२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

पनौतीमा साँस्कृतिक पदयात्रा हुने


२७६१ पाठक संख्या

पनौती- ऐतिहासिक एवम् धार्मिक सम्पदाले भरिपुर्ण पनौतीमा पदयात्रा हुने भएको छ । मौलीक परम्परागत भेषभुषामा

  • नवसंकेत अनलाईन
  • २०७४ माघ १६, मंगलबार मा प्रकाशित ६ साल अघि
  • पनौती- ऐतिहासिक एवम् धार्मिक सम्पदाले भरिपुर्ण पनौतीमा पदयात्रा हुने भएको छ । मौलीक परम्परागत भेषभुषामा सजिनुका साथै सेलेबृटिहको समेत उपस्थितिमा भव्य ढंगबाट कार्यक्रम गरीने भएको छ ।

    पनौती गोरखनाथ युवा क्लबको मूल आयोजना र ज्ञान विकास सामुदायिक पुस्तकालय, विश्राम समाज र पनौती नगरपालिका वडा नं ७ को संयुक्त सहआयोजनामा आगामि फागुन २४ गते साँस्कृति पदयात्रा सञ्चालन गर्ने भएको छ । विहान ८ः३० बजे सुरु हुने उक्त कार्यक्रम दिनभर हुने जानकारी प्राप्त भएको छ ।
    पनौतीका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्व बोकेका सम्पदाहरुको महत्व नयाँ पुस्ता समक्ष उजागर गर्ने, आन्तरिक पर्यटकलाई बृद्धि गर्ने र पनौतीको साँस्कृतिक र ऐतिहासिक विरासतको परिचय गराउने उदेश्यले कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रमको लागि फागुन १ गतेदेखि टिकट बिक्रि सुरु हुने भएको छ । टिकट बिक्रिबाट संकलित रकमबाट कार्यक्रमको दिन सहभागिलाई खाजा र खानाको व्यवस्था गरीने भएको छ ।

    पनौती नपा नं ४ पशुपति मन्दिर परिसरबाट सुरु हुने पदयात्रा गोरखनाथ हुँदै योमरी स्तम्भ पुगी बिहानको नास्ता गरिनेछ । योमरी स्तम्भबाट गुप्तेश्वर मन्दिर हुँदै पनौती लायकु दरबार क्षेत्रमा भ्रमण गर्दै त्रिवेणी घाट परिसर हुँदै संकटा स्थानको मार्गबाट पनौती वडा नं. १० मा अवस्थित फंड्केश्वर मन्दिर परिसरमा खानाको व्यवस्था हुनेछ । खाना पछि फड्क्ेश्वर मन्दिरबाट नेपालको एकमात्र द्रौपदी मन्दिर अवलोकन गर्दै विष्णु मन्दिर हुँदै काठन गणेशस्थान परिसरमा नेवारी परम्परागत समयवजीको व्यवस्था सहित कार्यक्रमको अन्त्य गरीने आईतबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार