२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

समृद्ध पाँचखाल निर्माणमाको लागि मेरो नगरसभापतिमा उम्मेदवारी


४८१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २७, आईतबार मा प्रकाशित २ साल अघि
  • संजय तामाङ
    अध्यक्ष
    पाँचखाल नगरपालीका वडा नं ८
    एवं
    पाँचखाल नगर कार्यपालीका प्रवक्ता, उज्यालो नेपालका उपाध्यक्ष

    काभ्रे पलाञ्चोक जिल्लाको साविक होक्से गा.वि.स वडा नं ८ (हाल पाँचखाल नगरपालीका वडा नं ८) को रमणिय स्थलको रुपमा परिचित चिसापानी भन्ने स्थानमा पिता शेरवहादुर तमाङ तथा माता स्व. कान्छिमाया तामाङको कोखबाट २०३३ साल साउन १७ गते जन्मनु भएका संञ्जय तामाङ बाल्य कालबाटै सामाजिक कार्यमा रुची राख्ने स्वभावको हुनुहुन्थ्यो । आफ्नो गाउंघर तथा आसपासको स्थानमा विकास निर्माणको कार्यमा आफ्नो बुवा तथा ठुलोबुवाको साथमा लागि विकास निर्माण तथा सामाजिक कार्यमा रुची राख्दै अगाडी बढ्नु भएको तामाङले आफ्नो लक्ष पुर्ण गर्नको लागि राजनीतिमा क्रियासिल ढंगबाट अगाडी बढ्दै आउनु भएको थियो ।

    शुन्दर सुर्योदय प्राथमिक विद्यालयबाट क.ख.रा सुरु गरी सर्वमंगला माध्यमिक विद्यालयबाट एस.एल.सि उतिर्ण भएपश्चात उच्च शिक्षाको लागि राजधानी जानुभएको थियो । काठमाडौको पशुपति क्याम्पस चाहाविलमा उच्च शिक्षाको लागि अध्ययनको सुरुवातसंगै राजनीतिमा समेत झुकाव राख्दै २०६१ सालबाट सहकारी क्षेत्रमा लाग्नुभएको थियो । सहकारी संञ्चालन गर्दै २०६३ सालबाट सक्रिय राजनीतिमा प्रवेश गर्नु भएका तामाङ स्थानिय तहको निर्वाचनमा पाँचखाल वडा नं ८ बाट वडा अध्यक्षमा उम्मेदवारी दिई निर्वाचित हुनु भएको थियो । हाल पाँचखाल नगरपालिका वडा नं ८ को वडा अध्यक्ष साथै पाँचखाल नगर कार्यपालीका प्रबक्ता र उज्यालो नेपाल नामक संस्थाको उपाध्यक्षको समेत जिम्मेवारी सम्हाल्दै आउनुभएको तामाङसंग समसामयिक बिषयमा ईश्वरी राजकुमार मैनालीले गरेको कुरा कानी अंश‘।

    तपाई पाँचखाल नगरपालिका वडा नं ८ को वडा अध्यक्षको नाताले भन्नु पर्दा तपाई वडा अध्यक्ष भएको साडे चार बर्षको अवधिमा के—कस्ता विकास निर्माणका कार्यहरु गर्न सफल हुनुभयो ?

    मैले पाँचखाल नगर पालिका वडा नं ८ को जिम्मेवारी सम्हालेको साडे चार बर्ष भयो । सो अवधिमा मेरो नेतृत्वको टिमले गरेको विकास निर्माणका कार्यहरुको बारेमा बुंदागत रुपमा बताउन गई रहेछु ।

    खानेपानी—


    पाँचखालमा खानेपानीको प्रमुख समस्या भएकोले खानेपानीलाई पुर्ण गराउने बिषयलाई प्रमुख प्राथमिकता दिदै आफ्नो वडामा एक घर एक धाराको अवधारणको साथमा अगाडी बढियो । हामी निर्वाचनमा जनतासमक्ष जाने क्रममा पनि जनतासंग हामीले गरेको बाचा मध्यको प्रमुख खानेपानीलाई व्यवस्था गर्ने नै थियो । मेरो नेतृत्वको कार्याकालमा खानेपानीलाई प्रमुख प्राथमिकता दिदै जाँदा सयमा सयनै पुरा हुन नसकेपनि ९४ प्रतिशत एक घर एक धारा पुरा गरिसकेका छौं । पुरा गर्न बाँकी रहेको ६ प्रतीशत यस आर्थिक बर्षमा पुरा गर्ने छौं । शुद्ध खानेपानी व्यवस्थाको लागि पाँचखाल नगरको वजेट बाहेक केन्द्रिय सरकारबाट साढे चार करोडको लागतमा शुद्ध खानेपानी उपलब्ध गराउनको लागि फिल्टर प्लान समेत निर्माणको अन्तिम चरणमा पुगेको छ ।

    स्वास्थ्य—


    वडा वासिहरुको स्वस्थ्यमा समस्या आउन नदिनाको साथै सरल साथै सहज उपचारको लागि अगाडी बडियो । वडाको वजेटबाट बार्षिक रुपमा वजेट विनियोजन साथै बिभिन्न संघ संस्थाको सहयोगमा स्वस्थ्य परिक्षणको क्याम्प राखेर समय समयमा विभिन्न परिक्षणहरु गराउने कार्य निरन्तर रुपमा गर्दै आएका छौं । वडामा रहेको स्वास्थ्य चौकिबाट नेपाल सरकारबाट निःशुल्क वितरण हुने बाहेकका औषधिहरु उज्यालो नेपाल नामक संस्थाको सहयोगमा रिवल्भिङ फण्टको रुपमा स्वास्थ्य चौकिमै (बजार मुल्यमा १० प्रतिशत छुट गरेर) वितरण गर्ने कार्य समेत गरेका छौं । कुपोषण मुक्त वडा घोषणा गर्ने उद्देश्यका साथ मातृ शिसु पोषण कार्यक्रम अन्तरगर्त हरेक गर्ववती महिलालाई (गर्भ रहेको मैना देखी) स्वास्थ्य चौकिमा चेक जाँच गर्न आउदा उहाँहरुलाई उपहार स्वरुप प्रत्तेक महिना १ क्रेट अण्डा र आधिकिलो घिउ (नवजात शिसुमा कुपोषण मुक्तको लागि) उपलब्ध गराएका छौं । वडाको कार्यक्षेत्र भित्रका प्रत्तेक स्वयंसेविका लाई पे्रशर (वि.पि) चेक गराउने कार्यको लागि स्वास्थ्य सामाग्री वितरण गर्दै आएका छौं । त्यसैगरी कोरोनाको महांमारीलाई मध्य नजर राख्दै वडा कार्यालय साथै वडामा रहेको स्वास्थ्य कार्यालय मार्फत बिभिन्न स्वास्थ्य सामाग्रीहरु टोलटोलमा वितरण गर्ने र कोरोनाबाट जोगिनको लागि चेतनामुलक कार्यहरु गरिदै आएका छौं ।

    शिक्षा—


    हामीले वडाको जिम्मेवारी सम्हाले देखि आधुनिक गुणस्तरीय शिक्षाको लागि प्राथमिकता दिदै अगाडी बढेका छौं । हामीले वडाको जिम्मेवारी पाउंदै गर्दा भुकम्पले विद्यालय भवनहरु क्षति भएको अवस्था थियो । जुन समयमा विद्यार्थीहरुको पठन पाठनको लागि केहि संघ संस्थाले अस्थाई सेल्टरहरु बनाएको अवस्था थियो । पाँचखाल गनरपालिका वडा नं ८ मा (मेरो वडामा) तीन बिद्यालयहरु रहेका छन् । जसमा दुई प्राथमिक विद्यालय र एक १२ कक्षा सम्म अध्यापन गराउने बिद्यालय छ । भुकम्पले ध्वस्त भएका विद्यालयहरुको भौतिक संरचनाहरु निर्माण गरेर पठनपाठनलाई निरन्तरता दिने कार्य गरेउ । आईसिटि मार्फत विद्यालयलाई इन्टरनेटको पहुंच पुर्याएर ईन्टरनेटको माध्यमबाट पठन पाठन गर्ने व्यवस्था समेत मिलाएका छौं । वडामा रहेका तीन वटै विद्यालयहरुमा आधुनिक शिक्षालाई समेत प्राथमिकता दिदै अंगे्रजी माध्यमबाट गुणस्तरिय शिक्षा प्रदान गर्ने कार्य गरेका छौं । वडावासिहरु शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यका साथ अन्तरक्र्रिया कार्यक्रम समेत गरेर अगाडि बढीरहेका छौं ।

    हाम्रो कार्यकालमा टोलटोलमा सडकको सुबिधा उपलब्ध गराउने कार्यका साथमा अगाडी बढेउ । जसअनुसार हाम्रो कार्यकालमा पाँचखाल नगरपालिकामा सवैभन्दा वडी सडक निर्माण गर्ने कार्य मेरै वडामा भएको हो कि जस्तो लाग्छ । किनकि—वडाको प्रत्तेक टोल बस्तिमा सडक निर्माणको नयाँ ट्याक खोलेका छौं । टोलटोलमा सडक निर्माण गर्ने कार्यले पानीको मुल कम हुने कार्य भएको महसुस भएको छ । जताततै सडकहरु हुंदा बर्षातमा परेको पानी जमिनले सोस्न नपाएर सिधै खोलामा बगेकोले पानीको मुलमा कमी आएको हुन सक्ने अनुमान लगाएका छौं । निर्माणधिन सडकहरुमा कालोपत्रे गर्ने कार्यको सुरुवाती गर्ने क्रममा १ किलोमिटर कार्य सम्पन्न गरेका छौं । यस बर्ष पनि ६ सय मिटर कालोपत्रे गर्ने लक्ष लिएका छौं । कतिपय सडकहरुमा पक्कि नाली साथै ग्रावेल गर्ने कार्य समेत गरिसकेका छौं । कतिपय स्थानमा ढलान गर्ने कार्य समेत गरेका छौं ।

    विद्युतिकरण—


    पाँचखाल वडा नं ८ मा पुरानो काठको पोल मुक्त गर्नेगरी कार्यलाई अगाडी बढाएका छौं । नेपाल विद्युत प्रधिकरण पाँचखाल शाखाको प्रमुखसंग छलफल गरेर ८ नं वडा भित्रका अधिकांस ठाउंमा काठको पोल मुक्त हुने क्रममा छ । जिर्ण काठको पोल हटाउने कार्य सकिएको छ , काठपोल मुक्त वडा घोषणा गर्न मात्रै बाँकी छ । पाँचखाल नगरपालिका वडा नं ८ लाई नगरको पहिलो काठको पोल मुक्त वडा घोषणा गर्ने गरी अगाडी बढेका छौं । वडावासिको हितको खातिर विकास निर्माणको हर कार्यहरुलाई निरन्तर रुपमा कार्य गर्दै जानेक्रम जारी रहेको छ ।

    तपाई वडा (पाँचखाल वडा नं ८) मा पाँचखालको गौरवको रुपमा अगाडी बढेको योजना पाँचखाल सुनकोशी बृहत खानेपानी आयोजनाको कार्यक्षेत्रमा नसमेटिएको हो ?

    पाँचखाल सुनकोशी खानेपानी आयोजनाको सर्वे गर्दै गर्दाखेरी खानेपानी विभागवाट आउनु भएका सरहरुले पाँचखाल नगरमा रहेको ६ हजार घरहरु सर्वे गर्दै गर्दा पाँचखाल वडा नं ८ को माथिल्लो भेग छुट भयो र तल्लो बेसीको भेग सर्वे भयो । जसका कारण मैले माथिल्लो भेग छुट भएको बिषयमा माथिल्लो भेग नछुटाउन अनुरोध गर्दा उहाँहरुको भनाई “हामीले तत्कालको लागि ६ हजार घरधुरी सर्वे गरी सकेका छौं, लागत बबढ्यो भने आयोजना विफल हुन्छ, बृहत खानेपानी आयोजनालाई सफल पार्न कम लागत हुनुपर्छ ,आयोजनाको सम्झौता भई काम अगाडी बढेपछि खानेपानीलाई सुधार तथा बिस्तार गर्ने क्रममा हाल छुटेको स्थानमा विस्तार गर्न सकिन्छ, त्यसैले गर्दा सर्वेमा लागत घटाउन छुटाएका छौं ।” उाँहरुले मसंग भएको वार्तामा पछि विस्तारको क्रममा समेट्ने प्रतिबद्धता गर्नु भएकोछ । त्यसैले हामीले पुर्ण आशा र भरोसा गरेका छौं विस्तारको क्रममा हाल छुटेका पाँचखालको वडा नं ८ को माथिल्लो भेग लगाएत पाँचखालको अन्य वडामा हाल छुटेको भेगलाई समेत समेटिने छ ।

    उज्यालो नेपालको उपाध्यक्षको नाताले भन्नुपर्दा तपाई आवद्ध संस्थाले पाँचखालको बिकास निर्माणमा के कती , कुन कुन क्षेत्रमा सहयोग गरेको छ ?

    वास्तवमै उज्यालो नेपाल नामक संस्थाले पाँचखालको बिकास निर्माणको कार्यमा निकै ठुलो योगदान पुर्याएको छ । २०७२ बैशाख १२ गते नेपालमा महांभूकम्प गयो , भुकम्पले काभे्र लगाएत ३१ जिल्लामा ठुलो धनजनको क्षति पुर्यायो । जुन समयमा भुकम्प पिपडतहरुलाई सहयोग गर्ने उद्देश्यले जर्मनी नागरीक नोवर्ट ग्रोभेल को पहलमा भूकम्प प्रभावित जिल्लाहरुमा सहयोग गर्ने उद्देश्यले आउनु भयो । अन्य जिल्लाहरुमा सहयोग गर्दै गरेको अवस्थामा मेरो अनुरोधमा पाँचखालको क्षतिलाई मध्यनजर राख्दै सहयोग गर्ने मनसायले आउनु भयो । उहाँहरुले सो समयमा बसोवास साथै खाद्यान्नको अवस्थाको बारेमा बुझ्दै गर्दाको अवस्थामा मैले फेला पारेर पाँचखाल ल्याएको हुं । उहाँसंग भेट भैसकेपछि उहाँले भन्नुभयो—पाँचखाल नगरको कार्यक्षेत्र भित्र केही सहयोग गर्छौ । हाम्रो चाहनालाई सहयोग गर्नुपर्यो भनेर मसंग भन्नुभयो । जुन समयमा मैले उहाँलाई सल्लाह दिय—तपाइले नगरमा रहेका केहि व्यक्तिलाई मात्रै सहयोग गर्ने हो भने कुनै अर्गनाईजेसन आवश्यक भएन । यदि त्यसो नभएर समस्यामा परेकालाई सहयोग गर्नेहो भने बैधानिक रुपमा अगाडी बढ्नु पर्छ । जसको लागि नेपाल सरकार समक्ष संस्था दर्ता गर्न आवश्यक रहन्छ भनि सल्लाह दिए ।

    सोही अनुसार भूकम्प पछी २०७३ सालमा उज्यालो नेपाल नामक संस्था बैधानिक रुपमा दर्ता भयो । तत पश्चात उज्यालो नेपाल नामक संस्थाले मेरो अगुवाईमा पाँचखालमा धेरै प्रकारका सहयोगहरु भएको छ । सहयोगको सुरुवातिमा शिखरपुरको जोरपिप्पलेमा भुकम्पबाट विस्थापित परिवारलाई अस्थाई टहरा निर्माण गर्ने कार्य भयो । त्यसपछि खाद्यान्न र खानेपानीमा प्राथमिकता दिने ढंगले अगाडी बढ्ने योजना अगाडी बढ्यो ।
    खानेपानी —

    खानेपानीको लागि जोरपिपले बाटै सुरु गरियो खानेपानीको चरम अभावलाई मुक्ति दिलाउन ७ वटा खानेपानिको सार्वजनिक धाराको व्यवस्था गरीयो । ७ धारालाई बिस्तार गर्ने क्रममा सोही क्षेत्रका ८५ घरधुरीलाई एक घर एक धाराको रुपमा वितरण गरी एक घर एक धाराको अभियान लाई अगाडी बढायौं ।

    त्यसैगरी पाँचखाल नगरपालिका वडा नं २ अनैकोट (हांगेठाटी) मा गरिविको रेखामुनिका व्यक्तिहरुको बसोवास भएको ठाउंमा पानीको चरम अभाव भएकोले तलबार पानी लिफ्ट गरेर ७५ घरधुरिलाई एक घर एक धाराको अभियान अन्तरगत खानेपानीको व्यवस्था मिलायौं । पाँचखाल नगरपालिका र उज्यालो नेपालको समन्ययमा उक्त कार्य गरियो । अनैकोटकै रातोपहिरोमा पानीको व्यवस्था गरियो , त्यसपछि वडा नं २ मै खोकवेसी खानेपानीको लागि उज्यालो नेपाल र पाँचखाल नगरपालिका साथै जिल्ला खानेपानीको समन्ययमा पानी लिफ्ट गरी (हाल खानेपानी डिभिजन कार्यालय नं ३) ९० घरधुरीलाई एक घर एक धारा अभियान सञ्चालन गरियो । वडा नं २ को देबिस्थानमा एक सय घरधुरिको लागि बजेट माग भएको छ सो स्थानको लागि पनि बजेट व्यवस्था गरिएको छ ।

    पाँचखाल वडा नं ३ को लामडिही एरियामा खानेपानी डिभिजन नं ३ संग सहयोग लिएर ८० हजार लिटर क्षमताको ट्याङकी निर्माण गरियो । त्यसपछि उज्यालो नेपालले एक घर एक धारा अभियान अन्तरगत कार्य गरियो । त्यसैगरी वडा नं ३ मै थप माग भएकोले सोको लागि समेत व्यवस्था गरेका छौं ।

    त्यसैगरी पाँचखाल नगरपालिका वडा नं ६ को दुदालथोक खानेपानीमा सहयोग गरीयो । वडा नं ६ को तिनपिप्लेमा डिप बोरिङ्ग मार्फत पिउदै आएको पानीको लागि पाईपको व्यवस्था गरियो । पाँचखाल नगरपालिका वडा नं ८ को पाडुलामा पाडुला खानेपनीको लागि नगरको तर्फबाट ५ लाख विनियोजन गरी नपुग रकम उज्यालो नेपाल मार्फत उपलब्ध गराई ८० घरधुरीमा एक घर एक धारा अभियान सञ्चालन गरियो । वडा नं ८ मै भंगेरी खानेपानीको लागि बजेटको व्यवस्था मिलाएका छौं । जसबाट ५० घरधुरीमा एक घर एक धारा संञ्चालन हुने छ ।
    वडा नं ५ मा टेम्पल प्लाजा खानेपानी ६२ घरधुरीको लागि एक घर एक धारा अभियान सञ्चालन गरेका छौं । वडा नं १२ को दनुवार बस्तिमा ९५ घरधुरीको लागि एक घर एक धारा अभियान सञ्चालनमा ल्याएका छौं । त्यसैगरी वडा नं १२ कै शेराबेसीमा पाँचखाल नगरको गत आ.बको वजेटबाट नपुग भएकोमा थप गरी खानेपानी सुचारु गरेका छौं । १२ नं कै आपघारीमा खानेपानी सुचारु गर्नको लागि पाईपहरु माग भएकोले उपलब्ध गराएका छौं ।

    स्वास्थ्य—

    उज्यालो नेपालले स्वास्थ्यमा पनि सहयोग गरेको छ , जस अन्तरगत पाँचखाल नगरपालिका र उज्यालो नेपालको संयुक्त लगानीमा एम्बुलेन्सको व्यवस्था गरिएको छ । कोरोना महांमारीलाई मध्यनजर राख्दै उज्यालो नेपाल र पाँचखाल नगरपालिकाको संयुक्त सहभागितामा ५ बेडको एच.डि.यु ( कोभिडका जटिल अवस्थाका विरामीलाई सहज ढंगबाट उपचारको लागी) को लागि सम्झौता भएको छ । त्यसको लागि आवश्यक उपकरणहरु खरिद गर्ने प्रक्रिया अगि वढाइएको छ ।

    स्वास्थ्य क्षेत्रबाट उत्पादन हुने फोहोलाई निस्कृय बनाउनको लागि फोहोर जलाउने व्यवस्थाको लागि पाँचखाल प्राथमिक केन्द्रमा व्यवस्था मिलाईएको छ । नेपाल सरकारले उपलब्ध गराउने निःशुल्क औषधि बाहेकका औषधि वजार मुल्य भन्दा १० प्रतिशत कम मुल्यमा चार स्थानमा व्यवस्था मिलाएका छौं । जसमा होक्से स्वास्थ्य चौकी, बालुवा स्वास्थ्य चौकी, अनैकोट स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा गरी चार स्थानमा व्यवस्था मिलाएका छौं । बिउ पुंजी उज्याले नेपालले उपलब्ध गराउने जसबाट औषधी खरिद गरी राख्ने र औषधि बिकृबाट आएको पैसाले पुन खरिद गरी राख्ने व्यवस्था मिलाईएको छ । उज्यालो नेपालको नेतृत्वमा स्वास्थ्य शिविरहरु संञ्चालन गरी रोगको पहिचान साथै उपचारमा व्यवस्था मिलाईएको छ ।

    शिक्षा—

    उज्यालो नेपालले शिक्षाको क्षेत्रमा समेत योगदान पुर्याएको छ , जसमा नेपाल सरकारले प्राथमिक विद्यालयमा दिवा खाजाको व्यवस्था गरिरहेको थिएन सो समयमा विद्यार्थीहरुलाई विद्यालयमा जानको लागि हौसला मिलोस भन्ने उद्देस्यले दिवा खाजाको व्यवस्था गरेका थियौं । कतिपय विद्यालयमा बालविकासको कक्षाहरु व्यवस्था गर्ने कार्यहरु भएका छन् । त्यसैगरी कोरोनको कारण पाँचखाल नगरपालिका शिक्षा शाखाबाट माग भए अनुसार १० वटा विद्यालयहरुका लागि अनलाईन कक्ष संञ्चालनको लागि आवश्यक व्यवस्थापनको लागि प्रत्येक विद्यालयको लागि १ लाखका दरले उपलब्ध गराएका छौं । कतिपय बिद्यालयमा फर्निचरको अभाव भएका विद्यायलयहरुमा फर्निचरको व्यवस्था समेत मिलाएका छौं ।

    कृषि—

    कृषि नगरीको रुपमा अगाडी बढेको पाँचखाल नगरका कृषकका हितको खातिर उज्याले नेपालले कार्यहरु गर्ने भएको छ । कृषि कर्ममा लागेका कृषकहरुलाई तालिमको व्यवस्था साथै अनुदान उपलब्ध गराउने भएका छौं । नगरवासिको आर्थिक उपार्जनको लागि कृषि पेषाको ठुलो महत्व हुने भएकोले सो क्षेत्रमा पनि लगानी गर्ने योजना बनाईएको हो ।

    भवन निर्माण—

    पाँचखाल नगरपालिकामा आवस्यक पर्ने भवनहरु निर्माण गर्ने कार्यमा समेत उज्यालो नेपाल अघि बढेको छ । जसमा गत बर्ष पाँचखाल नगरपालिका वडा नं ८ मा महिला भवन बनाउने कार्य सम्पन्न गरेका छौं । वाह्य खोप केन्द्रको लागि पनि भवन निर्माण गर्ने कार्य भएको छ । वडा नं १० को बेलामा पनि बाह्य खोप केन्द्र निर्माणको लागि अगाडी बढेका छौं । त्यसैगरी वडा नं ७ को जोरपिप्ले क्षेत्रमा महिला भवन वनाउने कार्यलाई अगाडी बढाएका छौं । उज्यालो नेपाल नामक संस्थाले पाँचखाल नगरपालिकामा आवस्यकता अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, भवन गाएतमा सहयोग गर्ने साथै पाँचखाल स्थानिय सरकारले गर्दै गरेको बिकास निर्माणको कार्यमा थप सहयोग गर्ने कार्य गर्दै सहयोग र साथ दिदै नगरवासिहरुलाइृ थप सेवा सुबिधा चाँडो भन्दा चाडो पुगोस भन्ने हेतुले उज्यालो नेपाल अघि बढेको छ ।

    पाँचखाल नगरपालिकाको प्रबक्ताको नाताले भन्नुपर्दा पाँचखाल वासिको चाहना अनुसारको कार्य गर्न नगरपालिका सफल भयो की भएन ?

    पाँचखाल नगरको हितको खातिर हामीले जुन भिजन र मिसनलाई लिएर अघि बढेका थियौं सोही अनुसार काम गर्न सहज भएको छ । आम नगरवासी साथै निर्वाचित जनप्रतीनिधिहरुको सहयोग साथै सहकार्यले गर्दा नगरवासिको चाहना अनुसार कार्य गर्न सफल भएका छौं । पाँचखालका नगरवासिको चाहना अनुसार बजेट विनियोजन गर्ने साथै कार्यान्ययन गर्ने पक्षमा हामी सफल हुंदै अगाडी बढेका छौं । जुन क्षेत्रमा काम गर्ने भनेर अगाडी बढेका थियौं सो मा विवाद रहित ढंगबाट अगाडी बढेका छौं । पाँचखालको विकास निर्माण कार्यको लागि कुनै पक्ष विपक्ष देखिएको छैन नगरको हितकोे खातिर निर्वाचित जनप्रतीनिधिहरु हातमा हात काँधमा काँध मिलाएर एक ढिक्का भएर अगाडी बढेका छौं । पाँचखालको विकास निर्माण कार्यको लागि बिभिन्न संघ संस्था, बुद्धिजिविहरु, आम उपभोक्ता साथै नगरवासिहरुबाट साथ र सहयोग मिलेको छ ।

    प्रसंग बदलौं, तपाई नेपाली कांगे्रसको तर्फबाट निर्वाचित जनप्रतीनिधि साथै कांगे्रसको सक्रिय राजनितिज्ञ भएको नाताले भन्नुपर्दा पाँचखालमा नेपाली कांगे्रसको सांगठनिक अवस्था कस्तो रहेको छ ?

    एकदमै समयसामयिक साथै जटिल प्रस्न सोध्नुभयो, पाँचखालमा नेपाली कांगे्रसको सांगठनिक अवस्था के कस्तो छ भन्ने बिषयमा मैले भनिरहनु भन्दा पनि तपाई मिडिया कर्मीहरुलाई प्रस्टै छ । तरपनि प्रस्नको जवाफ नदिने भन्ने कुरा रहेन—करिव एक दशक अगाडिको स्मरण गराउंदै नेपाली कांगे्रसको अवस्थाको स्मरण गराउन चाहन्छु । करिव एक दशक अगाडि आम जनमानसमा कम्युनिष्टबाट मुलुकको हित साथै नेपाली जनताको हितको खातिर निस्पक्ष, निस्वार्थ ढंगको कार्य गर्छन भन्ने सोचको विकास भएको थियो । जसको कारण नेपाली कांगे्रसलाई साथ सहयोग गर्ने भन्दा कम्युनिष्लाई सहयोग गर्नेहरुको लर्को ठुलै देखिन्थ्यो फलस्वरुप त्यसखेर काभे्र जिल्ला बाम किल्लाको रुपमा सावित भयो । पाँचखाल गा.वि.स को बारेमा विगतलाई नियाल्दा ४७ सिट कम्युनिष्टको पक्षमा पुग्यो ।

    जव एक छत्र ढंगले कम्युनिष्हरुको शासन चल्दै गर्दा नेपाली जनताले जे अपेक्षा गरेका थिए त्यसको उल्टो सावित हुंदा जनताले कम्युनिष्टलाई हेर्ने दृष्टिकोणमा फरक भयो । सोही अनुसार अवको समयमा नेपाली जनताले नेपाली कांगे्रसलाई साथ र सहयोग गर्दै हुनुहुन्छ । त्यसैको फलस्वरुप पछिल्ला समय पाँचखाल नेपाली कांगे्रस मय भएको छ । कांगे्रसको संगटन विस्तार तिब्र गतिले बढेको छ र नेपाली काँगे्रस पाँचखालले नगरवासिको चाहना अनुसार कार्य गर्ने बिषयमा आतुर छ । पाँचखालको वारेमा केन्द्रित रहेर प्रस्न गरेकोले म पाँचखालमै केन्द्रित रहेर उत्तर दिदै छु । पाँचखाल नगरमा बसोवास गर्ने नगरवासिहरु अन्यत्रको तुलनामा अत्यन्त बौद्धिक हुनुहुन्छ । जसको कारण उहाँहरुले नगर साथै नगरवासिको हितको खातिर कुन पार्टीले कुन व्यक्तिले कार्य गर्न सक्छ भन्ने मसिनो ढंगले मुल्यांकन गरिसक्नु भएको छ । नगरवासि विद्वत व्यत्तित्वहरुको कारण नेपालि कांगे्रस पाँचखालमा मजवुत छ । उहाँहरुले दिएको साथ र हौसलालाई आत्मसाथ गर्दै उहांहरुको चाहना पुर्ण गराउने बारेमा हामी पाँचखाल कांगे्रस आतुर छौं ।

    कांगे्रसको महादिवेशन नजिकदो छ, महादिवेसनमा जाँदै गर्दा तपाईको उम्मेदवारी कुन स्थानमा कुन गुटबाट दिने तयारीमा हुनुहुन्छ ?

    पहिलो कुरोत नेपाली कांगे्रसलाई नेपालि जनताले गरेको विस्वासलाई आत्मासाथ गर्दै उहांहरुको चाहना पुरा गराउनु हाम्रो दायित्व हो । दोस्रो कुरो उम्मेदवारीको सवाल उठाउनु भयो , मेरो दायित्व भनेको यतिखेर आम पाँचखाल नगरवासिको समृद्ध पाँचखाल निर्माण गर्ने चाहना पुर्ण गराउनु हो । समृद्ध पाँचखाल निर्माण गर्ने कार्य नेपाली कांगे्रसको काँधमा आएकोले त्यसलाई पुरा गर्न आगामी निर्वाचनमा पाँचखाललाई कांगे्रसमय बनाउन मेरो उम्मेदवारी पाँचखाल नगर सभापतिको लागि हो । तपाईले गुटको कुरा उठाउनु भयो, मेरो उम्मेदवारी गुट गत ढंगले होईन, सभापतिको उम्मेदवारीको लागि तयारीमा रहनुभएका साथिहरुसंग व्यापक छलफल गरी सहमतिमा साझा उम्मेदवारको रुपमा अगाडी बढ्ने छु । छलफलबाट निस्कर्ष ननिस्किएमा प्रजातान्त्रिक पद्धतीको आधारमा नगरसभापतिको लागि उम्दवारी दिने तयारीमा छु । नेपाली कांगे्रसमा आवद्ध साथीहरु सवै सक्षम हुनुहुन्छ हरेक पदमा सवैको चहना हुनु नौलो होईन । नेपालमा रहेका कतिपय पार्टीमा उम्मेदवारी पाइन्न तर नेपाली कांगेसमा रहेका साथीहरु सवै सक्षम भएकोले धेरैले चहना राख्नु नौलो होईन ।

    अर्को कुरा तपाईले गुट भन्नु भयो, म त्यसलाई गुट भन्न चाहन्न , महांदिवेशनमा उम्मेदवारी दिने समयमा पक्ष विपक्ष हुनु नौलो होईन । सोही पक्ष विपक्षलाई गुट भन्न मिल्दैन । मैले पाँचखाल नगर सभापतिमा गुटको नाताले उम्मेदवारी दिन खोजेको होईन, केवल नगरवासिहरुले नेपालि कांगे्रसलाई जसरी विस्वास गर्नुभएको छ, आम नगरवासिहरुको चाहना नगर र नगरवासिहरुको हित हुने कार्यमा साथ दिने भएकोले उहाँहरुको चाहनालाई पुर्ण गर्न मैले उम्मेदवारी दिने तयारी गरेको हुं । नेपाली कांगे्रसमा लामबद्ध भएका साथीहरु, आम पाँचखालका नगरवासिहरुको चहना पुरा गर्न पाँचखाललाई कांगे्रस मय बनाउन जरुरी रहन्छ त्यसैको लागि मेरो उम्मेदवारी हो ।
    पार्टीमा रहेका अग्रज व्यक्तित्वहरुको निर्देशनलाई पालना गर्दै अगाडी बढ्ने क्रममा मैले वडाको जिम्मेवारी सम्हाल्ने अवसर पाए । पार्टीलाई गतिशिलताको रुपमा अगाडी बढाउन साथै वि.पि.को समाजवादलाई नाराको रुपमा मात्रै लिएर नहुने व्यवहारमै उतार्नु पर्ने साथै पाँचखाल नेपाली कांगे्रसको राजनीतिलाई पनि अगाडी बढाउनको लागि साथै पार्टीका अग्रजहरुको सुझावको आधारमा मेरो नगरसभापतिमा उम्मेदवारी हो ।

    अन्तमा नगरवासि साथै नजिकंदै गरेको अधिवेशनको वारेमा केही भन्न चाहनु हुन्छ की ।

    पाँचखाल वडा नं ८ का सम्पुर्ण वडावासिहरुको साथ र सहयोगले गर्दा मेरो नेतृत्वको वडाबाट विकास निर्माण कार्यमा अत्यन्त सहज भएकोमा वडावासिहरुमा आभार व्यक्त गर्दछु । पाँचखाल नगरका सम्पुर्ण नगरवासिहरुको साथ र सहयोग साथै मार्ग निर्देशनले गर्दा नगरमा रहेका सम्पुर्ण जनप्रतीनिधिहरुले सहज ढंगबाट कार्य गर्न सफल भएकोमा उहांहरुप्रति ऋणि भएको छु । नेपालि कांगे्रसका अग्रज नेतृत्वहरुको माया साथै मार्ग निर्देशनले गर्दा पाँचखालको विकासमा ठुलो टेवा मिलेकोमा मेरो मानस पटलबाट कहिल्यै नहट्ने गरी अटल रहेको छ । पछिल्लो समयमा पाँचखाल कांगेसलाई सतिसालको रुपमा स्थापित गराउन सफल रहनुभएका कांगे्रसमा आवद्ध साथीहरुप्रति जय नेपालको अभिबादन व्यक्त गर्दछु ।

    नेपाली कांगेसको अनिकंदै गरेको अधिवेशनमा मैले पाँचखाल नगर सभापतिको रुपमा उम्मेदवारी दिने तयारीमा रहेको छु । मेरो उम्मेदवारी सम्पुर्ण नेपाली कांगेसको छातामुनि छाहारीमा आवद्ध साथिहरुको चहना पुरा गर्ने र संगठनलाई गोलबद्ध गर्दै नगरवासिको चहना र नगरको हितको खातिर कार्य गर्नको लागि अग्रज नेतृत्व र साथिहरुको चाहना अनुसार अगि बढेको छु । सम्पुर्ण साथीहरुको साथ र सहयोगले आगामी दिनहरुमा पाँचखाल कांगेस थप मजवुत हुंदै अगाडी बढ्ने बिषयमा विश्वस्त गराउन चाहन्छु । प्रजातान्त्रिक ढंगबाट अगाडी बढेको पार्टीमा इच्छा आकांक्षा राख्नु स्वभाबिकै कुरा हो । पार्टीलाई कुन ढंगले कसरी अगाडी बढाउने र आगामी दिनमा पार्टीमा गुट र उपगुटको अन्त्यको लागि हामी सम्पुर्ण कांगे्रसहरुले पहल गर्न जरुरी रहन्छ । अधिवेसनमा भए गरेका प्रक्रियाहरुलाई बिर्सिएर आगामि दिनहरुमा हुने निर्वाचनमा पार्टीलाई कसरी निर्वाचित गराउने भन्ने बिषयमा होमिनु जरुरी रहन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार