२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

९ सय बर्षदेखीको ऐतिहासिक मन्दिर रहेको जग्गा बनमा !सतिदेबिको स्तनको छाला पाँचखालमा पतन भएको रहेछ


५३९५ पाठक संख्या

रामहरि गिरी अध्यक्ष दुग्धेश्वर मंन्दिर संरक्षण तथा व्यवस्थापन समिति काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा परिचित

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १४, मंगलबार मा प्रकाशित ५ साल अघि
  • रामहरि गिरी
    अध्यक्ष
    दुग्धेश्वर मंन्दिर संरक्षण तथा व्यवस्थापन समिति

    काभ्रेपलाञ्चोक जिल्लाको कृषि नगरीको रुपमा परिचित साविक पाँचखाल गाउंपञ्चायत वडा नं ५ हालको पाँचखाल नगरपालिका वडा नं ३ को रमणिय स्थलको रुपमा परिचित थुम्कामा पिता चिमन गिरी तथा माता बिष्णुमायाको कोखबाट २००९ चैत्र २६ गते जन्मनु भएका रामहरी गिरी बाल्यकालबाटै सामाजिक सेवाको साथै अनाथहरुको हेरचाह एवं धार्मिक कार्यमा रुची राख्ने स्वभावको व्यक्तित्व रहेको उहांका सहपाठीहरुको भनाई रहेको छ । ४० बर्षसम्म शिक्षण पेसामा लागेर आफ्नो रोजगारीको समाप्ती पछि पनि समाजजनीक कार्यमा निरन्तर लाग्नु हुंदै २०६३ सालबाट दुग्धेश्वर मन्दिर संरक्षण तथा व्यवस्थापन समितिको अध्यक्षको भुमिका निर्वाह गर्दै मंन्दिर व्यवस्थापन कार्यमा निरन्तर रुपमा अगाडी बढ्दै आउनु भएका गिरीले ०७२ सालमा आएको विनासकारी महांभूकम्पले क्षति पु¥याएकोले मंन्दिरको मर्मत साथै मंदिर हातामा आवश्यक ६४ शिव लिंग र नारायणको स्थापना समेत आवश्यकता महसुस गर्दै सामुहिक सप्ताहको आयोजना गरी सफल गर्नु भएको बिषयमा केन्द्रित रहेर गिरीसंग ईश्वरी राजकुमार मैनालीले गरेको कुराकानी अंश..।

    तपाई लामो समयदेखी समाजसेवामा तल्लिन साथै ४० दशक सम्म शिक्षण पेसामा कार्यरत रहेको भन्ने सुन्नमा आएको छ, समाज सेवाको बिषयमा के कस्तो कार्य गर्नु भयो ?

    वास्तबमा तपाईले लामो समय सम्म शिक्षण पेसामा रहेको कुरा उठाउनु भो सो सत्य हो । मैले ४० बर्ष शिक्षण पेसामा रहेर कार्य गरे जसमा धेरै समय समाजकल्याण प्रा.विमा शिक्षण पेसा गरे । सो विद्यालयमा धेरै जसो बिद्यार्थिहरु अनाथ बाल बालिका थिए । छानविन गर्दा केही विद्यार्थी गैह्र अनाथ पनि रहेको पाईयो । नारायण प्रसाद तिवारी आउनु भएपछि छानविन गरेर गैर अनाथ बालबालिकालाई हटाइयो र अनाथ बालबालिका मात्रै रहे । अनाथ बालबालिकाको साथमा लामो समय सम्म घुलमिल भएको कारणले गर्दा मलाई पनि सामाजिक कार्यमा उत्पे्ररणा मिल्यो । म आफु पनि अनाथ नै थिए अनाथकै कोटाबाट शिक्षा हासिल गरेर शिक्षण पेसामा लागे ।

    समाज कल्याण प्रा.विमा कार्य गरेको नाताले समाजसेवामा लाग्न उत्प्रेरणा मिल्यो भन्नु भयो , तपाईले सामाजिक क्षेत्रमा के कस्ता कार्यहरु गर्नु भयो ?

    खासै समाजमा उल्लेखनिय धेरै कार्य नगरेपनि समाजमा रहेर सामाजिक व्यक्तिले गनुपर्ने समाजसेवा सम्बन्धि धेरै कार्यहरु गरे । टोल गाउंमा स्थानिय स्तरबाट गर्नुपर्ने कामको लागि आफु निरनतर रुपमा लागेर अगाडी बढ्दै आएको छु र निरन्तर रुपमा सामाजिक कार्य गर्ने बिषयमा चासो रहेको छ । बिशेष गरेर अनाथ कोही भेट्दा सारे मायाँ लाग्छ आफ्नो गाँस कटाएर भएपनि उनिहरुलाई सहयोग गर्छु । मेरो प्रमुख उद्देश्य भनेकै समाज सेव गर्ने र कोहि पनि अनाथ भेटिएमा सहयोग गर्ने हो ।

    तपाई सामाजिक व्यक्तित्वकै नाताले दुग्धेश्वर मंन्दिर संरक्षण तथा व्यवस्थापन समितिको २०६३ बाट जिम्मेवारी लिनु भयो ? सोहि नाताले हाल सम्म के कस्ता कार्यहरु गर्नु भयो ?

    पाँचखालको ऐतिहासिक एवं पुरातात्वीक महत्व रहेको मन्दिरको अध्यक्षको जिम्मेवारी लिएपछि खासै धेरै ठुलो उल्लेख्य कार्य गर्न सकेको त छैन । तरपनि मन्दिरको कुनै आम्दानि नभएपनि दैनिक रुपमा गर्नु पर्ने पुजा चलाउने व्यवस्था मिलाय । पाँचखाल र आसपासका स्थानियहरुको धर्म प्रति जागरुक गराउंदै धर्म लोप हुन नदिने उद्देश्यले २०७० साल माघ महिनामा स्वस्थानी सम्बन्धि ३ दिने कार्यक्रम गरियो । जुन कार्यबाट उठेको रकमले मन्दिर जाने सडकमा स्वागत द्वार र मन्दिरको छेउमा गेट निर्माण गर्ने कार्य गर्न सफल भए ।

    मन्दिर ९ सय बर्ष पुरानो भन्ने पुरातात्वीक अभिलेखबाट जानकारीे पाईन्छ, यति लामो समयसम्म आईपुग्दा दुग्धेश्वर मंन्दिर संरक्षण तथा व्यवस्थापन समिति कतिवटा निर्माण भएको छ ?

    वास्तबमा दुग्धेश्वर महांदेव मन्दिर ९ सय बर्ष पुरानो मन्दिर हो । जतिवेला भगवान श्रीमहांदेव पत्नि सतिदेविले अग्नि कुण्डमा हाम फालेर आत्महत्या गर्नु भयो, आफ्नो श्रीमतिले आत्महत्या गरेको पिडामा मृत आत्मालाई भगवान महांदेवले बोकेर पृथ्बिलोकमा हिड्ने क्रममा हाल दुग्धेश्वर महांदेवको मंन्दिर भएको स्थानमा आईपुग्दा मृत आत्माको स्तनको छाला पतन भएको र जसको कारण उहांको दुधको धारा बग्दा पोखरी समेत बनेको भन्ने उल्लेख भएको पाईन्छ । जुन पोखरी हाल पनि मन्दिरको अगाडीको भागमा रहेको छ ।

    लामो सयदेखि सानो झुप्रोमा पुजा आजा गर्दै आएपनि व्यवस्थित हुन सकेको थिएन । यति धेरै महत्व रहेको मन्दिरको संरक्षण गर्न आवश्यक ठानि हामिहरु स्थानिको सल्लाह अनुसार भेलाको आयोजना गरी दुग्धेश्वर मंन्दिर संरक्षण तथा व्यवस्थापन समितिको पहिलो गठन २०६१ सालमा बाजुराम गिरीको नेतृत्वमा निर्माण गरीयो । संस्थापक अध्यक्षको नाताले बाजुराम गिरीको नेतृत्वको समितिले बिधान निर्माण गर्ने कार्यको साथै मन्दिर पुनर निर्माण र सो स्थान सम्म जाने सडक निर्माण गर्ने कार्य गरेको थियो । सो भन्दा पछाडी २०६३ को सुरुमा दोस्रो समितिको जिम्मेवारी मैले सम्हाले र हाल सम्मै सम्हाल्दै आएको छु ।

    दुग्धेश्वर ऐतिहासिक मठ मन्दिर भएको नाताले गुठीको जग्गा धेरै होला ? त्यसको आम्दानिबाट पुजा चलाउन सहज भएको होलानि ?

    हुनु पर्ने त हो तर यहां छैन , म स्थानिय हो नजिकै रहेको नाताले मन्दिरमा धेरै जान्छु । धेरै मन्दिरमा ताम्रापत्र शिलाखेख हुन्छ तर दुग्धेश्वरमा त्यस्तो खाले अभिलेख पाइन्न । मन्दिरको महन्तको नाम समेत उल्लेख छैन , सुन्नमा आएको छ मन्दिरको संरक्षण गर्ने महन्तको कुनै सन्तान नभएको उनको मृत्यु पस्चात लामो समय सम्म मन्दिरको बिषयमा हेरचाह गर्ने र संरक्षण गर्नेको अभाव भयो । महन्त नभएपछि गुठिको जग्गाको बारेमा बोल्ने मान्छेको अभावमा र शिला नभएकै कारण व्यक्ति व्यक्तिले रैकर बनाउदै खादै गरेहोलान भन्ने लाग्छ । नापिको समयमा महांदेव गुठिको नाममा जग्गा नपाउने मानिसको अभावले गर्दा गुठिमा परिणत हुन सकेन । त्यति मात्रै नभएर हाल महंदेव मंदिर रहेको स्थान नै बन क्षेत्रमा रहेकोले गर्दा पनि नापिमा कसैको ध्यान नपुगेको स्प्रस्ट छ । पुजा चलाउने बिषयको कुरा उठाउनु भयो हामीसंग १ लाखको अक्षयकोष रहेको छ , त्यसैबाट आर्जित व्याजबाट पुजा चलाउन बाध्य भएका छौं ।

    दुग्धेश्वर मंन्दिर संरक्षण तथा व्यवस्थापन समितिको बिधानमा कार्यकाल दुइ बर्षको भन्ने उल्लेख भएकोले बाजुराम गिरीको नेतृत्वको समिति अबधि सकिएकोले तपाईको नेतृत्वमा समिति गठन भएको हो ?

    बाजुराम गिरीको नेतृत्वमा गठित दुग्धेश्वर मंन्दिर संरक्षण तथा व्यवस्थापन समितिको निर्माण गरेको बिधानमा ५ बर्षे कार्यकाल भन्ने उल्लेख छ तर संस्थापक अध्यक्ष बाजुराम सो समयमा व्यक्तिगत कामको सिलसिलामा काठमाडौमा रहनु पर्ने भएकोले पुन भेलाको आयोजना गरी मेरो नेतृव्मा समिति गठन भएको हो । त्यतिखेर सम्म मन्दिर पुनर निर्माण कार्य र मन्दिर सम्म जाने सडक निर्माण हुनुका साथै बिधान तयार मन्दिर दर्ता लगाएतको काम सम्पन्न भएको थियो ।

    मन्दिको थप व्यवस्थापन गर्ने उद्देश्यले सप्ताहको आयोजना गरी सफल पार्नु भयो सो यज्ञबाट कति रकम चन्दाको रुपमा संकलन भयो ?

    हामीले आयोजना गरेको सप्ताहबाट २० लाख ४३ हजार रकम संकलन भएको छ । यस यज्ञमा दानबिर चन्दा दाताहरुबाट ठुलो सहयोग भयो, त्यतिमात्रै नभएर दुर दराजमा लुकेर रहेको महांदेव मन्दिरको बारेमा चर्चा भयो । पाँचखालमा रहेको एतिहासिक महत्व रहेको मंन्दिरको बारेमा जानकारी गराउन पाउंदा हामी आयोजक मात्रै नभएर पाँचखाल वासिनै हर्सित भएका छौं । करिव ८ लाख जति खर्चले पुग्ला भन्ने अपेक्षा गरेका छौं, हिषाव हुने क्रम जारी रहेको छ , वचेको रकमले ६४ शिबलिंग निर्माण गर्ने साथै मन्दिरको व्यवस्थापन गर्ने छौं । हाम्रो लक्षलाई साथ दिदै पाँचखाल उपत्यका इट्टा व्यवसायीहरुको तर्फबाट नारायणको मुर्ती बनाउने तयारी गर्नु भएको छ । मुर्ती बनाउने कार्य सुरु भइसकेको व्यवसायी राजकुमार श्रेष्ठले जानकारी दिइसक्नु भएको छ ।

    सप्ताह लगाउने कार्यको लागि सुरुमा आवश्यक पर्ने रकमको व्यवस्था कसरी गर्नु भयो ?

    हामीसंग पैसा थिएन सप्ताह गर्ने मन जाग्यो, सप्ताहको सुरुवातीको लागि आवश्यक रकम कसरी जुटाउने भन्ने बिषयमा छलफल हुंदा संस्थापक अध्यक्ष बाजुराम गिरीले सहयोग गर्ने बताउनु भयो । उहांले नगद र मन्दिरमा रंग रोगन लगाउने समेत गरी १ लाख ५० हजार सहोग प्राप्त भयो सोही रकमबाट सप्ताहको सुरुवातिको लागि आवश्यक खर्चको व्यवस्था मिलाईयो ।

    संस्थापक अध्यक्ष बाजुराम गिरीको पहलमा बिधान निर्माण हुने र दर्ता गर्ने कार्य भएको बताउनु भयो , तपाईको कार्यकालमा कतिपटक नविकरण भयो ?

    मैले दुग्धेश्वर मंन्दिर संरक्षण तथा व्यवस्थापन समितिको जिम्मेवारी सम्हाले देखी नबिकरण गरेको छैन । जिम्मेवारी सम्हाल्ने क्रमको सुरुवातीमा म शिक्षक नै रहेकोले विद्यालय छोडेर हिड्न नमिल्ने अवस्थाको कारणले नविकरण गर्न सकिन । ०६९ मा मैले जागिर छाडे नविकरण गर्ने सोच गर्दा गर्दै भूकम्प आयो जसको कारण नविकरण गर्ने कारण ओझेलमा पर्न गयो । बासनै भक्तिएर समस्या भएकोले आएकोले नविकरण भन्दा आफ्नो वास निर्माण तर्फ लागियो त्यसै कारणले गर्दा नबिकरण हुन सकेन । अव नविकरण गर्ने कार्यमा हामी जुटेका छौं ।

    तपाईले जिम्मेवारी सम्हाल्नु भएको १२ बर्ष भयो यो अवधिमा कतिपटक भेला गर्नु भयो ?

    मेरो कार्यकालमा भेलागर्ने जमर्को धेरै गरे तर हुन सकेन । भेला नहुनाको प्रमुख कारण भनेको बोलायो कोही पनि उपस्थित नहुने । उपस्थित नै नभएपछि भेलागर्न सकिएन । धर्मप्रति स्थानियको आस्था घटेको हो कि भन्ने लागेर २०७० मा मन्दिरमा तीन दिने कार्य गरीयो तर त्यतिखेर राम्रो उपस्थिति भयो । तर पुन भेलाको बोलाईयो कोही जुटेनन् । स्थानियलाई जुट्ने वातावरण निर्माणमा पनि सहयोग होला भन्ने दोस्रो आशाको अपेक्षा गर्दै सप्ताहको आयोजना गरेको हो । सप्ताहमा उपस्थित भएको देख्दा सकिएको रहेनछ भन्ने प्रस्ट भयो । दानविरहरुले धर्मप्रति जुन निष्टाको साथमा लाग्नु भयो उहांहरुलाई साधुवाद दिन्छौ । महांदेव मन्दिरमा केही राम्रो होस भनेर दान गर्नु भयो उहांहरुको चाहना पुर्ण गर्ने बिषयमा प्रतिबद्धता व्यक्त गर्छु ।

    समितिको कार्यकाल ५ बर्षको भन्ने बिधानमा उल्लेख छ, तर तपाईले १२ बर्ष सम्म भेला र नविकरण समेत गर्नु भएन, फेरी सप्ताहको लागि मुल आयोजक समिति समेत बनाउनु भएन कुन आधारमा समितिले वैधध पाएको छ ?

    यहांनिर केही कमजोरी भएको छ , तर नियतले होईन बाध्यताले । मैले जिम्मेवारी त सम्हाले तर एक्लोले केहीगर्न सकिदो रहेनछ स्थानियको पुर्ण साथ सहयोग भएमा समितिले काम अगाडी बढाउन सक्छ । मेरो कार्यकालको बैधता भनेको ०६८ साल सम्म हो । कार्यकाल सकिएपछि नयाँ व्यवस्थापनको लागि भेला बोलाइयो तर कोही पनि नजुट्दा बैधानिक नभएपनि काम गर्नै पर्ने बाध्यता भयो । मन्दिरमा पुजा चलाउने साथै संरक्षणको लागि कार्यकाल सकिएपनि गर्नै प¥यो । कार्यकाल सकियो भनेर त्यतिकै छोड्दा मन्दिर कस्ले संरक्षण गर्ने भन्ने बिषयमा प्रस्न चिन्ह आउने भएकोले मेरो नेतृत्वमा गठित समितिले कार्य गर िरहेको छ । रह्यो सप्ताहको लागि मुल आयोजक समिति निर्माणको बिषय सो समयमा पनि पुरानै समितिले कार्य सम्पन्न गर्ने र पछि भेला डाकेर समिति निर्माण गर्ने भनाईले गर्दा कार्य सम्पन्न गर्न तिर लागेको हो ।

    संस्थापकहरु प्रति तपाईको भनाई केही छ की ?

    संस्थापक अध्यक्ष बाजुराम गिरी लगाएतको कार्य समितिलाई मेरो र हाम्रो सिङ्गो टिमको तर्फबाट धन्यबाद व्यक्त गर्द छौं । किनकि संस्थापकहरुले दुरदराजमा लुकेर रहेको एतिहासिक धरोहरलाई सार्वजनिक गर्ने कार्य गर्नु भयो । मन्दिर दर्ता साथै पुनर निर्माण गर्ने कार्य र मन्दिर सम्म जाने सडक साथै बत्तिको व्यवस्था समेत गर्नु भएकोले आज हामिले मन्रिको थप प्रचार गर्न सफल भएका हौं ।

    अन्तमा केही वताउन चाहनु हुन्छ की ?

    मेरो मनमा लागेको कुरा बताउने अवसर दिनु भएकोमा धन्यबाद दिन चाहन्छु , यतिखेर केही अप्ठेरो भएको छ । नविकरण नभएको अवस्थामा नविकरण गर्ने कार्यको लागि लागेका छौं, धर्मको रक्षाको निम्ति सवैको साथ सहयोगको अपेक्षा गर्दछु । त्यसैगरी सप्ताह सम्पन्न गर्न बिभिन्न समितिको गठन गरीयो जसमा सल्लहकार समितिका सदस्य प्रकास सापकोटाको संयोजकत्वमा आर्थिक समिति निर्माण भएको र आर्थिक सम्बन्धि सम्पुर्ण कार्य उहांबाटै भएको जानकारी गराउछु । सप्ताहमा भएको खर्च कटाएर बचेको रकमबाट ६४ सिवलिंग बनाउने लगाएतको काम पारदर्शिताको साथमा सम्पन्न गरेरै छाड्ने सम्पुर्ण दानबिरहरुसमक्ष प्रतिबद्धता ब्यक्त गर्दछु ।

    मेरो कार्यकालमा पाँचखाल नगरपालिकाले उपलब्ध गराएको वजेटबाट गरेर २ लाख वजेटबाट सत्तल निर्माण गर्ने काम सम्पन्न भएको छ । मन्दिरको अगाडि रहेको एतिहासिक दुध पोखरी निर्माणको लागि पहल गरेउ नगरपालिकाको समन्वयमा वातावरण मन्त्रालयबाट वजेट प्राप्त भई अत्यन्त सोन्दर्यताको साथ पोखरी निर्माण भएको छ । लवग्रीन नेपाल नामक संस्थासंग समन्वय गरेर मन्दिर हातामा महत्वपुर्ण बिरुवाहरु बृक्षा रोपन गरेका छौं । दुग्धेश्वर मंदिर पुरातात्वीक एवं ऐतिहासिक भएकोले यसको संरक्षण साथै व्यवस्थापनको लागि पाँचखाल नगरका मेयर महेश खरेलले सघाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ चने सो कार्यको लागि वडाअध्यक्ष शुन्दर अधिकारीले समन्वय गरीरहनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार