२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

वाम एकता अभियान हुँदै गर्दा नेपाली काँग्रेस थर्कमानवाम एकता अभियान हुँदै गर्दा नेपाली काँग्रेस थर्कमान


३५१२ पाठक संख्या

२०७४ को वडा दशैंको अन्तिम ताका पारेर नेपालको वाम शक्ति बिच अर्थात एमाले, माओवादी केन्द्र

  • नवसंकेत अनलाईन
  • २०७४ आश्विन २५, बुधबार मा प्रकाशित ६ साल अघि
  • २०७४ को वडा दशैंको अन्तिम ताका पारेर नेपालको वाम शक्ति बिच अर्थात एमाले, माओवादी केन्द्र र नयाँशक्ति बिच चुनावी तालमेल र चुनाव पछी वाम एकता हुने भनी घोषणा गरेको व्यापक अधिराज्यभर हल्लीखल्ली भएको समाचारले नेपाली काँग्रेसमा ठूलो भूकम्पको पराकम्पन भएको समाचारहरु अखबारहरुमा पढ्न पाए । त्यसपश्चात नेपाली काँग्रेसका सभापती तथा वर्तमान प्रधानमन्त्रीले अर्थात चतुराई तरीकाले आफुलेनै टाउँकोको मूल्य ५० लाख तोकेको नेता माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाललाई एमालेसँग भएको गठबन्धन सरकारलाई गिराई आफु पक्ष लिनको लागी प्रथम प्रचण्ड दाहाललाई नौं महिने प्रधानमन्त्री कार्यकाल चुनावी सरकार (स्थानीय तहको) बनाएर चुनाव सम्पन्न गर्ने र दोस्रो नौं महिना कार्यकाल प्रदेश सभा र केन्द्रीय चुनाव आफुले सम्पन्न गर्ने गरी सम्झौता गरेको शेर बहादुर देउवा हाल आएर रुखबाट खसेको वादर जस्तो भएको जनसमुदायलाई आभास भएको छ । जव बादर रुखबाट खस्छन त्यो बादरलाई समूहबाट नै निष्कासन गर्छन बादरले पनि । जस्तो की अव शेर बहादुरलाई पनि काँग्रेसबाट नै बहिस्कार गर्ने दिन नजिक आएको काँग्रेसीजनहरु बाट नै व्यापक नै हल्ला गरेको सुन्नमा आएको छ । अर्थात सिपालु लड्छ ३ बल्ड्याङ मखण्डी लड्छ एक बल्ड्याङ भनेजस्तो देउवालाई भएको छ ।
    हत्त न बत्त लोकतान्त्रिक गठबन्धन वाम एकताबाट अत्तालिएको देउवाले तुरुन्त राजपा पाटी काँग्रेसबाट नै चोइटिएर गएको महन्त ठाकुर, सरदसिंह भण्डारी र विजय गच्छेदार समेतका पुरानो काँग्रेसीहरुलाई पुरानै घरमा पर्काउने तरिकाले बृहत लोकतान्त्रिक गठबन्धन बनाउने बारे देउवाले गत बुधबार सरकारी निवास बालुवाटारमा बैठक बोलाएको थियो । देउवाको लोकतान्त्रिक गठबन्धनमा काँग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिक संघिय समाजवादी फोरम र फोरम लोकतान्त्रिक गरी जम्मा ६ पार्टीको चुनावी तालमेल गठबन्धन निर्माण गरेको छ ।
    देउवा अतालेमौकामा चौका हान्ने देउवालाई वाम एकताले ठूलो टाउको दुखाई भएको नागरिकलाई आभास भएको छ । अर्थात उनले मौकामा चौका हानेको पक्कै पनि हो । उदाहरणको लागी एकमात्र महिला पूर्व प्रधानन्याधिस सुशिला कार्की माथि आफु अनुकुलको कार्य नगरेको भनी महाअभियोग लगायो । र आफ्नो अनुकुल नभएको कारण प्रहरी संगठन भित्रको एकजना डिआईजी आईजीपीको दावेदार नवराज शिलवालमाथि ठूलो आघात गरेको पाप पनि हो की भन्ने जनविचारहरु आएको छ । अतः देउवाले भारत भ्रमण गर्नुभन्दा केही दिन अघि पनि आफैले सिफारीस गरी आइजीवी बनाएको प्रकाश अर्याललाई पनि आफु अनुकुल कार्य नगरेको भनि राजिनामा दिनु भनि दवाव गर्दै आएको थियो । अर्थात नवराज शिलवाललाई नै वरियता क्रममा आइजीवी नियुक्रि गर्नु भनि सर्वोच्चको आदेश आएको लाई पनि देउवाले लत्याएर जय बहादुर चन्द्रलाई आइजीवी बनाउने प्रथम सिफारीस गरेको थियो । तर सर्वोच्चले जयबहादुर चन्दलाई आइजीवी नबनाउनु भनी आदेश आएको थियो । त्यस आदेशलाई देउवाले तामेलीमा राखी प्रकाश अर्याललाई आइजीवी नियुक्ति गरेको थियो । काँग्रेस शेरबहादुर देउवाले पटक पटक प्रधानमन्त्री पद प्राप्त भएपनि उनले संवेदनशिल पदको सदुपयोग गर्न नसक्ने व्यक्तिले अब आएर वामशक्ति एकता भएको भनि लोकतान्त्रिक गठबन्धन बनाउन नसुहाउने भाषा बोल्छन र त्यसको तुकपनि छैन ।  नेपाली काँग्रेसले २००७ सालदेखी आजसम्म पनि पटक पटक सरकार चलाएर काँग्रेसले केही माखा मारेको देखिदैन । जनता र देशको हितमा भने काँग्रेको चाहनै देखिदैन । अर्थात मात्र काँग्रेसले हवाईजहाज अपहरण गरी देशको ढुकुटीको भारु ३० लाख चोरी गर्न त जानेको हो तर राष्ट्रको हीतमा भने घाटा नै भएको जनविचार हो ।
    धेरै विज्ञहरुको अनुमान यस प्रकारका छन्
    देउवाले महाअधिवेशन बाट उनी सभापती निर्वाचित भएदेखी उनले हालसम्म पनि आफ्नो पार्टीको महत्वपूर्ण पद अर्थात उपसभापती महामन्त्री र अन्य पार्टीको विभागीय संगठनको पद पनि नियुक्ति गर्न नसक्ने देउवा अर्थात आफ्नो पार्टीलाई पनि राम्रोसँग संचालन गर्न नसकेको देउवाले राष्ट्रलाई कसरी चलाउन सक्छ भन्ने विचार विश्लेषकहरुको भनाई आएको छ । देउवालाई मात्र प्रधानमन्त्री पद पाए उनले त्यो नै ठूलो भनठान्छन् । चाहे शिक्षा मन्त्रालय हास चाहे स्वास्थ मन्त्रालय र अन्य मन्त्रालय । हालै शिक्ष मन्त्रालयमा भइरहेको अव्यवहारिक तरिकाले शिक्षामन्त्री गोपाल श्रेष्ठले आफु अनुकुलको कानून नियमहरु बनाई शिक्षा विकास क्षेत्रलाई नै तहस नहस गर्दैछ भने प्रधानमन्त्रीले कानले नसुने गरेजस्तो गरी बस्ने र आँखाले अखबारहरुमा आएको समाचार नदेखा जस्तो गरी अर्थात जंगलको गैडाजस्तो गरी एकसुरले आफ्नो प्रधानमन्त्री पदलाई मात्र बचाउ गर्नको लागी देखासीकी लोकतान्त्रिक गठबन्धन गर्न मिल्छ ? के देउवालाई अलिकती आफ्नो इज्जतको आभास हँुदैन अथवा महसुुस हुँदैन । मुखले काँग्रेस लोकतन्त्र वादी, काम र क्रियाकलापले भने बरवादी त्यसकारण शेरबहाद्र जीलाई सुझाव दिन चाहन्छु । यदि देउवाको इज्जतको तहहरु छन भने उनले तत्काललाई प्रधानमन्त्री पदबाट राजिनामा दिई सबैलाई मिल्दोजुल्लो राष्ट्रिय सरकार अर्थात अन्तिम सरकार गठन गर्ने बाटो खुलायो भने धेरै राम्रो बुद्धिमता हुन्थ्यो भन्ने जनविचार पनि आएको छ ।
    अतः देउवाको गठबन्धन मोर्चा अर्थात राजपा र संघीय समाजवादी फोरमले पनि काँग्रेसलाई झस्किने गरी २ नं. प्रदेशमा मात्रै २ तिहाई सिट दिनुपर्ने मागदावी साथै प्रतिनिधि सभामा ५५ र प्रदेश सभामा गरी जम्मा १३१ सिट संख्या माग दावी गरेको समाचारहरु प्राप्त भएको छ । के यो नेपाल शेर बहाद्र देउवाको पुर्खाको पैत्रिक सम्पती हो अर्थात आमाको दाइजो (प्याओ) जस्तो गरी जनमतबाट जित हासिल गरी प्रदेश सभा र केन्द्र सभालाई निर्वाचित गरी आउन् पर्दैन ? कस्तो लाज पचाएर महन्थ र उपेन्द्र यस्तो माग राखेको मधेसी जनसमुदायलाई नै अपचको विषय हो भनि विश्लेषकहरुको गुनासो आएको छ । यदि तागद छ भने काँग्रेसले कुनैपनि पार्टीहरुसँग तालमेल बिनाको एकलौटी चुनाव लड्ने क्षमता निकाल्नु पर्छ । नत्रभने काँग्रेसको साघ पनि बच्ने स्थिती रहने छैन भनि सामाजिक संजालमा व्यापक आएको छ । र काँग्रेस पटक पटक सरकारको नेतृत्व चलाउने पार्टी थियो । खोइत स्थिरता सरकार चलाएको । कहाँ काँग्रेसको लोकतान्त्रिक गणतन्त्र र समाजवाद निति नियम ? मात्र सरकार ढलाउने जनतालाई खेलाउने र विपक्षलाई निमोठ्ने काम बाहेक काँग्रेसमा केही प्रगति देखिएन किन ? २००७ साल देखी नै काँग्रेसले पटक पटक सत्ता संचालन गरेको नै हो नी । किन सफल भएन ? कारण काँग्रेस सरकार २०४६ सालदेखी सरकार समालेको नै थियो । तर उनले उद्योग, अर्थात एक मात्र अति राम्रो हेटौडा कपडा उद्योग, गैडाकोट भृकुटी कागज उद्योग, विराटनगर जुटमिल, बाँसवारी छालाजुत्ता साझा यातायात, ट्रली बस यातायात र एकमात्र देशको हवाई अड्डालाई पनि तहसनहस गरेको काँग्रेसहरुलाई याद हुनुपर्ने हो ।
    स्थिरताको लागी पनि बाम गठबन्धन जरुरी
    माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी ओलीको ढिलै भएपनि बद्धि पलाएको २ करोड ८० लाख जनसमुदायलाई महसुस भएको छ । साथै उहाँहरुलाई शुभकामना तथा धन्यवादको आवाजहरु पनि गुञ्जिएका छन् । यो वाम गठबन्धन शक्ति कुनै पार्टी र संघ संस्थाको विरुद्ध नभई मात्र अस्थिरताको सरकार अर्थात जोड बलको सरकार संचालन मात्र भईरहेको कारणले नै वाम गडक एक भई राष्ट्रलाई सुशासन र राष्ट्र निर्माणको लागी पनि एक गठबन्धन पार्टीले शरिर, वचन र मन एकै ठाउँ हुन भनि संकल्पका साथ अघि बढेको संयुक्त वाम नेताहरुले खुलासा गरेको छ । यो ऐतिहासिक राजनैतिक घटनाक्रमलाई लिएर भारतलाई चक्मा दिएको चाल थाहा पाएपछि फेरीपनि भारतको प्रधानमन्त्री मादिले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बिच भएको एकताको पत्ता पनि पाउन नसकेपछि मोदीले आफ्नो नेपाल भ्रमणलाई रद्द गरी छिट्टै उनको दूतलाई नेपाल पठाउने निर्णय गरेको थाहा हुन आएको छ । यसै शिलशिलाको प्रकरणलाई लिएर भारतीय दूतावासको प्रतिनिधिहरुले देउवा र पूर्वगृहमन्त्री विमलिन्द्र निधिसँग वार्ता गरीरहेको खवर नागरिकलाई प्राप्त भएको छ । तर आफ्नो देशको आन्तरीक, राजनैतिक विषयबस्तुलाई देउवा र निधिले भारतीय राजदुतलाई पोल खुलाउदै गरेको भन्ने विषय सामाजिक संजालमा आएको छ । होसियार देउवा र निधि जय होस खुम बहादुर खड्काको ।
    साथै विभिन्न ठाउँमा छरीइरहेको कम्युनिष्ट पार्टीहरु पनि आउदो दिनमा देश निर्माणमा जुट्नको लागी पवित्र मन गरी वाम गठबन्धनमा एकता भई देश निर्माणमा जुट्नको लागी पनि जनसमुदायले सुझाव गर्दछ । साथै अबको वाम एकता कतै राजपाको जस्तो फुटको संघारमा नपुगुन भन्ने जनसमुदायले सुझाव गर्दछ । प्रगतिशिल वामपन्थीहरु र उदारवादी शक्तिहरु बिच ध्रुवीकरण समृद्धि र स्थिरताको लागी आवश्यक पनि भएको छ । यदि तिनै पार्टी मनमा खोट नलिईकन एकता भई अगाडी बढ्यो भने साचिनै राष्ट्रको मुहार फेर्छ भन्ने जनविचार आएको छ ।
    दक्षिण भारतमा पनि भूकम्प
    सेर बहादुर भारत भ्रमण जाँदा भारतको प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण अर्थात् मञ्चेश्वर जलविद्युत शिलान्यास र पशुपतिनाथ दर्शन तथा मुक्तिनान मन्दिर दर्शन गर्ने भनेको थियो । तर नेपालमा राजनीतिक घटनाक्रम अर्थात् बाम एकता र तालमेलमा प्रदेश सभा र केन्द्र चुनावको लागि बाम शक्ति एकता भएको भारतको प्रधानमन्त्री मोदीको नेपालमा भ्रमण गर्ने राजनैतिक सपनाहरु चकानाचुर भएको अवस्था छ । त्यसै कारण उनले आउने असोज महिनाको अन्तिममा हुने भ्रमण रद्द गरेको समाचारहरु पनि आएको छ । अन्तिममा प्रधानमन्त्रीलाई जनसमुदायबाट सुझाव पनि गर्दछु । नेपाल आयल निगमको बरखास्त गरेको गोपाल खड्कालाई हालसम्म पनि किन कारवाही नगरेको ? उनी जस्तो बदमास अटेर व्यक्तिलाई सरकार प्रमुख देउवाले आउँदो तिहारमा लक्ष्मी पूजा गर्नको लागि कारवाही नगरेको हो की भन्ने जनआँकलन आएको छ । गोपाल खड्काको छाँयालाई नै तर्सेको हो की शेर बहादुर देउवा नत्र उनीजस्तो राष्ट्रघाटी राष्ट्र डुबाउने खेल खेल्ने व्यक्तिलाई हालसम्म पनि किन कारावही भएन । के त्यो पनि सर्बोच्च सम्म नै सेट मिलाएर नवराज सिलावलाई खिल्ली उडाएजस्तो गरी गोपाल खड्का पक्ष प्रधानमन्त्री हुने हो की भन्ने संका जनसमुदायमा उब्जिएको छ । यसमा प्रधानमन्त्रीको बिचार के छ ? जनसमुदाय जवाफको अपेक्षा पनि गर्दछौं ।
    सर्बोच्चको अन्धोपन
    १) जानाजानी भ्रष्ट गर्ने गोपाल खड्कालाई सरकारको मन्त्री परिषद्ले निर्णय गरी बरखास्त गरेको गोपाल खड्कालाई सर्बोच्च अदालतले कार्यपालिकाको हस्ताक्षप गरेको हो की होइन ? सरकार प्रमुख देउवालाई प्रश्न ।२) पूर्व प्रधान न्यायधिश सुशिला कार्कीले न्यायलयलाई उच्च राख्ने दृष्टिले उनले आफ्नो सो विवेक विचार र ऐन कानूनले मिल्ने ढंगबाट फैसला गरेको चाँही कार्यपालिकाको हस्ताक्षप भयो भनि महाअभियोग लगाउने ?३) विवादास्पद निर्देशक गोपाल खड्कालाई तत्कालको लागि पदबाट नहटाउन सर्बोच्च अदालतबाट अन्तरिम आदेश जारी गरेको न्यायधिष पुरुषोत्तम भण्डारीलाई के कस्तो दृष्टिबाट हेर्ने छन् भन्ने नागरिक समाजको चासोको विषय भएको छ । यसमा प्रधानमन्त्रीको विचार के छ ?४. प्रत्येक न्यायधिष सिफारिस गर्दा नेताहरुले आफ्नो कोर्टको बगलिबाट लिष्ट निकाली काँग्रेसलाई १३, एमालेलाई ११ र माओवादीलाई ९ भनेर लुछाचुडी गरेको फल नै सर्बोच्चले आँखा छोपी कान बन्द गरी यस्तो कानून विपरित आदेश आयो यो कसले गर्दामा आएको हो ? प्रधानमन्त्री जीसँग जवाफको अपेक्षा गर्दछु । अव, नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छाबाबुको अनुहार भनेजस्तो हाम्रो महान् नेताहरुलाई प¥योकी भन्ने जनसमुदायको बिचार हो र पूर्व न्यायधिष सुशिला कार्कीलाई त कार्यपालिका हस्तक्षप गरेको भनि महाअभियोग लगाउन भ्याएको देउवा अव, सरकारको कार्यपालिकालाई हस्तक्षप गर्ने न्यायधिष पुरुषोत्तम भण्डारीलाई कस्तो अथावा अभियोग लगाउने ?

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार