२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

सुत्केरी आमाको लागि निःशुल्क एम्बुलेन्स , पार्टी र जनताले चाहेमा अध्यक्षमा उम्मेदवारी दिन्छु


५८३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक १४, आईतबार मा प्रकाशित २ साल अघि
  • लक्ष्मी कुमारी उपे्रती (बर्तौला)
    उपाध्यक्ष
    रोशी गाउंपालिका

    काभे्रपलाञ्चोक जिल्लाको कृषि साथै पशुपालनको लागि महत्वपुर्ण स्थानको रुपमा परिचित साविक सिपालि गा.वि.स वडा नं ९ ,हाल रोशी गाउंपालिका वडा नं ६ कुखुरेपाखा भन्ने स्थानमा पिता शुर्य प्रसाद उपे्रती तथा माता चण्डीका उपे्रतीकोे कोखबाट २०४३ साल भदौ १५ गते जन्मनु भएको लक्ष्मी उप्रेती बाल्य कालबाटै आफ्नो अभिभाबकहरु साथै स्थानियहरुकोे इच्छा अनुसार समाज सेवामा समर्पित हुदै निरन्तर रुपमा अगाडि बढ्दै आउनु भयो ।

    आफ्नो अध्ययनलाई निरन्तरता दिदै जाने क्रममा हजुर्वुवाको पालादेखी गर्दै आएको नेपाली कांगे्रस निकट राजनीतिमा सरिक हुंदै २०६० बाट सक्रिय हुदै अगाडी बढ्दै जाने क्रममा २०७० मा पार्टीको क्रियासिल सदस्य हासिल गर्नुभएको उप्रेतीले लोकसेवाबाट नामा निकालेर राष्ट्रसेवक हुने सोच राख्दै गर्दा २०७४ को स्ताथानिय तहको निर्वाचनमा पार्टीले उपाध्यक्षको लागि टिकट दिएपछि जनप्रतीनिधि भएर समाजसेवा गर्ने अठोटका साथ कर्मचारी हुने बिचारलाई परिवर्तन गर्दै अगाडी बढ्नुभयो । माईति पक्ष तिन पुस्ते कांग्रेस साथै विवाह गरेर भित्रिएको कर्म घरमा पनि पुस्तौं पुस्ता अगाडी बाटै कांग्रेस विचारका सासमा अगाडी बढेकोले राजनितिक क्षेत्रमा सहभागि हुन सहज भएको थियो । श्रीमान विदुर प्रसाद गर्तौलाको साथै घरपरिवारबाट समेत साथ, सहयोग र हौसला मिलेकोले राजनीतिमा सफलता हासिल गर्नुभएका उपाध्यक्ष उप्रेती संग रोशी गाउंपालिकाले हालसम्म गरेको कार्य साथै दिर्घकालिन योजनाको बारेमा ईश्वरी राजकुमार मैनालीले गरेको कुरा कानी अंश‘।

    रोशी गाउंपालिकाको जिम्मेवारी सम्हाल्दै गर्दाको साडे चार बर्षको अवधिमा के कती उपलब्धीहरु गनुभयो ?

    नेपाली जनताले २० बर्षपछि बल्ल जनप्रतीनिधि पाए । मुलुकमा आमुल परिवर्तन (गाउंगाउंमा सिंहदरवार आएपछिको) पछिको पहिलो जनप्रतीनिधि हामीलाई सुरुको पहिलो बर्ष नयाँ खालको नीतिको खोजीमै समय वेतित भयो । पुरानो दस्तावेज, कानुनहरु खारेज भएको अवस्था र नयाँ कानुनलाई कार्यान्ययन गर्दै अगाडी बढ्ने अवस्थामै अलमल भयो । कतिपय कुराहरु नियम कानुनमै अल्झिएर बस्न बाध्य भईयो । संघ प्रदेस र स्थानियतहसंग जुन नियम कानुन संविधानले दिएको अनुसार बाझिनु नहुने न प्रदेशले बनाउने नियम हो, न स्थानिय तहले भनेर नबाझिने ढंगले नियम बनाउदाखेरी एक बर्ष अलमलमै परियो । एक बर्ष पछाडीचाही हामीले संबिधानले दिएको क्षेत्राधिकारमा रहेर उपाध्यक्षलाई दिएको ९ वटा समितिको संयोजक भएर काम गर्दै गर्दा राजश्व परामर्ष संयोजक, न्यायिक समितिको संयोजक त्यस्तै क्रमलाई लिदै गर्दा क्रमस नागरिकको हक हितकै लागि काम गरेका छौं । बिकासको क्रममा होस या त शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका सवै क्षेत्रलाई समेटेर हामी अगाडी बढेका छौं ।

    तपाई स्थानिय तहको उपाधयक्षको हैसियतमा पाउने सवारी साधनको सुबिधा नलिनु भएको भन्ने सुन्नमा आएको छ, तपाइले किन सो सुबिधा लिनु भएन ?

    वास्तबमा म आफुले सेवा सुबिधा लिनु भन्दापनि जनताले सेवा सुबिधा पाउनु पर्छ भन्ने मान्यताको साथमा अगाडी बढेको छु । मैले सवारी सुबिधा नलिदा धेरै जनताले सुबिधा पाउछन्भने किन मैले सुबिधा लिनु ? म जनप्रतीनिधि भएर आएको जनताको मतले गर्दा उपाध्यक्ष भएको हुं । जनताकै कामगर्नको लागि जनताले मलाई जिम्मेवारी दिएको हो । जनताले जुन उद्देश्यका साथ मलाई विस्वास गर्नुभयो सोको सम्मानको खातिर आफुले सेवा सुबिधा लिने नभई जनतालाई सेवा सुबिधा दिने ढंगले अगाडी बढे । जनताको दुखलाई टुलुटुलु हेर्दै मैले गाडी चडेर हिड्नुको कुनै अर्थ रहन्न । जनताको हक हितको लागि मैले काम गर्नुपर्छ भन्ने मानयताको साथमा अगाडी बढे र निरन्तर रुपमा बढ्छु । म एक जनाले सार्वजनिक साधन प्रयोग गर्दा रोशीका जनतालाई फाईदा हुन्छ भने किन मैले सेवा सुबिधा लिने ? मैले गाडिको सुबिधा नलिंदा सोही गाडी खरिद गर्ने रकमले एम्बुलेन्स खरिद गरेका छौं , जसका कारण रोशीका जनतालाई सहज भएको छ, समयमा उपचार गर्न पाएका छन्, उपचारको लागि जान एम्बुलेन्स नपाएर पिडा भोग्दै गरेका जनतालाई सहयोग मिलेको छ ।
    कार्यपालिकाले मेरोलागि गाडि किन्नको लागि बजेट छुट्याएको थियो, मैले कार्यपालिकामा मेरा लागि गाडी खरिद गर्ने रकमले एम्बुलेन्स खरिद गर्न प्रस्ताव गरे र सोही आधारमा दुई एम्बुलेन्स खरिद गरीयो । मेरो प्रस्तावलाई स्वीकार गर्दै एम्बुलेन्स खरिदको लागि वातावरण मिलाई दिनु भएकोमा कार्यपालिकालाई धन्यवाद दिन चाहन्छु । दुई एम्बुलेन्स खरिद गरेर रोशी ५ र रोशी ११ मा राखिएको छ । जस्का कारण रोशीका ४० हजार नागरीकलाई समेटिएको छ । २०७८÷७९ को बजेटमा सुतकेरी आमाहरुलाई एम्बुलेन्समा लाग्ने भाडा निःशुल्कको व्यवस्था गरिएको छ । आफ्नो सुबिधा काटेर एम्बुलेन्स खरिद गर्नाको मेरो प्रमुख उद्देस्य भनेको सुत्केरी आमा, जेष्ठ नागरीक, अपाङ्गता भएको नागरीकलाई मध्यनजर गरेको हुं । मैले अन्य कुनै कार्यको लागि आफ्नो सुबिधा काटेर एम्बुलेन्स खरिद गरेको होईन रोशीका जनताको पिडालाई बुझेर हो ।

    तपाई रोशीको न्यायिक समितिको संयोजकको नाताले रोशीका जनतालाई के कस्ता प्रकारका न्याय दिनुभयो ?

    तपाईले वास्तवमै चुरो बिषयको उठान गर्नुभयो, म न्यायिक समितिको संयोजक नहुंदा मैले रोशीको जिम्मेवारी नसमाल्दै गर्दा पनि अन्याएमा परेकाले न्याय पाउनु पर्छ भन्ने मान्यताको साथमा निरन्तर रुपमा अगाडी बढ्दै आएको थिए । पछिल्लो समयमा मैलै रोशी गाउंपालिकाको उपाध्यक्षको नाताले न्यायिक समितिको संयोजक हुने अवसर पनि पाए । मेरो संयोजकत्वमा बनेको नयायिक समितिले जनताको समस्याको बिषयलाई मध्यनजर राख्दै कार्य गरका छौं । न्यायिक समितिमा बिवाद ९६ वटा निवेदन पेस भएको छ , जसमध्य ४६ मिलापत्र गर्न सफल भएका छौं । फैसला २ गरीयो , न्यायिक समितिमा घरेलु हिंसाको विवाद अलि वडी आयो । घरेलु हिंसाको विवाद आउंदा गाउंपालिकाको अध्यक्ष समेत सवैजनासंग समन्वय गरेर अगि वडियो । घरेलु विवाद धेरै आउनाको कारणको पहिचान गर्ने क्रममा घरेलु मदिराले गर्दा विवाद अलि बढी भएको ठहर गरीयो । सवै वडा अध्यक्ष सहितको सुझावको आधारमा घरेलु मदिरा न्युनिकरणको लागि निर्णय गरीयो फलस्वरुप केही मात्रामा न्युनिकरण भएको छ । न्यायिक समितिमा रोशी १० का वडा अध्यक्ष दुधराज तमाङ र रोशी ८ ज्ञानिमाया तमाङ हुनुहुन्छ भने अधिबक्ता समेत गरी चार जना भएर विवादलाई न्युनिकरण गर्दै अगाडी बढेका छौं । न्यायिक समितिमा ४६ बर्ष अगाडी देखीका विवादलाई पनि मिलापत्र गराउन सफल भएका छौं ।

    स्थानिय तहको निर्वाचनमा मत माग्दै गर्दा जनतासमक्ष दिएको आस्वासनहरु कती पुरा भए , कती अधुरो छ ?

    वास्तवमा मेरो उम्मेदवारी भनेको जनताको हकहित साथै समस्यामा साथ सहयोगको लागि थियो । रोशीका जनताले म बाट जे जती आशा गर्नुभएको थियो त्यसमा निरासा भएको जस्तो लाग्दैन आजका दिन सम्म । जनताको दुख के कस्ता छन् भन्ने बिषयमा मैले राम्रोसंग अध्ययन गरेको छु, कार्यकालको सुरुको समयमा कानुनी प्रावधानको कारण एक बर्ष अलमल भयो , पछिल्ला समयमा बिश्वमा महांमारीको रुपमा फैलिएको कोरोनाको कारण जनताको काममा केही बाधा पुर्यायो तथापि जनताको समस्या समाधानकोे विषयमा निरन्तर लागिरहेको छु । म रोशीकै छोरी अनि रोशीकै बुहारी भएको नाताले रोशीको जनताको समस्या राम्ररी बुझेकोले निर्वाचनको समयमा त्यति धेरै आस्वासन दिनु पर्ने अवस्था थिएन । रोशीका जनताले मलाई राम्रोसंग बुझेकोले विस्वास गरेको, जनताले म माथी गरेको विस्वासमा कुठाराघात हुन दिन्न । रोशीमा पाखा भत्काउने कामलाई प्राथमिकता दिएर अगाडी बढियो भत्काउने काम भएको छ , अव ढल निर्माण र ग्रावेल गर्ने काम बाँकी छ । म जेबोल्छु त्यो पुरा गरेरै छाड्छु, हामी जनप्रतीनिधिले कुनै झुटको खेती गरेका छैनौ ।

    कार्यकाल सकिन लाग्यो भन्नुभयो आगामी निर्वाचनमा उम्मेदवारी दिने सोचमा हुनुहुन्न र ?

    मेरो वाल्यकालकै सोच हो , जनताको सेवा गर्ने तर मैले सोचेको थिए गुणस्तरीय शिक्षा हासिल गरेर लोकसेवाबाट नाम निकालेर कर्मचारी भएर सेवा गर्छु । मेहनतका साथमा अगाडी बढ्दै जाँदा गुणस्तरीय शिक्षा हासिल गर्न सफल भए । लोकसेवाको तयारी गर्दै गर्दा स्थानिय तहको निर्वाचन आयो, मलाई म आबद्ध नेपाली कांगे्रस पार्टीले जनप्रतीनिधि भएर जनताको सेवा गर्ने अवसर दिदा मैले आफ्नो सोचलाई परिवर्तन गर्दै जनप्रतीनिधि भएर सेवा गर्ने जमर्को गरे । म समाजसेवामा २०६० सालबाटै अगाडी बढेको थिए त्यसैलाई निरन्तरता दिने उद्देस्यले निर्वाचनमा सहभागि भए । मैले आफ्नो जिवनभरी समाजसेवा गर्ने प्रण गरेको छु , जसले गर्दा राजनीतिमा विश्राम लिन्न । मलाई पार्टीले कुन तहको लागि जिम्मोवारी दिने हो त्यसैमा होमिन तयार छु तरपनि रोशीमा आफुले सुरुवात गरेका कार्यहरुलाई निरन्तरता दिदै समाज सेवा गर्ने मनसाय भएकोले मेरो चाहना आगामी निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिने सोचमा छु । मलाई आत्मविस्वास छ, मैले उपाध्यक्ष भएर गरेका सम्पुर्ण कार्यहरुको मुल्यांङ्कन गर्दै पाटीले मलाई अध्यक्षको लागि अगाडी बडाउनु हुनेछ । मेरो सोचअनुसार टिकट पायंभने रोशीका जनताले अवस्या साथ र सहयोग गर्नुहुने छ ।

    तपाईले राजनीतिलाई निरन्तरता दिदै अध्यक्षको उम्मेदवारी दिने सोचमा हुनुहुन्छ, तर घर परिवारबाट साथ र सहयोग मिल्छ त ?

    मेरो माईती अनि घर तीन पुस्ते कांग्रेस हो, घर र माइति पक्षको चाहना रोशीमा विकास निर्माणको मुल फुटाएर रोशीवासिको हितको खातिर निरन्तर कार्य गर्नु हो । विगत लामो समयदेखि रोशी वासिको हितमा जुटीरहेकै परिवार भएकोले जनताको सेवा गर्नुपर्छ भन्दै घर माईति दुवै पक्षले मलाई साथ सहयोग र हौसला दिने कार्य गर्नुभएको छ । मेरा श्रीमान विदुर प्रसाद बर्तौलाले मलाई दिएको हौसला साथ सहयोगकै कारण मलाई समाजसेवामा लागिरहन निकै ठुलो सहयोग मिलेको छ । म सानै हुंदापनि मेरो बुवाले मानिस भएर जन्मिएपछि सामाजिक कार्य साथै समाजको हितको पक्षमा कार्य गर्न नसके जन्मेको व्यर्थ हुनेछ भनेर वारम्बार भन्ने गर्नुहुन्थ्यो । मेरो बुवाको जस्तै सोच घरपक्षकोनि छ, साएद माईतिको बुवाले भने जस्तै भनेर मलाई घर पक्षलेनी हौसला दिनु भनेको मेरो भाग्य ठानेको छु । दुवै पक्षको स्कुलिङ्गले गर्दा म पदमा भएर मात्रै हैन पदमै नभएपनि सामाजिक सेवामा निरन्तरता दिन्छु जसको लागि घर माईति पक्षबाट राम्रो सहयोग मिल्छ ।

    तपाईले रोशीको जिम्मेवारी सम्हाल्दै गर्दा लिएको लक्ष्य पुरा गर्ने बिषयमा के कस्तो सोच अगाडी बढाउनु भएको छ ?

    हाम्रो टिम निर्वाचित भएर अगाडी बढेको यो अन्तिम बर्ष हो । हाम्रो टिमले आगामी दिनको लागि मार्ग निर्देश गर्न सकिरहेका छौं । हामीले जिम्मेवारी सम्हाल्दै गर्दा कुनै बस्तिमा बाटो थिएन,कुनैमा पानीको अभाव, कुनै बस्ति विजुलि नभएर अन्धकार अवस्थामा थियो । ति समस्याहरु समाधानको प्रयासहरु गरीयो । हाम्रो टिमले रोशीको हकहितको खातिर कार्य गर्दै गर्दा निर्विवादित रोशी दलको रुपमा कार्य गर्दा जनताका समस्याहरु सम्बोधन गर्न सफल भएका छौं तर पुर्ण रुपमा आत्मसन्तुष्टि छैन । अझ धेरै कार्यहरु गर्नुपर्ने छ । सुरुवात गरेका छौं निरन्तरदा दिदै छौ, दिर्घकालिन रुपमा समाधानको लागि अझै धेरै कार्यहरु गर्न जरुरी छ ।

    निर्विवादित ढंगबाट अगाडी बढेका छौं भन्नुभयो, रोशी पालीकामा निर्वाचित जनप्रतिनिहरु विचको सम्बन्ध कस्तो छ ?

    रोशीको बिकासको लागि गाउंपालिकामा रहेका जनप्रतीनिधिहरुका विचमा नराम्रो संबन्ध छ्रैन । हामीले रोशीको हितको लागि कार्य गर्दै गर्दा कुनै बिवाद हुदैन । हाम्रो आन्तरिक वहस हुनसक्छ त्यो नौलो होइन । तर आन्तरिक बहसको बिषयलाई विवाद भन्नै मिल्दैन । हाम्रो रोशीका जनप्रतिनिधिहरुको सम्बन्ध निश्चय रुपमा कुनैपनि बिवाद साथै फरक व्यहार छैन । सवै प्रतिनिधिहरुको एउटै सोच भनेको रोशीको विकास हो । सामाजिक रुपमा जनताको हितको लागि हामी एक छौं । जसले जनताको समस्या बुझ्छ, सामाजिक भाव बुझ्छ, उहाँहरुसंग हाम्रो एक हुन्छ ।

    रोशी गाउंपालिकामा रहेका कर्मचारी र जनप्रतीनिधि बिच कस्तो सम्बन्ध रहेको छ ?

    हामि रोशीमा जुन दिनदेखी जनप्रतीनिधिको रुपमा आयौं सो समयदेखि हाल सम्मको अवस्थामा कर्मचारी र जनप्रतीनिधि विचको सम्बन्ध नङ्ग र मासुको जस्तो सम्बन्ध रहेको छ । कार्यालय संञ्चालन गर्ने साथै रोशीको बिकास निर्माणको बिषयमा बहस हुन सक्छ हामीविच तर बिवाद हुदैन । कर्मचारी र हामीविचको सुमधुर साथै पारदर्शीताको कारण रोशिमा विकासले फड्को मार्न सफल भएको छ । हाम्रो गहन ढंगबाट छलफल हुन्छ, बहस हुन्छ अन्तत रोशीकै हितको लागि कार्य हुन्छ । पालिकामा रहेका इमान्दार कर्मचारी साथै रोशीकै हित चाहने जनप्रतीनिधिकै कारण हाल सम्म कुनै समस्या रहेन । हामी जनप्रतीनिधि विच भएको बहसले गर्दा थप निखारता साथै सुमधुर ढंगले अगाडी बढ्न सहयोग मिलेको छ ।

    अन्तमा केही भन्न चाहनु हुन्छ की ?

    पहिलोत तपाईलाई धन्यवाद दिन चाहन्छु । रोशी गाउंपालीकामा रहनुभएका ४० हजार रोशीवासिको साथ र सहयोगको आधारम अगाडी बढेका छौं । गाउंपालिकाले कानुनको अधिनमा रहि जनतालाई दिनु पर्ने सुबिधा दिदै आएका छौं । हामी जनप्रतीनिधि रहेसम्म कुनैपनि प्रकारको समस्या आउंदैमा निरास हुनुपर्दैन । जे जस्तोसुकै समस्या परेपनि हामी उद्धार गर्न तैयार छौं । विस्वमा महांमारीको रुप लिएको कोरोना हटेको छैन, सचेत रहन अनुरोध गर्दछु । नजिकदो दिपावलिमा समेत कोरोनाको महांमारीबाट जोगिनको लागि सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदन्डको आधरमा सुरक्षीत रहन अनुरोध गर्दछु । साथै दिपावली तथा छटको अवसरमा रोशी वासि साथै स्वदेस तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालिहरुमा शुभकामना व्यक्त गर्दछु ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार