२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

वाह्य सहकारीलाई पाँचखालमा शेवाकेन्द्र खोल्न नगरले रोक्नु पर्छ


३२३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • सरोज सापकोटा
    अध्यक्ष
    आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था

    साबिक पाँचखाल गाविस वडा नं ६ हाल पाँचखाल नगरपालिका वडा नं ४ पाँचखालमा पिता गोविन्द प्रसाद सापकोटा तथा माता सरस्वती (न्यौपाने) सापकोटाको कोखवाट २०३१ साल जेठ १९ गते जन्मनु भएका सरोज सापकोटा मिलनसार सालिन साथै भद्र हुनुहुन्छ । बाल्यकालबाटै सामाजिक कार्यको साथै परोपकार कार्यमा रुचिका साथ अगाडी बढ्नु भएका सापकोटाले आइ.कम सम्मको अध्ययन पश्चात आफ्नो पिताले गर्दै आउनु भएको व्यवसायलाई सम्हाल्दै विगत २७ बर्षदेखि कार्य गर्दै आउनु भएको छ ।
    सापकोटाले आफ्नो व्यवसायको साथमा सामाजिक कार्य साथै परोपकारको कार्यलाई समेत निरन्तरता दिदै जाने क्रममा पाँचखाल र आसपासको क्षेत्रमा वसोवास गर्ने स्थानियहरुलाई आर्थिक कारोवार गर्न सहज रहोस भन्ने उद्देश्यले २०६१ सालबाट सञ्चालन भएको आर्थिक विकास बचत तथा ऋण सहकारी सहकारी संस्थामा संस्थापन कालबाटै सहभागी रही विगत ६ बर्षदेखि संस्थाको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएका सापकोटा नेतृत्वको कार्यसमितिले शेयर सदस्यहरुको हित साथै सामाजिक कार्यमा समेत संस्थालाई अगाडी बढाउन सफल भएको छ ।
    पाँचखालका कृषकहरुको हितको खातिर कार्य गर्ने प्रमुख उद्देश्यका साथ पाँचखाललाईनै केन्द्र विन्दु मानेर जिल्ला भरी कार्यक्षेत्र रहने गरी २०५१ सालबाट सञ्चालनमा आएको मित्र बचत तथा ऋण सहकारी संस्थासंग एकिकरण (मर्च) गर्दै जिल्लामा रहेका अन्य सहकारीहरुको तुलनामा संस्थाका शेयर सदस्यहरुलाई थप सुबिधाको साथमा सामाजिक कार्यलाई समेत निरन्तरा दिने उद्देश्यका साथ अगाडी बढेको आर्थिक विकास मित्र वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सापकोटासंग सहकारी मार्फते शेयर सदस्यहरुलाई प्रदान गर्दै आएको सेवा सुबिधा साथै सामाजिक कार्यमा पु¥याएको योगदानको बिषयमा ईश्वरी राजकुमार (आई.आर.कें) मैनालीले गरेको कुराकनी अंश ।

    तपाई लामो समयदेखी आफ्नै व्यवसाय गर्दै आउनु भएको अवस्थामा किन सहकारी तर्फ अग्रसर रहनु भयो ?

    वास्तवमा भन्नुपर्दा मैले विगत २७ बर्षदेखी पाँचखाल विज भण्डार एण्ड एग्रो सेन्टर नामक फर्म मार्फत कृषिमा आधारित व्यवसाय गर्दै आए । स्वदेश तथा विदेसमा उत्पादित कृषिसंग सम्बन्धित सामाग्रीहरुको थोक तथा खुज्रा विक्रि वितरण गर्दै आएका छौं । हामीले पाँचखाल र बनेपामा गरी दुई स्थानबाट मुलुकका बिभिन्न स्थानमा कृषि जन्य सामाग्रीहरु वितरण गर्दै आएका छौं ।
    मैले आफ्नै व्यवसायको साथमा सामाजिक उत्तरदायित्व बोध गर्दै अगाडी बढ्दै आएको छु । व्यवसाय व्यक्तिगत हो, सामाजिक प्राणि भएको नाताले समाजिक कार्यहरु पनि गर्नु पर्छ भन्ने उद्देश्यले अगाडी बढेको छु । विभिन्न प्रकारको सामाजिक कार्य गर्दै आउने क्रममा पाँचखाल र आसपासको क्षेत्रमा सहज ढंगबाट आर्थिक कारोबार गराउने उद्देश्यले हामिले आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका हौं । स्थापनाको समयदेखि यस सहकारी संस्थामा कार्यसमितिको विभिन्न पदहरुमा रहंदै हाल ६ बर्षदेखि अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको छु ।

    तपाईले भनिहाल्नु भयो आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षको रुपमा रहेर कार्य गर्दै गरेको , अन्य सहकारी र यस सहकारीमा भिन्नता केही छ की ?

    अन्य सहकारी र यस सहकारीमा केही मात्रै होईन धेरै भिन्नता छ । अन्यले के कस्ता कार्य गर्दै छन् भन्ने बिषयमा भनि राख्नु त्यति जरुरी देख्दिन तर आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले पैसाको किन वेच गर्ने कार्य मात्र गर्दैन । यस संस्थाले शेयर सदस्यहरुको हितको लागि कार्य गर्ने र सामाजिक क्षेत्रमा योगदान पु¥याउने कार्यलाई बिषेश प्राथमिकता दिएको छ । संस्था स्थापनाको प्रमुख उद्देश्यनै शेयर सदस्यको हित र सामाजिक कार्यमा सेवा गर्ने हो । पाँचखाल र आशपासको स्थानमा स्थानियहरुले आर्थिक कारोवार गर्ने भरपर्दो ठाउं नभएर समस्या भोग्दै गरेको महसुस गरी सो समस्या समाधान गर्ने उद्देश्यले संस्थाको सुरुवात गरेका थियौं ।

    यस सहकारी संस्थाको नयाँपन भनेको शेयर सदस्यहरुलाई शुलभमा विना झंझट कर्जा लगानि गर्ने हो । त्यसैगरी कृषकहरुको हितको खातिर पशु बाली विमा , रासायनिक मल बिक्रि वितरण, रेमिट्यान्स कारोबार, मोवाईल रिचार्ज, डिस होम रिचार्ज, नेटको विल भुक्तानी, टेलिफोनको विल भुक्तानी लगाएतको कार्य गर्दै आएका छौं । त्यसैगरी सामाजिक कार्य अन्तर्गत आफ्नो कार्यक्षेत्र भित्रका विभिन्न मठ मन्दिरमा आवश्यक सामाग्री उपलब्ध, संस्कृतिको शंरक्षणको लागि दशैं÷तिहारमा पिङ्गको व्यवस्था, महिलाहरुको महान पर्वको रुपमा मनाईने तिज बिशेष कार्यक्रमहरु, रक्तदान स्वास्थ्य शिविरहरु संञ्चालन, जेष्ठ सदस्यहरुको सम्मान उत्कृष्ट अंङ्क हासिल गर्ने विद्यार्थिहरुको सम्मान , शेयर सदस्यहरुको बालबालिकाको जन्म दिनको अवसरमा बिशेष उपहार सहित शुभकामना लगाएतको धेरै कार्य गर्दै आएको छौं ।

    शेयर सदस्यहरुको हौसलाको लागि कुनै त्यस्तो नयाँ ढंगको योजनाहरु पनि छन्की ?

    मैले अगाडीनै भनिसकेको छु, हामीले धेरै नयाँपन र भिन्न तरिकाबाट अगाडी बढेको भन्ने कुरा । जसमध्य केही बताउंछु, हाम्रा महिला शेयर सदस्य सुतकेरी हुँदा उहाँहरुलाई हौसला स्वरुप सुतकेरी खर्चको व्यवस्था गरेका छौं । सो रकम हामी कार्यसमितिमा रहेका साथीहरुले उहाँहरुकै घरमा पुर्याउने गरेका छौं । त्यसैगरी शेयर सदस्यको मृत्यु भएमा पारिबारिक राहतको व्यवस्था गरेका छौं, सो राहत पनि हामीले १३ दिन भित्रै सम्बन्धित घरमै पुर्याउने व्यवस्था मिलाएका छौं । शेयर सदस्यले क्रिया गर्नुपर्ने तथा मृतक शेयर सदस्य नभएको अवस्थामा पनि संस्थाले क्रिया खर्चको व्यवस्था गरेको छ सो रकम पनि घरैमा पुर्याउने व्यस्था मिलाएका छौ । शेयर सदस्यहरुको स्वास्थ्य उपचार खर्चको व्यवस्था साथै १ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था गरेका छौं ।

    संस्थाका शेयर सदस्यहरुको हितको लागि नयाँ ढंगको के कस्ता कार्य गर्दै आउनु भएको छ ?

    धेरै कार्यहरु रहेका छन्, संस्थाको उद्देश्यनै शेयर सदस्यहरुको आर्थिक अवस्थामा सवल बनाउने भएपछि नयाँ डंगको कार्य गर्न त जरुरी नै छ । जसको लागि संस्थाले शेयर सदस्यहरुलाई हौसला दिने ढंगको कार्य गराउदै आएको छ । उनीहरुको दुःखमा संस्थाले साथ दिदै आएको छ । कसरी हुन्छ सदस्यहरुको आम्दानि बृद्धि गराउने र वचत गर्ने बानिको विकास गराउने भन्ने बिषयमा दत्त चित्तका साथ अगाडी बढेको छ । जसमा अनिवार्र्य बचत गर्ने बानिको बिकास गराउने, फजुल खर्च घटाउने मार्ग देखाउने , स्थानिय स्रोत साधनको अधिकतम सदुपयोग गरी जिवनस्तर माथि उठाउने, आर्थिक शोषणबाट मुक्त हुने वावावरण तयार गर्ने लगाएतका धेरै बिषयमा सक्षम बनाएका छौं । आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थामा आवद्ध हुनुभएका सम्पुर्ण शेयर सदस्यहरुले दुःखमा साथदिने साथै सत्मार्गमा डोहोर्याउने संस्थाको रुपमा संस्थालाई लिनु भएको छ । स्थानिय आवश्यकतालाई मध्यनजर राखेर सञ्चालन भएको सहकारी भएकोले हाम्रो कार्य क्षेत्रका सम्पुर्ण वासिन्दाले साथ दिदै आउनु भएको छ ।

    पछिल्लो समयमा पाँचखालमा सहकारीहरुको धेरै उदय भएको छ , जुन विगतमा अन्यत्रै सञ्चालनमा थिए हाल पाँचखालमा आएका छन् , त्यस्ता सहकारीलाई स्थानियले कस्तो ढंगबाट हेरेका छन् ?

    वास्तवमै जटिल प्रस्न गर्नु भयो , पछिल्लो समयमा पाँचखालको सवै स्थानमा नभएर बिशेष गरेर पाँचखालको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको पाँचखाल वडा नं ४ मा एउटै घरमा ४, ५ वटा सम्म सहकारी सञ्चालनमा देखिन्छ । कतिकोत नामनै नसुनेको सहकारीहरु पनि रहेका छन् । कहाँबाट आए काहाँ दर्ता भए सञ्चालकमा कोको छन् समेत थाहा नभएकाहरु पनि छन्् । पाँचखालमा संकलन गरेको पुँजि काहाँ लगेर परिचालन गर्छन ? मुनाफा शेयर सदस्यहरुले पाउछन् वा पाउँदैनन् ? वचतको सुरक्षण छ वा छैन, भोली कुनै दुर्घटना परेमा कहाँबाट पुर्ती गर्ने हो । बाह्य सहकारीका बिषयमा यस्ता तमाम समस्याका बिषयमा कुनै ध्यान नपुर्याई स्थानिय तहले पनि शेवा केन्द्र खोल्न दिएको अवस्था छ । यस्ता बिषयमा पाँचखाल नगरपालिकाले तत्काल रोक्नु पर्छ, नत्र भोलिको दिनमा कुनै दुर्घटना हुन सक्छ । कुनै एक सहकारीले कुनै दुर्घटना गरी सदस्यहरुको रकम हिनामिना गरे सवै सहकारीको दुर्नाम हुन्छ भन्ने बिषयमा नगरले बुभ्mन जरुरी रहन्छ । समयमै नगरले ध्यान नपुर्याए सहकारी क्षेत्र नै तहस नहस हुन सक्छ त्यसैले वाह्य सहकारीहरुलाई पाँचखाल नगरमा नियन्त्रण गर्न जरुरी रहन्छ ।

    आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको अवस्था कस्तो छ ?

    हाम्रो सहकारीमा शेयर सदस्यहरु १० हजार रहेका छन्, ३५ करोड बचत संकलन गरेका छौं, ४ करोड भन्दा माथि शेयर पुँजि रहेको छ, ४२ करोडको हाराहारिमा लगानि गरेका छौं ।

    प्रसंङ्ग वदलौ तपाईले कृषिसंग सम्बन्धित पेसा गर्दै आएको बताउनु भयो , कस्तो खालको कृषि व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ ?

    मेरो पिताले २०४३ सालबाट सुरु गर्नुभएको फर्म हो पाँचखाल विज भँण्डार, बुवाले सुरु गर्नुभएको व्यसायलाई निरन्तरता दिदै आएको छु । हाल दुई शाखा रहेको छ, पाँचखाल केन्द्रिय कार्यालय र बनेपामा शाखा कार्यालयको रुपमा सञ्चालन गरीरहेका छौं । हामीले स्वदेश तथा विदेशमा उत्पादन भएको गुणस्तरीय विउ विजन लगाएत बिषादीहरुको आयात गरी थोक तथा खुद्रा बिक्रि वितरण गर्दै आएको छु ।

    फर्मको उद्देश्य नाफा कमाउने मात्रै हो कि अरु केही पनि छ ?

    व्यवसाय भन्नासाथ नाफा कमाउने त हो नै तर पनि हामीले नितान्त नाफाको लागि मात्रै कार्य गरेका छैनौ । मुनाफा मात्रै ठुलो कुरो होईन, हामीले नाफाको साथै सेवा पनि गर्दै आएका छौं । समयको माग अनुसारको नयाँ प्रविधिलाई कृषक समक्ष पुर्याउनु सेवा पनि हो भन्ने महसुस गरेका छौं । रासायनिक बिषादिको फाईदा बेफाईदाको बारेमा कृषकहरुलाई जानकारी गराउँदै वातावरण संरक्षणको लागि समेत भूमिका खेल्दै आएका छौ । कृषकहरुमा चेतनाको अभावमा अनावश्यक मात्रामा असुरक्षीत ढंगबाट प्रयोग गर्ने परम्परागत तरिकालाई परिवर्तन गराउंदै सुरक्षीत साथै अनावश्यक प्रयोगमा रोक लगाउने कार्यमा समेत अगाडी बढेका छौं । “पाँचखाल जोगिए हामी जोगिन्छौं, पाँचखालको वातावरण नै बिग्रीय पैसाले के गर्छ । ” भन्ने अभियानमा हामी लागेका छौ, कृषकहरुलाई आइ.पि.एम तरिकाले खेति गराउने र जैविक बिषादीहरुको प्रयोगमा सचेत गराउने कार्यमा समेत फर्म निरन्तर रुपमा अगाडी बढेका छौं ।

    अन्तमा केही भन्न चाहनु हुन्छ की ?

    सर्व प्रथमत आफ्नो भनाई राख्ने मौका दिनु भएकोमा आभार व्यक्त गर्दछु । म आफु व्यवसायी र सहकारी कर्मी भएको नाताले भन्नु पर्दा पाँचखालको हितको लागि निरन्तर रुपमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । सहकारीमा आबद्ध सम्पुर्ण शेयर सदस्यहरुको सुझाव साथै उहाँहरुको भावनालाई समेट्दै निरन्तर रुपमा अगाडी बढ्ने छु । वाह्य सहकारीको आगमनबाट पाँचखालमा सहकारीको क्षेत्रमा तहस नहस नहोस भन्ने भनाई लाई पुन नगर पालिका समक्ष अनुरोध गर्दछु । व्यवसायीको नाताले कृषकहरुको हित साथै वातावरण संरक्षण गर्ने बिषयमा आगाडी बढ्दै कम लगानीमा बढी उत्पादन हुने गुणस्तरीय विउ विजन साथै उपकरणहरु सहज साथै सरल सुपथ मुल्यमा उपलब्ध गराउदै जानेछु । समय सान्दर्भीक भएकोले प्रभातफेरीबाट साभार…

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार