२०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

यस्तो छ पनौती नगरको ०८२/०८३ को नीति तथा कार्यक्रम


५६९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ आश्विन २१, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • पनौती नगरपालिकाको

    आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम

     

    पनौती नगरपालिकाको नगर सभाको १७ औं अधिवेशनको दोस्रो बैठकमा उपस्थित पनौती नगरपालिकाको उप-प्रमुखज्यू,प्रमुख प्रशासकीय अधिकृत ज्यू,नगर सभाका सदस्य ज्यूहरु,विषयगत शाखा प्रमुख ज्यूहरु,नगरपालिकाका सम्पूर्ण कर्मचारी एवं सुरक्षाकर्मी मित्रहरु,संचारकर्मी मित्रहरु एवं उपस्थितसम्पर्णमहानुभावहरु ।

           पनौनी नगरपालिकाको नगर सभाको १७ औं अधिवेशनमा उपस्थित सम्पूर्ण सभा सदस्यज्यूहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु ।आज हामी जहाँ छौं जनताको अपार माया र सद्भावका कारण मात्र सम्भव  रहेको तथ्यलाई हामीले कदापी विर्सनु हुँदैन । त्यसकारण हाम्रा हरेक गतिविधि र क्रियाकलापहरु तिनै नागरिकको हित, भलाई, सन्तुष्टी र खुशीको लागि हुनु पर्दछ भन्ने कुरामा म दृढ छु, मलाई विश्वास छ हामी सबैले यहि तथ्यलाई मनन गर्दै अगाडि बढिरहेका छौं । यहाँको भौगोलिक तथा साँस्कृतिक विविधता, कला र संस्कृतिको सु-सम्पन्नतासँगै प्राकृतिक स्रोत/साधनको प्रचुरता जस्ता विशिष्टताहरुको सुव्यवस्थित र योजनावद्ध उपयोगद्वारा पनौतीबासीहरुको जीवनमा देखिनेगरी सकारात्मक परिवर्तन ल्याउनु नै हामी सबैको साझा उद्देश्य र दायित्व रहेको कुरा म स्मरण गराउन चाहन्छु ।

    सहकारिता, सहअस्तित्व र समन्वयको सिद्दान्तमा आधारित संघीयताको माध्यमबाट जनमुखी शासन संचालन गरी आमनागरिकलाई सुशासन, विकास र सेवा प्रवाहको सुनिश्चितता गरी आर्थिक सम्वृद्धि हासिल गर्ने नेपालको संविधानको ध्येय बमोजिम स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भई राष्ट्रिय आकाङ्क्षाको पथमा “कृषि, कला र संस्कृति हाम्रो चिनारीः हरित पर्यटकीय गौरवमय संमृद्द पनौती” भन्‍ने मुल नाराका साथ पनौती नगरपालिकाको आ.व २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वित महशुस गरेको छु । यस महत्वपूर्ण घडिमा नेपालको राष्ट्रियता, अखण्डता, स्वाधीनता र लोकतन्त्र प्राप्तिको अभियानमा नेतृत्व प्रदान गर्ने हाम्रा वीर पुर्खा, अमर  शहीद तथा अग्रजहरुप्रति उच्च सम्मान र श्रद्दा-सुमन व्यक्त गर्दै आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणमा वहाँहरुले पुर्याउनुभएको योगदानको कदर गर्न चाहन्छु ।

    नेपालको संविधान जारी भए पश्चात भएको स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएको पनि तीन वर्ष पूरा भइसकेको छ । यस अवधिमा स्रोतको सीमितता, दक्ष कर्मचारीको अपर्याप्‍तता, प्राकृतिक विपद्को अवस्था लगायत अन्य विविध प्रतिकुलताको बावजुद पनि विकास र सेवा प्रवाहलाई तिव्रता दिई  आम पनौतीबासीको आवश्यकता र आकाङ्क्षा पूरा गर्न भरमग्दुर प्रयास गरिरहेको व्यहोरा सम्मानित सभामा जानकारी  गराउँछु ।

    सीमित स्रोत साधनबाट जनताको असीमित आवश्यकता संवोधन गर्नुपर्ने दायित्व हामी माझ रहेको छ । २०८१ असोज १० देखि १२ सम्मको अविरल वर्षा र यसै वर्षको वर्षाको कारण उत्पन्न बाढीर पहिरो हाम्रो लागि अभिषाप नै रह्यो । उक्त विपदबाट १९ जनाले ज्यान गुमाउनुपर्यो भने २ जना बेपत्ताको अझै टुङ्गो लागेको छैन । कृषि क्षेत्रका अन्नबाली, पशुपन्छी, तरकारी, फलफूल लगायतमा २३ करोड ६४ लाख ४४ हजार बराबर क्षति, पूर्वाधार तर्फ करिव ३२ कि.मि.सडक, २८ कि.मि.सिँचाइ कुलो, ४ कि. मि. सिँचाइ पाइप, ९० कि.मि. खानेपानी पाइप,१४ वटा पक्की पुल, १२ वटा कल्भर्ट,२२ वटा सरकारी भवन र११ वटा सार्वजनिक भवनमा क्षति पुगेको छ भने ५८६ निजी घर पूर्णरुपमा र ९४४ घर आंशिकरुपमा क्षति भएकोले नेपाल सरकारले विपद् प्रभावित क्षेत्र समेत घोषणा गरेको यहाँहरुलाई अवगत गराउन चाहन्छु । पनौती नगरपालिका यस्तो भयाबह अवस्थाबाट गुज्रिरहेको जानकारी हुँदाहुँदै समेत संघीय सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि पेश गरेको नीति कार्यक्रम र बजेटमापनौती नगरपालिकाको विपद् पुनर्लाभको लागि कुनै कार्यक्रम समावेश नगरेकोप्रति हामी खेद प्रकट गर्दछौं । बाढी र पहिरोले थिलथिलो भएको हाम्रो नगरलाई पूर्ववत् अवस्थामा फर्काउनको लागि पालिकाको एक्लो प्रयासले मात्र सार्थकता पाउन नसक्ने देखि विभिन्न कार्यक्रमहरु जस्तैः- बस्ती तथा कृषियोग्य भूमी जोगाउन रोशी खोला तटबन्ध, लिलवती खोला तटवन्ध,पनौती स्मारक क्षेत्र लगायत अन्य धार्मिक तथा पौराणिक क्षेत्रको संरक्षण, सार्वजनिक भवनहरुको पुनःनिर्माण, रोशी र लिलावती खोलामा रहेका पुलहरु निर्माण, खानेपानी तथा सिँचाइ व्यवस्थापन लगायतको बजेट प्रस्ताव पेश गरिएको भएता पनिसंघ र प्रदेश सरकारलेउपेक्षा गरेको विषयलाई हामीले नजिकबाट नियालिरहेका छौं । यी तमाम उपेक्षाको बाबजुद पनि पनौती नगरपालिका आफ्नो समस्यासँग जुध्न र समस्या समाधान गर्न हरदम तत्पर र तयार रहेको कुरा म सम्मानित सभालाई जानकारी गराउँछु ।

    आदरणीय सभा सदस्य ज्यूहरु,

    नगरपालिकाभित्र आवधिक तथा मध्यमकालिन योजनाहरुको पहिचान, प्राथमिकिकरण, छनौटर मूल्याङ्कन तथा साँस्कृतिक धरोहरहरुको संरक्षण तथा संवर्धन जस्ता क्रियाकलापहरुलाई तथ्यपरक एवं मापदण्डमा आधारित बनाउँदै चालू आर्थिक वर्षमा भएका कार्यहरुको उपलब्धी प्रस्तुत गर्न चाहन्छुः-

    1. निर्वाचित भएको समयदेखि नै भौतिक पूर्वाधार विकासतर्फ विशेषगरी सडक निर्माण तथा स्तरोन्‍नतीमा ध्यान दिईएको र सो बमोजिमको नतिजा पनि हासिल भएको यहाँहरु सबैले महशुस गर्नुभएकै छ । नगरपालिकाभित्र चालु आर्थिक वर्षमा १३३२ मिटर सडक कालोपत्रे गरिएको, १२ कि मि ५२० मिटर सडक ग्रावेलिङ तथा सोलिङ गरिएको,११२५ मिटर सडक ढलान गरिएको, १६१५ मिटर RCCनाली सम्पन्न भएको,३ वटा वडा कार्यालय निर्माण हुँदै गरेको, एक घर एक धारा अभियान अन्तर्गत ७ वटा खानेपानी योजना सम्पन्न भई वडा नं ११ मा ९५ प्रतिशत भन्दा बढी घरधुरीमा धारो निर्माण सम्पन्न भएको छ ।
    2. गत वर्षको असोजमा भएको महाविपत्तिबाट पूर्ण रुपमा क्षति भई अवरुद्द भएको सडक पूर्वाधार,खानेपानी, विद्युत लाइन र संचार सुविधालाई सबै टोल/वस्तीमा यथावत रुपमा २०८१ को विजयादशमी अगाडि नै संचालनमा ल्याईएको यहाँहरु सबैलाई स्मरण गराउन चाहन्छु । त्यसको अलावा उक्त विपद्बाट निजी आवासमा क्षति पुगेका ६३४ परिवारलाई विपद् सम्बन्धी संघीय अनुदान पोर्टलमा समावेश गरिएको,आपतकालिन अवस्थामा अवरुद्द भएको खानेपानी सूचारु गर्न सबै टोलमा खानेपानी पाइप वितरण गरिएको, १९ जना मृतकको परिवारलाई घरमै पुगेर समवेदना राहत स्वरुप नगद रु २५ हजार उपलब्ध गराईएको,विभिन्न संघ संस्थासँगको सहकार्यमा खाद्यान्‍न, लत्ताकपडा, औषधिजन्य सामग्री इत्यादि उपलब्ध गराईएको र स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श सेवा समेत उपलब्ध गराइएको विषय म यस सम्मानित सभामा अवगत गराउँछु ।
    3. नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्दै आएको र त्यसको परिणामस्वरुप स्वास्थ्य संस्थाबाट लाभान्वित हुने नागरिकको संख्या बृद्दि हुँदै गएको छ ।
    4. चालु आर्थिक वर्षमा पनौती नगरपालिकाको स्वास्थ्य संस्थाहरुबाट ६६ हजार ८ सय ७९ जनालाई स्वास्थ्य सेवा, ४ वटा प्रयोगशालाबाट १५ हजार ९ सय २६ वटा स्वास्थ्य जाँच, ४ सय १८ जना गर्भवती महिलालाई USGसेवा प्रदान र ३ वटा प्रसुति केन्द्रबाट ६९ जना महिलालाई सुत्केरी सेवा प्रदान गरिएको छ ।
    5. आमा सुरक्षा कार्यक्रम अन्तर्गत नगरपालिकाबाट ६९ सुत्केरीलाई प्रोत्साहन भत्ता उपलब्ध गराईएको छ । मातृ तथा नवजात शिशु मृत्युदर शुन्यमा झरेको छ ।
    6. पनौती र कुशादेवि स्वास्थ्य चौकीबाट विशषेज्ञ चिकित्सक सहितको २२ वटा मानसिक स्वास्थ्य शिविर संचालन गरी स्वास्थ्य जाँच र निःशुल्क औषधि वितरण गर्नुका साथै मनोसामाजिक परामर्श सेवा उपलब्ध गराईएको छ ।यसबाट ३ हजार १ सय ५० जना नागरिक लाभान्वित भएका छन् ।
    7. ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकको घर दैलोमा गई स्वास्थ्य परीक्षण,उपचार तथा निशुल्क औषधि प्रदान गरिएको छ।यसबाट ६ हजार ६ सय ४४ नागरिक लाभान्वित भएका छन् ।
    8. आँखा उपचार कार्यक्रम अन्तर्गत १०५ जनाको निशुल्क मोतिविन्दुको शल्यक्रिया गरिएको छ ।विद्यालय तथा पनौती स्वास्थ्य चौकीको आँखा उपचार क्लिनिक बाट १ हजार १ सय ९६ जनालाई निशुल्क आँखा उपचार सेवा प्रदान गरिएको छ ।
    9. विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत नगरपालिकाबाट प्रति विरामी रु.१० हजारका दरले औषधि उपचार खर्च प्रदान गरिएको छ । यसबाट १०७ जना नागरिक लाभान्वित भएका छन् ।
    10. नगरपालिकाकाबाट संचालित निःशुल्क पशुपन्छीविमाप्रिमियमकार्यक्रममा ४ हजार ४८कृषक परिवारले लाभ प्राप्त गरेका छन् । यसबाट कुल विमित पशु संख्या १३ हजार ३ सय १० र पक्षीं संख्या २४ हजार रहेको छ ।कृषकहरुले रु ४८ लाख ५२ हजार ५ सय बराबरको विमा क्षतिपूर्ती रकम बिमा कम्पनी मार्फत प्राप्त गरेका छन् ।
    11. सामुदायिक तथा छाडा कुकुर बन्ध्याकरण कार्यक्रम अन्तर्गत २२५ वटा कुकुर बन्ध्याकरण गरिएको छ ।
    12. भैँसी सुत्केरी भत्ता वितरण कार्यक्रम अन्तर्गत नगद अनुदान वितरणगरिएको छ ।यसबाट दुग्ध उत्पादनमा बृद्धि हुनुका साथै ३३० भैंसी पालक किसान लाभान्वित भएका छन् ।
    13. चालु आ.व. मा ५ हजार ५ सय ८५गाई, भैंसीमाकृत्रिमगर्भाधानकार्यसम्पन्न भएकोछ।
    14. नगरपालिकाबाट बेमौसमी तरकारी खेतीलाई प्रवर्धन गर्न कृषकलाई अनुदानमा १७५ प्लास्टिक टनेल वितरण गरिएको छ ।
    15. नगरपालिकाको ८ वटा वडामा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा घोषणा भइसकेको र वाँकी वडा पनि घोषणाको तयारीमा रहेको हुँदापनौती नगरपालिका भरी छिटै अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षाको सुनिश्चितता हुनेछ ।
    16. नगरभित्र संचालित सामुदायिक विद्यालय तथा ११ र १२ मा अध्ययनरत जेहेन्दार विध्यार्थीको लागि छात्रवृत्ति व्यवस्था गरी पठनपाठन सुनिश्चित गरिएको छ । यसबाट विपन्न परिवारका२२२जेहेन्दार विद्यार्थी लाभान्वित भई बिचैमा विद्यालय छाड्ने विद्यार्थीको संख्यामा कमी आएको छ ।
    17. पनौती नगरपालिका जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको छ ।
    18. चालू आर्थिक वर्षमा ३० जना गृहणी महिलालाई तरकारी खेती सम्बन्धी तालिम, २८ जनालाई व्यूटीपार्लर तालिम र २२ जना महिलालाई सिलाई वुनाई सम्बन्धी सीपमुलक तालिम प्रदान गरी आर्थिक र सामाजिकरुपमा सशक्तिकरण गरिएको छ । त्यसैगरी मेड्पा कार्यक्रम अन्तर्गत ३५ जना नयाँ उद्दमी सृजना गरिएको छ ।
    19. दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना इन्स्योरसँगको सहकार्यमा ८० जनाको लागि १६९६ घण्टे तालिम संचालन गरिएको तथा १३ वटा माध्यामिक विद्यालयका ८७० विध्यार्थीलाई वृत्ति मार्ग निर्देशन अभिमुखिकरण गरिएको छ। यसबाट उनिहरुलाई भावी यात्राको निर्णय लिन सहज हुने विश्वास लिएको छु ।
    20. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ३९ बेरोजगारलाई न्यूनतम रोजगारी उपलब्ध भएको, ३५ जनालाई massonर plumbing को तालिम प्रदान गरिएको र थप २० जनालाई massonको तालिम उपलब्ध गराईएको छ ।
    21. हामीले छनौट गरेको योजना/कार्यक्रमहरुको प्रभावकारिताको कारण पनौती नगरपालिका बालश्रममुक्त तथा बालमैत्री नगरपालिका हुन सफल भएको छ ।
    22. पनौती संरक्षित क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्न मूल समिति र विज्ञ समिति गठन गरी स्वीकृत कार्यादेश बमोजिम तोकिएको कार्य भईरहेको हुँदा विश्व सम्पदा सूचीमा सूचीकरण हुने प्रयासले छिटै सार्थकता पाउने देखिन्छ ।
    23. कार्यालयको सुरक्षा तथा अनियमित गतिविधि नियन्त्रणको लागि नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा सिसिटिभी जडान कार्य शुरुवात गरिएको छ ।
    24. आर्थिक प्रशासन सुधारमा लिइएको नीतिको कारण आर्थिक वर्ष २०८०/०८१ महालेखा परीक्षकको अन्तिम लेखापरीक्षणबाट ०.३९प्रतिशत बेरुजु कायम भएको छ ।

    आदरणीय सभा सदस्य ज्यूहरु,

    संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु, संघीय एवं प्रादेशिक नीति, दिगो विकास लक्ष्य, स्थानीय सरकार संचालन ऐन, २०७४, स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, विषयगत समितिहरुको राय, आम नगरवासीहरुको सुझावलाई आधार मानी उनीहरुको सर्वोत्तम हीत प्रवर्धन गर्ने, प्रशासनलाई विकासमैत्री वनाउने, सेवा प्रबाह र सुशासन प्रवर्धन गर्ने, विपद व्यवस्थापन गर्ने, साँस्कृतिक सम्पदाको संरक्षण गर्ने र फजुल खर्च कटौती गर्ने जस्ता मान्यताबाट निर्देशित भई प्रस्तुत नीति तथा कार्यक्रम तर्जुमा गरिएको व्यहोरा यस गरीमामय सभालाई जानकारी गराउन चाहन्छु ।

    आदरणीय सभा सदस्य ज्यूहरु,

    अव म विषयगत क्षेत्र अनुसारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछु ।

     

    संस्थागत विकास तथा सेवा प्रवाह सम्बन्धी नीतिहरु

    सुशासन प्रवर्धन र सार्वजनिक व्यवस्थापन

    1. नगरपालिकाबाट प्रदान गरिने सेवालाई सरल, सहज, प्रभावकारी र गुणस्तरीय बनाउन कार्यविवरणलाई थप स्पष्ट पारिनेछ । कार्यविवरण अनुरुप प्रत्येक जनप्रतिनिधि र कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति उत्तरदायी वनाईनेछ । कर्मचारीमा रहेको ज्ञान, सीप, योग्यता र दक्षताको व्यवस्थापन गर्दै कर्मचारीहरुसँग कार्यसम्पादन करार गरी नतिजाका आधारमा सकारात्मक वा नकारात्मक उत्प्रेरणा दिइनेछ ।
    2. नगरपालिकाबाट प्रदान गरिने सेवालाई एकद्वार प्रणालिबाट प्रवाह गर्ने व्यवस्था मिलाइनेछ। सेवा प्रवाहको सन्दर्भमा प्राप्त उजुरी/गुनासाहरुको प्रभावकारी ढङ्गले सम्वोधन गरिनेछ, प्राप्त सुझाव कार्यान्वयनमा जोड दिइनेछ। सुझाव/उजुरी/गुनासो संकलनको लागि नगर कार्यपालिकाको कार्यालयमा पैसा नलाग्ने कल सेन्टरको स्थापना गरिनेछ ।
    3. नगरपालिकामा सदाचारिता प्रवर्द्धन र गुणस्तरीय सेवाको उत्पादनमार्फत सुशासनको प्रत्याभूती गर्नको लागि सदाचार नीति जारी गरी प्रभावकारी कार्यान्वयन गरिनेछ । मानव अधिकार तथा न्यायमैत्री नगर घोषणाबाट हासिल उपलब्धी बढाउन प्रयास गरिनेछ । नगरपालिकाभित्रका वडाबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन र सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले सम्पूर्ण वडाहरुको सवलीकरण गरी एकिकृत सेवा प्रवाह गर्ने व्यवस्था मिलाईनेछ । नगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय र सहकारीहरुमा समेत सूचना अधिकारी तोक्न लगाई सूचनाको हक कार्यान्वयनलाई थप प्रभावकारी वनाईनेछ ।
    4. जन प्रतिनिधि/कर्मचारीहरुको क्षमता तथा दक्षता अभिवृद्दिको लागि क्षमता विकासको योजना वनाई लागु गरिनेछ । अभिमुखीकरण, तालिम,अध्ययन/अवलोकन भ्रमण आदिबाट जनप्रतिनिधि/कर्मचारीको ज्ञान, सीप र क्षमताको बढोत्तरी गर्दै अन्य पालिकाको समेत सफल अभ्यास र अनुभवको आदानप्रदानबाट सिक्ने/सिकाउने परिपाटीको विकास गरिनेछ ।
    5. सेवा प्रवाहलाई प्रविधिमैत्री वनाइनेछ । सम्पूर्ण वडामा गभर्नेन्सको अवधारणा अनुरुप कार्य संचालन गर्ने गरी डिजिटल प्रविधिको विकास गर्दै लगिने छ ।
    6. सूचना प्रविधिलाई व्यस्थित गर्न नेपाल टेलिकमसँग G to G सम्झौतागरी कार्यान्वयन गरिनेछ ।
    7. नेपालले अंगिकार गरेको दिगो विकास लक्ष्य प्राप्तिको लागि विभिन्न सरकारी, निजी, सामाजिक र गैर सरकारी संघ संस्थासँग समन्वय, सहकार्य र साझेदारी गर्दै अगाडि बढिनेछ । दिगो विकासको स्थानीयकरण हुने गरी योजना तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
    8. नगरपालिकाको संस्थागत क्षमता अभिवृद्बि गरी स्व-मुल्याङ्कन नतिजामा सुधार गर्दै लगिनेछ । यसको लागि शाखागत समन्वय र वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरुसँगको समन्वय र सहकार्यलाई सुदृढ तुल्याईनेछ ।
    9. नगरपालिकाले प्रदान गर्ने सार्वजनिक सेवाको गुणस्तर अभिवृद्दि गर्न सेवाग्राही सन्तुष्टी सर्वेक्षण तथा वडास्तरमा नै सार्वजनिक सुनुवाई गरी पृष्ठपोषण लिने पद्दति अवलम्बन गरिनेछ ।
    10. महिला, दलित, विपन्न नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी सेवा प्रवाहमा विशेष ध्यान दिँदै मानव अधिकारमैत्री सेवा प्रवाहमा जोड दिइनेछ ।
    11. उपभोक्ता हित संरक्षण तथा प्रवर्द्धनका लागि सरोकारवालाहरुकोसमन्वयरसहकार्यमाबजार अनुगमनर नियमनलाईप्रभावकारीबनाइनेछ।
    12. शान्ती सुरक्षाको प्रवन्ध गरी दुर्घटनाको एकिन गर्न वडा कार्यालय लगायत सार्वजनिक स्थलहरुमाCC Camera जडानलाई विस्तार गर्ने र भईरहेकालाई आवश्यकतानुसार मर्मत संभार गर्ने व्यवस्था मिलाईनेछ । शान्ती सुरक्षालाई थप भरपर्दो वनाउन नगर प्रहरी परिचालनलाई प्रभावकारी बनाईनेछ ।
    13. आर्थिक प्रशासनका क्रियाकलापहरुलाई पारदर्शी गरी आर्थिक अनुशासन कायम गरिनेछ ।
    14. कार्यालयको आन्तरिक कार्यवातावरणलाई व्यवस्थित गर्न आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी निर्देशिका तयार गरी पूर्णरुपमा कार्यान्वयनमा ल्याइनेछ । नगरपालिकाबाट भएका सम्पूर्ण निर्णय, प्रगति प्रतिवेदन एवं आय-व्यय विवरण वेभ साइट मार्फत नियमित सार्वजनिक गरिनेछ ।
    15. सेवा प्रवाह सरल, सहज, प्रभावकारी र एकरुप वनाउनको लागि कार्यपालिका, विषयगत समिति तथा कर्मचारीहरुको नियमित अन्तरक्रिया तथा वैठक संचालन गरिनेछ । सबै वडामा नगरपालिका कार्यालयबाट प्रत्यक्ष नियमन गर्न सक्ने गरी अनलाइन सेवाको समूचित प्रबन्ध गरिनेछ ।
    16. कार्यसम्पादन तथा कार्यमूल्याङ्कनको आधारमा कर्मचारीहरुलाई आफ्नो कार्यप्रति थप उत्प्रेरित गर्न स्थानीय प्रोत्साहन भत्ता लगायतका सुविधाहरुको व्यवस्था मिलाईनेछ । यसले मौजुदा जनशक्तिको विविधिकरण गरी परम्परागत सेवा प्रवाह र विकास प्रशासनलाई परिष्कृत गर्दै नागरिक र स्थानीय सरकारको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिएको छु ।
    17. कार्यालयमा उपलब्ध जनशक्तिलाई right man in right place at right time हुने गरी परिचालन गरिनेछ । कामप्रति उत्साह र उर्जा बढाउन, सीप र अनुभवमा विविधता ल्याउन, कार्यमा नवीन सोच र सुधार ल्याउन, प्रेरणा र सन्तुष्टी ल्याउन तथा टीम भावना मजवुत बनाउन लामो समयसम्म एउटै जिम्मेवारीमा रहेका कर्मचारीहरुको जिम्मेवारी हेरफेर (Rotation of job) व्यवस्थापन गरिनेछ ।
    18. स्थानीय तह÷ निकायमा स्थायी नियुक्ती भई सेवा अबधी २० बर्ष र ५० बर्ष उमेर पुरा भएका कर्मचारीहरुले अबकास लिन चाहेमा बाँकी रहेको सेवा अबधि निजहरुको सेवा अबधिमा थप गरी अबकास सुबिधा भुक्तानी गर्ने सुनौलो अबकास योजनालाई निरन्तरता दिइने छ ।
    19. यस नगरपालिकामा करार सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कनको आधारमा करार अवधि थप गरी कामकाजमा लगाईनेछ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयानुसार यस नगरपालिकाबाट पारिश्रमिक पाउने(प्रचलित कानून बमोजम निवृत्तिभरण पाउने बाहेक) कर्मचारीहरुले खाईपाई आएको तलबको कम्तीमा साठी प्रतिशतलाई आधारभूत तलब मानी त्यसको बीस प्रतिशत नगरपालिकाबाट र एघार प्रतिशत योगदानकर्ताको तर्फँबाट जम्मा गरी निजहरुलाई सामाजिक सुरक्षाकोषमा योगदानकर्ताको रुपमा सूचीकृत गरिनेछ ।
    20. स्वीकृत दरवन्दीमा मिति२०६४ भन्दा अघिदेखिअस्थायी/करार सेवामा कार्यरत रही यस नगरपालिकामा समायोजन भएका रअविछिन्न रुपमा सोही पदमा कार्यरत रहेका कर्मचारीहरुको मनोवल उच्च बनाउन उचित व्यवस्था गरिनेछ र यसका लागिस्थायी गर्ने प्रक्रिया अघि बढाउनसंघीय तथा प्रादेशिक कानून प्रतिकुल नहुने गरी छिट्टै ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।

     

    आन्तरिक व्यवस्थापन,आन्तरिक नियन्त्रण तथा खरिद

    1. नगरपालिकाको जिन्सी व्यवस्थापनलाई प्रविधिमैत्री एवं पूर्ण पारदर्शी वनाई आधुनिकीकरण गरिनेछ ।
    2. लेखा समिति, आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षणबाट प्रदान गरिएको सुझाव कार्यान्वयन गरी आर्थिक प्रशासनमा सुधार ल्याईनेछ ।
    3. जिन्सी श्रेस्ता प्रणाली तथा यसको उपयोगबारे सम्बन्धित शाखा तथा वडा कार्यालयहरुको क्षमता विकास गरिनेछ ।
    4. सार्वजनिक खरिदलाई व्यवस्थित गर्न वार्षिक खरिद योजना तयार गरी लागु गरिनेछ ।
    5. नगरपालिकाको जनप्रतिनिधि एवं कर्मचारीहरुको कार्यकक्ष र आन्तरिक व्यवस्थापनको पाटोलाई सुव्यवस्थित र सुन्दर वनाउन आन्तरिक व्यवस्थापन मापदण्ड वनाई लागु गरिनेछ ।
    6. वित्तिय अनुशासनलाई सुदृढ गर्दै नगरपालिकाको बेरुजूलाई न्यूनीकरण गर्ने अभियानलाई निरन्तरता दिइनेछ ।

     

    राजस्व व्यवस्थापन सम्बन्धी नीतिहरु

    1. कर दस्तुर संकलन, व्यवसाय दर्ता, व्यवसाय प्रबर्द्धन लगायत स्थानीय विकास निर्माणमा स्थानीय उद्योग वाणिज्य संघसँग साझेदारी गरिनेछ । कर असुली प्रकृयालाई सरल र करदाता मैत्री बनाइनेछ र उत्कृष्ट करदातालाई पुरस्कृत र सम्मानित गरिनेछ ।
    2. “नगरबासीलाई कर तिर्नु बोझ नभई आफ्नो दायित्व र कर्तव्य हो”भन्नेकुराप्रत्याभूतगराउनकरप्रशासनकासर्वमान्यसिद्धान्तकाआधारमादरभन्दादायराबृद्धिलाईप्राथमिकतादिइनेछ।यसकार्यलाईसहजीकरणगर्नसरोकारवालाकोसहकार्यमा करदाता शिक्षा लगायतका प्रवर्धनात्मक कार्यक्रम संचालन गरिनेछ ।
    3. आन्तरिक स्रोतको बढोत्तरीको लागि ढुङ्गा, गिट्टी, बालुवा लगायतका वस्तुको उत्खनन् तथा निकासीमा सहज वातावरण सिर्जना गरिनेछ ।
    4. राजश्व संकलनलाई प्रविधिमैत्री वनाउँदै लगिनेछ ।पनौती नगरपालिकामा दर्ता नभई संचालनमा रहेका,दर्ता भएर पनि नवीकरण नभएका र सूचीकरण नभई संचालित उद्योग/व्यवसायहरुलाई आगामी पौष मसान्तसम्ममा नगरपालिकामा दर्ता, नवीकरण वा सूचीकरण हुन आएमा एकपटकको लागि थप जरीवाना मिनाहा गरिनेछ ।

     

    आदरणीय सभा सदस्यज्यूहरु,

    वन, वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी नीति

    1. पनौती नगरपालिकाभित्र रहेका सामुदायिक वन उपभोक्ता समितिहरुलाई क्रियाशिल वनाइनेछ ।
    2. विकास योजनालाई वातावरणमैत्री हुने गरी दिगोरुपमा संचालन गरिनेछ । वन्यजन्तुका कारण किसानलाई पर्न गएको असरलाई न्यूनीकरण र रोकथाम गर्न कार्यक्रम संचालन गरिनेछ ।
    3. प्राकृतिक विपद् जोखिम न्यूनीकरण, खोज उद्दार र राहत कार्यक्रमहरु व्यवस्थित गर्न विपद् पूर्व तयारी र प्रतिकार्य योजना वनाई लागु गरिनेछ ।
    4. विपद् व्यवस्थापन कोष तथा आकस्मिक कोषमा आवश्यक रकम जम्मा गरी विपद् व्यवस्थापनको लागि बजेट सुनिश्चित गरिनेछ ।
    5. नगरपालिकाबाट तर्जुमा भई संचालन हुने योजनाहरुलाई विपद उत्थानशील विकासको अवधारणा अनुसार कार्यान्वयन गरी पनौती नगरपालिकालाई विपद् उत्थानशील र विपद् सुरक्षित नगरका रुपमा विकास गरिनेछ । सघन शहरी विकासको रणनीति अवलम्बन गरी २०८१ असोज १० देखि १२ गते सम्मको अविरल वर्षाको कारण पर्यटन प्रवर्धन, सडक पूर्वाधार, खानेपानी र सूचना प्रविधि क्षेत्रका पूर्वाधारहरुलाई पुनःस्थापना गर्न जोड दिइनेछ ।
    6. विपद्को कारण आफ्नो थातथलो छोड्न बाध्य नागरिकहरुलाई पुनर्स्थापित गराईनेछ । विपद पुनःस्थापना गर्नका लागि आवास निर्माणमा लाग्ने नक्सा पास दस्तुर मिनाहा गरिनेछ ।वस्ती स्थानान्तरणको लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।
    7. विद्यालय, समुदाय तथा वडास्तरमा विपद् पूर्व तयारी, प्रतिकार्य र पुनर्लाभको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समन्वय गरी टोलस्तरमा नै विपद् प्रतिकार्य स्वयंसेवक टोली गठन तथा परिचालन गरिनेछ ।
    8. वडास्तरमा गठित विपद् व्यवस्थापन समिति तथा स्वयंसेवक परिचालनलाई प्रभावकारी गराईनेछ । खानी प्रभावित क्षेत्रमा पूर्वाधार विकासको लागि विशेष वजेटको व्यवस्था गरिनेछ ।
    9. फोहोरमैला तथा ढल व्यवस्थापनको लागि निजी क्षेत्रसँगको साझेदारीमा कार्यक्रम अघि बढाइनेछ । दिसाजन्य लेदो व्यवस्थापनलाई सहज, सर्वसुलभ र निःशुल्क वनाईनेछ ।
    10. विपदबाट क्षति भएका पूर्वाधारहरुको डि.पि.आर सहित पुनस्थापनाका लागि प्रदेश र संघीय सरकारसँग समन्वय तथा पहल गरिनेछ ।

    आदरणीय  सभा सदस्यज्यूहरु

    स्वास्थ्य सम्बन्धी नीतिहरु

    1. आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्दै स्वास्थ्यमा हरेक नागरिकको सहज र सर्वसुलभ पहुँचको अवधारणा अनुरुप प्रवर्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक सेवालाई एकिकृत रुपमा विकास र विस्तार गरिनेछ ।
    2. खोपासीमा अवस्थित स्वास्थ्य केन्द्रलाई पनौती नगर अस्पतालको रुपमा स्तरोन्नती गरी नगरवासीहरुकोसंविधानप्रदत्त नि:शुल्क र गुणस्तरीय आधारभुत तथा आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने हक सुनिश्चित गरिनेछ।
    3. पनौती स्वास्थ्य चौकी र कुशादेवी स्वास्थ्य चौकीबाट विशेषज्ञ सहितको मानसिक स्वास्थ्य सेवालाई निरन्तरता दिईनेछ । मानसिक स्वास्थ्य समस्या भएका विरामीहरुको नियमित परामर्शको लागि मानोसामाजिक परामर्शकर्ता परिचालन गरिनेछ ।
    4. ज्येष्ठ नागरिकहरुको स्वास्थ्य सेवामापहुँच सुनिश्चित गर्न सबै वडामा ज्येष्ठ नागरीक स्वास्थ्य परीक्षण घरदैलो कार्यक्रम संचालनलाई निरन्तरता दिइनेछ।साथै,निःशुल्क जेष्ठ नागरिक दन्त सेवाकोथालनी गरिनेछ ।
    5. वडा नं. ७ मा अवस्थित पनौती स्वास्थ्य चौकीको आँखा उपचार केन्द्रमा निशुल्क आँखा जाँच तथा उपचार सेवा प्रदान ईकाइ गठन गरिनेछ। यसको अलावा मोतिविन्दुको निशुल्क शल्यक्रिया र विद्यालयमा निशुल्क आँखा जाँच कार्यक्रम संचालन गरिनेछ ।
    6. गर्भवती/सुत्केरी महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका र विपन्न नागरिकहरुका लागि प्रदान भईरहेको निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइनेछ ।
    7. घरमा सुत्केरी हुने दरलाईशुन्यमा ल्याउनमातृ तथा नवजात शिशु स्वास्थ्य प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछसाथैप्रसुती केन्द्रमा सुत्केरी हुने गर्भवती महिलाहरुलाई प्रोत्साहन भत्ता दिईनेछ ।गर्भावस्थाको जटिलता पत्ता लगाउनसबै स्वास्थ्य संस्थाबाट ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम (Rural Ultrasound Program) सुरु गरिनेछ।सबै स्वास्थ्य संस्थाबाट पाठेघरको मुखको क्यान्सरको जाँच गरी समयमै प्रजनन रुग्णताको परीक्षण गरिनेछ ।
    8. महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि नि-शुल्क स्वास्थ्य बिमा तथा सेवा अवधि पुगेका स्वयंसेविकाहरुलाई एकमुष्ट योगदान रकम प्रदान गरिनेछ ।
    9. पनौती नगरपालिका भित्र संचालित रोडा ढुंगा उद्योग क्षेत्र विशेष गरी वडा नं. २ र १२ का स्थानीय नागरिककोस्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै ५० प्रतिशत लागत साझेदारीमा स्वास्थ्य वीमा कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
    10. आम नगरवासीहरुको स्वास्थ्य प्रवर्धनको लागि खुला व्यायामशाला निर्माण गरी निःशुल्क संचालन गर्ने व्यवस्था मिलाइनेछ ।
    11. महामारीजन्य रोगतथा विपद् व्यवस्थापनको लागि द्रुर् प्रतिकार्य टोलिलाई (Rapid Response Team) तयारी अवस्थामा राखिनेछ । स्वास्थ्य विपद् प्रतिकार्य योजना निर्माण गरी प्रतिकार्यका एकीकृत उपायहरु अबलम्बन गरिनेछ। अस्पतालजन्य फोहोरमैलाको व्यवस्थापन गरी मानव स्वास्थ्य तथा वातावरणमा पर्ने सम्भावित असरलाई न्यूनीकरण तथा नियन्त्रण गरिनेछ।

    आदरणीय  सभा सदस्यज्यूहरु

    शिक्षा सम्बन्धी नीतिहरु

    दिगो विकास लक्ष्यकार्यान्वयनको लागिशैक्षिक रणनीतिक योजनाको स्थानीयकरण, प्रविधिमैत्रीशैक्षिककार्यक्रम सञ्चालन गरि वदलिंदो परिस्थितिर समयसापेक्ष शिक्षण सिकाईलाई सूचनाप्रविधिसंग जोडी इ लर्निङ कक्षा सञ्चालनमापहल गरिनेछ ।
    पनौतीनगरपालिकाभित्रका संस्थागत (बोर्डिङ्ग ) विद्यालयहरुमाब्यवस्थापन समितिकापदाधिकारी तथा सदस्यहरुले आफू र आफ्ना एकापरिवारका सदस्यहरुले शेयर लगानी गर्न नपाउने, शिक्षक, कर्मचारीहरुले संस्थागत (बोर्डिङ्ग) विद्यालयहरुमा शेयर सदस्य, लगानीकर्ता तथा सञ्चालकहुननपाउने,त्यस्ताब्यक्तिहरु अस्थायी तथा करारमानियुक्तिहुननपाउने र ब्यवस्थापन समितिमा रहननपाउने कानुनीब्यवस्थालाई कार्यान्वयनप्रक्रिया अघि बढाइनेछ ।
    अनिबार्य तथानिःशुल्कआधारभुतशिक्षाको दिगोपनाकालागिनेपाल सरकारबाट उपलब्ध गराउँदै आएको प्रशासनिकखर्चमा सतप्रतिशत रकमथप गरी बिद्यालयहरुलाई अनुदानको ब्यवस्था गरिनेछ ।
    शिक्षालाई सहजपहुँच र परम्परागततथाधार्मिक शिक्षाको माध्यमबाट शिक्षाहासिलगर्न धार्मिक विद्यालयमार्फत शिक्षाहासिलगर्नेअवसर सुनिस्चितगर्न अनुदानको ब्यवस्था गरिने छ ।
    संस्थागतविद्यालयहरुमाअध्ययनरत छात्राहरुकालागि सम्बन्धितविद्यालय समेतको सहभागितामासेनिटरी प्याड उपलब्ध गराउने कार्यलाई निरन्तरतादिइनेछ ।
    छरिएको विद्यालयहरुबाट स्रोत साधनपनि छरिने रशैक्षिकउपलव्धिपनिनहुने भएको हुँदास्रोत साधनसम्पन्नएक वडा एक विद्यालय(द्यष्न क्अजयय)िको नीतिलाई कार्यान्वयन गरिनेछ ।
    जहाँविद्यार्थी त्यहाँशिक्षकभन्ने अवधारणालाईप्रत्येकशैक्षिक सत्रमा निरनतरतादिंदै विषयगततथातहगतशिक्षकव्यवस्थापनकार्यलाई प्राथमिकतामा राखेर अघि बढाइनेछ ।
    एक नगर एक प्राविधिकविद्यालयको अवधारणाअनुरुप संघ र प्रदेशसँग समन्वय गरी लागत साझेदारीमाप्राबिधिकविद्यालय सञ्चालनकालागि सम्भाब्यताअध्ययन गरिनेछ ।
    विद्यालय परिसर सुधारका कार्यक्रम सञ्चालन गरी शौचालयनिर्माण तथा सुधार, पिउनेपानीको ब्यवस्थाका साथै विद्यार्थीको शारीरिक, मानसिकतथा संवेगात्मकविकासको लागिवालमैत्रीउद्यान, कक्षाकोठा, प्रयोगशाला, क्ष्ऋत् ीब्द्य, पुस्तकालय, वाचनालय, चमेनागृह आदिको आवश्यकीयपूर्वाधारहरुको ब्यवस्था गरिनेछ ।
    विद्यालयहरुमा शैक्षिकवातावरण सिर्जना गरी शिक्षण सिकाइमाविद्यालयहरु बीचमा स्वच्छ र सृजनात्मकप्रतिस्पर्धा गरी एक आपसमासिकाइआदानप्रदान गर्न एवं राम्राकामहरुको प्रचारप्रसार गर्न राम्राअभ्यासहरुको वृतचित्रतथा डकुमेन्ट्रीतयार गरी शैक्षिकप्रचारप्रसारको व्यवस्थामिलाइनेछ ।
    सामुदायिकविद्यालयहरुमाकार्यरत विद्यालय सहयोगीकर्मचारी, सहायककर्मचारी, वालविकास सहयोगीकार्यकर्ता र नगर शिक्षकहरुको कार्यक्षमतामा वृद्धि गराउन नेपाल सरकारले तोकेको मापदण्ड अनुरुपनपुग रकमको व्यवस्थापन गर्ने तथा स्कूल वस सेवालाई प्रभावकारी व्यवस्थापनको लागि सन्चालनखर्चलाई निरन्ततादिइनेछ ।
    नगर भित्रका सामुदायिकविद्यालयहरुको सिकाईलाई गुणस्तरीय र प्रभाबकारी बनाउन सुधार प्रस्ताबकाआधारमाकार्यक्रम सञ्चालन गरीविद्यार्थीको क्षमताअभिवृद्घि गर्न विद्यार्थीलाई ल्याउने, सिकाउने र टिकाउने नीति अघि बढाइनेछ ।
    यस नगरपालिकामा कार्यरत सरकारी श्रोतबाट तलवरसुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आ(आफ्ना बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने वातावरण सिर्जना गरिनेछ ।
    विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागिप्रत्येकशुक्रवार अतिरिक्त क्रियाकलापसञ्चालन गरिनेछ ।जसकालागिविद्यालयलाई खेलकुदतथाशैक्षिक सामग्रीयुक्तवनाउने तथाविद्यार्थी खेलकुदविमाकार्यक्रम सञ्चालनमाल्याइनेछ ।
    विपन्ननागरिकका छोराछोरी, लोपोन्मुख, सिमान्तकृत, दलित, गरिव, जेहेन्दार तथाअभिभावकगुमाएका छात्रछात्राहरुकालागिमाध्यमिकतथाउच्चशिक्षामाप्राविधिकविषयतथाअन्यविषयअध्ययनकालागि छात्रवृत्तिको व्यवस्था गरिनुको साथै नगरपालिकाभित्रकाविद्यालयतथाक्याम्पसहरुमाअध्ययनरत विद्यार्थीहरुकालागि छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
    पूर्व राष्ट्रसेवककर्मचारी, पूर्व शिक्षकहरुको सीप, क्षमतालाई उपयोग गरी बिभिन्नक्षेत्रमायोगदान पु¥याएकाब्यक्तितथाप्रतिभाहरुको खोजी गरी रोष्टर तयार पारी “शिक्षाप्रेमीमिलौं सव, सुन्दर पनौतीशैक्षिकहव”निर्माणमा सहभागी गराइनेछ ।
    शिक्षकको पेशागतविकासलाई मर्यादितवनाई सिकाई वातावरण सरल, प्रविधिमैत्रीवनाउनआवश्यकीयतालिम, कार्यशाला, अवलोकन भ्रमण, प्रदर्शनी जस्ता कार्यहरु सञ्चालन गरिनेछ ।
    विद्यालयहरुमाएकिकृत शैक्षिक सूचना प्रणालीलाई व्यवस्थित गरी तथ्याङ्क सत्यापन र योजनानिर्माण कार्यान्वयनमाविश्वसनियताकायम गरिनेछ ।सो प्रणालीको प्रयोगवाट विद्यालयको अभिलेखव्यवस्थापन, परीक्षाफलप्रकाशन, सिकाई उपलव्धिविश्लेषण जस्ता कार्यमाप्रभावकारिताल्याइनेछ ।
    योजनावद्ध शिक्षण सिकाई शिक्षकको दायित्व, दैनिककार्ययोजना र सिकाईमा स्थायित्वभन्ने मर्मका साथशिक्षककार्यतालिका, विद्यार्थी मनिटर डायरी कार्यान्वयनलाई निरन्तरतादिइनेछ ।
    अभिभावक,शिक्षक र सरोकारवालाको साझेदारी, हाम्रो विद्यालयहाम्रो जिम्मेवारी भन्ने भावनाका साथविद्यालयको सुधारमालाग्नशैक्षिक सरोकारवालाहरुसंग अन्तरक्रियातथाअन्तरसम्वादकार्यक्रम सन्चालन गरि शैक्षिकविकासमा सामुहिकयोगदानको विकास गरिनेछ ।

    युवातथाखेलकुदनीति

    स्वदेशमै स्वरोजगार सिर्जना गर्न युवाहरुकालागिप्राविधिक ज्ञान तथा सीपयुक्त छोटो, मध्यमतथालामो अवधिकाकार्यगतअभ्यास सहितको तालिमहरु सन्चालन गरिनेछ ।
    निर्माणाधीन पनौती रंगशालाको व्यवस्थापनर स्तरोन्नतीगर्ने कार्यलाई आवश्यकपहल गरिनेछ र सोको संरक्षण, सम्वद्र्धनको लागिआवश्यकव्यवस्थामिलाइनेछ ।
    युवातथाखेलप्रेमीको आव्हान, स्वस्थजीवनशैलीखेलक्षेत्रको साधनभन्ने भावनाका साथ परम्परागत रुपमाखेलिने खेलको संरक्षण तथाविभिन्नखेलकुदकार्यक्रमसंग सम्वन्धित प्रशिक्षण, प्रतियोगितात्मककार्यक्रमको आयोजना गरिनेछ ।
    माध्यमिकतहमाअध्ययनरत छात्रछात्राहरुलाई उनीहरुको क्षमता र दक्षताअनुसार पेशाव्यवसाययुक्त सीपविकासतर्फ आकर्षित गर्न रोजगारी छनौटका विषयहरुमावृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिनेछ ।
    नगरभित्रका संघ संस्था, युवाक्लवहरुलाई नगरको विकासमा भरपुर उपयोगगर्दै सुशासन र दिगो विकासकालागि परिचालन गरिनेछ ।
    वडाहरुमायुवा क्लवहरु गठन गरी युवातथाखेलकुदक्लवमार्फत खेलकुदतथा सामाजिकगतिविधिहरु सञ्चालन गरि युवाहरुलाई सामाजिकउत्तरदायित्ववहनगर्न प्रेरित गरिनेछ ।
    राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालगायतअन्तरपालिका, जिल्ला, प्रदेशतथा राष्ट्रिय स्तरमाहुने खेलकुदप्रतियोगिताहरुमायुवा÷विद्यार्थीहरुलाई सहभागिताको लागिआवश्यकव्यवस्थामिलाइनेछ ।
    विभिन्नखेलकुदप्रतियोगिताहरु सञ्चालनतथा सहभागिताकालागिखेलकुद सामग्रीहरुको व्यवस्थामिलाइनेछ ।
    एक वडा एक खेलमैदानको अवधारणालाई निरन्तरतादिई वडास्तरमाआयोजना गरिने खेलकुदप्रतियोगितालाई आवश्यक समन्वय गरिनेछ ।

    आदरणीयसभासदस्यज्यूहरु,

    पूर्वाधार विकास सम्बन्धी नीति तथा कार्यक्रम

    1. नगरपालिकाभित्र संचालित पूर्वाधार विकाससँग सम्बन्धित योजनाहरु छनोट र कार्यान्वयन गर्दा दिगो विकासका लक्ष्य हासिल हुनेगरी संचालन गरिनेछ । आवधिक योजना निर्माण गरी दिगो, भरपर्दो तथा वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड दिइनेछ ।
    2. स्थानीय स्रोतसाधनको प्रयोग हुने उत्पादनमुलक र गरिवी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने योजनाहरु छनोटमा जोड दिइनेछ । प्रभावकारी योजना कार्यान्वयनको लागि उपभोक्ता समितिहरुको क्षमता अभिवृध्दि सम्वन्धी कार्यक्रम संचालन गरिनेछ ।
    3. नगरपालिकाभित्रपालिका गौरवको आयोजना तथा वडा भित्र कम्तिमा एक वडा एक गौरवको आयोजना पहिचान गरी क्रमागत रुपमा वजेट विनियोजन गर्ने व्यवस्था मिलाईनेछ ।
    4. बसपार्कको व्यवस्थापनमा केहि चुस्तता आइसकेको र पनौती बसपार्कलाई अझ व्यवस्थित गरिनेछ । सडक संजाललाईweb based information systemमार्फत अद्यावधिक गरिने छ ।
    5. पनौती शिरानचौरमा निर्माणाधिन रंगशालालाई पूर्णता दिनको लागि संघ र प्रदेश सरकारबाट बजेट व्यवस्थाको लागि अथक प्रयास भएको तर बजेट व्यवस्थापन हुन नसकेको हुँदा नगरपालिकाको आन्तरिक श्रोतबाट पूर्णता दिईनेछ ।
    6. पुण्यमाता खोलाको प्राकृतिक सुन्दरता कायम गर्नका लागि बगि आएका फोहोरहरु माथिल्लो सिमामैTrappingव्यवस्थापन गरी किनारमा बृक्षारोपन कार्यक्रम संचालन गर्नुका साथै छिमेकी नगरपालिकासँग सहकार्य गरी प्राकृतिक सुन्दरता कायम गरिनेछ ।
    7. योजनाहरुको कार्यान्वयनलाई लागत प्रतिस्र्पर्धी बनाई कम लागतमा बढी प्रतिफल तथा नतिजा प्राप्त गर्नको लागि रु ५ लाख माथिका सम्पूर्ण योजनाहरु ठेक्का मार्फत कार्यान्वयन गरिनेछ ।
    8. स्रोत सीमितताको कारण संवोधन हुन नसकेका योजना, कार्यक्रमहरुलाई  योजना वैंकमा समावेश गरी क्रमशः कार्यान्वयन गर्दै लगिनेछ ।
    9. स्थानीय सीपको प्रयोगलाई वढावा दिई रोजगारी अभिवृद्बि गर्न पालिकाभित्र संचालित पूर्वाधार विकाससँग सम्बन्धित योजनाहरु कार्यान्वयन गर्दा आवश्यक पर्ने मजदुरहरु रोजगार सूचना केन्द्रसँग समन्वय गरी सूचीकृत बेरोजगार व्यक्तिहरु मध्येबाट उपलब्ध गराउने व्यवस्था मिलाईनेछ ।

    सिँचाई,खानेपानी तथा सरसफाई सम्बन्धी नीति

    1. खेतीयोग्य जमिनमा साना, मझौला र ठूला सिंचाई योजना पहिचान गरी सिंचाई योजनाकोप्रक्रिया अगाडी बढाईनेछ।कृषि उत्पादनको पकेट क्षेत्रमा सिंचाईको प्रविधि सहितको व्यवस्थागरिनेछ ।
    2. साना तथा मझौला सिंचाई कुलोहरुको बाँध निर्माण र स्तरोन्‍नती गरी श्रोतको सुनिश्चितता गरिने छ ।
    3. खानेपानी मूल मुलाधार संबर्धन, व्यवस्थापन र जलबायु परिवर्तनका असरको प्रभाव न्यूनीकरण गर्न ICIMOD सँगको सहकार्यलाई निरन्तरता दिइनेछ ।
    4. वढ्दो शहरीकरणलाई मध्यनजर गर्दै मानव निर्मित फोहोर व्यवस्थापन, वातावरणीय सुधार तथा सरसफाई व्यवस्थापनको लागि टोल सुधार समितिहरु गठन गरी क्रियाशिल गरिनेछ ।

     रोजगार कार्यक्रम सम्बन्धी नीतिहरु

    1. रोजगार सेवा केन्द्रलाई रोजगार वैङ्कको रुपमा विकास गरिनेछ । पनौती नगरपालिकामा सूचीकृत भएका बेरोजगार व्यक्तिहरुलाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरी सार्वजनिक पूर्वाधारको विकास निर्माणसँगै सामाजिक संरक्षणको प्रत्याभूती गराइनेछ ।
    2. पनौती नगरपालिकाले संचालन गर्ने योजना तथा आयोजनाहरुमा आवश्यक श्रमिकहरु पूर्ति गर्दा रोजगार सेवा केन्द्रमा सूचीकृत वेरोजगार व्यक्तिहरुलाई पहिलो प्राथमिकता दिने व्यवस्था मिलाइनेछ ।
    3. रोजगारी सिर्जना गर्नका लागि लामो र छोटो अवधिको सीप युक्त तालिम संचालनका लागि पनौती प्राविधिक शिक्षालयसँग G2G गरी ३५ वर्ष मुनिका कम्तिमा १०० जना युवाहरुलाई मोटरसाइकल, प्लम्बिङ, इलेक्ट्रिसियन, वेल्डर र हलुका सवारी साधन चालक तालिम प्रदान गरी सीपयुक्त स्वरोजगार बन्नका लागि Start Up व्यवसायीलाई बिउ पूँजी परिचालन गर्ने प्रयोजनका लागि मिसन रोजगारी कार्यक्रम संचालन गरिनेछ ।
    4. सामाजिक विकास मन्त्रालय र CTEVTसँगको सहकार्यमा सीप परीक्षण तालिम संचालन गरी अनौपचारिक क्षेत्रमा विभिन्न सीप हासिल गरेका व्यक्तिहरुलाई सीप परीक्षण प्रमाण पत्र उपलब्ध गराई उद्दमशील प्रवर्धन अभियान संचालन गरिनेछ ।

     आदरणीय  सभा सदस्यज्यूहरु

    सार्वजनिक सम्पत्तिको उपयोग तथा संरक्षण सम्बन्धी नीति

    1. सार्वजनिक जग्गाहरुको पहिचान गरी छुट्याइने कार्यलाई निरन्तरता दिइनेछ । सार्वजनिक जग्गा अतिक्रमण गरी अवैधरुपमा स्थापित घर/टहरा, होटल, रिसोर्ट हटाई सिंगो पालिकाको विकास कार्य अगाडि बढाई सार्वजनिक संपत्तिको संरक्षण गरिनेछ ।
    2. सार्वजनिक सम्पत्तिको अतिक्रमण रोक्न विवरण अद्यावधिक गरी नापजाँच, सिमाङ्कन नामाङ्कन गराई ठहर भए बमोजिम आवश्यक कारवाही अघि बढाइनेछ ।

     घर नक्सापास तथा भूमी सम्बन्धी नीति

    1. नक्सापास प्रकृयामा Online पद्धतिको अवलम्बन गरी Digitize गर्ने प्रकृया थालनी गरिनेछ ।
    2. नगर क्षेत्रको जग्गालाई भू–उपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९का आधारमा जग्गाको वर्गीकरणको बाँकी कार्यहरु सम्पन्न गरिने छ । जोखिमयुक्त र अनुपयुक्त स्थानहरुमा घर संरचना बनाउन निषेध गरिनेछ ।
    3. भूउपयोग सूचना केन्द्र स्थापना गरी भू–उपयोग सम्बन्धी सूचना संकलन गरिनेछ ।

     आदरणीय सदस्यज्यूहरु,

    कृषि तथा पशु विकास सम्बन्धी नीति तथा कार्यक्रमहरु

    1. दीगो स्थानीय आर्थिक विकासको निम्ति नीजि क्षेत्र, सहकारी, गैर सरकारी संस्था र स्थानीय समुदायसंग साझेदारी(3P Model)मा प्रभावकारी क्षमता विकास, उत्पादन वृद्धि, उद्यम विकास, बजारीकरण, रोजगारी सृजना तथा पूर्वाधार निर्माणका कार्यक्रमहरु संचालन गरिने छ ।
    2. निर्वाहमुखी पशुपालनलाई व्यवसायिक बनाउन आधुनिक प्रविधीको प्रयोग तथा पशुको नश्ल सुधार गर्दै व्यावसायिकरुपमापशुपन्छी तथा मत्स्य फर्म सञ्चालनगर्ने प्रवन्ध मिलाइनेछ ।
    3. अमिलाजात फलफूलमा लाग्ने औँसा किरा नियन्त्रणको लागि ५० प्रतिशत अनुदानमा प्रोटिन बेट वितरण गरिनेछ ।विपतवाट प्रभावित किसानलाई पकेट कार्यक्रम मार्फतसहयोग उपलब्ध गरिनेछ ।
    4. कृषि तथा पशुपालन क्षेत्रमा वितरणमूखी कार्यक्रमलाई निरुत्साहित गर्दै उत्पादनमुखी र परिणाममूखी वनाउनको लागि लागत साझेदारीमा युवा लक्षित कार्यक्रमहरु सञ्चालन गरिनेछ । नगरभित्र दुग्ध उत्पादनलाई वृद्दी गर्न शुरु भएको भैंसी सुत्केरी भत्ता वितरणलाई निरन्तरता दिईनेछ ।
    5. कृषकको क्षमता विकास गरिनेछ । स्थानीय उत्पादनको वजारीकरण गरी स्थानीयस्तरमा नै खपत हुने व्यवस्था मिलाइनेछ । कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर न्यूनिकरणको लागि जलवायु अनुकुलन खेती प्रणाली अवलम्बन गरिनेछ ।
    6. पशुपालन व्यवसायलाई आधुनिक र प्रविधिमैत्री बनाउन प्रविधि हस्तान्तरणकार्यक्रम संचालन गरिनेछ ।प्राङ्गारिक मलको उत्पादन तथा प्रयोगलाई बढावा दिईनेछ । प्रांगारिक खेती प्रबर्धनका लागि गड्यौली मल तथा झोलमोल/जिवातु सम्बन्धी तालिम प्रदान गरिनेछ।
    7. पशु पालन क्षेत्रमा हुने आहारा अभाबको न्युनिकरण गर्न एक बर्षे तथा बहुबर्षे डाले घाँस तथा भैँ घाँसका विउ,विरुवा,सेट्स वितरण एवं साइलेज र यु.एम.एम.बि व्लक बनाउने तालिमको व्यबस्था गरिनेछ ।
    8. पशुपन्छीका माहामारी जन्य रोग एफ.एम.डी, पि.पि.आर, स्वाइन फिबर, लम्पी स्कीन जस्ता रोगहरु बिरुद्धको खोप कार्यक्रम सञ्चालन गरिनेछ । सामुदायिक कुकुर र चौपायाहरुको नियन्त्रणलाई निरन्तरता दिइनेछ ।
    9. वालीनालीमा आकस्मिक रुपमा देखापर्ने समस्याहरुको निराकरणको लागि प्राविधिक सेवा उपलब्ध गराईनेछ । माटोको अम्लियपन कम गर्न माटो परीक्षण र बाली उपचार शिविर सञ्चालन गरिनेछ । रासायनिक मलको सट्टा प्राङ्गारिक मलको उत्पादन तथा प्रयोगलाई बढावा दिइनेछ ।
    10. बेमौसमी तरकारी खेतीलाई प्रवर्धन गरी कृषकको आय-आर्जनमा वृद्दि गर्न ५० प्रतिशत अनुदानमा प्लास्टिक टनेल उपलब्ध गरिनेछ।किसानको लगानी सुरक्षित गर्नका लागि कृषि तथा पशुपन्छी विमा प्रिमियममा अनुदान कार्यक्रमलाई निरन्तरता दिईनेछ।
    11. बाली/विरुवामा लाग्ने रोग/किराहरु तथा माटोमा भएका समस्याहरु पहिचान गर्नका लागि कृषि ल्याबको स्थापना गरिनेछ ।परम्परागत कृषि प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लगिनेछ ।
    12. किसान सुचीकरण कार्यक्रम मार्फत किसान सुचीकृत गरिनेछ, यसबाट वास्तविक किसानको पहिचान भई माग र आवश्यकतामा आधारित कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्नेछ ।

     सहकारी तथा घरेलु विकास सम्बन्धी नीति तथा कार्यक्रमहरु

    1. स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी न्यूनीकरण गर्न सहकारी क्षेत्रको प्रबर्धन गरिनेछ ।
    2. पनौती नगर क्षेत्रमा संचालित सहकारीको क्षमता अभिवृद्बि गरी संस्थागत विकास मार्फत कृषि लगानीमैत्री वातावरण सृजना गर्न जोड दिइनेछ । सहकारीको नियमन र व्यवस्थापनलाई चुस्त दुरुस्त वनाउनसबै सहकारी संस्थालाई कोपोमिस (COPOMIS)मा आबद्द गरिनेछ।
    3. विज्ञ समूहबाट अनुगमन गरी सहकारी संस्थामा आर्थिक अनुशासन कायम गरिनेछ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थामा नागरिकको बचत सुरक्षाको प्रत्याभूति गराउन विशेष पहल गरिनेछ ।
    4. पालिकाभित्रसंभावितनयाँउद्योग स्थापनातथाघरेलुउद्योगहरुकोमाध्यमबाटउद्दमीहरुकोक्षमताविकासगरीउत्पादनरउत्पादकत्ववृद्बि गरिनेछ।गरिवी निवारणकोलागिलघुउद्यमविकासकार्यक्रमसंचालनगरिनेछ।उद्यमीहरुकोजिविकोपार्जनलाईदिगोरुपमाविकासगरिनेछ। प्रविधि हस्तान्तरण कार्यक्रम मार्फत उद्दमीहरुलाई प्रोत्साहन गरिने छ ।

    संस्कृति तथा पर्यटन सम्बन्धी नीति तथा कार्यक्रमहरु

    1. नगरपालिकालाई धार्मिक तथा पर्यटकीय नगरीको रुपमा विकास गर्न एक वडा एक पर्यटन क्षेत्र पहिचान गरीधार्मिक सर्किटको निर्माण गरिनेछ ।
    2. ऐतिहासिक पनौती बजार, इन्द्रेश्वर मन्दिर तथा घाट क्षेत्र तथा पुरातात्विक महत्वका सम्पदा तथा पनौती-बनेपासडक, पनौती-खोपासी, मल्पी-भुमिडाँडा, कुशादेवी – रयाले, पनौती-नमोबुद्ध सडकको सौन्दर्य करण तथा हरितकरण गरी पनौती आवागमनलाई सहज र रमणीय बनाउन सडक खण्डको मुख्य मुख्य स्थानमा टोल विकास संस्था, स्थानीय संघ संस्थाहरुको सहकार्यमा सार्वजनिक नीजि साझेदारी कार्यक्रम अन्र्तगत वृक्षारोपण, पार्क निर्माण, सडक विश्राम स्थल निर्माण, सडकवत्ती व्यवस्थापन र फोहोरमैला व्यवस्थित गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नसुन्दर, स्वच्छ, सफा, हरित पनौती अभियान शुरु गरिनेछ ।
    3. पनौती बनेपा सडक लगायत नगर क्षेत्रभित्रका प्रमुख सडकहरुमा उज्यालो पनौती कार्यक्रम संचालन गरी आधुनिक सडक बत्ती जडान गरी नागरिकहरुको जिउ, धनको सुरक्षा गर्न जोड दिइनेछ ।
    4. परम्परागत जात्रा, महोत्सव र सांस्कृतिक कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।
    5. धनेश्वर, भालेश्वर,आदित्य मोक्षधाम, कालग्नी रुद्र पीठ, लड्केश्वर, फुलचोकी, शारदा देवी स्थान, इन्द्रेश्वर मन्दिर परिसर, रंगनाथ मन्दिर, त्रिवेणी घाट, गोरखनाथ, फड्केश्वर,द्रौपदी मन्दिर, नरसिंह मठ, मुक्तिनाथ मन्दिर र कृष्ण मन्दिरको संरक्षणमा विशेष ध्यान दिईनेछ । ।
    6. पर्यटकीय क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विकास गर्न संचालन हुने तारे होटल/रिसोर्ट, होमस्टे, जिपलाइन बञ्जी जम्प, हाइकिङ्ग, साईक्लिङ्ग, रक क्लाईम्बिङ्ग लगायतका क्षेत्रको प्रर्वद्धनका लागि पहुँच मार्ग, खानेपानी, विद्युत, एवं थप पूर्वाधारको विकास गरिनेछ ।
    7. पनौती नगर भित्र रहेको पूरातात्विक महत्वका सम्पदाहरुलाई संरक्षण गर्दै विश्व सम्पदा सूचीमा सुचिकरणका लागि कार्यहरु अघि बढिसकेकोले थप कार्यलाई जोड दिइने छ साथै सम्पदा मैत्री घर तथा भौतिक संरचना निर्माण, सबलीकरण एवं प्रोत्साहन गर्न संरक्षित स्मारक क्षेत्रभित्र सम्पदामैत्री घर निर्माणलाई प्रोत्साहन गर्नका लागि नक्सा पास दस्तुर नि:शुल्क गर्नुकासाथै नक्सा निर्माणका लागि नगरपालिकाले नि:शुल्क प्राविधिक सहयोगउपलब्ध गराउनेछ ।
    8. आन्तरिक पर्यटनको प्रवर्धन गर्न आवश्यक कार्ययोजना बनाई लाकुरी भञ्ज्याङ – पनौती-बल्थली लगायतका क्षेत्रमा साइक्लिङ रुट निर्माण र क्रस कन्ट्री साईक्लिङ मार्गको प्रचार प्रसार समेतको व्यवस्था गरिनेछ ।
    9. आन्तरिक एवं वाह्य पर्यटनको प्रवर्धनार्थ पर्यटन सूचना केन्द्रलाई व्यवस्थित तवरले संचालन गरिनेछ ।
    10. विभिन्न जाति, भाषा र धार्मिक समुदायको लोपोन्मुख संस्कार र संस्कृति संरक्षणमा विशेष पहल गरिनेछ ।

     आदरणीय सभा सदस्यज्यूहरु,

    महिला, बालबालिका  तथा जेष्ठ नागरिक नीति

    1. आर्थिक, सामाजिक तथा भौगोलिक रुपमा पछाडी परेका लक्षित वर्ग/समुदायको पहिचान गरी लक्षित वर्ग उन्मुख सशक्तिकरण कार्यक्रम संचालन गरिनेछ । दिगो विकासमा योगदान पुर्याउनको लागि नगरपालिकाको हरेक गतिविधिमा उनीहरुलाई समावेश गरी मुलप्रवाहीकरणमा जोड दिइनेछ ।
    2. महिलाको मौलिक हक अधिकार कार्यान्वयनको लागि विकासका गतिविधिमा समावेश गरी प्रत्यक्ष सहभागिता वृद्धि गर्न मौजुदा नीति कडाइका साथ पालना गरिनेछ । लैङ्गिक मुलप्रवाहिकरण, समावेशिकरण र सशक्तिकरणका लागि विभिन्न सीपमुलक, चेतनामुलक तथा नेतृत्व विकास सम्बन्धी तालिम संचालन गरिनेछ ।
    3. महिला, बालबालिका तथा युवालाई लक्षित गरि लागु औषध दुर्व्यसनी, जातीय विभेद, सामाजिक कुरीती, यौनिक तथा घरेलु हिंसा, मानव बेचविखन र विद्युतिय अपराध विरुद्ध सचेतना जगाउन “हाम्रोध्यानयुवासचेतनाअभियान”कार्यक्रमसंचालनगरिनेछ।गृहिणी महिलाहरुको लागि लघु उद्यम सम्बन्धी कार्यक्रम संचालन गरी व्यावसायीकरणको माध्यमबाट महिलाहरुलार्इ स्वरोजगार वनाई आर्थिक सशक्तिकरणमा जोड दिर्इनेछ ।
    4. विऊपूजी परिचालन कोषलार्इ निरन्तरता दिर्इनेछ ।आय आर्जनमा महिला, उद्यमशिलतामा पहिला नाराका साथ प्रत्येक टोलमा महिला समूह/आमा समूह/कृषक समूहहरुको क्षमता विकास गरी सीपमूलक कार्यमा प्रोत्साहन गरिनेछ ।
    5. हिंसा, दुर्व्यवहार र भेदभावमा परेका, मानसिक तनावमा परेका, अशक्त, परिवार विहिन र विपन्न ज्येष्ठ नागरिकहरुको संरक्षणका लागि समुदाय, विद्यालय, निजी क्षेत्र, सञ्चारजगत र बालअधिकारको क्षेत्रमा क्रियाशिल संस्थाहरुसँग सहकार्य गरिनेछ ।
    6. विशेष सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाईनेछ । यसको लागि संघीय कानूनसँग प्रतिकुल नुहने गरी छुट्टै कार्यविधि निर्माण गरिनेछ ।
    7. आधारभूत शिक्षा, स्वास्थ्य सेवा, आयआर्जन र राज्यले दिने अन्य सेवा सुविधाहरुमा अपाङ्गता भएका नागरिकहरुको पहूँच सुनिश्चित गर्ने व्यवस्था मिलाईनेछ । ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई तिर्थाटनको प्रवन्ध गरिनेछ ।
    8. बालमैत्री स्थानीय तह घोषणा भईसकेको हुँदा सो को दिगोपनाको लागि कार्यक्रम संचालन गरिनेछ ।
    9. बालमैत्री स्थानीय शासन प्रणाली दिगोपनाका लागि आवश्यक कार्यहरु गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसंग सहकार्य गर्ने नीति अबलम्बन गरिनेछ ।
    10. बालमैत्री स्थानीय शासन प्रणाली दिगोपनाका लागि आवश्यक कार्यहरु गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसंग सहकार्य गर्ने नीति अबलम्बन गरिनेछ ।

     आदरणीय सभा सदस्यज्यूहरु,

    न्यायिक समिति सम्बन्धी नीतिहरु

    1. नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार गठित न्यायिक समितिलाई प्रभावकारी रुपमा संचालन गरिनेछ । अन्यायमा परेका महिला, दलित, अपाङ्गता भएका, जेष्ठ नागरिक, हिंसापीडित तथा गरीविको रेखामुनी रहेका व्यक्ति लगायत विभिन्न वर्ग समुदायलाई कानूनी सहायता प्रदान गरिनेछ, साथै सवै निकाय तथा कार्यालयसँग न्यायिक पहुँचको लागि सहजिकरण गरिनेछ ।
    2. मेलमिलापकर्ताको क्षमता अभिवृद्धि लगायत अभिमुखीकरणमा विशेष ध्यान दिई टोलस्तरबाट नै न्यायको अनुभुती दिलाउने प्रयास गरिनेछ ।

     

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सेवा केन्द्र सम्बन्धी नीति

    1. पनौती नगरपालिका क्षेत्रभित्र लामो समय देखि बसोबास गरि आएका भूमिहिन तथा सुकुम्बासीहरुलाई कानूनी प्रकृया पूरा गरि छिटोभन्दा छिटो जग्गा धनी प्रमाण पूर्जा वितरण गर्न पहल गरिनेछ ।
    2. भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जमिन उपलव्ध गराएपश्चात अति गरिव परिवारको लागि आवास र जीविकोपार्जनका कार्यक्रम सञ्चालनका लागि आवश्यक पहल गरिने छ ।
    3. भूउपयोग सूचना केन्द्र स्थापना गरी भू–उपयोग सम्बन्धी सूचना संकलन गरिनेछ ।

    आदरणीय सभा सदस्यज्यूहरु

    यस गरिमामय सभामा पेश भएको नीति तथा कार्यक्रम र सो अनुरुप तयार हुने कुल रु १ अर्व ६१ करोड ११ लाख ११ हजार(भुक्त्तानी दिन बाँकी दायित्व वाहेक)वजेटको कार्यान्वयनले समृद्व, समुन्नत,धार्मिक, ऐतिहासिक र पर्यटकीय नगर बनाउने हाम्रो अभियानमा कोशेढुङ्गा सावितगर्नेछ भन्ने मैले विश्वास लिएको छु ।नेपालको संविधानले स्थानीय तहलाई दिएको जिम्मेवारी अनुसार यस नगरका जनतालाई नजिकको सरकारको अनुभूति गराउने गरी चुस्त, दुरुस्त, पारदर्शी र सुशासनयुक्त प्रशासन बनाउने हाम्रो अभिभारा पूरा गर्नप्रस्तुत नीति कार्यक्रमले सहयोग पुर्याउँनेछ भन्नेमा म विश्वस्त छु ।अन्त्यमा, पनौतीनगरपालिकाको आर्थिक, सामाजिक एवं पुर्वाधार विकासको अवस्थामा उल्लेख्य सुधार ल्याउने उद्देश्यले पेश भएको यो नीति तथा कार्यक्रमको कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, बुद्बिजिवी, उद्योगी/व्यवसायी, आमसञ्चारजगतलगायत सम्पूर्णआमा-बुवा,दिदी-बहिनी तथा दाजुभाइहरुबाट अपेक्षित सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै  सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

     धन्यवाद ।

    रामशरण भण्डारी

    प्रमुख

    पनौती नगरपालिका ११आषाढ २०८२

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार