२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

बोक्सीको नाउँमा महिलालाई यातना कहिले सम्म…?


३२५१ पाठक संख्या

ज्ञानमणि नेपाल कालोटोपी गएको मंशिरमा काभ्रे जिल्लाकी ३२ वर्षिय महिला लक्ष्मी परियारलाई बोक्सी आरोपमा स्थानिय

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ २२, बिहिबार मा प्रकाशित ६ साल अघि
  • ज्ञानमणि नेपाल कालोटोपी

    गएको मंशिरमा काभ्रे जिल्लाकी ३२ वर्षिय महिला लक्ष्मी परियारलाई बोक्सी आरोपमा स्थानिय शिक्षक हिरामान लामा लगायतका युवाहरुले कुटी कुटी मारे । उनको केहि दिन अघि मात्र दाअसंस्कार गरियो । २ वर्ष अघि पर्सा जिल्लाको सुपौली–९ की महिला पार्वती चौधरीको आफ्नै छिमेकीद्धारा अमानविय तरिकाले कुटपिट गरि हत्या गरियो । उनको बोक्सि आरोपमा हत्या गरिएको थियो । आफन्त र छिमेकीबाटै हत्या गरिएकी चौधरी न बोक्सि थिइन् न रुढिवादी समाजले उनको पिडा नै सुन्यो । निर्दोष एक महिलाले विनाकारण बोक्सिको आरोपमा अकालमै ज्यान गुमाउनु प¥यो ।त्यस्तै हालै मात्र पर्सा जिल्लाकै विश्रामपुर– १ की एकल महिला सरस्वतीदेवीलाई बोक्सि आरोपमै आफन्तबाटै गाउँ निकाला गरियो । मानव मलमुत्र खुवाएर शारिरीक तथा मानसिक यातना दिई गाउँ निकाला गरिएकी उनी अहिले सम्म गाउँ फर्किन सकेकी छैनन् । सदरमुकाम वीरगञ्जमा डेरामा बस्दै आएकी उनलाई पनि पार्वतीलाई जस्तै हत्या गरिएको समाचार त आएको छैन तर नहोला भन्न पनि सकिंदैन ।

    यसै गरि उदयपुर जिल्लाको त्रियुगा नगरपालीका–१६ की आमा–छोरी अंकुल र माया (नाम परिवर्तन) ले आफूहरुलाई गाउँलेहरुले बोक्सिको आरोप लगाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उनीहरुलाई पनि स्थानियहरुले बोक्सिको आरोप लागाउँदै शारिरीक तथा मानसिक यातना दिंदै आएका थिए । त्यस्तै चितवन जिल्लाकी मरनीदेवीलाई बोक्सि आरोपमै जिउँदैं जलाएर हत्या गरिएको घटना त अहिले सम्म कसैले विर्सन सकेकै छैनन् ।चाहे पार्वती वा सरस्वती, लक्ष्मी नै होस् वा मरनीदेवी नै किन नहोस् । यी प्रतिनीधी र वास्तविक पात्रहरु हुन् । पछिल्ला दिनहरुमा बोक्सि आरोपमा ज्यान गुमाउने र शारिरीक तथा मानसिक यातना पाउने महिलाहरुको श्रृंखला समाजमा कहाली लाग्दो तरिकाले वढिरहेको छ । विशेष गरि समाजमा कमजोर र अझ एकल महिलाहरुलाई बोक्सि आरोपमा दिनदिनै पीडित बनाईएका समाचारहरु हिजोआज सार्वजनिक भईरहेका छन् ।विश्व अहिले हरेक आधुनिक गतिवीधीका साथ आधुनिक शैलीमै विकसित हुदैंछ । नेपाल पनि एक्काइसौं शताव्दीको यो मध्य संघारमा उभिएको छ । तर समाज भने सत्रौं शताव्दी भन्दा पहिलेको जस्तै रुढीवादी शैलीमै रुमलिएको छ । जातभात, छुवाछुत, तन्त्रमन्त्र र बोक्सि जस्ता विना प्रमाणका विषयहरुमा अहिलेको आधुनिक भनिएको समाज रुमलिनु अवश्य पनि राम्रो कुरा होइन । अझ विशेष गरि महिलाहरुले बोक्सि आरोपमा ज्यान गुमाउनु परेको यर्थाथ कति लज्जास्पद होला त्यो नेपाली समाजले सोच्नै पर्ने विषय हो ।

     

    नेपाली समाज अशिक्षा र चेतनाको कमीले गर्दा अहिले हरेक क्षेत्रमा पछाडी परेको छ । चाहेरै पनि समाज परिर्वतन गर्न सकिएको छैन । विशेष गरि महिलाहरु समाजमा हरेक बहानामा प्रताडित हुदैं आएको अवस्था छ । समाजमा दलित भनिने र विशेष गरि तराईभेगमा रहेका समुदायहरुमा महिलाहरु बोक्सिको आरोपमा पीडित हुदैं आएका छन् । एकातिर देशमा राजनितीक अस्थिरता छ, अर्कातिर समाजमा कुरितीजन्य अपराधको श्रृंखलाले विश्राम लिन सकेको छैन । देशको यस्तो परिस्थितीले दशकौं पछाडि धकेलिएको नेपाली समाजले माथी उठ्न अव रामै्र कसरत गर्नु अहिलेको टड्कारो आवश्यकता भईसकेको छ ।नेपालमा भएको फितलो नियम कानुनको फाइदा उठाउँदैं गरिएका अमानवीय कार्यको अन्त्य त्यतिबेला सम्म हुदैंन जतिबेला सम्म देशमा बलियो नियम कानुन र स्थिर सरकारको गठन हुदैंन । सरकारले पनि समाजका कुरिती जन्य अपराधहरुको अन्त्यका लागि खासै सकारात्मक पहल गरेको देखिंदैंन । पीडित महिलाहरुले कानुनी उपचारको बाटो खोज्न उजुरी गरे पनि वास्तविक न्याय पाउन सकेका छैनन् । जसले गर्दा बोक्सि र विशेष गरि घरेलुहिंशाको शिकार बन्नु अहिलेका नेपाली महिलाहरुको अवस्था भएको छ । लाखौं महिलाहरुले देशको फितलो कानुनको शिकार हुनु परिरहेको अवस्था एकातिर छ भने देशमा महिलाहरुको हकहित र न्यायका लागि खोलिएका सयौं सरकारी तथा गैरसरकारी संस्थाहरुले पनि यस तर्फ ध्यान पु¥याउन नसक्नु पक्कै पनि विडम्वना हो ।

    पछिल्ला दिनहरुमा महिलाहरु माथी हुने गरिएका अन्यायका घटनाहरु सार्वजनिक हुने गरेका छन् । यसलाई लुकाउन नहुने रहेछ भन्ने चेतना उनीहरुमा पलाउनुलाई राम्रै रुपमा मान्नु पर्छ । दैनिक रुपमा महिलाहरु बोक्सि र बलात्कारको शिकार हुनु परिरहेको अवस्थालाई कसरी कम गराउन सकिन्छ भनेर सोच्नु अहिलेको टड्कारो आवश्यकता हो । कोहि पनि महिला बोक्सि र डाइनी हुदैंनन् । विनाकारण उनीहरुलाई यातना दिलाउने व्यक्तिहरुलाई कडा भन्दा कडा कारबाहि गराउन अहिलेको युवा जमातले सकारात्मक कदम चाल्नै पर्छ । समाजमा लुकेका र लुकाइएका यस्ता अपराधहरुलाई सार्वजनिक गराएर आगामी दिनहरुमा यस्तो हुन नदिनु अहिलेको युवा जमातको कर्तव्य हो ।समाजमा दैनिक रुपमा यस्ता हिंशाका घटनाहरु दोहोरिइरहेका हुन्छन् । कतिपय घटनाहरु आपसि समझदारीमा मिलाउने प्रयास गरिएको पनि पाइएको छ भने कतिपय घटनाहरु पीडकको डरले पीडितहरुले लुकाउने गरिएको पाइएको छ । यस्ता अपराधमा संलग्न हुनेहरुलाई कारबाहि गर्न अव बन्ने भनिएको संविधानमा कडा भन्दा कडा सजायँका व्यवस्था उल्लेख गरि तीनीहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारले थोरै पनि कञ्जुस्याईं गर्न मिल्दैन । यसो गर्न सकिए मात्र नेपाली महिलाहरुले बोक्सि जस्ता कुरितीजन्य हिंशाको शिकार हुनु पर्ने अवस्था आउँदैन । अन्यथा यहि अवस्था रहिरहने हो भने अझै थुप्रै पार्वती चौधरी तथा मरनीदेवीहरुले अकालमै ज्यान गुमाउनु पर्ने छ । सरस्वतीदेवीहरुले यातना खेप्नु पर्ने छ । यो अवस्थाबाट नेपाली महिलालाई मुक्त गराउन सम्बन्धित पक्षले आजैबाट काम गर्न थाल्ने पो हो कि !

    अवस्थाबाट नेपाली महिलालाई मुक्त गराउन सम्बन्धित पक्षले आजैबाट काम गर्न थाल्ने पो हो कि !

    [email protected]

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार