२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

पाँचखालको खेतीमा बिषादि नियन्त्रण भित्र रहेको छ,व्यापारी समक्ष आत्म समर्पण गर्ने चलनको अन्त्यको लागि हामी अगाडी बढ्दै छौं


३६६१ पाठक संख्या

पुर्ण प्रसाद दुलाल अध्यक्ष प्रतिष्ठा कृषि सहकारी संस्था काभ्रेपलाञ्चोक जिल्लाको कृषिको लागि प्रख्यात स्थान पाँचखाल

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २१, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पुर्ण प्रसाद दुलाल
    अध्यक्ष
    प्रतिष्ठा कृषि सहकारी संस्था

    काभ्रेपलाञ्चोक जिल्लाको कृषिको लागि प्रख्यात स्थान पाँचखाल नगरपालिका वडा नं ४ हाल वडा नं ३ काफ्लेडिहीमा पिता पिताम्बर दुलाल तथा माता लोक कुमारी दुलाल कोखबाट २०२८ साल पुष २३ गते जन्मनु भएका पुर्ण प्रसाद दुलाल बाल्यकालबाटै सामाजिक सेवा साथै कृषकहरुको हितको पक्षमा रुची राख्ने स्वभावको व्यक्तित्व रहेको उहांका सहपाठीहरुको भनाई रहेको छ ।
    कृषि सहकारी मार्फत कृषकहरुको हितको लागि कार्य गर्न सकिने ठहर गर्दै सहकारी क्षेत्रमा होमिनु भएको दुलालले कृषकको हितको लागि नयाँनयाँ योजनाहरु अगाडी ल्याएर निरन्तर रुपमा अगाडी बढ्दै आउनु भएको छ । पाँचखालको पुरानो विद्यालयको रुपमा परिचित सर्वमंगला माध्यमिक विद्यालयबाट कखराको सुरुवात गरी स्नाकोत्तर (एम.वि.ए) सम्म अध्ययन गरी सक्नु भएका दुलाले दुध उत्पादन गर्ने कृषकको समस्याको बिषयमा केन्द्रित रहंदै सहकारीको माध्यमबाट कृषकले उत्पादन गरेको तरकारी साथै दुधको उचित बजार व्यवस्थापनको लागि अगाडी बढ्दै आउनु भएको छ । यिनै बिषयहरुमा केन्द्रित रहेर दुलालसंग ईश्वरी राजकुमार मैनालीले गरेको कुराकानी अंश..।

    तपाईहरुले पाँचखालमा कृषि सहकारी सञ्चालन गर्नाको प्रमुख उद्देश्य के हो ? यो सहकारी मार्फत के कस्ता कार्य गर्दै आउनु भएको छ ?

    हामीले पाँचखाल र आसपासको क्षेत्रमा रहेका समुदायहरुको समृद्धी कसरी हुन्छ , भनेर पाँचखालका अगुवा साथीहरुसंग निरन्तर रुपमा छलफल साथै चिन्तन गरीन्थ्यो । छलफल गर्दै जाँदा समुह बनाएर अगाडी बढौं भन्ने सहमती भयो । र सोही निक्र्योलमा पुगीयो र यहां रहेका समुदायहरु जो कृषि पेसामा आस्रित हुनुहुन्छ । हामी अधिकांस कृषक भएकोले कृषि पेसाको प्रबर्धन, व्यवसायीकरण र आधुनिकिकरण बाट मात्रै समुदायमा समृद्धिको संभावना छ भन्ने उद्देश्यका साथ हामी निर्केउलमा पुग्यौं । यस्ता कार्य सहकारी मार्फत गर्न सकिन्छ हाम्रो साझा बिन्दु सहकारी हुन सक्छ भनेर हामीले २०६६ सालमा कृषक समुदाय साथै सवैको आर्थिक समृद्धि हासिल गर्न, जिवन स्तर उकास्न, गरिवि निवारन गर्न, सानातिना गर्जाहरु टार्न र आपसमा मिलेर अनुभवहरु शेयर गर्न साथै समुहमा मिलेर काम गर्नलाई यो संस्था स्थापना गरेका हौं । २०६९ सालमा नजिकै रहेको पाँचखाल उपत्यका कृषि सहकारी संस्थासंग मर्च ग¥यौं । वास्तबमा हामी सवै कृषकहरुको प्रतिष्ठाको रुपमा स्थापित गर्नको लागि संस्थाको नामनै प्रतिष्ठा कृषि सहकारी संस्था राख्यौं ।

    पाँचखाल र आसपासका कृषकहरुलाई मध्य नजर गरेर संस्था संञ्चालन गर्नुभयो, अन्य संस्थाको तुलनामा नौलो काम के गर्नुभएको छ ?

    हामी किसानहरुका माझमा छौं, किसानहरुका दैनिकि जिवनमा आईपर्ने समस्याहरु सामाधान गर्न प्रयासरत छौं । यहाँको समुदायहरुको समस्याहरुप्रति केन्द्रित रहेर कार्यक्रमहरु संञ्चालन गरेका छौं । किसानहरुको परियोजना संञ्चालन गर्न , पशुपालन वा कृषि योजना सञ्चालन गर्नको लागि आवश्यक पुँजि निर्माण गर्न, संस्थाले बचत तथा ऋण कार्यक्रम गरेका छौं । सोही मार्फत कृषकहाई पशुपंन्छी पालनको लागि वा कृषि योजनाहरु अगाडी वढाउनको लागि वा अन्य सामाजिक गर्जोहरु टार्नको लागि साथै घरायसी व्यवस्थापनको लागि संस्थाले ऋण उपलब्ध गराउंदै आएको छ ।

    त्यसैगरी कृषिका प्रत्यक्ष संलग्न कार्यक्रमहरुमा हामीले कृषिका लागि बिभिन्न कार्यक्रमहरु जस्तै बालिको सुरक्षणको लागि बिमा कार्यक्रम सञ्चालन, बिक्रि बितरणको लागि उत्पादन भएको उपजहरुका लागि बजारिकरण गर्नको लागि संकलन केन्द्रको स्थापनाको लागि सहकार्य गरीरहेका छौं । त्यस्तै कृषिलाई सपोर्ट हुनेगरी पशुपालनको लागि नष्ल सुधारको कार्यक्रमहरु सुरु गरेका छौं, पशु विमा सुरुवात, बाख्राबाट सुरु गर्नको लागि २ वटा वोयर जातका बोकाहरु ल्याउनको प्रकृया अगाडी बढाएका छौं । उतपादित दुधलाई संकलन गर्नको लागि ३ स्थानमा दुग्ध संकलन केन्द्र सञ्चालन गरेका छौं । सो दुग्ध संकलन केन्द्रबाट कृषकहरुको सुबिधाको लागि सुलभमा दाना, ढुटो र रासायनिक मल नियमित रुपमा बिक्रि वितरण गर्दै आएका छौं । कृषकहरुका खेतमा प्राबिधिक उपलब्ध गराउनु पर्ने हुनाले किसान टु परियोजनासंग सहकार्य गरेर अगाडी बढ्नको लागि २ जना जेटिएको माग गरेका छौं । उपलब्ध भएपछि कृषकको खेत खेतमा पुगेर सेवा दिने तयारी गरी रहेका छौं । संस्थाले नाफालाई भन्दा पनि उच्चतम सेवा प्राप्त गर्ने गरी प्रयास गरी रहेका छौं ।

    राज्यले कृषकहरुका लागि दिने सुबिधाको बिषयमा तपाईको संस्थाले के कस्तो भूमिका निर्वाह गरी रहनु भएको छ ?

    राज्यले कृषकलाई दिने सुबिधाको बिषयमा हामीले स्थानिय सरकारसंग समन्वय गरी रहेका छौं । स्थानिय सरकारलाई झक्झक्याएर हाम्रो कृषि सहकारी मार्फत हामी र नगरपालिका पाटनरसिप गरेर बाख्रामा नष्ल सुधारको लागि वोयर जातको बोका ल्याएर वितरण गर्न लागेका छौं । यो राज्यले दिने सुबिधाको रुपमा हामीले लिएका छौं । त्यस्तै पाँचखालमा उत्पादित तरकारीहरुको ठिक मुल्य नपाउंदा कृष्कहरु मर्कामा परेका छन् । त्यस्तो समस्या समाधान गर्नको लागि नगरपालिका, जिल्ला सहकारी संघ, बिभिन्न सहकारी संस्थाहरुसंग मिलेर हामिले गरिरहेका छौं । यो पनि राज्यले दिने सुबिधाको लागि स्थानिय सरकारलाई झक्झक्याएर यस्ता कार्यहरु गरि रहेका छौं ।

    त्यसैगरी प्रधानमन्त्रि आधुनिकिकरण परियोजना (शुपर जोन) संग सहकार्य गरेर अगाडी बढेका छौं । कृषिको लागि आवश्यक प्रस्तावनाहरु हालेका छौं । जिल्ला संघले यन्त्र सहयोग गर्न आह्वावन गरेको छ त्यसका लागि हामी मार्फत जिल्ला संघलाई प्रस्तावना दर्ता गराएका छौं । आलु शुपरजोनमा रहेकोले त्यसमा कृषकहरुलाई सहभागी गराउन कृषक परिचय पत्र वितरण गर्ने देखीका बिषयमा उत्पे्ररित गरी रहेका छौं ।

    त्यसैगरी कृषि क्षेत्रको सुधारको लागि लवग्रीन नेपालसंग मिलेर आइ.पि.एम पाठशाला सञ्चालन गरीसकेका छौं । बिषादी न्युनिकरण, कृषिका गलत अभ्यासहरुलाई कम गर्दै अशल अभ्यासहरुको बिकास गर्ने, कम लागतमा बढी उत्पादन गर्ने र स्वस्थकर तरकारी र अन्न बालि उत्पादन होस मानव स्वास्थ्यको लागि खान योग्य तरकारी उत्पादन गर्नको लागि प्रयास गरि रहेका छौं ।

    पाँचखालमा उत्पादन भएको तरकारीमा बिषादीको प्रयोग कस्तो रहेको छ ?

    हामीले २०७५ साल अशार ७ गते लवग्रीन नेपासंगको छलफल र पुर्व तयारी पश्चात सम्झौता गरेका छौं । जसमा लवग्रीनले निर्वाह गर्नुपर्ने १० वटा वुंदाहरु र प्रतिष्ठा कृषि सहकारी संस्थाले निर्वाह गर्नुपर्ने ६ वटा बुंदाहरु समेत १६ बुंदामा लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण ज्ञवाली र प्रतिष्ठा कृषि सहकारीको अध्यक्षको नाताले मेरो उपस्थितिमा दुई पक्ष बिच सम्झौता भएको थियो । सो सम्झौताको एउटा बुंदा भनेको आइ.पिंएम पाठशाला सञ्चालन गर्ने हो । आइ.पि.एम पाठशाला सुरु गर्दा लाग्ने प्रत्यक्ष खर्च लवग्रीन नेपालले व्योहोर्ने र अरु समन्वयको पाटाहरु र अप्रत्यक्ष हाम्रा कुराहरु हाम्रो रहने भनेर सञ्चालन ग¥यौं ।

    सञ्चालन गरेको पाठशालाबाट माटो परिक्षण देखी लिएर बिषादीको परिक्षण साथै हाम्रो प्रयोगशाला र कृषकहरुले लगाएको तरकारी समेतलाई अध्ययन गर्दा बजारमा जुन हल्ला चलेको थियो (पाँचखालको तरकारीमा बिष भन्ने) परक्षणबाट पाईएन । पाँचखालको खेतीमा बिषादि नियन्त्रण भित्र रहेको पाईयो । लवग्रीन नेपालले उपलब्ध गराएको प्राविधिकहरुले परिक्षण गर्दा बिषादिको प्रयोग धेरै नभएको पाईयो । किसानहरुले बेच्न मात्र होईन खानको लागि समेत उत्पादन गर्ने भएकोले कृषकले लापर्वाही गरेको छैन । मानव स्वास्थ्यको लागि उपयुक्त तरकारी तथा अन्नवालि उत्पाद गर्ने बिषयमा सिकायौं अव उत्पादित सामाग्रीले उचित मुल्य पाउनु पर्छ भनेर सञ्कलन केन्द्रलाई थप व्यवस्थित गर्ने अभियान सुरु गरेका छौं । कुन कार्यको लागि समेत लवग्रीन नेपालले सहयोग गर्ने भन्ने बिषयमा लिखित सम्झौता भएको छ ।

    त्यसैगरी पाँचखाल नगरको वडा नं ३, ४ र ६ मा लवग्रीन नेपालले सञ्चालन गर्ने कार्यक्रमा हाम्रो समन्वय र साझेदारीमा सञ्चालन गरीने बिषयमा समेत सम्झौता भएको छ । हामीले सञ्चालन गरेका पाठशाला मार्फत ज्ञान आर्जन गरेका कृषकहरुलाई कृषि परियोजना साथै पशुपंक्षी पालनको लागि कृषि सहकारी संस्थाले सुपथ मुल्यमा ऋण प्रवाह गर्ने छ । परियोजना आएपछि बिशेण प्रकारको कार्य योजना बनाएर सोही कार्यबिधि बमोजिम अगाडी बढ्ने छौं । वातावरणको क्षेत्रमा , कृषिको क्षेत्रमा लवग्रीनसंग मिलेर अगाडी बढ्ने छौं ।

    पाँचखालका कृषकहरुले उत्पादन गरेको दुध बेच्दा समयमा भुक्तानी नपाएको गुनासो सुन्नमा आएको छ , यसको बिषयमा केही सोचोको छ तपाईहरुले संञ्चालन गरेको सहकारीले ?

    वास्तवमा भन्नु पर्दा पाँचखाल र आसपासमा दुध उत्पादन गर्ने घाँसिहरुले बेचेको दुधको समयमा भुक्तानी नपाउंदा कृषकहरु मारमा परेका मात्रै होइनन् दुध उत्पादन गर्ने काम छोडी सकेका छन् । संस्थाले कृषकहरुको हितको लागि कार्य गर्ने भएकोले विगतदेखी दुग्ध संकलन केन्द्र सञ्चालन गर्दै आएका छौं । पाँचखाल नगरपालिका वडा नं ३ कफ्ले डिही, वडा नं ६ दुलालथोक र वां ६ को वख्रेल डिही भन्ने स्थानमा गरी ३ स्थानमा संकलन केन्द्र सञ्चालन गरेका छौं । जुन केन्द्रहरुबाट शुपथ मुल्यमा रासायनिक मल, दाना र ढुटो समेत वितरण गर्दै आएका छौं । कषकहरुसंग छलफल गरी प्रत्तेक १५÷१५ दिनमा दुधको भुक्तानी दिने गरी संञ्चालन गरेका छौं । थप संकलन केन्द्रहरु सञ्चालन गर्ने प्रयासमा छौं , यस क्रममा केही चुातीहरु देखेका छौं । हामी जुन क्षेत्रमा काम गछौं सो क्षत्रका आम समुदायको लागि काम गर्ने हुनाले पक्कै हामी सफल हुन्छौं ।

    तपाईले यति ठुलो सोच साथै बिशेष गरेर कृषकको हितको लागि अगाडी बढ्नु भएको छ , संस्थामा कती शेयर सदस्य साथै पुंजि रहेको छ ?

    हामीसंग गत पौष सम्म ८ सय ५२ जना शेयर सदस्य , ३ सय ४ जना बाल सदस्य र संस्थागत सदस्य ५ रहेको छ । १ करोड २ लाख शेयर पुँजि रहेको छ ।

    अन्तमा केही बताउन चाहनु हुन्छ की ?

    हामीले पाँचखाल नगरपालिका लाई आधार मानेर कृषि सहकारी संस्था सञ्चालन गरेका छौं । यो क्षेत्रको कृषकहरुको सवै भन्दा मुल समस्या भनेको उत्पादनको लागि आवश्यक सिंचाई र उत्पादिन सामाग्रीको बिक्रि बितरण (बजार) सवै भन्दा समस्याको रुपमा रहेको छ । यस्ता मुल समस्या समाधान गर्नको लागि स्थानिय सरकारसंग अनुरोध गरेका छौं । साथै बिभिन्न स्थानमा प्रस्तावना पनि यसै बिषयलाई प्राथमिकता दिदै दर्ता गराएका छौं । कृषकले आधारभुत रुपमा तरकारी उत्पादन गर्ने ज्ञान हासिल गर्नु भएको छ , व्यवहारीक गलत अभ्यासलाई क मगर्दै लाने बिषयमा प्रयास गर्दै छौं ।

    सिंचाईको लागि साना सिंचाई मार्फत सिंचाईको समस्या समाधान गर्नको लागि नगरपालिकासंग कुरा गरी रहेका छौं । नष्ल सुधारको लागि प्रयासहरु गरेका छौं । व्यवसायीक रुपमा परम्परागत तरिकाले गरीदै आएको खेतीलाई फमको रुपमा बिकास गर्नु पर्छ भन्ने बिषयमा अभियान चलाउन थालेका छौं । तरकारी संकलन केन्द्र निर्माण गर्ने कार्य चुनौती पुर्ण रुपमा देखेका छौं । संकलित तरकारीको लागि उचित बजारको व्यवस्था र उचित मुल्य प्रदान गर्ने हाम्रो प्रमुख लक्ष भएकोले सोही ढंगबाट अगाडी बढेका छौं । हालको पाँचखालको अवस्थाको बिषयमा मिडिया मार्फत सरोकारवाला निकायदेखी सवैतिर पुगोस भन्ने चाहन्छु ।

    कृषकले ४५ दिन देखी ६ महिना सम्म लाग्ने तरकारी जातहरु पहिचान गरी खेति गर्दै आएका छन् । उत्पादन गर्ने समयमा कृषकहरु उत्प्रेरित हुनुहुन्छ, विहान देखि बेलुका सम्म टाउको देखि पैतला सम्म पसिना काडेर तरकारी उत्पादन गर्नु हुन्छ । तर तरकारी टिपेपछि व्यापारी समक्ष आत्म समर्पण गर्नु पर्छ । कृषकले उत्पादन गरेको तरकारी व्यपारिलाई जिम्मा लगाउंदा कति तौल छ, भन्ने बिषयमा आफ्नो अगाडी देख्ने सम्मको वातावरण छैन । कति मुल्य हो सो को समेत जानकारी पाउने अवस्था छैन, उत्पादन गरेको तरकारी टिप्दै व्यापारीलाई बुझाउदै जानुपर्ने वाध्यता छ । निश्चित अवधि पुगेपछि व्यपारीले उसलाई मनलाग्दो ढंगको मुल्य र तौल निर्धारण गरेर हिषाव गर्ने र सो मध्य केही रकम दिएर अरु पछि दिउंला भन्ने अवस्थाले आत्म समर्पण गर्नु परेको छ । यस्तो कार्यलाई चिर्दै तरकारी व्यवस्थित संकलन केन्द्र निर्माण गर्दै किसानको हितको लागि कार्य गर्न जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार