२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

पाप धुरीबाट कराएको हो की ?


३२३४ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख २५, मंगलबार मा प्रकाशित ५ साल अघि
  • भर्खरैमात्र ३३ कीलो सुन काण्ड र सनम शाक्यको हत्यकाण्डमा पूर्व आई.जी.पी. प्रकाश अर्याल पनि मुछिएको समचारले नेपाल प्रहरीको नै धज्जी उडाई तस्करीको सहयोग गरेको खुलासा भएका समाचारहरु जनसमुदायलाई प्राप्त भएको छ । अर्थात् सनम शाक्य हत्या काण्डामा तत्कालिन प्रहरी आई.जी.पी प्रकाश अर्यालाको जनकारी रहेको तथ्य एक डी.एस.पी.ले खुलाएको समाचार अनलाइन खबरहरुमा प्रकाशित भएको छ ।

    सनम शाक्यको सब बरामद गरिएको प्रारम्भिक प्रतिवेदन जाहेरी दिने डि.एस.पी. प्रजित केसीले बयानका क्रममा हत्याको विषयमा आइ.जी.पी.अर्याललाई जनकारी गराएर आपूmहरु घटनास्थलमा गएको बताएका हन् । यो समाचार सौर्य दैनिक पत्रिकामा प्रकाशित भएको सामचार नागरिकले पनि पढ्न पाए ।
    गृहमन्त्रालयका सह–सचिव ईश्वराज पौडेलको छानविन समितिसँग दिएको वयानमा डी.एस.पी.ले सुन काण्ड र शाक्यको हत्या अभियोगको मूख्य नाइके गोरे भनिने चुडामडी उप्रेतिलाई पक्राउ गर्ने उद्देश्यले रकमको बार्गेनिङ्ग भएको स्वीकारेका छन् ।

    गारेले सई बालकृष्ण संजेललाई फोन गरी एक व्यक्तिको लास आपूmसँग रहेको र आपूmलाई बचाउन आग्रह गर्दै फोन गरेपछि उसलाई पक्राउ गरी एस.एस.पी. दिपेश लोहनी प्रहरी उपरीक्षक नरेन्द्र उप्रेति, प्रहरी उपरीक्षक उमाशंकर पन्जियार, सई संजेल र आपूm बिच योजना बनाएको बयानमा प्रष्ट पारेको छ उनेले ।
    घटनास्थलको पिनप्वाइन्ट गर्न नसकिएको कारण हामीहरुले स्थानीय प्रहरीलाई घटनाको विषयमा जानकारी गराउन खोजे पनि घटनाको सूचना कही कतैबाट चुहिएको खण्डमा अपराधीहरु भाग्ने र उम्कने सम्भव रहेको हुँदा तत्कालिन एसएसपी दिपेश लोहनी सरले उक्त कुराको जानकारी तत्कालिन संगठन प्रमुख पूर्व प्रहरी आइजीपी प्रकाश अर्याल सरलाई जनकारी गराउनुभयो ।
    वयानको क्रममा तत्कालिन आइजीपी प्रकाश अर्यालको नाम लिदै उनले अगाडी भनेका छन् । सो पश्चात पूर्व प्रहरी महनीरीक्षक प्रकाश अर्याल सरबाट मौखिक आदेश लिएर हामीहरु अपराध महाशाखाको चलानी न ं. १९०७ मिति २०७४।११।१८ गतेको लिखित आदेश सहित हामीहरु अपराध महाशाखाको गाडीमा पूर्वतर्फ लाग्यौं ।

    वयानमा डि.एस.पी. केशीले अपराधी पक्राउ गर्ने नियतले गडफेथका आधारमा गोरेसँग पैसाको कुरा गरेको र सोही अनुसार कुरा गर्दै जाँदा बाटोमा उनीसँग पटक पटक टेलिफोनमा कुरा गरेको पनि स्वीकार गरेका छन् । तर १५ फागुनमा धरान नपुग्दै गोरे भारततिर गएको भन्दै उनको सहयोगी टेकराज मल्लले गाडीमा सब लिएर आएको उनले खुलासा गरेका छन् ।
    त्यस बीचमा गोरेसँग पटक–पटक सम्पर्क गर्न खोज्दा गोरे सम्पर्कमा नआएको र एस.एस.पी. लोहनीलाई जनकारी गराउँदै सबलाई बरामत नगरी विराटनगर लैजाने आदेश आएको बताएका छन् उनले । साथै हालसम्म पनि ३३ किलो सुन कहाँ, कता हराए भन्ने पनि पुष्टि हुन नसेकेको कारण के हो ? जनचासोको विषय बनेको छ । कतै पूर्व आईजीपीहरुको खेल त होइन भन्ने जनसमुदायमा खुलदुली भएको छ ।

    यस्ता अपराधिक गतिविधिमा हिड्ने नेपाल प्रहरीको बद्नामी अफिसरहरुले गर्दा राम्रो इमान्दार अफिसरको पनि जनताको नजरमा राम्रो सन्देश जादैन की भन्ने जनविचारहरु पनि आएको छ । अर्थात् जनसुरक्षाको नाममा प्रहरी संगठनको नै बदनाम गरेको खुलासा भएको छ ।
    आफ्नो स्वार्थको लागि भ्रष्टाचार गरी धन कमाउमा लाग्ने प्रहरीहरुको चरित्र छर्लङ्ग भएको छ । आफ्नो देशको जनपक्ष नभई विदेशको अण्डवेल्डको हातमा नाचि अकुत सम्पत्तिमा कामाउमा लाग्नु भनेको आफ्नो आमाबाबुको हत्या गर्नु सरह हो भन्ने सामाजिक संञ्जालमा व्यापक भएको छ । यस्तो लाज सरमलाई नै पचाएर भ्रष्टाचार गर्नुभन्दा आत्माहत्या गरी मर्नु वेस हुनेछकी भन्ने जनविचारहरु पनि व्यापक आएको छ ।

    अर्थात् जनताले तिरेको करको तलबभत्ता खाने अनि जनतलाई नै लात मार्ने यो कस्तो विडम्बनाको समय आयो ? मात्र आफ्नो परिवारलाई सिसामहल घर, गाडी, सुनचाँदी र गरगहनाले मात्र भरीभराउ गर्ने नियत भएको भ्रष्ट पूर्व प्रहरी र वर्तमान् प्रहरीको खोइ त इज्जत ? नेपाली उखानको कथाजस्तो १२ वर्ष पछि पाप कराउँछ भनेको थियो तर नेपाल प्रहरीका हस्थी खुंखार भ्रष्ट व्यक्तिहरुलाई बाह्र वर्ष कुर्नु नै परेन । पाप तुरुन्त धुरीबाट कराएको हो की भन्ने नागरिक सामाजको विचार हो ।

    प्रहरी कस्तो हुनु पर्छ

    प्रहरीमा गाउँगाउँमा भएको ज्यादतीको बारेमा, कुनै बल्त्कार भएकोमा, सामान्तीहरुले गरेको थिचोमिचोमा, गाउँघरमा बोक्सीको आरोपमा ज्यादती भएकोमा यी सबै रिसीइबी भएको कारण बनेकोमा निस्पक्ष ढंगले नेपाल प्रहरी सजक हुनु पर्दछ । कुनै राजनैतिक दबाब र रबाबमा नपरी अघि बढेको खण्डमा प्रहरीको मानसम्मान प्राप्त हुनेछ । जस्तोकी हालको ३३ किलो सुन काण्डमा प्रहरीले देखाएको इमान्दार अर्थात् सनम शाक्यदेखि अरु दुईजनाको मृत्युको कारण समेत को खोजनीतिले जनतामा आशा पलाएको महशुस भएको छ ।
    होला यस्तै अपराधी गतिविधिमा संलग्न अफिसरहरु । तर उनै प्रहरीद्वारा भ्रष्ट तस्करी गर्ने प्रहरी डि.आई.जी.देखि प्रहरी जवानसम्मलाई कस्टडीमा ल्याउन सफल भएकै मान्नुपर्छ र प्रहरी संगठन देशभर पैmलिएको छ र साथै गाउँगाउँमा पनि फैलिएको यो खुसीको विषय हो ।

    भ्रष्टाचार गर्ने व्यक्ति आफ्नो बाबु नै किन नहोस् त्यसको जरा काट्ने काम प्रहरीमा निष्पक्ष हुनु पर्दछ भन्ने जनसमुदायको आवाज हो । ठीक ठाउँमा बसेको कर्मचारीलाई भ्रष्टाचार गरेको हो भन्नु मिल्दैन । ठीक ठाउँमा वसी बेठिक काम गर्ने कर्मचारीलाई कारवाही गर्ने काम प्रहरीको हो । तर नेपालमा त अख्तियार र प्रहरीले भ्रष्टाचार गरेको व्यक्तिलाई अदालत समक्ष बुझाउँछ । तर अदालतले कानूनसम्मत नभएको र रित नै नपुगेको भनि छोडाउने आदेश दिन्छन् कीन ? अनि कसरी भ्रष्टाचार रोक्छन् यो देशमा । प्रहरीमा सदासाय तथा सदाचार हुनु पर्छ अनि आत्र भ्रष्टाचारमुक्त नेपाल बन्छ ।

    न्यायधीशको पनि सम्पत्ति विवरण माग हुनु पर्छकी ?

    अर्थात् प्रत्येक न्यायलयको न्याधिशहरुको पनि मन्त्री परिषद्को जस्तो गरी सम्पत्ति विवरण माग गर्नु उपयुक्त हुन्छ होला भन्ने २ करोड ८० लाख जनसमुदायको सुझाव पनि आएको छ । यस्तो भएको खण्डमा न्यायधिशद्वारा पनि भ्रष्टाचार कम हुन्छकी भन्ने जनचासोको विषय बनेको छ । हालसम्म पनि प्रत्येक न्यायधिशरुको सम्पत्ति विवरण माग नभएको कारण न्यायलयबाट नै ठूलो ठूलो भ्रष्टाचारहरुले भ्रष्टाचार उन्मुक्ता पाएको छ । यो सरासर गलत हो । त्यसकारण न्यायपरिसद्को प्रत्येक व्यक्तिको पनि सम्पत्ति विवरणको सूचि राख्नु जरुरी देखिएको जनविचारहरु पनि आएको छ ।
    अर्थात् राजश्व विभागको निलम्बन अधिकृत चुडामणी शर्मा, नेपाल आयलनिगमको निलम्बन गोपाल खड्का र पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीहरु जस्तोलाई नत अदालतले नै कारवाही गर्छ नत ठूलो ठूला नेताहरुले नै कारवाही गर्छ अर्थात् सरकारले नत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै गर्छ । कारणहरु छन् न्यायधिषहरुबाट नै ठूला ठूला भ्रष्टाचार गर्ने व्यक्तिहरुलाई नै मुक्ति पाउने र सानो सानो भ्रष्टाचार व्यक्तिहरुलाई कानूनबाबट मुक्ति पाउँदैन किन ?

    एमाले नेताको सम्पत्ति कस्तो छ ?

    अर्थात् एमालेको तर्फबाट ९ महिने कार्यकालको पूर्व अर्थमन्त्री भनिएको भरतमोहन अधिकारीले पनि भ्याट छली प्रकरण मिलाएको बापत नेपालको १२० अर्व धनाढ्य व्यक्ति, विनोद चौधरीले उपहारको रुपमा दिएको कुपण्डोल स्थित मूल सडकमा जोडिएको घर भरत मोहन अधिकारीको भारत सिक्किममा विवाह गरेको छोरीको नाममा पास गरी विनोद चौधरीले उपहारको रुपमा दिएको समाचार पत्रिकाहरुमा खुलासा भएको छ ।
    यो कतिसम्मको सत्य हो त्यो भरतमोहन आफै जानुन् साथै विनोद चौधरीले अमृखगञ्जमा आयल निगमको जग्गा समेत हडप्ने दाउमा रहेको समाचार पनि प्राप्त भएको छ । विनोद चौधरी ताक परे तिवारे नत्र गोदामे भनेजस्तो कहिले एमालेबाट समानुपातिक सभासद, कहिले नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सभासद अर्थात् उनको दुई खट्टा एक खुट्टा काँग्रेसको टाउकोमा एक खुट्टा एमालेको टाउकोमा कस्तो चत्तुराई विनोद चौधरीमा उनको इज्जतको भ्यालु नै छैन । उनमा नेताहरुलाई हात पर्ने र कर छली गर्ने विचारभन्दा अरु केही सुद्धी छैन ।

    अब, विनोद चौधरीले शेर बहादुर देउवाको चाकडी गर्ने पनि छोड्ने अवस्थामा छन् । अर्थात् एमाले सभासद भई एमाले भएको मान्छे पावरको घमण्डी भएको देउवाको पुच्छर समाती र्वैतणी गर्न गएको चौधरी तल अर्थात् नर्कमा अर्थात् नर्कमा खस्ने डरले उनले अव देउवाको साथ नजाने निधो गरेको खबर पनि सुन्नमा आएको छ । अव उनको दाउ बाम सरकार पक्ष ढलेको राजनीतिक विश्लेषणको भनाई आएको छ तं शरणम भ्रष्टनाथहरुको ।

    हात्ति आयो फुस्स

    काँग्रेसको केन्द्रीय वैठक असहमतिको साथै सहमति जनाई विसर्जन भएको छ । अर्थात् पूर्व महामन्त्री द्वय प्रकाशमान सिंह र वरिष्ठनेता रामचन्द्र पौडेलको असहमति विना नै अधीनायकबाद एकलौटी बहुमतबाट देउवाले जवरजस्ती केन्द्रय वैठक समाप्त भएको सामाचार नागरिकले अखबारहरुमा पढ् पाए ।
    अब, काँग्रसको हाली मुहाली समाप्त भएको हो की भन्ने काँग्रेसलाई समानुपातिकमा मत हाल्ने मतादाताहरुलाई चिन्ता भएको महशुस भएको छ । अर्थात् काँग्रेसमा जो राम्रो व्यक्तिहरु छन् त्यस्ता व्यक्तिहरुलाई लात मार्दै विग्रेका सढेका व्यक्तिलाई समर्थन गर्ने देउवाको वानीले काँग्रेसभित्र नै वाक्कप्याक्क भएको काँग्रेसीजनहरुबाट नै खुलासा हुन आएको छ । जयनेपाल होइन अब, नेपाल जय भन्नु पर्ने होकी के हो काँग्रेसलाई ।

    लेखक
    जम्बला लामा
    बौद्ध जागरण केन्द्र तथा स्तुपा
    फाउण्डेशन नेपाल, केन्द्रिय सदस्य

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार