२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

बिषादीलाई निर्मुल गर्न नसकेपनि न्युनिकरण गर्न सफल भएका छौं, व्यवसायिक कर्जामा ३ प्रतिशत सम्म व्याज कम लिने गरेका छौं


५५०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक ३०, मंगलबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक जिल्लाको साविक पाँचखाल गा.वि.स. वडा नं ४ (हाल पाँचखाल नगरपालिका वडा नं ३) को रमणिय साथै पाँचखालको उर्वरा भूमिको रुपमा परिचित बानियाँ डिहीे भन्ने स्थानमा पिता कुल वहादुर वानियाँ तथा माता कान्छि बानियाँको कोखवाट २०३२ साल भदौ २६ गते जन्मनु भएका सुमन बानियाँ बाल्य कालबाटै आफ्नो जन्मभूमिमा रहेर सामाजिक हितको खातिर कार्य गर्ने बिषयमा रुची राख्ने स्वभावको हुनुहुन्थ्यो ।
    पाँचखालमा छुट्टै पहिचान कायम गर्न सफल सर्वमंगला मा.विबाट क.ख.रा सिक्दै एस.एल.सि सम्म सोही विद्यालयमा अध्ययन गर्नुभएका बानियाँ उच्च शिक्षा हासिलको लागि काठमाडौ जानुभयो । काठमाडौमा रहेको रत्नराज्य क्याम्पससमा निरन्तर अध्ययन गर्दै हाल एम.ए सम्म अध्ययन गर्नुभएका बानियाँले आफ्नो बाल्यकालको सोच अनुसार जन्मभूमिमै रहेर सामाजिक रुपान्तरणको लागि कार्य गर्ने मनसायले जन्मभूमी फकनु भयो । समाजमा आमुल परिवर्तनको माध्यम सहकारी पनि ठान्दै कृषि सहकारीको माध्यमबाट कृषकहरुको हितको खातिर कार्य गर्ने दृड अठोटका साथ २०६६ सालमा सहकारी क्षेत्रमा प्रवेश गर्नुभयो । पाँचखालमा रहेको प्रतिष्ठा कृषि सहकारी संस्थामा व्यवस्थापकको जिम्मेवारी सम्हालदै सहकारीमा आवद्ध शेयर सदस्य कृषकको हितको लागि अव्वल ढंगबाट कार्य गर्दै आउनु भएका बानियाँसंग सहकारीको दिर्घकालिन योजना के कस्तो रहेको छ भन्ने बिषयमा संम्पादक ईश्वरी राजकुमार मैनालीले गरेको कुरा कानी अंश‘।

    सुमन बानियाँ
    व्यवस्थापक
    प्रतिष्ठा कृषि सहकारी संस्था

    प्रतिष्ठा कृषि सहकारी संस्थाले कृषकको हितको खातिर के कस्ता कार्य गर्दै आएको छ ?

    प्रतिष्ठा कृषि सहकारी संस्था २०६९ सालबाट अन्य सहकारी संस्था संग मर्च पछि कृषकको हितको पक्षमा काम गर्ने मनसायका साथ सुरु भयो । सुरुवातको समयबाटै कृषकहरुकै हितको लागि काम गर्दै आएका छौं । कृषकहरुको सहजताको लागि दुध संकलन कार्य, रासायनिक मल वितरण कार्य, उन्नत जातका बिउ विजन, बिषादीहरु, कृषि ज्ञान केन्द्र, पाँचखाल नगर कृषि शाखा,प्रदेश सरकार, लवग्रीन नेपाल समेतसंग समन्वय गरेर कृषि यन्त्रिकरण समेत उपलब्ध गराउंदै आएका छौं ।

    पाँचखालमा बिषादी प्रयोगमा बडी छ भन्ने हल्ला छ, यस्तो अवस्थामा सहकारीको माध्यमबाट पनि बिषादी कृषकलाई उपलब्ध हुदै आएको छ ? बिषादी न्युनिकरणको बिषयमा के कस्तो भुमिका खेलेको छ ?

    बिषादी न्युनिकरणको लागि सहकारीले ठुलो भुमिका खेलेको छ । तर न्युनिकरण गर्ने कार्यमा शत प्रतिशत कम गर्न सकेका छैनौ । न्युनिकरणको लागि शेयर सदस्यहरुलाई समय समयमा तालिमको व्यवस गरेका छौं, कस्तो प्रकारको बिषादी कति असर गर्छ भन्ने बिषयमा जानकारी गराउने कार्यलाई प्राथमिकता दिएका छौं । गत दुई बर्ष सम्म कृषि जेटिएहरुको व्यवस्था गरेर बिषादी न्युनिकरणको लागि सिकाईएको थियो । जसका कारण बिषादीलाई निर्मुल गर्न नसकेपनि न्युनिकरण गर्न सफल भएका छौं । लवग्रीन नेपालसंग सहकार्य गर्दै बिषादीको बदलामा जैविक बिषादीहरु बनाएर कृषकलाई दिने काम गरीयो । जस्ले गर्दा बिषादी न्युनिकरणलाई टेवा मिलेको छ ।

    कृषकको हितको लागि सहकारी मार्फत आधुनिक औजारहरु पनि उपलब्ध गराएको छ ?

    गराएका छौं । मिनिटेलर, पावर टेलर,मकै छडाउने मेसिन लगाएतका सामाग्रीहरु उपलब्ध गराउंदै आएका छौं । जुन सामाग्रीहरु प्रदेश सरकार, कृषि ज्ञानकेन्द्र, पाँचखाल नगरपालिका कृषि शाखा लगाएतबाट उपलब्ध गराएका कृषि यन्त्रिकरणहरु सहकारीले मध्यस्तता गरेर उपलब्ध गराउंदै आएका छौं । सुचनाको आधारमा उपलब्ध भएको निवेदन लाई छानविन गरी वितरण गर्ने गरेका छौं । वितरण गर्दा भेगिय रुप साथै कृषकहरुको आवस्यकतालाई मध्यनजर राख्दै वितरण गर्दै आएका छौं । मकै छडाउने मेसिन, धान चुट्ने मेसिन, धान काट्ने मेसिन, विरुवा रोप्ने मेसिन, मिनि टेलर, पावर टेलर, भुसा काट्ने मेसिन लगाएतका सामानहरु अनुदानमा वितरण गर्ने गरेका छौं ।

    व्यवस्थित साथै आधुनिक खेति गराउने बिषयमा सहकारीले कस्तो खालको भुमिका निर्वाह गरेको छ ?

    पुरै रुपमा व्यवस्थित गराउन सकेका छैनौ तर प्रयासमा छौं । कृषकहरुलाई व्यवसायिक रुपमा खेति गराउनको लागि उत्प्रेरित गरिरहेका छौं । यस बर्षबाट कृषकहरु व्यवस्थित ढंगबाट खेति गर्ने तरखरमा हुनुहुन्छ । व्यवस्थित ढंगबाट गरिने खेतिको लागि आवस्यक सहयोगहरु गर्दै आएका छौं । कृषकहरुले उत्पादन गरेको तरकारीहरुलाई बजारीकरणको लागि समेत सहयोग गर्दै आएका छौं । कृषकहरुको हितको लागि प्राबिधिकहरु मार्फत पनि सहयोग गर्ने गरेका छौं । रोग तथा किराको पहिचान गर्ने र सो समस्याबाट मुक्तको लागि अपनाउनु पर्ने बिधिको बारेमा जानकारी गराउने जसले गर्दा कृषकको लागतमा कमी उत्पादन बृद्धि गर्ने वातावरण निर्माण गर्ने कार्यहरु गरेका छौं ।

    प्रतिष्ठा कृषि सहकारी संस्थाले कृषकले उत्पादन गरेको तरकारीहरुलाई बजारीकरणको लागि समेत भुमिका निर्वाह गरेको छ भन्ने सुन्नमा आएको छ , के हो वास्तविकता ?

    पाँचखालमा उत्पादन भएको ताजा तरकारीले बजार राम्रो नपाएको भन्ने महसुस गर्दै साथै बिचौलियाले कृषकहरुलाई दिएको पिडाको बिषयमा संस्थाको ध्यानाकर्षन भएको छ । यस्ता खाले समस्या समाधानको लागि गत सालबाट बिषेश गरी आलुमा ग्रेडिङ गरेर प्याकेजिङ्ग गरी प्रमुख व्यापारिक केन्द्रहरुमा लाने कार्य थालेका छौं । जस्ले गर्दा कृषकहरुको लागि राम्रै फाईदा पुगेको छ । सुरुवातीको क्रममा धेरैत गर्न सकेका छैनौ तरपनि जति गरीयो राम्रो भएको छ । पाँचखालमा उत्पादन भएको गोलभेडा पनि पोखराको व्यापारीहरुसंग सम्पर्क गरेर दैनिक १५० क्रेट विक्रि गरेका थियौं । त्यसरी वेच्दा स्थानिय बजारको भन्दा प्रति क्रेट एक सय रुपैयाँ वडिमा बेच्न सफल भएका थियौं । आलु प्याकेजिंग तथा गे्रडिङको लागि आवस्यक सामाग्रीहरु किसान दुई परियोजनासंग र प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनासंग साझेदारी गरेर व्यवस्था गरेका छौं ।

    कृषकहरुको हितको लागि कार्य गर्दै आउंदा सरकारी तथा गैर सहकारी को को बाट कसरी सहयोग मिलेको छ ?

     

    तरकारीको क्षेत्रमा हेर्दा विभिन्न किसिमका संघ संस्थासंग साझेदारी गरेर कार्यक्रमहरु गरेका छौं । पाँचखालमा विगत ३० बर्षदेखि कार्य गर्दै आएको लवग्रीन नेपालसंग पनि साझेदारी गरेर कार्यक्रमहरु गरेका छौं । त्यसैगरी किसान दुई परियोजनासंग पनि साझेदारी गरी कार्य गरेका छौं । कृषि कार्यक्रमहरुमा पाँचखाल नगर कृषि शाखासंग अनुदानका र्काक्रम, बिउविजनका कार्यक्रम, तालिमका कार्यक्रमहरु लगाएतका कार्यहरुमा साझेदारी गरी कार्यहरु गर्दै आएका छौं । त्यसैगरी जिल्ला सहकारी संघ मार्फत आएका कृषिका कार्यक्रमहरु, पाँचखाल सहकारी समन्वय समितिबाट आउने गरेका कृषिका तालिमहरुमा शेयर सदस्यहरुलाई सहभागि गराएर कृषकहरुलाई आधुनिक ढंगबाट खेति गर्ने वातावरण मिलाएका छौं । त्यति मात्रै नभएर सहकारीको तर्फबाट पनि बिभिन्न खाले तालिम दिदै आएका छौं ।

    तपाईले लवग्रीन नेपालको नाउ लिनु भयो , सो संस्थाले के कस्तो ढंगको सहयोगहरु गरेको छ कृषकको हितको लागि ?

    विगत ३० बर्षदेखी पाँचखालको हितको पक्षमा कार्य गर्दै आएको लवग्रीन नेपाल नामक संस्थाले हाम्रो सहकारी मार्फतपनि कृषकको हितको लागि धेरै कार्यहरु गर्दै आएको छ । लवग्रीनको सहयोगमा कृषकहरुको लागि आइ.पि.एम तालिमको व्यवस्था साथै माटो परिक्षणको व्यवस्था गर्दीनु भएको छ । जसले गर्दा कृषकहरुले जैविक बिषादी बनाउने कार्य जानेका छन् । अनावस्यक विषादी प्रयोग गर्ने बानि घटेको छ, बिषादी न्युनिकरणमा ठुलो टेवा मिलेको छ, लवग्रीन नेपालले गर्दा । पाँचखालका कृषकहरुका लागि कृषि पेसामा खर्च कम आम्दानी बढी साथै वातावरण सम्रक्षणको कार्यमा निकै ठुलो टेवा मिलेको छ । त्यसैगरी भकारो सुधारको लागि गरेको सहयोगले गर्दा कृषकलाई थप फाईदा भएको छ । बेमौसमि खेतिको लागि प्लास्टिक टनेल साथै प्लास्टिक पोखरी निर्माणको लागि समेत सहयोग गरेको छ । त्यसैगरी गहुत संकलनमा सहयोग साथै कृषि पेसाको लागि प्राबिधिकहरु समेत उपलब्ध गराउने कार्य भएको छ ।

    प्रतिष्ठा कृषि सहकारी संञ्चालन गर्नुको प्रमुख उद्देस्य के रहेको छ ?

    सहकारी संञ्चालनको प्रमुख उद्देस्य भनेको पाँचखाल र आसपासका क्षेत्रका कृषकहरुको हितको खातिर नै हो । कृष्कहरुलाई दुध तथा तरकारी उत्पादन गर्न हौसला साथै आवस्यक सहयोग गर्दै कृषकहरुको जिवन स्तर उकास्दै आत्मनिर्भर बनाउनको लागि हो । सामान्य ढंगबाट खेती गर्दै आएका कृषकहरुलाई व्यवसायीक ढंगबाट अगाडी बढाउने कार्यको लागि सहकारीको सुरुवात गरेउ । अर्को चुरो कुरो भनेको सहकारीहरु अक्सर गरेर नाफामुलक डंगबाट अगाडी बढेका छन् तर प्रतिष्ठा कृषि सहकारी संस्था सेवामुलक ढंगबाट अगाडी बड्ने मनसायका साथमा अगाडी बढेको छ । कृषकहरुलाई तरकारी तथा दुग्धको साथै मासु उत्पादन गर्ने कार्यमा समेत सहज रहोस भनि वोयर बोकाको व्यवस्था गर्दै आएका छौं । जस्को कारण नस्ल सुधार भएर राम्रा राम्रा जातका वोयर बोकाहरु उत्पादन हुने गरेको छ । कृषकको हितको लागि व्यवसायिक कर्जामा ३ प्रतिशत सम्म कम व्याज लिने साथै त्यस्तो लगानीमा सेवा शुल्क समेत लिने गरेका छैनौ ।

    प्रतिष्ठा कृषि सहकारी संस्थाको दिर्घकालिन योजनाको के कस्तो रहेको छ ?

    संस्थाको दिर्घकालिन योजना भनेकै संस्था संञ्चालन गर्ने क्रमको उद्देस्य पुरा गर्नु हो । पाँचखालमा धेरै सहकारीहरु रहेका छन् । पर्याप्त खर्च गरेर तडक भडक गरेर अगाडी बढेका छन् । हेर्दा प्रतिष्ठा कृषि सहकारी सामान्य ढंगबाट संञ्चालन भएको छ तर वास्तबमा प्रतिष्ठा सहकारी सामाजिक हितको खातिर कार्य गर्दै अगाडि बढेको छ । पाँचखाल कृषिको लागि धेरै सम्भावना रहेको नगर हो । यस नगरका कृषकहरुलाई आधुनिक तरिकाले खेती गराउदै कृषकलाई आत्म निर्भर गराउनु संस्थाको दिर्घकालिन योजना हो । कृषकहरुको कृषि पेसामा थोरै लगानी गरी धेरै आम्दानी गराउने ढंगको योजनाका साथमा सहकारी अगाडी बढेको छ । पाँचखालमा बेरोजगार मुक्त साथै रोजगारीको लागि खाडि मुलुक धाउनु पर्ने वाध्यता साथै शहर पस्नु पर्ने अवस्थाको अन्त्य गर्ने संस्थाको दिर्घकालिन योजना हो । संस्थामा आवद्ध शेयर सदस्यहरुको जिवन स्तर उठ्ने क्रम जारी छ, उहाँहरु खुसि हुनुहुन्छ । संस्थामा आवद्ध शेयर सदस्यहरुको मुहारमा चमल ल्याउने संस्थाको दिर्घकालिन योजना हो ।

    अन्तमा आफ्ना शेयर सदस्यहरुलाई केही भन्न चाहनु हुन्छ ?

    खासै गरी शेयर सदस्यहरुलाई संस्थाको बिबिध योजनाको बिषयमा पुर्ण जानकारी नै छ । बिषेश गरी भनेर सुनाउनु भन्दा पनि गरेर देखाउनु छ । हामी भनेर देखाउने पक्षमा छैनौ । ज्ञान वहादुर थापाको नेतृत्वमा रहेको कार्य समिति र नि—बर्तमान पुर्ण प्रसाद दुलालको नेतृत्वमा रहेको कार्य समितिको चाहना पनि भनेर सुनाउने भन्दा गरेर देखाउने पक्षमा हुनुहुन्थ्यो त्यसैले हामी भनेर सुनाउने पक्षमा नभई गरेर देखाउने पक्षमा छौं । यतिखेर पाँचखालमा धेरै सहकारीहरु छन् । प्रतिस्पर्धाको आधारमा कार्य गर्नु बाध्यता छ तर अरु र प्रतिष्ठा सहकारीमा भिन्नता भनेकै हामी नाफामुलक नभई सेवामुलक त्यसमा पनि कृषिमा , कृषकको हितको लागि कार्य गर्दैछौं । हाम्रो संस्थामा आवद्ध शेयर सदस्यहरुलाई कहिल्यै निरासा बनाएका छैनौ, उहाँहरु सधै खुसि हुनुहुन्छ, हाम्रो कर्तव्य सदस्यहरुलाई खुसि राख्नु नै हो । हामी अन्य सहकारीले जस्तो अनावस्यक खर्च गरेर तडक भडक गर्दैनौ जती गर्छौ सदस्यको हितको खातिर गर्छौ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार