२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

खोई त भ्रष्टाचार विरुद्ध अभियान


२२३१ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७४ चैत्र ३०, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • जम्बला लामा

    नयाँ नेपालमा गणतान्त्रिक लोकतन्त्रको स्थापना भएको जनतालाई आभाष भएको छैन हालसम्म पनि । अर्थात् जताहेरे उतै भ्रष्टाचार मात्र भएको जनसमुदायलाई महशुस भएको छ । नेपालको सबैभन्दा ठूलो राष्ट्र सुरक्षा भनेको नै नेपाल सरकार अन्तर्गतको नेपाली सेना हुन् । जनसमुदायको सूचना अनुसार र मिडियाहरुद्वारा प्रसस्त समाचारमा उल्लेख भएको सेनाभित्रको भ्रष्टाचार सम्बन्धी सामाचारहरु सरकारलाई सूचना सरह हो भन्ने विचारहरु हो । नागरिकलाई पनि सूचना प्राप्त भएको छ की सेनाभित्र जस्तो राष्ट्रसेबकको ठाउँमा पनि भ्रष्टाचार कही हुन्छ ?

    तर सेनाभित्र जस्तो भ्रष्टाचार की राजश्वमा की त आयल निगममा र जुनसुकै सरकारी कार्यालयहरुमा भ्रष्टाचार नभएको ठाउँ कुनै कतै भेटिदैन । यहाँ त सबैभन्दा ठूलो भ्रष्टाचार त सेना भित्र नै भएको जनसमुदायलाई महशुस भएको ठहर्छ । पटक पटक मिडियाद्वारा सेना भित्रको भ्रष्टाचारको समाचार नआएको होइन । तर जुनसुकै सरकारले सेनाभित्रको भ्रष्टाचारको कार्वाही हालसम्म पनि कि खोतल्न नसकेको ? जनतलाई खुलदुली भईरहेको छ । अर्थात् चासोको विषय भएको छ ।

    यत्रो राष्ट्रसेवक संस्थामा तेत्रो भ्रष्टाचार भएकोमा जुनसुकै सरकारले टुलुटुलु हेर्ने र सुनेको जस्तो पनि नगरेर राष्ट्रलाई ठूलो क्षेति पु¥याउने संस्थालाई सरकारको हात कसले बाँधेको छ ? के सेनालाई कानून नै छैन की के हो ? सेनाभित्रको भ्रष्टाचार सेना भित्रैबाट पनि खुलासा हुन आएको छ । तर किन रोक्न सकेन ? के नेपाली सेनाभित्र छुट्टै समानन्तर सरकार छ ? होइन भने भ्रष्टाचार गर्ने जो कोही जुनसुकै संस्था होस् या व्यक्ति ती व्यक्ति देशद्रोही नै हुन् भन्ने जनविचाहरु प्रसस्तमात्रामा आएकोछ ।

    भ्रष्टलाई तह लगाउने

    भ्रष्टाचारलाई तह लगाउनलाई सरकारले नीति नियम अर्थात् भ्रष्टाचार ऐन लागू गर्न सक्नु प¥यो । मुखले मात्र भ्रष्टाचारलाई निर्मुल पार्छु भनेर सत्यता छैन । यसमा कटिबद्ध भई भ्रष्टाचार निवारण ऐन २०७४ लागू हुनु नै पर्दछ । नत्र हालको बामसरकारलाई पनि यी ब्युरोक्रासी अर्थात कर्मचारी तन्त्रले सखाप (तहसनहस) गर्न बेर छैन । बेलैमा सतर्क हुनु बामसरकारलाई सुझावहरु पनि प्रसस्त आएको छ । नागरिको तर्फबाट पनि सरकारलाई सुझाब साथै भ्रष्टाचारलाई मौलाउनु भन्दा अघि नै समाधानको सुझाब गर्दछु ।
    अतः भ्रष्टाचार रोक्नेको उपाय, सर्बप्रथम त गाउँपालिका तथा नगरपालिका तहमा हाल भईरहेको भ्रष्टाचार अर्थात् काम कुरा कता हो कता कुम्लो बोकी ठिमीतिर जस्तो भईरहेको जनसमुदायलाई महशुस भएको छ । अर्थात् जनताले तिरेको करदको तलब भत्ता त पायो ठिकै छ । तर विकासको नाममा आएको विकासकै रकम दुरुपयोग गरी ५०÷६० लाखको गाडी खरिद र विभिन्न वडालाई तीन तीन लाख पर्ने मोटरसाईकल किन्ने कार्यले गर्दा जनतामा निरास भएको जनगुनासोहरु पनि आएको छ ।

    हिसाब गर्दा १ गाउँ पालिकामा मात्र साधान स्रोत खर्च मात्र १ करोड ५० लाखसम्म लाग्ने रहेछ । अनि त्यति १ करोड ५० लाख रकमले त १ गाउँपालिकामा एउटा ठिकैको अस्पताल नै तयार हुनेछ । अथवा कृषि क्षेत्रमा मात्र लगानी गरेको खण्डमा पनि कृषि उत्पादनमा सहयोग पुग्ने थियो तर यहाँ जसरी हुन्छ, गाउँपालिकामा छिर्न पाउँ र अर्थात एक पार्टीको नामाकरण गरी चुनाव पनि जित्ने र नयाँ गाडी, नयाँ मोटरसाइकल हात पार्ने दाउभन्दा गाउँपालिका तिर यस्तै हल्लाहरु चलेको समाचार पनि नागरिकलाई प्राप्त भएको छ । अनि काम कुरा कता कता कुम्लो बोकी ठिमीतिर भनेजस्तो गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरुको र साथै प्रत्येक वडाको वाडाध्यक्षहरुको दुवै हातमा लड्डु भएकोजस्तो नागरिकलाई पनि महशुस भएको छ । अवको सरकारद्वारा भ्रष्टाचारको अभियान नै चलाउनु नै कल्याणकारी पनि हुनेछ भन्ने जनविचार पनि आएको छ ।

    त्यसकारणले गाउँस्तरबाट नै भ्रष्टाचारलाई रोक्न सक्ने क्षमता अवको बाम सरकारको लक्ष्य हुनु प¥यो भन्ने जनविचार आएको छ । अर्थात् त्यो मेरो पार्टीको कार्यकर्ता हो, भो छाडिदेउ उनलाई, होइन त्यो मेरो पार्टीको कार्यकर्ता हो अहिले उनलाई केही कारवाही नगरौं भन्ने सोच भयो भने अव, भ्रष्टाचार गाउँपालिका र नगरपालिकाबाट नै ठूलो भ्रष्टाचार हुने सम्भावनाहरु बढेको छ ।
    हाल स्थानीय तहको गाउँपालिका र नगरपालिकामा त्यस्तै भईरहेको छ । अर्थात् काठमाडौं भित्रको तार्केश्वर नगरपालिकाको कार्यकारी प्रमुख समेतलाई ५ लाख घुस सहित अख्तियारद्वारा पक्राउ गरेको ताजा नै छ, भने यस्तो थाहा नपाई कतिभएको छ हिसाब नै थाहा छैन भ्रष्टाचारको । मालपोत तिर हेरौंभने भर्खरमात्र सुर्खेत मालपोतमा अख्तियारले छापा मारी दुई लाख घुस सहित । दुई खरिदार कर्मचारीलाई रंगेहात पक्राउ गरेको समाचार पनि नागरिकलाई प्राप्त भएको छ ।

    अख्तियारले पनि माछा पाछा भ्यागुतो भनेजस्तो सानो तिनोलाई रंगेहात, ठूलो बडालाई सलाम गरेको हो की जस्तो जनसमुदायलाई लागेको छ । भ्रष्टाचारको चरम सीमालाई नै नकारेर भ्रष्टाचार गरेको व्यक्ति गोपाल बहादुर खड्काको फाइललाई तामेलीमा राखी अख्तियारले पनि अख्तियार दुरुपयोग गरेको हो की भन्ने जनसमुदायलाई महशुस भएको छ । अर्थात् २ करोड असी लाख जनसमुदायको नै धज्जी उडाएको त होइन भन्ने नागरिकको बिचार हो । यो व्यवहार त आंतककारी भन्दा पनि आंतक मच्चाई भ्रष्टाचार गर्ने व्यक्तिलाई नै नागरिकको बिचारमा देश द्रोहीको नामाकरण गर्नेकी भन्ने सोच विचार गरेको छ ।

    समाधान
    भ्रष्टाचार समाधान अर्थात् मुक्त गर्नुमा या भ्रष्टाचार मौलाउने खेल (हात) अवको बाम सरकारको हातमा छन् । मतलब वर्तमान् सरकार ५ वर्षसम्मको स्थीर हुन् । सरकारले आफ्नो कोटाबाट नभई लोकसेवाबाट निर्णय गर्ने र सक्षम व्यक्तिलाई विभिन्न आयोग तथा सरकारी संस्थामा निस्पक्ष रुपले नियुक्ति गरेको खण्डमा समृद्ध नेपाल भ्रष्टाचार रहितको नेपाल हुनेछन् भन्ने नागरिक समाजको सुझाव हो ।
    नत्र भने सरकारमा हामी पनि छौं हाम्रो पनि निर्णय वेगर लौ त सिफारिस गर्नु भनि बाम सरकारको एकताको धज्जी उडाउने खेल भयो भने बाम एकताको बेमतलब साथै महाभ्रष्टाचारको जालो बन्नेमा शंका छैन । अर्थात् हालै मात्र प्रधानमन्त्री केपी ओली भारत भ्रमणको साथसाथै भएको सचिवहरुको सरुवाको कार्यमा माओवादी इतर पक्षले अध्यक्ष पुष्पकमल दाहाललाई गुनासो गरेको तात्तातो नै छ ।
    ता की यस्तो विरोध भाषा हुनु भएन भन्ने नागरिको विचार हो । बुद्धि र विचारमा धनी व्यक्ति हुन् वर्तमान् प्रधानमन्त्री केपी ओली बुद्धि विचार र बुद्धिमा साथ दिएर मन्त्रीहरुले पनि अघि बढ्यो भने देशले समृद्ध नेपाल पाउने छ । यहाँ त प्रधानमन्त्रीले हामीलाई नै थाहा नदिई सचिवहरु सरुवा ग¥यो भनि फलाक्नुभन्दा भ्रष्टचार मुक्त हुन्छ की भन्ने सोचाईको लडाई हुनु पर्छ । तर त्यो नभई विरोधको भाषा बोल्ने भनेको ती मन्त्रीहरु आफै भ्रष्ट हुन् की भन्ने मत दिने मतदाताहरुको गुनासो आएको छ ।
    जे होस् वर्तमान् मन्त्री परिषद्ले जनमतको कदर गरी जनताको सम्मान व्यवहार गर्नु भन्दा प्रधानमन्त्रीले हामीलाई नै थाहै नदिई सचिवहरुको सरुवा ग¥यो भनी आफ्नो खुट्टामा आफैले बन्चरो हानेजस्तो लज्जास्पद भाषा नबोल्नु भनि सुझाव पनि गर्दछौं जनसमुदायद्वारा । यस्तोे लाजमर्दो कुरा अव जनताले सुन्न नपरोस् भन्ने जनसमुदायले नागरिकसँग गुनासोहरु पोखेको छ । अव, आइन्दा यस्तो गलत नहोस् भन्ने जनसुझावसमेत वर्तमान् सरकारको मन्त्री परिषदलाई अनुरोध गर्दछु ।

    प्रधानमन्त्री ओलीको बोली नरेन्द्रमोदीको मुुटुमा गोली

    अर्थात् वान टु वान भेट बार्तामा मोदीको प्रश्नको जवाफमा बुद्धि बिचारको धनी प्रधानमन्त्री केपी ओली यस्तै किसिमको अर्थात् भारतमा पटक–पटक बोल्नै नसक्ने नेपालको पूर्व प्रधानमन्त्रीहरु शेर बहादुर देउवा, पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरु जस्तो लोकतान्त्रिक गणतन्त्रको पूर्वप्रधानमन्त्रीहरु जस्तो की भोटे कुकुरले आफ्नो घरदैलोमा मात्र ठूलो स्वरले भुक्न सक्छ तर कुनै टढा ठाउँमा गएपछि भोटेकुकुरले पुच्छर लुरुक्क भएजस्तो पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, पुष्पकमल दाहाल र बाबुरामहरु पनि भारतको सामु पुगेपछी लुरुक्क परेको हो की भन्ने जनविचारहरु पनि प्रसस्त आएको छ ।
    अर्थात् संविधानको विषयलाई लिएर भारतले हाम्रो देशको जनतलाई ५ महिनासम्म नाकाबन्दी गरी राष्ट्रलाई बन्धक बनाउँदा समेत शेर बहादुरले चुँ पनि बोल्न नसक्ने व्यक्तिले बाम गठबन्धनकै नेता अर्थात् माओवादी अध्यक्षलाई ललाई फकाई ओली सरकारलाई ढलाई प्रचण्डलाई प्रधानमन्त्री बनाउने खुबी हुने व्यक्ति देउवा भारतदेखि भोटेकुकुर लुरुक्क परेजस्तो गरी लुरुक्क हुनु भनेको शेर बहादुर पनि भ्रष्टको नै नायक हो की भन्ने जनआँकलन व्यापक भएको छ ।

    अतः शेर बहादुरको चंगुलमा फसेर ९ महिना कार्यकाल भित्रमा स्थानीय तहको चुनाव सम्पन्न गर्ने व्यक्ति प्रचण्ड दाहाल पनि शेर बहादुरको हप्काईबाट लुरुक्क परी मैले इमान्दार साथ आलोपालोको सम्मान गरी राजिनामा दिएको थियो भनि दिईएको अभिव्यक्ति पनि केही अर्थ थिएन । अर्थात् त्यतिखेर राजिनामा नदिई प्रचण्डले आफ्नो बुद्धि विवेक प्रयोग गरी बाम एकता गरेको भए प्रचण्ड पनि अस्त्र र शास्त्रको धनी व्यक्ति हुने थियो भनि सामाजिक संजालमा व्यापक आएको थियो ।
    अत ः भारत भ्रमण क्रममा वान टु वान एकल वार्तामा मोदीले प्रश्न गर्नुभन्दा अघि नै प्रधानमन्त्री ओलीले तपाई बोल्छ काम कर्दैन भन्ने वित्तिकै मोदीको मुटुमा गोली लागे सरह भएको थियो । अर्थात् पूर्व प्रधानमन्त्रीहरु जस्तो लुरुक्क नपरी खुरुक्क जवाफ फर्काएको कुरा नागरिकले अखबारहरुमा पढ्न पाएको थियो मिडीयाद्वारा ।

    ओलीको बोलीलाई लोली मिलाई मोदीले तीन तहको सम्झौता आर्थत् कृषि, जलमार्ग र विद्युतिय रेलमार्ग अव नेपाली जनताले मोदीको बचनमा निर्भर पर्ने हो । उनले बोल्ने तीन योजना तत्काल सम्भाव्यता अध्ययन गरी तुरुन्त शुरु ग¥यो भने त्यो धेरै राम्रो हुनेछ । हाम्रा चाम्रा बोल्ने प्रधानमन्त्रीलाई पनि विश्वास हुने छ । नत्र मोदीको भाषा मात्रै धोती हुने हो की भन्ने २ करोड ८० लाख जनसमुदायलाई आभाष हुनेछ ।

    लेखक – जम्बला लामा
    बौद्ध जागरण केन्द्र तथा स्तुपा
    फाउण्डेशन नेपाल, केन्द्रिय सदस्य

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार