिका पाको थियो होला ? विचार गर्नुहोस् । भन्नै पर्दा आलोकाँचो उमेरमा प्रधानपञ्च बनियो । अहिले ती दिन सम्झिएर आउँदा कहाली लाग्छ । बजेट कुन चराको नाम हो थाहा हुँदैनथ्यो भन्दानी हुन्थ्यो । पिताको सामाजिक भावनाले नै चल्थ्यो । कसैलाई गाह्रो साँगुरो प¥यो कि त निकास नै हाम्रै घर थियो । मेरो पिताको एउटै गुण धनी गरिबलाई एउटै कसीमा राखेर हेर्नुहुन्थ्यो । कुनै भेदभाव थिएन त्यही । त्यसैको ब्याज हो आजसम्मको उपलब्धी र यो कुर्सी ।

    ० तपाईले राजनैतिक जीवनका बारेमा त गहकिलै प्रस्तुती दिनुभयो तर व्यवहारिकता कस्तो छ ?

    हुन त त्यतिबेला गरिब निमुखा बन्ने भनेकै कम्युनिष्ट हो भन्थे । त्यो वाक्यले पनि मलाई घोचिरहेको थियो । मेरो गराइ र भोगाईमा अत्यन्तै भिन्न थियो । मैले कयौं पटक घरपरिवारलाई छलेर कतिको गर्जाे टारेको छु । त्यतिबेला मलाई पोल्थ्यो त्यो असमानता देखेर । जसको कारण आज पनि म जनतासँगै छु ।

    ० अलिकति विषय वस्तुतर्फ आउँ, अहिले राज्यले वडा स्तरमा जुन अधिकार दिएको छ यसलाई के भन्नुहुन्छ ?

    समग्रमा राम्रो हो । तपाईले भन्न खोज्नुभएको घरजग्गा सिफारिस तर्फ हुनुपर्छ । अधिकारसँगै कार्यनीति बन्नु आवश्यक छ । अन्यथा जनप्रतिनिधि बिवादित हुन्छन् । यसमा विवाद नै छैन । बाधा अड्काउ फुकाउन नीति बन्नु पर्छ । जसको सबै सम्पत्ति द्धयम छ के उसले खण्डीकरण गर्न वा घर बनाउन नपाउने त ? प्रश्न जटिल भएर आएको छ । राज्यले तत्कालै नीति बनाएर नदिए जनप्रतिनिधि आलोचित बन्न बाध्य छन् । जुन भोलि गएर चुनावी मुद्धा बन्न सक्छ । अहिले पनि जनचाहना अनुरुप दुई तिहाइको सरकारले काम गर्न सकिरहेको छैन । हिजो जसरी सर्वहारा मुक्तिको कुरा गरेर १७ हजारले ज्यानको आहुति दिए । तर आज परिणाममा फरक आभाष जनताको गरेका छन् । त्यसैले हिजो कबुल गरेका वाचाहरु पूरा गर्न नेतृत्वले कटिबद्ध हुन आवश्यक छ । समृद्ध नेपाल बनाउने खाका आनउनु पर्छ । यसो हुन सकिरहेको छैन अहिलेको अवस्थामा । जनतालाई सरकारले जवाफ दिन आवश्यक छ । समावेशी समानुपातिक समायोजनले एउटा उत्साह थपेको थियो । त्यो गर्व मै नतुहियोस् भन्ने नै हो हामी कार्यकर्ताको चाहाना छ । अझै भन्नुपर्दा दासत्व मुक्त समाजको आँखा हो, यो कम्युनिष्ट सरकार । त्यसैले पनि शोषित पिडितले सहानुभुति प्रकट गरेका छन् । त्यो आस्थामा चोट पुग्नु हुन्न भन्ने चाहना नै हो हामी जनप्रतिनिधिको । मैले माथि नै भनिसकें, सिंहदरबारको अधिकार गाउँघरमा भनिएको छ त्यसको अनुभूति दिनु नै हाम्रो कर्तव्य हो । सरकारको सफलता र असफलता हाम्रो व्यवहारमा जोडिएको छ । त्यसैले पनि हामी जनप्रतिनिधि जनता र सरकारप्रति बफादार हुन आवश्यक छ । त्यसो हुन सकेन भने ठूलो समस्या आउँछ । विकृति, विसंगति, अनियमितता मौलाउन सक्छ । पुनरुत्थानवादी तत्वले चलखेल गर्न सक्छ । त्यसो हुनु भनेको बलिदान प्राप्त उपलब्धी गुम्नु हो । त्यसैले कलम चोप्नु अगाडि एकपटक हामीले सोच्नुपर्छ ।

    ० हजुरले जुन विषयवस्तु राख्नुभयो, त्यसको लागि योजना के छ ?

    योजनाहरु धेरै छन् । ५ वर्षभित्र ४ नं. वडालाई नमूना वडा बनाउने गरी खटेका छौं । विध्वंश पछिको निर्माणमा ४ नं. वडा लागिपरेको छ । २०७२ सालको भूकम्पले सबैभन्दा बढी तहसनहस भएको वडा अनि अत्याधिक रुपमा जनघनत्व वृद्धि भएको वडाभित्र पर्छ ४ नं. वडा । पनौतीको कर्णाली भनेर चिनिने चामखर र सल्ले बत्तीमूमिको अँध्यारो बस्तीका रुपमा यी बस्तीलाई लिएका छौं । जबसम्म यी बस्तीलाई समृद्धि बनाउन सक्दैनौं तबसम्म ४ नं. वडा त के ? सिँगो पनौतीको विकास भएको अनुभूति हुन्न । त्यसैले पनि हामी दिनरात खटेका छौं । हुन त अन्य क्षेत्र पनि समृद्धिको लागि पूर्वाधारतर्फ उन्मुख छन् । तर त्यहाँ समस्याको रुपमा रहेको छ । जहाँ चेतनाको कमी छ, त्यहाँ विकासको पूर्वाधारको सम्भव नै रहन्न । त्यसैले पनि यी स्थानलाई प्राथमिकतामा राखेका छौं । हाम्रो लक्ष्य भनेको नगरकै नमूना वडा बनाउने हो । त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्नु छ । अहिले जति पनि काम भएका छन् त्यसबाट हामी जनप्रतिनिधि सन्तुष्ट छौं । तर यति मै चित्त बुझाउने अवस्था भने रहन्न । हाम्रो प्राथमिकतामा अस्पताल, खेलमैदान, २ वटा भ्यू टावर, पर्यटकीयस्थल र होमस्टे रहेका छन् । यी भौतिक संरचना तयार पार्न मोटरबाटोको आवश्यक पर्छ । पछिल्लो समय अत्याधिक रुपमा जनस्तरबाटै ट्रयाक खोल्ने होड नै चलेको छ । त्यसमा वडाले होस्तेमा हैँसे गरेको छ । किनकी आवश्यक रकम जुटाउन सकेको छैनौं । जति काम भएका छन्, त्यो नै उत्कृष्ट रुपमा लिनुपर्छ । यी नै आधारले प्रस्तुत विषयवस्तुलाई सार्थक तुल्याउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं ।

    ० हजुरले पर्यटकीयस्थल भन्नु भएको अनि मन्त्री गोकूल बास्कोटाको महत्वकांक्षी योजना भनेर गणना गरिएको नागिडाँडामा बन्ने भनिएको आन्तरिक विमानस्थलको बारेमा त केही योजना छैनन् ?

    त्यस्तो होइन । भन्दै जाँदा छुटेको मात्र हो । हुन त पनौती नगरपालिकाको ८० प्रतिशत भू–भाग त्यो प्रस्तावित भूमिमा पर्छ । तर वडा तथा नगरलाई कुनै सुनुवाई आएको छैन । हामीलाई सम्बोधन नगरेता पनि हामी कागेथुम्को जहाँसम्म हाम्रो सीमाना छ, त्यहाँ सम्म पक्की मोटरबाटो बनाइदिने योजनामा छौं । केही गरी विमानस्थल बन्ने भयो भने सबैभन्दा बढी प्रभावित वडा त यही ४ नं. हो नि । त्यसैले पनि भौतिक पूर्वाधारमा हाम्रो विशेष ध्यान गएको छ । मैले सुनेअनुसार अस्तित्व मेटाउने काम छिमेकीबाट भएको छ । तत्कालिन भूभागका बारेमा जति नै धावा बोले पनि हाम्रो सम्पत्ति हाम्रो दायित्व हो ख्याल रहोस् । कागेथुम्को हुँदै लप्सीको गहिरो, तेस्रो बाटो पाकुडोल, राजकुलो उग्रतीर्थघाट हुँदै पुण्यमाता आरटिओ रोड भित्रको भूभाग भनी स्पष्ट सिमाना उल्लेखित छ । त्यसैले इतिहास कसैले मेट्ने काम गर्छ भने त्यो पनौतीवासी दास भएर बस्न सक्दैन । फेरि पनि सहमति र सहकार्यमा असम्भव पनि सम्भव पनि हुन्छ ? तर मिचाहा प्रवृतिले सधैं टिक्न सक्दैन, यो चीरस्थायी पनि हुन्न । पछिल्लो चरणमा आएर बनेपाभन्दा पनि धुलिखेल नगरपालिकाले ह्याकूलाले पेल्दै आएको जनगुनासो आएकोछ । त्यसैले सम्बन्धित वडाबासी र जनप्रतिनिधिले ख्याल पु¥याउन आवश्यक छ ।

    ० सिमाना विवाद अझै हल भएको छैन भन्ने संकेत गर्नुभयो, यथार्थ के हो ?

    सिमाना विवाद नै छैन । हाम्रो भूभाग कसैले कतै तलमाथि गरेकै छैन । के को विवाद भन्ने नै हो । जहाँसम्म अहिले बनेपा नगर र धुलिखेल नगरले जुन तल्लोस्तरको संस्कार देखाएको छ, त्यसका विरुद्ध सम्बन्धित स्थानका जनताले आवाज वुलन्द गर्न आवश्यक छ । त्यो वहाँहरुको आफ्नो निर्णयभित्र पर्छ । वहाँहरुलाई त्यस किसिमको मिचाह प्रवृतिप्रति कुनै चासो छैन भने हामी बाहिरका व्यक्ति समुदायले केही गर्न सक्दैनौं । फेरि चासो नै छैन भन्ने होइन । जनता बोलेनन् भन्दैमा जनप्रतिनिधिले आफ्नो दायित्व भुल्नुहुन्न । जसको असर विकास निर्माणमा पर्न जान्छ । जसका पछिल्ला उदाहरण यहाँहरुले देख्नु भएको छ । त्यसैले हामीले इतिहास भुल्नु हुन्न भन्ने नै हो ।

    ० अन्तमा तपाईंलाई भन्नै मन लागेको तर मैले सोध्न छुटेका केही छन् ?

    धन्यवाद । खासै त्यस्तो केही छैन भन्दा नि हुन्छ । तर एउटा महत्वपूर्ण योजनाका बारेमा छुट्यो । कृषि उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मल्पी लिलावती सिंचाइ आयोजना विस्तार गरेर भुत्याखोला (विचारीपाटी) सम्म पु¥याउने योजना पनि छ । साथै पोखरी, खेल मैदानलाई पनि आधुनिकता दिन आवश्यक बजेटको व्यवस्था गर्ने कुरा आएको छ । आगामी आ.व.मा एक करोड बजेट विनियोजिन गर्ने लक्ष्य लिएका छौं । यस्तै सामाजिक महत्व राख्ने योजनाहरुलाई विशेष प्राथमिकतामा राखेका छौं । अन्त्यमा मेरो र वडाबासीका चाहनालाई पाठकसामू पु¥याउने प्रयत्न गरिदिनु भएकोमा प्रभातफेरि साप्ताहिक र प्रभातफेरी अनलाइनप्रति विशेष आभार व्यक्त गर्दछु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार