२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

प्रथम गणतान्त्रिक लोकतन्त्रको , आसन्न निर्वाचन छिटफुट घटना बाहेक सफल भएको छ


२२५९ पाठक संख्या

भर्खरै मात्र सम्पन्न गणतान्त्रिक लोकतन्त्रको आसन्न निर्वाचन सम्पन्न भएको छ । कतैकतै कुनै ठाउँमा छिटफुट

  • नवसंकेत अनलाईन
  • २०७४ मंसिर १२, मंगलबार मा प्रकाशित ६ साल अघि
  • भर्खरै मात्र सम्पन्न गणतान्त्रिक लोकतन्त्रको आसन्न निर्वाचन सम्पन्न भएको छ । कतैकतै कुनै ठाउँमा छिटफुट घटनाको साथ प्रथम आसन्न निर्वाचन २०७४ साल मंसिर १० गतेको निर्वाचन सम्पन्न भएको छ ।
    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रथम चरण अन्तर्गत ३२ जिल्लाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट प्रतिनिधि सभाका सदस्य ३७ जना र प्रदेश सभाका ७४ जना सदस्य निर्वाचित हुने छन् । २०७२ साल अशोज ३ गते जारी गरिएको संघियता र गणतान्त्रिक लोकतन्त्र सहितको संविधान कार्यान्वयन र संस्थागत विकासको पहिलो खुटकिलोको रुपको लागी प्रथम निर्वाचन सम्पन्न भएको छ । यसबाट १२ वर्ष लामो समयसम्म राजनैतिक संक्रमणको अन्त्य हुनेछ भन्ने नागरिकको विचार हो ।
    २०७४ मंसिर १० गते सम्पन्न भएको आसन्न निर्वाचनमा ६५% मत मतदान भएको अखबारहरुमा पढ्न पाए । साथै अबको विषय बनेको मुलुक संघिय संरचनामा गएपछी प्रथम पटक दुबै सभाको निर्वाचन भएको छ र प्रमुख निर्वाचन आयुक्त आयोधी प्रसाद यादवको भनाई ६५% हाराहारीमा मतदान भएको भन्ने अन्दाज गरेको छ । पुरा विवरण आइ नसकेकाले यो प्रतिशत अझ बढ्न सक्ने दावी साथ उनले भनेको छ । साथै मतदाताहरुको उत्साहजनक सहभागिताले मुलुकमा राजनैतिक स्थायित्व दिन जनता प्रतिवद्ध देखिए, यादवले भने । यादवको भनाई निर्वाचनले संविधान कार्यान्वयन र संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विश्वास व्यक्त गरेका छ ।
    प्रथम चरणमा प्रत्यक्षमा ३७ र प्रदेश सभामा ७४ सिटको लागि मतदान सम्पन्न भएको छ । साथै समानुपातिक तर्फको मतदान पनि सँगै सम्पन्न भएको छ । प्रत्यक्ष तर्फ दुबै सभाको गरेर ७०२ जना उम्मेद्वार छन् । प्रमुख दलहरुले गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धिमा उत्रिएको छ । जम्मा ४ हजार ४ सय ६५ मतदान केन्द्र मध्ये २ केन्द्रको मतदान स्थगित भएको समाचार प्राप्त भएको छ । अर्थात रुकुम पश्चिमको बाफि कोट गाउँपालिका ५ को रत्न मा.वि. ुकु र सोही जिल्लाको आठ बिस कोट नगरपालिका ११ स्थित राष्ट्रिय मा.वि. गत्तसैना ुखु को मतदानमा दलहरु बीच विवाद भएको कारण स्थगित भएको समाचार प्राप्त भएको छ ।
    ती दुबै मतदान स्थानमा मतपेटिकामा आगो लगाइए पछी मतदान रोकिएको थियो । उम्मेद्वारको प्रतिनिधिहरुले मतपेटिकामा एसिड हालेका थिए । त्यसकारण स्थगित भएको केन्द्रका मुख्य निर्वाचित अधिकृतले पुनः मतदानको व्यवस्था मिलाउने भएको थाहा हुन आएको छ । यस्तै प्रकारले सोलुखुम्बु नेचा सल्यान गाउँपालिका ६ तिङलाका बासिन्दाले हालै भएको निर्वाचन क्रममा मतदान बहिस्कार गरेको खबर प्राप्त भएको छ । उनीहरुले स्थानीय तह निर्वाचनमा पनि मत हाल्न नगएको उनीहरुले यस पटक पनि गएनन् । सम्बन्धित निर्वाचित अधिकृत नारायण प्रसाद सुवेदीले भने तिङलाको ५ मतदान केन्द्रबाट रित्तै मतपेटिका फिर्ता आएको उनले बताएका छन् । तिङलामा २ हजार ५ सय ७५ मतदाता छन् । स्थानीय तह पुनः संरचनामा आफुहरुलाई अपायक स्थानसँग जोडिएको भन्दै उनिहरुले विरोध जनाउँदै आएको गुनासो सुनाउँछन् नेचा बासीले ।

    लुग लुग काम्दै मतदान

    अर्थात २ महिना अगाडि हुनुपर्ने निर्वाचन २ महिनापछी मंसिरमा निर्वाचन हुँदा उपल्लो हिमाल मुस्ताङको जनताहरु आफ्नो राष्ट्र निर्माण अर्थात बनिसकेको संविधान कार्यान्वयन होस भनि लुग लुग कामे पनि आफ्नो मत अधिकार प्रयोग गर्नको लागी पनि उपल्लो मुस्ताङको जनताहरु जाडो छल्नको लागी विभिन्न तराइ क्षेत्रका जिल्लाहरुमा आ–आफ्नो भेडाबाख्रा लिई व्यापार व्यवसाय गर्नको लागी कार्तिक महिनामै तराइ झरेका हुन्छन किनभने उनीहरुको ठाउँमा सून्य डिग्रि तापक्रम र मधुरो घामको न्यानो लाई पनि बादलले छेकी दिन्छ ।
    तरपनि उनीहरुले २० वर्षपछी हुनगई रहेको स्थानीय तह निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो मत अधिकार प्रयोग गर्नको लागी पनि उनीहरुले बढो उत्साहको साथ जाडोलाई बिर्सेर आफ्नो देश रक्षार्थ प्रतिनिधि चुन्नको लागि अति खुसी साथ मतदानमा भाग लिएको देख्दा हामीलाई लाग्छ नेतालाई भन्दा जनतालाई देशको माया बढी भएको मुस्ताङको जनताले देखाएको छ ।
    यस्तो हिउ परेको विकट गाउँमा कतिपय मतदान केन्द्रमा ९०% सम्म भोट खसेका जानकारी प्राप्त भएको छ । उनीहरुले बाक्लो कपडा लाएर हिउलाई छल्दै मतदान गरेको थियो । धेरैले चिसोको कारण स्थानीय चुनावमा भन्दा कम भोट खस्ने आशङ्का गरेका थिए । तर मतदाताले चिसोलाई खेपेरै भोट हाल्न आए । र स्थानीय चुनावमा नआएको मतदाताहरु पनि यसपालिको चुनावमा उपस्थित भई भोट हाल्न आएको थियो ।
    साथै यो मौसममा चिसोले सुनसान हुने जोमसोम बजार भोट हाल्न आउने स्थानीयको कारण बजार पनि चहलपहल बनेको समाचार प्राप्त भएको छ । अध्ययन र कामको सिलसिलामा बाहिर गएको युवायुवतीहरु पनि भोट हाल्न आएपछी आफन्त र साथीभाइसँगको भेटघाटले रौनक बढाएको थियो जोमसोम बजारलाई ।

    खुसी व्यक्त गर्दछु ।

    २०७४ मंसिर १० गते सम्पन्न भएको आसन्न प्रतिनिधिसभा, प्रदेशसभा साथै समानुपातिकको प्रथम गणतान्त्रिक लोकतन्त्रको ३२ जिल्लामा भएको ३७ प्रतिनिधि तर्फ र ७४ जना प्रदेश सभा तर्फको निर्वाचन सम्पन्न भएको ३२ जिल्लाको जनसमुदाय तथा प्रतिनिधि, कर्मचारी र प्रत्येक जिल्लाको समाजसेवी सबै जनालाई म मेरो व्यक्तिगत तर्फबाट हाल सम्पन्न भएको आसन्न गणतान्त्रिक लोकतन्त्रको निर्वाचन शान्तिका साथ सम्पन्न भएकोमा हार्दिक खुशी व्यक्त गर्दछु साथै स्वागत तथा धन्यवाद व्यक्त गर्दछु ।

    शिक्षा मन्त्रालय गोपाल मान करण

    अर्थात उपप्रधान तथा शिक्षामन्त्री गोपाल मान श्रेष्ठले आाफु अनुकुल पार्नको लागी शिक्षा मन्त्रालयको विभिन्न कार्यक्रमहरु निर्वाचन आचार संहिता कार्य गरेको समाचारहरु मिडिया द्धारा प्रचार भएको छ । अर्थात आर्थिक चलखेल गरी शिक्षामन्त्री गोपाल मान श्रेष्ठले जथाभावी संम्बन्धन दिने अर्थात नीजि प्राविधिक शिक्षालयमा विषय थपको सम्बन्धन दिएको खुलासा भएको छ । अब शिक्षा मन्त्रीले आर्थिक चलखेलको हिसाब बाट यस्तो अव्यवहारिक निर्णयहरु गरी उनले आफ्नो कार्यकालको अन्तिममा बदनाम कमाउने शिक्षामन्त्रीले अब सपनामा पनि मन्त्री पद नपाउने भएको गोपाल मानले जे पनि गर्न सक्छन भन्ने जनआंकलनहरु आएको छ ।

    सीकेसँग साठगाठ

    अर्थात मधेस केन्द्रित दलका नेताहरु मधेसलाई कस्तो र कस्तो स्वतन्त्र बनाउन खोजी रहेको छ ? प्रश्न र आशंका नउठेको त होइन अझ राजपामा आवद्ध केही नेताहरुको नाम नै लिएर स्वतन्त्र मधेशको पक्षमा रहेको सिके राउतसँग साठगाँठ रहेको सम्म भन्ने गरिन्छ । प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनको मुखमा राजपा संयोजक महन्त ठाकुरले यस्तो प्रश्न र आशंकालाई बल दिने काम गरेको खुलासा भएको छ ।
    प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन घोषणा जारी गर्ने क्रममा राजपाले नेपाललाई बहुराष्ट्रको रुपमा व्याख्या गरेको थियो । मधेशलाई भने एक राष्ट्रको रुपमा व्याख्या गरेको छ । नेपाल बहुजातीय, बहुभाषिक र बहुराष्ट्रको रुपमा व्याख्या गर्ने हो भने मधेश कसरी एक राष्ट्र हुन्छ ? अर्थात महन्त ठाकुरको देशद्रोही सिके राउतसँग साठगाठ रहेको कारणले राजपामा विद्रोह भएको समाचारहरु अखबारहरुमा व्यापक भएको छ ।
    महन्त ठाकुर जस्तो पटक पटक काँग्रेसमा हुँदा मन्त्री पद खाने व्यक्तिले अब आएर आतंका मच्चाउने आतंककारी व्यक्ति सिके राउतसँग साठगाठ बन्दा कतै मधेस आन्दोलनमा ठाकुर र सिकेको मिलोमतोमा सोझासिधा मधेसी जनतालाई उक्साएर आन्दोलन भड्काएको त होइन भन्ने प्रश्नहरु उब्जिएको छ । महन्त ठाकुरलाई मधेश एक राष्ट्र बनाउने सोच कहाँबाट आयो ? कतै दक्षिण भारतबाट त होइन ? र ठाकुरले सिकेसँग मिलेर राजपालाई नै धक्का आउने त होइन ?

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार