२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

पत्रकार महासंघका कार्यभार


४२४७ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७४ चैत्र ३०, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • मोतीराम तिमल्सिना

    नेपाल पत्रकार महासंघ काभ्रे शाखाको स्थापना २०४९ पौष २ गते भएको थियो । महासंघले स्थापना दिवसको अवसर पारेर रजत महोत्सव सम्पन्न गरिसकेको छ भने हरेक वर्ष पुष २ गतेलाई स्थापना दिवसको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । प्रजातन्त्र प्राप्ती लगत्तै देखि नेपाल पत्रकार संघ काभ्रेपलाञ्चोक जिल्लामा स्थापना गर्न बहस र छलफल शुरु भएको थियो । त्यतिबेला विभिन्न संचारमाध्यममा कृयाशिल पत्रकारहरु मोहन दुवाल, दिपक सरकार, भरतराज श्रेष्ठ, निलकण्ठ हुमागाई, रामचन्द्र हुमागाई, मुकुन्दराज पाण्डे, हरि अधिकारी, यादव थपलिया, तारा न्यौपाने लगायतले जिल्ला शाखा गठनका लागि छलफल चलाउनु भयो । २०४९ पुष २ गते यादव थपलियाको संयोजकत्वमा नेपाल पत्रकार संघको गठन भयो । भेलाले यादव थपलिया संयोजक, हरि अधिकारी, बेदप्रसाद घिमीरे, मुुकन्दराज पाण्डे र निलकण्ठ हुमागाई तदर्थ समितिमा सदस्य रहेका थिए । त्यहि तदर्थ समितिको इतिहास, निर्णय र अभियानबाट शुरु भएको नेपाल पत्रकार संघले महासंघका रुपमा २०७४ जेष्ठ ६ गते दशौं जिल्ला अधिबेशन गर्न सफल भएको छ ।

    अग्रजहरुले शुरु गरेको नेपाल पत्रकार संघ अहिले महासंघको रुपमा २५ वर्षे यात्रामा छ । मान्छे जस्तै बाल्यकाल, युवा अवस्था हुँदै जिम्मेवारी, जवाफदेहि बन्ने क्रममा पुगेको छ नेपाल पत्रकार महासंघ । थुप्रै अग्रजहरुले महासंघलाई यहाँसम्म ल्यापु¥याउन महत्वपूर्ण योगदान दिनु भएको छ । पौष २ गते गठन भएको तदर्थ समितिको पौष १५ बसेको बैठकले ५७ जना ब्यक्तिहरु संस्थापक सदस्य रहने निर्णय गरेको थियो । सोहि समयमा सदस्य प्राप्त गरेका थुप्रै अग्रजहरु आज पनि नेपाल पत्रकार महासंघमा अनवरत रुपमा कृयाशिल हुनुहुन्छ भने केहि पत्रकारिता पेशाबाट अन्य पेशामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा छुट्टै पहिचान बनाउन सफल हुनु भएको छ । त्यतिबेला काठमाडौ, सिन्धुपाल्चोक लगायतका क्षेत्रमा रहेका पत्रकारहरुले काभ्रे पत्रकार संघको सदस्य बन्नु भएको थियो । काठमाडौ जिल्लामा पत्रकार संघको सदस्यता नपाएका कारण कृष्णप्रसाद भट्टराईका सहयोगी अमिता कपालीले समेत काभ्रेबाट नै सदस्यता लिएको इतिहास छ ।

    २०४९ साल पुष २४ गते सम्पन्न शाखाको पहिलो अधिबेशनले यादव थपलिया अध्यक्ष, लम्बोदर कायश्थ उपाध्यक्ष र राजन लुईटेटललाई सचिव पदमा सर्वसम्वत जिम्मेवारी दिने निर्णय ग¥यो । २०५१ सालमा जिल्ला विकास समिति धुलिखेलको सभा हलमा भएको दोश्रो जिल्ला अधिबेशनबाट भरतराज श्रेष्ठ अध्यक्षमा सर्वसम्वत चयन भएका थिए । २०५४ सालमा भएको तेश्रो जिल्ला अधिबेशनले पुनः भरतराज श्रेष्ठको अध्यक्षतामा अशोक ब्याञ्जु उपाध्यक्ष, इश्वरी ओझा सचिव र सुरेशप्रसाद हुमागाई कोषाध्यक्ष रहेको समिति निर्वाचित ग¥यो । २०५६ सालमा भएको चौथो जिल्ला अधिबेशनले भोजराज तिमल्सिनाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको थियो । पाँचौ अधिबेशन २०५८ मा आयोजना भएको थियो । उक्त अधिबेशनले पुनः भोजराज तिमल्सिनालाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको थियो । उहाँ २०६१ सम्म कार्यरत रहनु भयो । २०६१ मा भएको छैटो जिल्ला अधिबेशनले इश्वरी ओझालाई अध्यक्षमा निर्वाचित गरेको थियो भने २०६४ मा भएको सातौ जिल्ला अधिबेशनले भोला थापालाई अध्यक्षतामा निर्वाचित गरेको थियो । त्यस्तै २०६७ सालमा भएको अधिबेशनमा महेश पौड्याललाई अध्यक्षमा निर्वाचित गरेको थियो ।

    २०७१ बैशाख १४ गते भएको नऔ जिल्ला अधिबेशनले नारायण सापकोटालाई अध्यक्षमा निर्वाचित गरेको थियो । २०७४ जेष्ठ ६ गते भएको अधिबेशनबाट मेरो नेतृत्वमा वर्तमान कार्यसमिति निर्वाचित भएको हो । निर्वाचित कार्यसमितिमा अधिकांश सदस्यहरु कृयाशिल छन् । जसले महासघंलाई आउने दिनमा झनै कृयाशिल पत्रकारहरुको छाता संगठनका रुपमा विकास गर्ने अभियान शुरु गरेका छन् । जिल्लाको पत्रकारिताको इतिहास लामो छ । जिल्लाबाट राजधानीमा गएर पत्रकारितामा रमाउनेहरु थुप्रै ब्यक्तित्व हुनुहुन्छ । तत्कालिन पञ्चायती शासनका विरुद्ध पत्रकारिता गरेर, संचारमाध्यम प्रकाशन गरेर जनतालाई सुुुसुुचित बनाउने नाममा होस् वा त्यसपछिका विभिन्न आन्दोलनहरुमा राज्य पक्षबाट र शशस्त्र युद्ध संचालन गरेका पक्षहरुबाट स्वतन्त्र प्रेस, संचार माध्यम र संचारकर्मीहरुको घाँटी निमोठिएको छ । प्रजातन्त्र प्राप्ति पश्चात पनि देशभर पत्रकारहरुले युद्ध र तत्कालिन राजाको सक्रिय शासनकालमा ब्यहोरेको कठिन यात्रा अविश्रमणीय नै छ । भलै जिल्लाका संचारकर्मीहरुले ज्यान जाने गरी दुख ब्यहोर्नु परेन तर पनि यातना भने निकै रह्यो ।

    जिल्लामा पत्रिका प्रकाशन गर्ने सार्मथ्य थिएन । २०५१ सालमा पहिलो पटक चेष्टा मासिक रुपमा प्रकाशनका लागि दर्ता भयो । एक अंक प्रकाशन पछि बन्द भएको चेष्टा २०५६ बाट नियमित रुपमा साप्ताहिक रुपमा प्रकाशन हुन थाल्यो । २०३९ सालमा जनमत मासिक विचार प्रधानका रुपमा प्रकाशन शुरु भएको थियो । २०५३ माघ १ गते देखि राजन लुईटेलले काभ्रे टाईम्स साप्ताहिक प्रकाशन शुरु गरे । जुन पत्रिका अहिले पनि निरन्तर प्रकाशन भएको छ । लुईटेटले प्रकाशन गरेको पत्रिकामा राससमा कार्यरत स्वतन्त्र प्रेस सेनानी भरतराज श्रेष्ठ समेत सहभागि थिए । २०५४÷२०५५ मा जनप्रतिष्ठा साप्ताहिक प्रकाशन भएको थियो । उक्त पत्रिका बन्द भएपछि जिल्लामा काभ्रे टाईम्स जस्तै अर्काे पत्रिकाको आवश्यकता महसुस गरी प्रकाशक अशोक ब्याञ्जु र सम्पादक भोजराज तिमल्सिना रहने गरी चेष्टा साप्ताहिक पत्रिकाको प्रकाशन शुरु भएको थियो । जिल्लामा नियमित काभ्रे टाईम्स र चेष्टा प्रकाशन भएपछि काभ्रे पोष्ट साप्ताहिक पत्रिका प्रकाशन हुन थालेको थियो । पत्रिका प्रकाशन सँगै जिल्लामा विस्तारै पत्रकारहरु ब्यवसायीक पत्रकारितामा संलग्न हुँदै गएका थिए । भोजराज तिमल्सिना महासंघका सभापति हुँदा बनेपा नगरपालिकाले भवन निर्माणका लागि जग्गा प्रदान गरेको थियो । दुई वर्षे समयसिमा राखेर सम्झौता गरिएको जग्गामा भवन निर्माणको कार्य हुन सकेन । हालको बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोल चोक नजिकै थियो महासंघका लागि प्राप्त गरिएको जग्गा । उक्त जग्गामा अहिले खेलकुलको कर्भड हल र संचालनमा आउन नसकेको तरकारी बजार निर्माण भएको छ । भोजराज तिमल्सिना दुई कार्यकाल नेतृत्वमा रहँदा पत्रकारहरुको लागि क्षमता विकासका धेरै कामहरु भए । त्यतिबेला पत्रकारिताको तालिम लिएका थुप्रै ब्यक्तिहरु अहिले पनि पत्रकारिता क्षेत्रमा कृयाशिल हुनुुहन्छ । तिमल्सिनाको कार्यकाल छँदै मुलुकमा शशस्त्र हिंसा चलिरहेको थियो । राजाको सक्रिय शासनकाल र मुलुकको द्वन्द्वमा पनि तिमल्सिनाले कुनै पत्रकारहरुलाई कुनै प्रकारको घटना हुन दिनु भएन । माओवादी र राज्यपक्षसँग आफै वार्ता गरेर पत्रकारहरुको सुरक्षाका लागि उहाँले सँधै दिलो ज्यान दिएको इतिहास छ ।

    इश्वरी ओझाको नेतृत्वमा पनि पत्रकारहरुले लोकतान्त्रिक आन्दोलनका लागि समय खर्चिनु प¥यो । महासंघ कुनै कोष भएको संस्था थिएन । दाताहरुको भावना र सहयोग, सदस्यहरुको लेवीबाट संचालन हुने उक्त संस्थाको पत्रकार कल्याण कोष अहिले पनि शुन्य मौज्जातमा छ । पत्रकारहरुलाई तत्काल कुनै समस्या पर्दा समेत एक रुपैया सहयोग उपलब्ध गराउन सक्ने अवस्था छैन । आन्दोलनमा जाँदा ब्यानर लेख्ने, कालो पट्टि बाँध्न समेत पैसा हुँदैन थियो । अहिले पनि त्यो विद्यमान अवस्था कायम छ । ओझाको नेतृत्वमा महासंघको कार्यालय समेत नियमित चल्न सकेन । कार्यालयका सामानहरु समेत भाडा तिर्न नसक्दा अलपत्र अवस्थामा थिए । त्यति बेला पुर्व सभापति भईसकेका भोजराज तिमल्सिनाले पत्रकारहरुको सहजताका लागि भन्दै खवर घर संचालनमा ल्याएका थिए । अहिले जस्तो इमेल इन्टरनेटको सहजता नभएकाले सबै पत्रकारहरु त्यहि खवर घरबाट समाचार पठाउने काम गर्दै आएका थिए । पत्रकारहरु बस्ने आफ्नै कार्यालय समेत नहुँदाको अवस्थालाई भोला थापा अध्यक्ष भएपछि केहि परिवर्तन भयो । थापाले बनेपाको नाला दोबाटोमा दुईवटा कोठा भाडामा लिएर कार्यालय संचालनमा ल्याए । उनकै कार्यकालमा पुनः नगरपालिकासँग सम्झौता भयो र हालको भवन निर्माण भएको स्थान बनेपा बुडोलकै रेडक्रस तालिम केन्द्र नजिकैको भिरमा जग्गा प्राप्त भयो । जग्गा प्राप्त त भयो तर कसरी बनाउने घर ? घर बनाउने अभियान निरन्तर शुरु भयो । थापाको कार्यालयमा म कार्यसमिति सदस्य थिएँ । तर भवन निर्माण समितिको कोषाध्यक्षको जिम्मेवारी दिईएको थियो । थापाको कार्यकालमा शुरु भएको भवन महेश पौड्याल अध्यक्ष र म सचिव हुँदा एक ढलानको कार्य सकियो । सचिव भएपछि मैले कोषाध्यक्षको जिम्मेवारी कार्य समितिकै कोषाध्यक्ष रमा दाहाललाई हस्तान्तरण गरें । अहिले पनि भवनले पुर्ण आकार लिएको छैन । भवन निर्माणका लागि निरन्तर निशुल्क इन्जिनियर रामकुमार बस्नेतले सहयोग गरेका थिए । जिल्ला विकास समितिको नियमित बजेट थियो । गाउँ विकास समितिहरु, उद्योगी ब्यवसायी, यातायात ब्यवसायीहरु, सहयोगीहरु थुप्रैले महासंघको भवन निर्माणमा योगदान पु¥याएका छन् । सदस्यहरुले त भवन निर्माणका लागि थप रकम उपलब्ध गराउनु भएको छ । नारायण सापकोटा अध्यक्ष हुँदा भवनलाई थप ब्यवस्थित बनाउने काम भयो । म अध्यक्ष निर्वाचित भएपछि कार्यालयको पहिलो बैठक त्यहिबाट शुरु भयो । अहिले पत्रकार महासंघबाटै कार्यालयको काम शुरु गरिएको छ । कार्यालय आफ्नै घरमा सार्ने बेला डेड वर्षको भाडा तिर्न नसकेर बैठक समेत चिया होटलमा बस्नु परेको तितो यथार्थ हामी सामु छर्लङ्ग छ ।

    महासंघको भवन ठिङ्ग उभिएको छ । विजुलीको लाईन जोडिएको थियो । २०६६ साल देखि काटिएको टेलिफोन नम्बर ०११ ६६२९९९ संचालनमा आएको छ । भवनमा ग्रिल, पर्दा जस्ता सामाग्रीहरुको ब्यवस्थापन गरी शौचालय समेत निर्माण गरिसकिएको छ । महासंघको भवनसम्म जाने सडक निर्माण र साईड ड्रेन निर्माणको काम शुरु भएको छ । पार्किङ्गको ब्यवस्था गरिएको छ । पत्रकारहरुलाई नियमित महासंघले गर्ने गतिविधिका बारेमा त्यहि कार्यालयबाट जानकारी गराउन शुरु गरिएको छ । अग्रजहरुलाई सम्मान गर्दै उहाँहरुले देखाएको बाटो, मार्गनिर्देशकलाई पथ प्रर्दशक बनाउँदै विगतका उपलब्धीहरुलाई संस्थागत गर्दै ब्यवसायीक पत्रकारिताको बाटोलाई थप संस्थागत बनाउने लक्ष्य राखेका छौं । एउटा पत्रिका प्रकाशन कठिन हुने समय अहिले बदलिएको छ । जिल्लाबाट २० वटा साप्ताहिक प्रकाशन भएका छन् । एफएम रेडियोहरुले गति पनि द्रुत छ । टेलिभिजन पनि संचालनमा आएको छ । दैनिक पत्रिका प्रकाशन गरेर पनि बन्द भएको थियो । अब पुनः प्रकाशनको तयारी शुरु भएको अवस्था छ । राजधानीबाट नजिक भएकाले राजधानीबाट आईपुग्ने पत्रिका भन्दा ढिला बजारमा आउने जिल्लाका पत्रपत्रिकाहरुका थुप्रै चुनौतीहरु छन् ।

    पत्रिका जस्तै शक्तिशाली रुपमा उदाउँदै गरेका अनलाईन पत्रिकाहरुले अहिले पाठकको प्यास मेटाउन थालेका छन् । पत्रिका पाठकको हातहातमा पु¥याउन समय लाग्ने अवस्थामा अनलाईन हातमै पुग्न थालेको छ । तर अनलाईन पत्रिकाहरु प्रतिको विश्वास कमजोर बन्दै जान थालेको छ । अविश्वास हुने समाचारहरु पोस्ट गरेर शेयर गर्ने प्रचलनका कारण अनलाईन प्रतिको अविश्वास बढ्दै गएको हो । अनलाईन हिजो दर्ता गर्ने र कानुनी कारवाही हुने चलन थिएन । त्यो अवस्थामा भएको अनलाईन प्रतिको अविश्वासलाई विस्तारै कानुनी दायरामा ल्याएर विश्वासिलो बनाउने अभियान शुरु भएको छ । जिल्लामा पनि अनलाईन सञ्जाल समेत गठन भएको छ । सञ्जालले सबै क्षेत्रका अनलाईनहरुलाई समेटेर विश्वासिलो संचारमाध्यम बनाउन, अनलाईनमा काम गर्ने संचारकर्मीहरुको क्षमता विकास, जीवनपयोगी ब्यवसायीक पत्रकारिता गराउन तर्फ लाग्नु जरुरी छ । तब मात्रै पाठकहरुको विश्वास जित्दै सम्वृद्ध नेपाल निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सकिन्छ ।

    स्थानीय तहको पुर्नसंरचना भएको छ । स्थानीय तहले केन्द्र र प्रदेशसँग नबाझिने गरी छुट्टै संचार ऐन बनाउन सक्छ । जिल्लाको हकमा कस्तो संचार नीति आवश्यक छ । संचारमाध्यम र संचारकर्मीको विकासका लागि कस्ता नीतिहरु आवश्यक छन् ? अहिले बहस शुरु गरिएको छ । यो नेतृत्वले देखिने गरी र अनुभुत हुने गरी पत्रकार महासंघमा रहेका सदस्यहरुका लागि ब्यवसायीक पत्रकारिताको मर्म अनुसार पत्रकार आचार संहिता भित्र रहेर विभिन्न कार्यक्रम गर्ने योजना बनाएको छ । विगतमा एक पटक प्रकाशन भएको स्मारिका प्रकाशनलाई निरन्तरता, इतिहासको संरक्षण, रजत महोत्सवका बेला नै अग्रजहरुको सम्मान जस्ता कार्यक्रम गर्ने महासंघले गरेको छ । सदस्यहरुको स्वास्थ्य विमा, क्षमता अभिबृद्धि र लेखनबृत्ति जस्ता अभियान महासंघले शुरु गरिसकेको छ । तीन वर्षको एक पटक हुने नविकरण नियमित गरिहेको छ । पत्रकारहरुका लागि फिल्डमा खटिँदा पहिचानका लागि ज्याकेट र परिचय पत्रको ब्यवस्था गरिएको छ । सदस्यहरु बीच मैत्रीपूर्ण सम्वन्ध स्थापितका लागि शुभकामना आदान प्रदान, स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्मान, संचारमाध्यमका प्रकाशक, सम्पादकहरुलाई आचार संहिता सम्वन्धी जानकारी, एउटै विज्ञापन दररेट कायम जस्ता कार्यक्रममा महासंघले सक्रियता बढाएको छ । महासंघको स्थापना दिवसमा जेष्ठ नागरिकहरुको सम्मान गर्ने कार्यक्रम शुरु गरिएको छ । स्थानीय सरकारहरुसँगको प्रत्यक्ष संवाद शुरु गरिएको छ । तेमाल र बेञ्थान्चोक गाउँपालिकामा संवाद सकिएको छ । जसले गर्दा स्थानीय सरकारलाई बलियो बनाउन र स्थानीय संचारमाध्यमलाई अझै सम्वृद्ध बनाउन सहज हुने अपेक्षा गरिएको छ । यो अभियान स्थानीय सरकारका १३ वटै तहमा गरिनेछ ।
    इतिहासले दिएको जिम्मेवारी र सदस्यहरुको विश्वासलाई हामीले निश्चय नै निडरता र निश्पक्षताका साथ पुरा गर्ने लक्ष्य राखेका छौं । यो अभियानमा सदस्यहरु तथा नेपाल पत्रकार महासंघका सबै शुभचिन्तकहरुको सहयोग आवश्यक छ । हामी यहाँहरुको विश्वास मार्फत महासंघलाई जिल्लाकै अगुवा नागरिक संगठन र नागरिकहरुको पहरेदार संस्थाको रुपमा विकास गर्ने छौं । (लेखक नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष हुनुहन्छ ।)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार