२०८१ अषाढ ११, मंगलबार | Tue, 25, Jun, 2024

भगवान बुद्धको शिक्षा बौद्ध अर्थात बहुजन हितय बहुजन सुःखय


४०७९ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख १६, आईतबार मा प्रकाशित ६ साल अघि
  • बौद्ध भन्नाले के बुझ्नुपर्दछ भने यी पृथ्वीमा भएको सम्पूर्ण प्राणी जगतको हित सुखको लागी जन्मिएको ज्ञान नै बुद्ध हो । अर्थात पाली भाषाको शब्दमा यस अर्थलाई बुद्ध र देवनागरि शब्दमा ज्ञान भन्छन् । अर्थात भर्खर मात्रै मान्नु गइरहेको बुद्धजयन्ती, सिद्धार्थ गौतम बुद्धको २५६२ औं जन्म जयन्ती नेपालमा मात्र नभई पृथ्वीको कुना काप्चाको विभिन्न देशहरुमा मान्नु गइरहेको छ । २५६२ औं बुद्धजयन्ती अर्थात ज्ञानको उत्सव ।

    पाठक वर्गहरुलाई भन्नु पर्दामा सिद्धार्थ गौतम बुद्ध भन्दा पहिले ६ वटा बुद्धहरुबाट पृथ्वीको परिक्रमा गरिसकेपछी प्राणी हितको लागि सातौ महा मानवको रुपमा पश्चिम नेपाल तराई फाटको लुम्बिनीको कपिलबस्तुमा सुद्धोधन राजाको प्रथम रानी महामायाको कोखबाट गौतम बुद्धको जन्म भएको थियो । कपिलबस्तु राजा सुद्धोधनको राजधानी हो । राजा सुद्धोधनको पनि दुइवटी रानीहरु थियो । महामाया र प्रजापती । अब म मेरो तर्फबाट बुद्धको मुल शिक्षा सम्बन्धि केही छोटकरी र सरल तरिकाबाट बुद्धको शिक्षा सम्बन्धि व्याख्या गर्न गइरहेको छु ।

    बुद्धको मूल शिक्षा तीन कुरा स्मरणीय छ–शील (सदाचार र नैतिकता), समाधि (एकाग्रता र अनुसासन) र प्रज्ञा विवेक बुद्धि र इमान्दारिता । संक्षिप्तमा भन्ने हो भने बुद्धको उपदेशको अर्थ मानिसलाई शुद्ध मानिस बनाउनु हो । खाना खानु, सुत्नु, भय हुनु र मैथुन गर्नु यी चीज मानिस र पशुमा फरक छैन । मानिसमा फरक के छ भने धर्म चिन्तन र विवेक बुद्धि छ । मतलब के ठिक के बेठिक छ, के असल र के खराब छुट्याउन सक्ने शक्ति मानिसमा हुन्छ । नराम्रो र अनैतिकताको काम गर्दाखेरी लाज र भयको महसुस मानवमा हुन्छन भने त्यो मानवमा यज्ञा हुन्छ भन्ने उचित छ । पशुमा यो गुण देखिदैन ।

    उन्नती हुने चिन्तन शक्रि मानवमा छ तर पशुमा छैन । बरु पशुलाई मानवद्धारा चन्द्रलोक सम्म पु¥याउन सक्छ । हात्ती खुब ठूलो पशु हो । हात्तीको टाउँको ठूलो छ, दिमाग पनि ठूलो छ तर सानो मानिसलाई बोकेर मानवको दास बनेको छ । बुद्धको उपदेश अनुसार मानिसमा धर्म चिन्तन सदाचार रहेन भने मानिस राक्षस र दानव

    बन्न सक्छ, पशु पनि बन्न सक्छ । आफ्नो स्वार्थ र रिसको कारण मानव ले मानवलाई नै शोषण र काटमार गर्न खोज्दछ भने त्यसता व्यक्तिलाई मानव होइन बरु दानव भन्छन् ।

    कुनै केटाकेटीले नराम्रो काम गरेको खण्डमा र मिचाहा भएको खण्डमा आफ्नै आमा बुवाले गधा, भेडा र पशु भनेर गाली गर्छन । किन ? किनकी मानिसमा मानिसको गुणको अभाव नभएको कारण । त्यसैले बुद्धले मानिसको आचरण राम्रो हुनु जरुरी छ भन्ने भएको छ । आचारण भन्दाखेरी अरुलाई अहित हुने काम नगर्ने । अत्याचार, भष्टाचार नगर्ने मानिसमा कलह हुने खालको झुटो बोल्ने र चुक्ली बोली बोल्नु हुँदैन, बुद्धको उपदेशमा ।

    धेरै लोभी महत्वाकांक्षी नबन्नु राम्रो हुँनेछ । मिथ्य दृष्टी र अति पूर्वाग्राही बन्नु हुँदैन । अर्थात संकीर्ण विचार हुनु हुँदैन । उद्धार हृदय भन्नुले मानिस मानव बन्न सक्छ । ठिक समझदारी भएको मानिस बन्न सके शुद्ध मानिस बन्न सक्छ । दृष्टि सोझो भएको खण्डमा सुद्ध मानव बन्नेछ । संकीर्ण विचार र बाङ्गगो दृष्टि भयो भने सोचाई ठिक हुँदैन । अनि बोलि पनि बाङ्गो हुन्छ, काम पनि अनर्थ हुन्छ ।

    त्यसपछी मानवको जीविका गलत दिशातिर जान्छन् । उसको प्रयत्न असफल र अहित हुँनेछ । होस ठिक ठाउँ हुँदैन अनि चित्त एकाग्रताको अभाव हुन्छ । फलस्वरुप मानिस पतनतिर जान्छ । सम्पर्क दृष्टि (ठीक समझदारी) भएको खण्डमा सोचाई, बोली जनप्रिय हुनेछ । काम फलदायी हुन्छ । जीविका निर्दोश हुन्छ । प्रयत्न असफल हुँदैन । होस सहि ठाउँमा पारी सजग र सचेत हुँदा चित्त एकाग्र हुन्छ ।

    मतलब सधै राम्रो काम गर्न अग्रसर हुन्छ । यस्तो अवस्थामा मानिस शुद्ध बन्न सक्छ । यहि हो गौतम बुद्धले प्रतिपादन गर्नुभएको निष्कर्ष लंक, आष्टाङ्गिक मार्ग । यसलाई मध्यम मार्ग पनि भनिन्छ । यस शिक्षामा आचारण शुद्ध हुनु, मन शुद्ध हुनु नितान्त आवश्यक हो भन्नुभएको छ ।
    मन शुद्ध नभइकन धर्म गरेपनि जस पाउने छैन । जीवन उज्वल पनि हुने छैन । अर्को भाषामा भन्नु पर्दा मानिस दुःखबाट मुक्त हुन सक्दैन, भनेपछी बुद्ध भगवानको मुल शिक्षा नै यहि हो । साथै हाल हामिले मान्नु गइरहेको शान्तिको अग्रदुत भगवान बुद्धको जन्मजयन्ती उहाँको असली नाम यस प्रकारका छन् । बुद्ध भनेको ज्ञान हो, त्यो ज्ञान दिने हाल जन्मजयन्ती मनाउन गइरहेको नाम हुन शाक्यमुनि बुद्ध । अर्थात ॐ मुनि, मुनि महा मुनिय, स्वाहा ।

    भगवान बुद्ध र एक्साइसौ शताब्दी

    हामी पृथ्वीमा मानवको रुपमा जन्म भएको छ । तसर्थ पृथ्वीमा हामीजस्तो प्राणी थुप्रो (धेरै) छन् । अर्थात जनावरमा सानो कमिलादेखि माथिको हात्तीसम्मको प्राणीको जन्म यहि पृथ्वीमानै जन्म भएको छ । यसको अर्थ माथि उल्लेखित बुद्धको शिक्षामा पनि केही जानकारी गरेको छ । हाम्रो मानव जीवन अमूल्य जीवन हो । मानव जीवन एउटा अलौकिक सिढी ,पनि हो । यसलाई सहि उपयोग गर्न सकेको खण्डमा संबोधि प्राप्त गरी जीवनले मुत्तिको अनुभव गर्न सकिन्छ भन्ने भगवान शाक्यमुनि बुद्धको चिन्तन दर्शन हो । उहाँको यो दर्शन एक्काइसौ सताब्दीमा पदार्पण गरिरहेको मानवको लागी समेत समयोचित हुन सकेको छ ।

    मानव जन्मिन्छ, जिउँछ र शरिर छोड्दछ । यो लौकिक सत्य हो तर यो जन्मने र मर्ने लौकिक शरि यसभित्रको अनगिन्ति संवेदनाहरु विचार र भगवानको श्रृखलाहरुलाई प्रतिक्रियाहरु नगरी द्राष्टा साक्षी बनी अवलोकन गरेमा प्रकृतिको अनुपम रहस्यलाई छिचोल्दै आत्माजागरण गर्न सके विपस्याना ध्यान मानव सभ्यतालाई धरोहराको रुपमा सुम्पिएर निर्वान प्राप्त गर्नु भएको छ ।

    त्यस्ता बुद्धको बारेमा केबल चिन्तन गरेर वा लेखेर मात्र पुग्दैन । बुद्धलाई शान्तिको दुतको संज्ञा दिएर, ओठे भक्ति देखाएर मात्र पुग्दैन । अर्थात एक सालमा एक पटक बुद्धजयन्ती भनेर फलाकेर मात्र पुग्दैन । यदि मानवले यो मानव सभ्यता, संस्कृति र विकासलाई सहि दिसामा लैजान चाहान्छ भने संयुक्त राष्ट्रसंघ जस्तो अन्तराष्ट्रिय संस्था संसार भरिको कार्यालयहरुमा बुद्धजयन्तीको दिन बन्द (बिदा) गरी बुद्धजयन्ती मनाउने निर्णय गरे जस्तै शान्तिको दूत भगवान बुद्धको वैज्ञानिक विधि ध्यानलाई देश भरिको स्कुल, कलेज र विश्व विद्यालयमा अध्ययनरत युवा युवतीहरुले कमसेकम एक घण्टामात्र ध्यान गर्न सक्ने वातावरण तयार गर्न पहल गरेमा भगवान बुद्ध प्रति सच्चा सद्धा गरेको ठहर्नेछ ।

    प्रत्येक व्यक्ति अस्तित्वको श्राद्धितीय अभिव्यक्ति हो । प्रत्येक व्यक्तिले निर्वाणका लागि स्वयं ध्यानस्थ हुनु सक्नपर्छ भन्ने सर्वकालीन सार्वजनिक उद्घोषणा गर्न भगवान बुद्धसँग सम्बन्धित केही प्रसंगहरुलाई यहाँ उदघृत गर्न चाहान्छु । अब एक्काइसौ शताब्दीसम्म आउँदा नेपालको नेपालीहरुले सालको एकपटक आउँने बुद्धजयन्तीमा पनि राम्रोसँग ध्यान र ख्यालै नगरी हेरा त्यहाँ बौद्ध धर्महरुको बुद्ध जयन्ती भनि खिल्ली उडाउने मानव पनि हाामीले देखि सकेका छौ । माथि उल्लेखित शब्दमा भनेको छ प्रत्येक केटाकेटी अर्थात स्कुलदेखी विश्व विद्यालयसम्मको विद्यार्थीहरुलाई पनि बुद्ध दर्शन सम्बन्धि प्रत्येक दिन एकघण्टासम्म ध्यान र प्रवचन गराउन सके मात्र नेपालमा सधै शान्ति भैरहने छ ।

    अर्थात नेपालमा मान्ने दुइओटा ठूला धर्महरु दुइवटा मात्र छन् । बौद्धमार्गी र शिवमार्गी मात्र । तर यहाँ त धर्मको नाम जप्ने अरु धर्मको तदनाम बोल्ने, अर्थात शिवमार्गी धर्मालम्बीहरुले आफ्नो धर्मको मार्गनै नबुझि हाम्रो नेपाल हिन्दु राष्ट्र र हिन्दु धर्म भनि अभिव्यक्ति दिनु भनेको नै सनातन धर्मभित्र पर्दैन कि भन्ने धर्मगुरुहरुको पनि भनाई आएको छ ।

    यदि सनातन धर्म हो भने कुनै एकमात्र नामाकरण हुनै सक्तैन भन्ने पनि धर्मगुरुहरु बाटनै आएको छ । उच्चारण चाहि सनातन धर्म कर्म चाहि हिन्दुस्थानको नाम जपेको कारणले नै नेपालमा अमिल्दो भएको धर्मगुरुहरुलाई महसुस भएको छ । त्यसकारण धर्म भन्नु भनेकोनै कुनै पनि कुकर्म नगरुन भनेको हो । यदि धर्म छैन भने दानव रुप लिई विधंस मच्चाउने छ, गर्नेछ । अर्थात आफ्नो स्वार्थ र परिवारको लागी मात्र । धर्म भनेको बहुजन हितय, बहुजन सुखय हुनुपर्दछ भन्ने धर्मगुरुहरुको सुझाव र विचार आएको छ । अन्तिममा शान्तिको अग्रदुत गौतम बुद्धको २५६२ औं जन्मजयन्तीको भव्य रुपको साथ मनाउनका लागी पनि हार्दिक अनुरोध छ । यसैको साथ पृथ्वीमा सधै शान्ति भैरहुन ।

    लेखक
    जम्बला लामा
    बौद्ध जागरण केन्द्र तथा स्तुपा
    फाउण्डेशन नेपाल, केन्द्रिय सदस्य

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार