२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

अनुत्पादक क्षेत्रमा वढ्दो लगानी


४९४६ पाठक संख्या

कुनैपनि क्षेत्रमा लगानी तब गरिन्छ जब त्यसबाट केहि प्रतिफल प्राप्त हुने आशा पलाउँछ । यसो

  • नवसंकेत अनलाईन
  • २०७३ आश्विन २०, बिहिबार मा प्रकाशित ७ साल अघि
  • कुनैपनि क्षेत्रमा लगानी तब गरिन्छ जब त्यसबाट केहि प्रतिफल प्राप्त हुने आशा पलाउँछ । यसो भनेर फाइदा नहुने काममा लगानी नगर्नु नै त भन्न खोजेको होइन । तर राज्यले खर्च गर्दा देश र जनताका लागि केहि उपलब्धि हुने काममा लगानी गर्नु अहिलेको आवश्यकता भएपनि त्यसतिर खासै ध्यान पु¥याइएको देखिंदैन । प्रसङ्ग मद्यपान र ध्रुम्रपान लगायतका अनुत्पादक क्षेत्रमा वर्षेनी राज्यको लगानी वढ्दो अवस्थाको हो । विगत केहिवर्ष यता यस्ता क्षेत्रमा लगानी गर्ने दर वढ्दै गएको छ भने आर्कषित हुनेको संख्या पनि वढीरहेको छ । यसले राज्यको करको दायरामा केहि सुधार आएपनि सर्वसाधारणको स्वास्थ्यमा भने गम्भिर रुपमा असर परिरहेको तर्फ न राज्यले सोचेको छ न यस तर्फ आर्कषित हुनेहरुले नै सोच्न भ्याएका छन् ।
    पछिल्लो एक तथ्याङ्क अनुशार नेपालमा वर्षेनी ६१ अर्ब ९२ करोड ३७ लाख रुपैयाँ बराबरको मदिरा खपत हुन्छ । यो मदिराको मात्र खर्च हो । यसका अतिरिक्त ध्रुम्रपान र खैनीसूर्तीमा वर्षेनी अरु ५० अर्ब भन्दा धेरैको लगानी हुने गरेको डरलाग्दो तथ्याङ्क पनि बाहिर आइसकेको छ । गतवर्ष वियर २४ अर्ब र अन्य सूर्तिजन्य वस्तुहरु ३५ अर्बको कारोबार भएको अन्तशुल्क विभागले जनाएको छ । ५ करोड ७४ लाख लिटर मदिरा खपत भएको छ । त्यसो भए यति धेरै लगानी गरिएको मदिरा र सूर्तीजन्य वस्तुको उपभोगको प्रतिफल के हो त ? अहिले यो प्रश्नको जवाफ जो कसैले पनि खोजिरहेको हुन सक्छ । प्रश्न सँगै जवाफ पनि आएको छ । क्यान्सर, दमखोकी र अन्य शारिरीक कमजोरीहरु । यति मात्र होइन , प्रत्येक चुरोट र खैनीका प्याकेटहरुमा ध्रुम्रपान र सूर्तीसेवन स्वास्थ्यका लागि हानीकारक छ भनेर पनि लेखिएको हुन्छ । केहि वर्ष यता त ती प्याकेटहरुमा चेतनामूलक चित्रहरु अनिवार्य राख्नु पर्ने नियम बनाईएको छ । तर पनि यस्ता वस्तुहरुको उपभोगमा कुनै कमी आउनुको सट्टा उल्टो वृद्धी पो भएको देखिन्छ । आखिर यो किन त ? अहिले सोचनिय विषय बनेको छ ।
    उल्लेखित तथ्याङ्क त राज्यले बाहिरी देशबाट ल्याउने परिमाणको मूल्य मात्र हो । अझ स्वदेशमै पनि स्थानियस्तरमा उत्पादन हुने मदिरा र सूर्ती बिंडीहरुको त यहाँ हिसाब नै गरिएको छैन । यो सबै जोड्ने हो भने उल्लेखित लगानीको मात्रामा चार गुणा सम्म वृद्धी हुन सक्छ । यति धेरै खपत र लगानी हुने गरेको नेपालको मदिरा र सूर्तिजन्य उत्पादनमा राज्यले अन्तशुल्क कर लगाउने भन्दा अरु कुनै नियम कानुन बनाउन पनि सकेको देखिंदैन । जसले गर्दा यस्ता अनुत्पादक क्षेत्रतिर विशेष गरि अहिलेका यूवापुस्ता धेरै नै लागि परेको प्रष्ट छ । सरकारले यी क्षेत्रमा कमी ल्याउन सक्ने खालका नियमकानुनको अभावको फाइदा उठाउँदै धेरै विकृतीहरु पनि फैलिरहेका छन् । वास्तवमा भन्नु पर्दा राज्यले सार्वजनिक ठाउँमा ध्रुम्रपान र मद्यपान सेवन गर्न नपाउने नियम बनाएको भएपनि यसको कार्यान्वयनमा खासै मतलब गरेको छैन । यसले गर्दा खानेहरुलाई भन्दा पनि सँगै रहेका अरुलाई धेरै नै असर पूगिरहेको हुन्छ । त्यतातिर अम्मलीले पनि खासै ध्यान दिएको पाईंदैन ।
    एकातिर यो अवस्था छ भने अर्कातिर नेपालमा विभिन्न जातजातीहरु छन् । उनीहरुका धार्मिक वा साँस्कृतिक कामहरुमा अनिवार्य रुपमा रक्सिको प्रयोग गरिने गरिएको छ । धार्मिक रुपमै पनि रक्सिलाई सोमरस भनिन्छ । सगुनको रुपमा प्रयोग गर्नेहरु पनि छन् । त्यसैले राज्यले नियम कानुन बनाएपनि यसको कार्यान्वयनमा भने धेरै कठिनाईहरु रहने गरेका कारण यो नेपालका लागि पछिल्ला दिनहरुमा भयानक ठूलो समस्याका रुपमा देखा पर्दै गएको कुरालाई नकार्न सकिंदैन । नेपालमा हालसम्म मदिराजन्य वस्तुहरुको गुणस्तर निर्धारण र यिनीहरुको उत्पादनमा प्रयोग हुने कच्चा पद्धार्थको प्रयोगबारे कुनै मापदण्ड नभएकै कारण उपभोक्ताले गुणस्तरहिन मदिरा र सूर्तीजन्य वस्तुहरुको प्रयोग गरिरहनु परेको छ । कम गुणस्तरिय वस्तुको सेवनकै कारण ज्यान गुमाउनेहरुको संख्या पनि कम छैन । प्रत्येक वर्ष नेपालमा ध्रुम्रपानकै कारण करिव १५ हजार भन्दा वढि मानिसको मृत्यु हुने गरेको छ । यो तथ्याङ्क प्रत्येक वर्ष वृद्धि हुने क्रममा छ । मदिरापान, ध्रुम्रपान र अन्य सुर्तिजन्य पद्धार्थहरुको सेवनकै कारण मर्ने नेपालीहरुको संख्यामा वर्षेनी झण्डै दोब्बरले वृद्धि भएको छ । विशेष गरि सुर्तिजन्य पद्धार्थहरुको सेवनले क्यान्सर जस्तो भयानक रोगको शिकार हुनेहरुको संख्या पनि दैनिक रुपमा वढेको छ । धुम्रपान गर्नेहरु त यसका शिकार हुने नै भए जथाभावि रुपमा गरिएको ध्रुम्रपानकै कारणसँगै वस्नेहरु पनि यसको असरबाट मुक्त हुन सकेका छैनन् ।
    यो नेपालको अवस्था मात्र हो, विश्वको सन्दर्भमा हेर्ने हो भने यसको भयानक अवस्था छ । यस्ता पद्धार्थहरुको सेवनकै कारण विश्वमा प्रत्येक वर्ष करिब ६० लाख मानिसहरुको मृत्यु हुने गरेको छ । अनि सेवन नगरेका र अरुले सेवन गरेकै कारण असर गरेर मर्नेहरुको संख्या ६ लाख छ । प्रत्येक वर्ष यो संख्या वढ्ने क्रममा छ । यहि अवस्था रहिरहने हो भने आउँदो २ वर्षमा सुर्तिजन्य पद्धार्थको सेवनकै कारण मर्नेहरुको संख्या वर्षेनी ८० लाख भन्दा वढि पुग्ने अनुमान गरिएको छ ।
    हामीलाई थाहा छ , धुम्रपान र मदिरापान स्वास्थ्यका लागि हानीकारक छ । अनि यो पनि थाहा छ कि यसकै कारण धेरै किसिमका रोगको शिकार हुनु पर्ने अवस्था आउँछ । त्यति मात्र होइन, जाने बुझेरै पनि हामीले ध्रुम्रपान र मदिरापान गर्न छोडेका छैनौं । उत्पादनमा रोक लगाउँदा यस व्यवसायमा संलग्न भएका सयौं व्यवसायीहरुको रोजगारी गुम्छ, अनि सरकारलाई प्राप्त हुने राजश्व पनि कम हुन्छ । जसका कारण होला सरकारले मदिरा र सुर्तिजन्य पद्धार्थको उत्पादन र विक्रि वितरणमा पूर्ण रुपमा रोक लगाउन सकेको छैन । एकातिर धुम्रपान गर्न नपाइने भन्ने अनि अर्कातिर उत्पादन र विक्रिवितरणमा रोक लगाउन पनि नसक्ने । सेवन गर्नेलाई चाहिं कारवाहि गर्ने ? त्यसो हो भने उत्पादनलाई चाहिं कता विर्सजन गर्ने नि ? भन्नेहरु पनि छन् । एकहदमा यो पनि ठिकै कुरा हो ।
    उत्पादनमा रोक लगाउँदा यस व्यवसायसँग सम्बन्धित सयौं व्यक्तिहरुको रोजगारी त गुम्न सक्छ , अनि यसकै कारण लाखौं मानिसको मृत्यु हुने गरेको अवस्थालाई चाहिं जिम्मेवार निकायले कसरी बुझेको छ नि ? यतातिर पनि ध्यान दिनु आवश्यक रहन्छ । उत्पादनमै रोक लगाउने हो भने ध्रुम्रपान र मदिरा उपभोग गर्नेहरुको संख्यामा करिव ९० प्रतिशतले कमि आउन सक्छ । तैपनि सरकारले यतातिर सोच्न सकेको छैन । बरु प्रत्येक वर्ष यस्ता उत्पादनहरुमा करको दायरा बढाएर आफ्नो आम्दानीको स्रोत थपेको छ । राम्रो कामबाट आम्दानीको स्रोत बढाउनु सकारात्मक होला नै तर जसले जनस्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पु¥याईरहेको हुन्छ त्यस्तो वस्तुबाट राजस्व वृद्धि गर्नुको के अर्थ रहला र ? सरकारले यस्ता अनुत्पादक वस्तुहरुमा गरिने गरिएको लगानीलाई जलविद्युत लगायतका क्षेत्रमा लगाउने हो भने यो लोडसेडिङ्गमा कति धेरै राहत हुने थियो होला ! यतातिर सरकारले कहिले सोच्ने ?
    यदि सरकारले धुम्रपान र मदिरापानकै कारण उत्पन्न हुने समस्यालाई साँच्चै नै रोक्ने हो भने यसको उत्पादनमै रोक लगाउनुको विकल्प छैन । यस व्यवसायमा लागेका व्यक्तिहरुलाई अन्य उत्पादन मुखि क्षेत्रमा परिचालन गरिनुपर्छ । राजस्व त हरेक क्षेत्रबाट पनि आउन सक्छ । अनि जनचेतनामुलक सन्देशहरु सर्वसाधारणमाझ पु¥याउनु पर्छ । नियमकानुन बनाएर मात्र केहि हुदैन । त्यसलाई व्यवहारमा उतार्ने प्रयास पनि गर्नुपर्छ । नियम कानुन बनाएर दराजमा थन्क्याउने अनि आफैं लुकि लुकि चुरोट र मदिरा दन्काउनेहरुले एकपटक यतातिर पनि सोच्ने पो हो कि ?

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार