२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

सन्दर्भ राष्ट्रिय बाल दिवस, २०७३


३१४० पाठक संख्या

सम्बद्र्धन बालअधिकारको, कार्यान्वयन संबिधानको भन्ने मूल नाराका साथ यस वर्ष राष्ट्रिय वाल दिबस, २०७३ भब्य

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन ७, शुक्रबार मा प्रकाशित ७ साल अघि
  • सम्बद्र्धन बालअधिकारको, कार्यान्वयन संबिधानको भन्ने मूल नाराका साथ यस वर्ष राष्ट्रिय वाल दिबस, २०७३ भब्य रुपमा मनाइयो । यस क्रममा काभ्रेपलाञ्चोकमा गाबिस देखि जिल्ला स्तरीय एबम् केन्द्रिय स्तरमा समेत बिबिध कार्यक्रमहरुको आयोजना गरिएको छ । नेपालले बालअधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि १९८९ को अनुमोदन १९९० सेप्टेम्बर ४ तारिखका दिन गरेको सम्झनामा यो दिवस देशव्यापीरूपमा मनाइएको छ ।
    बाल अधिकार सम्बन्धि महासन्धि, १९८९ का माध्यमवाट अन्तर्राष्ट्रिय जगतमा नेपालले जनाएको प्रतिवद्धता र राष्ट्रिय कानूनले प्रत्याभूत गरेको बाल अधिकार र बाल संरक्षणको क्षेत्रमा हामीले गरेका कामको मूल्यांकन गर्ने दिनको रुपमा भाद्र २९ लाई हरेक वर्ष सरकारले बाल दिवसको रुपमा मनाउदै आईरहेको छ ।
    नेपाल संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धि महासन्धि १९८९ लाई अनुमोदन गरेको २६ वर्ष पूरा भएको छ । यस अबधिमा धेरै सकारात्मक परिबर्तन भएका छन् । तथापी बालबालिका माथि हुने शारीरिक तथा मानशिक हिंसाका कारण बाल अधिकारको हननको घटनाहरु बिध्यमान रहेका छन् । यसका बिरुद्ध थप प्रयासको आबश्यकता छ ।
    बालबालिकाका हिंसा र दुर्ब्यबहारका विभिन्न स्वरुपहरु रहेका छन् । बालश्रम, बालबालिकाको बेचविखन, र बाल बिबाह, शोषण एवं मानसिक तथा शारीरिक सजायले वालवालिकाको हक अधिकारको हनन हुनुका साथै समग्र विकास प्रक्रियामा समेत नकारात्मक प्रभाव पर्दछ ।
    बालबलिका र किशोर किशोरीप्रति आम जनताको धारणा परिवर्तन भई बालसुलभता र अपरिपक्वताको कारण बयस्कको ब्यबहारबाट उनीहरुको विकासमा हुन सक्ने सकारात्मकर नकरात्मक प्रभाव एंव जोखिम प्रति सचेतना बढेको छ । बालबालिका तथा किशोर किशोरीको हक अधिकारको सुनिश्चितताको लागि नीतिगत, कानूनी र कार्यक्रमिक प्रयासहरु गरिएका छन् । बालअधिकारका ४ महत्वपुर्ण पक्षहरु बालबचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिताका अधिकारलाई प्रत्येक बालबालिकाले निवार्ध रुपमा उपयोग गर्न पाउने वातावरण सिर्जना गर्न सरकारी तथा गैरसरकारी निकायहरु प्रयासरत रहेका छन् ।
    विगतका तुलनामा बालबालिकाका विषयले क्रमशः राष्ट्रिय प्राथमिकता पाउदै आएकोमा कसैको मतान्तर छैन । समाजको विकाससंगै आउने विविध जटिलताले बालबालिकामाथि परिरहेका नकारात्मक प्रभावहरुको न्यूनिकरणका लागि हरेक व्यक्ति, निकाय, संघसंस्था अझ बढी जिम्मेवार भई निरन्तर रुपमा लाग्नु आवश्यक छ ।
    गत वर्ष देशमा गएको विनाशकारी भूकम्प र त्यसपछिको शक्तिशाली पराकम्प एबम् बाढी पहिरो जस्ता विपत्तिले व्यापक रुपमा जनधनको क्षति मात्र गरेन यसले हाम्रो मानसपटलमा गहिरो चोट छाडेको छस यसबाट कलिला बाल बालिकाहरु धेरै प्रभावित भएका छन् । उनीहरुको त्रासदीपूर्ण मानसिकतामा परिबर्तन ल्याउन लामो समय सम्म तीनीहरुलाई मनोसामाजिक विमर्श सेवाको आबश्यक पर्नसक्छ । त्यति मात्र होइन आर्थिक सामाजिक पूर्बाधारमा पुगेको क्षतिले बालबालिकाका शिक्षा, स्वास्थ्य, उचित पोषण र सुरक्षित आवासको अधिकार सुनिश्चित गर्नु चुनौती रहेको छ । यिनै चुनौतीहरुलाई सम्बोधन गर्ने तर्फ नेपाल सरकार र विभिन्न संघ संस्थाको सामुहिक प्रयासहरु केन्द्रित रहेका र भविष्यमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनु जरूरी देखिएको छ ।
    नेपालमा बाल संरक्षणका थुप्रै सवालहरु रहेका छन् । भौगोलिक र क्षेत्रीय स्वरुपका आधारमा बालबालिकाहरु थुप्रै भिन्न भिन्न प्रकारका समस्या र सवाल बाट जेलिएका छन् । नेपालमा देखिएका प्रमुख बालसंरक्षणका सवालहरुमा बालश्रम, बालयौन दूब्र्यवहार, बालबिबाह, बेचबिखन, घरेलु, हिंसा, भेदभाव तथा बालबालिकाहरु बिद्यालयबाट बाहीर रहनु हो । नेपालमा लगभग ६ लाख भन्दा बढी बालबालिकाहरु बालश्रमको चपेटामा रहेको पाइएको कुरा तथ्यांकहरुले देखाएको छ (श्रम शक्ति सर्वेक्षण २००८), सयौको संख्यामा बालबालिकाहरु यौनदूब्र्यवहार बाट पिंडित रहेको पाइएको कुरा तथ्यांकले देखाएको छ । बालबिबाहको समस्या पनि अझै ज्वलन्त रहेको छ । देशका विभिन्न स्थानहरुमा हजारौं बालबालिकाहरु घरेलुहिंसा, सारिरीक तथा मानसिक यातना, दण्डसजाय कुटपिट र अपहरणको चपेटामा परेको पाइएको छ । यि सवै तथ्यहरुलाई अझ उजागर गर्न नसकनु र समस्याको उचित समाधान गर्न नसक्नु हामि माझ चुनौतिको रुपमा रहेको हुनाले त्यसको लागि समेत हामि सबै सचेत हुनु आजको आवस्यकता देखिन्छ ।
    अतः आधा भन्दा बढी जनसंख्या बालबालिकाको रहेको हाम्रो देशमा बालअधिकार हननका घटनाहरु, बेचबिखन, अपहरण र बलात्कारका घटनाहरु हुनु ज्यादै निन्दनीय मानिन्छ । त्यसैले एक दिनको बाल दिवसले मात्र सम्पूर्ण बालबालिकाको समस्यालाई हाल गर्न नसक्ने भएकोले बाल संरक्षण र बालअधिकार बिषयमा व्यक्ति, परिवार, समाज लगायत सम्पुर्ण सरकारी तथा गैरसरकारी निकायको संयुक्त दायित्व रहेको छ । बिषेशत काभ्रेपलाञ्चोक जिल्ला बालबालिका बेचबिखन, बालश्रम र यौन दुर्व्यवहारको उच्च जोखिममा रहेको जिल्ला मानिएको हुँदा यस जिल्लामा कार्यरत सम्पूर्ण सरोकारवाला निकायहरुले गरेको योगदानको उल्लेखनीय कदर गर्दै आगामी दिनमा बालसंरक्षणको क्षेत्रमा अझबढी ससक्त र समन्वयात्मक ढंगले कार्य गर्नु जरुरी रहेको छ । (लेखक, जिल्ला बालकल्याण समिति, काभ्रेका सूचना व्यवस्थापन अधिकृत हुन्)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार