२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

विपस्याना–शिक्षा


३७३२ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ ८, मंगलबार मा प्रकाशित ५ साल अघि
  • शिक्षाको अर्थ हुन् जागरण प्रत्येक जागरण शुन्यदेखि लिएर अर्थात् शुरुदेखि लिएर अन्त्यसम्मको जागरण नै एक शिक्षा हो । हामी विउँझीरहेको अवस्थामा निन्द्रालाग्छ त्यसको नाम पनि जागरण हो । विउँझिरहेको बेलामा स्नान गर्ने मन हुन्छ त्यो पनि हो जागरण । हामी बिउँझीरहेको बेलामा हामी हाँस्छौं त्यो पनि जागरण नाम नै हो । बिउँझिरहेको बेलामा हामी रुन्छौं त्यो पनि जागरण हो । होस्पूर्ण बाच्नेको नाम पनि जागरण हो । होसपूर्ण दिशा पिसाब गर्ने पनि जागरण नै हो । होसपूर्ण हुँदाहुँदै पनि मर्ने पनि जागरण नै हो ।
    जीवनमा हरेक कार्यहरु होसपूर्ण गर्ने पनि जागरण हो । होसपूर्ण बाचेको क्षण पनि जागरण नै हो । वेहोसमा बाँचेको हरक्षण मृत्यु हो । त्यसकारण हर महिना, हर वर्ष, हरपल बाँचिरहन्छन् र मरिरहन्छ । लामो समयमा एक मानिस वास्तवमा कतिसम्म बाँचिरहन्छ, यो विषयमा नै निर्भर गर्छकी ती मानिसले आफ्नो जीवनमा कति समय होसपूर्ण बाचिन्छ । बाचुन्जेलको क्षण नै एक मानिसको जीवनको जागरण हो । यो क्षण नै वास्तविक जीवन हो भन्ने धार्मिक ग्रन्थमा उल्लेख भएको छ ।
    अर्थात् जीवनमा प्रत्येक पल जागरण उत्पन्न हुन्छ । मनले नै जागरणलाई अघि बढाउने काम गर्दछ । एक हाकिम व्यक्तिको मनमा कस्तो जागरण हुनुपर्छ भन्ने विपस्याना निधिमा उल्लेख भएको छ । अतः जुन हाकिमले अड्डामा गर्ने काम मानव सेवा हो, मानव धर्म पनि बुझ्नुपर्छ । ताकी, त्यो नै मठ मन्दिर हो मेरो भन्ने सदासाय हुनुपर्दछ । होइन म मेरो लागि जे गरेपनि हुन्छ भन्ने सोच पनि जागरण नै हो ।

    म मेरो परिवारको लागि भ्रष्टाचार गर्नु नै मेरो र मरो परिवारको उचित हुन्छ भनि मनले सोचेको पनि जागरण नै हो । जुन सुकै कार्य गर्नु, थाल्नु एक जागरण विचार हो । राम्रो गरौं या नराम्रो यी सबै व्यवहार मनको चित्त नै हुन् अर्थात् जागरण । त्यसकारण जुनसुकै विचार गर्दा एकपटक सोचरेर सही जागरण अपनाएको खण्डमा पृथ्वीमा कहिल्यै पनि दुःखकष्ट र झै–झगडा उत्पन्न हुने छैन । यो जागरको निधि हो ।

    जागरणको यथार्थ

    मज्झिम निकायको सत्पिट्ठानमा भगवना बुद्धले आफ्नो जीवनको हरक्षण जागरुक बनाई राख्नको लागि सारा जीवनको जागरण बनाई राख्नको लागि विस्तारै सम्झाएको हो । अर्थात् यी जगतको लागि जगतलोक एक गर्नको लागि आवश्यकता पर्दैन । यो जागरणको लागि कही केही नाचगान गाउनको आवश्यक पनि पर्दैन । यो जागरणको लागि ढोल बाजा पनि अवाश्यक पर्दैन । यो जागरणको कुनै विशेष अवसरको आवश्यकता छैन । जीवन हरेकक्षण एक अवसर हो, जागरण अपनाउनको लागि । जीवनको हरेकक्षण सुनौलो मौका जागरण हो । जीवनको हरेक क्षेण एक अवसरको स्मृतिमान हुने हो । जीवनको हरपल एक अवसर पनि हो, होसको साथ जीउनु बाच्नु ।

    कसरी मान्ने जागरण

    सतत् जीवनको नै जागरण बनाउनको लागि भगवान बुद्धले भारतको हरियानाका कम्मास दम्म कस्वेमा भिक्षुहरुलाई संबोधन गर्दै भन्नुभयो, भिक्षुहरुहो यो जो चार स्मृति प्रस्थान हो यो सत्वोंको विशुद्ध सोक र क्रंदनका विनास दुःख र दौर्मनस्यका आवासन सत्यको प्राप्ति र निर्वानका साक्षत्कार यी सबैको लागि एक मात्र मार्ग यो चार स्मृति प्रस्थान, यस प्रकारका छन् अर्थात् चार प्रकारको जागरण ।

    १) कायानुपश्यनाः अर्थात् आफ्नो सरिर साँढे तीन हातको शरीरको जानकारीको लागि पहिले–प्रथमतः आफ्नो मनको स्थीर गर्न आवश्यक पर्दछ । अर्थात् यसको लागि हामी प्राणीले प्रत्येक सास होसपूर्ण रुपले सास फेर्ने गर्छन्, तान्छन् र छोड्छन् । सास जसरी जरी फेर्छ त्यसरी नै राम्रो अनुभावहरु पैदा गर्दछ मनले । अर्थात् सास लामो फेर्छ भने त्यस्तै अनुभव हुन्छ र सास ढिलो फेर्छ भने त्यसको अनुभव पनि त्यस्तै किसिमले जागरण भएको विचार गर्नु पर्दछ । यसको मतलब, स्वभाविक सासको निरन्तरताबाट फेरीरहन वास्तविक जागरणको आरम्भ हो भन्ने बुझ्नुपर्दछ । यसै शरीर भित्र विभिन्न प्रकारका तत्वहरु पनि छन् । यो स्मृतिभित्र हृदय (चित्त) केश, नाक, दाँत, मासु, नसा, हड्डी, पित्त, कफ, पीव, रगत, यीत्यादी । यो सबै शरीरको सत्यको जागरण हुन् ।
    २) बेदनानुपश्यनाः यो शरीरमा जो कोहीलाई अनुभव हुन्छ, उसलाई वेदना भन्छन् । यो अनुभव, सुखद्, दुखद् या असुखत्, अदुखत् देख्दै जान्छन्, वेदनाको स्वभाव हो भन्छन् र नष्ट पनि हुन्छ । अर्थात् उत्पन्न पनि हुन्छ र नष्ट पनि भइरहन्छ । यो पार्ट जागरणको दोस्रो पार्ट पनि हो ।
    ३) चित्तानुपश्यनाः अर्थात् मनको ध्यान यस प्रकार आफ्नो जागरणको निरन्तरता बनाउनको लागि मनको चित्तको निरीक्षणको कार्यमा लगाइ राख्नुपर्छ । चित्तको जनकारी हामीलाई चित्तको स्वभावबाट जनकारी मिल्छ । हामी जागरुक भएता पनि थाहा छ की हाम्रो चित्त (मन) रागयुक्त या विरक्त हुन्छ, दोषयुक्त हो या विदोष हो, मोहयुक्त हो या वितमोह यस प्रकारण चित्तको जानकारी गरेर यस चित्तको जागरण बन्न सक्छ । चित्त जब, रुप, संज्ञा, संस्कार, वेदनाको देख्नसक्छ र यो चित्तानुपश्यना अर्थात् चित्तलाई हेर्नु बुझ्नुपर्दछ ।
    ४) धर्मनुपश्यनाः अर्थात् धर्मको चित्तमा जो एकाग्रता हुन्छ त्यसलाई धर्म भनि बुझ्नुपर्दछ । चित्तमा जो कोही पनि ध्यान जान्छ उसको अनुभव हाम्रो शरीरमा हुने वास्तविक वेदनाहरुको रुपमा हुन्छ । यो अनुभव हामी हाम्रो इन्द्रियको माध्यमबाट नै थहा पाउने गर्छ । रुपको हाम्रो चित्त हाम्रो आँखाको माध्यमबाट स्पर्सको त्वचाकोमा ध्यानबाट नै जान्दछन् । यस प्रकार हाम्रो चित्त इन्द्रियको माध्यमबाट चित्तमा घटिरहेको तरंगको देख्दादेख्दै जागरण हुन्छ हाम्रो चित्त । यसलाई धर्मनुपश्यना भन्दछन् । अर्थात् धर्मध्यान ।
    अर्थात् हालैमात्र नेपाल कम्युनिष्ट एमाले र नेपाल माओवादी केन्द्रको एकता प्रकृया पनि यस्तै जागरणको अनुभव बाट नै आएको २ करोड ८० लाख जनुसमुदायलाई नै महशुस भएको छ । अर्थात् नेपाल कम्युनिष्ट पार्टी नामाकरण गरी समृद्ध नेपाल र समृद्धि राष्ट्र बनाउनकोलागि भएको ऐतिहासिक एकताको नागरिक समाज र जनसमुदायको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दछ एकता पार्टीलाई ।

    विना विवाद रहित

    अबको नेपाल कम्युनिष्ट पार्टी बाम सरकारले देशको समृद्ध र समृद्धि नेपाल निर्माणको लागि जनताको भारी बोकेको छ । कुरोले होइन अव गरेर देखाउनु जरुरी छ । कुनै बहानाबाजी विना एक मत एक ढिक्का भई राष्ट्र निर्माण गर्ने जिम्मा पुष्प कमल दाहाल प्रचण्ड र खड्क प्रसाद ओली प्रधानमन्त्रीको टाउकोमा थुपारेको छ । यी सबै दुःखहरु दुवै पार्टीको कार्यकर्ता र दुई करोड ८० लाख जनसमुदायले ठूलो आशा लिएको छ ।

    यी दुई बाम शक्तिको पूर्ण बलको कारण देशको जनता र कार्यकर्ता हेड अनुरुप एकता भई समृद्ध नेपाल बनाउनेछ भन्ने जनता र कार्यकर्ता विश्वस्त भएको छ । अर्थात् जनचाहाना र कार्यकर्ताको चाहाना समृद्धि राष्ट्र बनुन् भन्ने विचारहरु देशमा व्यापक भएको छ । साथै अवको दुई नेताको विचारधारा पनि यस्तै यस्तै जनसामु प्रकट भएको छ । यस्तो अवस्थामा जनताको पनि साथ लिई तलमाथि आर्थात् मेरो क्षेत्रलाई तरो क्षत्रलाई यति नभनि समग्रमा राष्ट्रलाई निर्माण गर्नको लागि एकजुट भई देशको सेवामा जुट्नको लागि पनि जनसुझाव पनि गर्दछु ।

    धर्म–जागरण

    जस्तो की माथि उल्लेखित जागरणसँग सम्बन्ध यस प्रकारका छन् । धर्म भन्नु नै जागरण हो । जागरण भुन्नु नै बहुजन हृताय, बहुजन सुखाय । यो जागरणको सम्झना नभएको भए आज नेपालमा ऐतिहासिक निर्णय हुन्न थियो । त्यही जागरणको बाटो अपनाएको हुनाले दुई ठूलो पार्टीहरु एकता भई नेपालमा कम्युनिष्टको ठूलो दल (पार्टीं)ं हुँदैन थियो । यो सबै जागरणका करामतले गर्दा विश्व समुदाय नै तीनछक भएको जनसमुदायलाई महशुस भएको छ । यी सबै विचारलाई प्रचण्ड र ओलीले यथार्थमा बदलेको कारण नै हुन् भन्ने सामाजिक संजालमा व्यापक छ ।

    यदि प्रचण्ड र ओलीको विचारको युद्ध अर्थात् यथार्थमा नबद्लेको भए यो एकताको सम्भव थिएन । यी विचारलाई यथार्थमा सदासय सदाचार गर्नुले नै ठूलो ऐतिहासिक नेपालमा भएको हो । मनबाट देश निर्माणको जागरण जागेको कारण हुन् आजको २१औं सताब्दीको नेपालको युग । अब, आधुनिक ढाँचाबाट अघि बढ्नुको विकल्प छैन । देश र जनसेवा नै धर्म हो भन्ने मनले सोची अघि बढेको खण्डमा समृद्ध र समृद्धि नेपाल किन बन्दैन? पक्का पनि बन्छ । समृद्धि सपना पूरा हुन्छ । विवादरहित भएको खण्डमा ।

    अतः ऐतिहासिक शक्तिशाली कम्युनिष्ट पार्टीमा केन्द्रीय समितिमा ४४१ जना स्थायी समितिमा ३५ जना सचिवालय सदस्य ९ जना र समान हैसियतमा २ अध्यक्ष गरी नेपाल कम्युनिष्ट पार्टी घोषणा कार्यक्रममा अध्यक्ष केपीओली र प्रचण्ड दाहालले घोषणा गरेकोमा २ करोड ८० लाख जनसमुदायलाई खुसीले गदगद भएको समाचारहरु व्यापक भएको छ । साथै खुशी पनि मनाइरहेको थियो । धेरै विदेशी र स्वदेशी नेताहरुले यो एकतालाई भाड्न पनि कसरत अति गरेको थियो । तर उनीहरुको कोसिस बालुवामा पानी बन्ने जस्तो भयो ।

    अरु त अरु नै हाम्रो नेपालकै कम्युनिष्ट भनेपछि कपालमा पनि आगो दन्काउने समाजबादी व्यक्ति शेर बहादुर देउवा त रुखबाट खसेको बादर झै खङ्रङ्ग भएको देख्दा हाँसोको फोहोरा उठेको थियो । देउवाले गत महिनामा भएको निर्वाचनको परिणाम आउनासाथ उनले पूराना सम्झानाको व्यवहारको तरिकाबाट प्रचण्ड दाहाललाई खुसुक्क अव तपाई ५ वर्षको लागि ढुक्क प्रधानमन्त्री बन्नुहोस् भनि जाल फ्याकेको थियो तर उनको त्यो सोचाई (जागरण) गलत हो भन्ने प्रचण्डाको चित्तमा परिसकेको थियो ।

    अर्थात् उनले संक्रमण कालको जस्तो सोची बहुमत प्राप्त प्रचण्डलाई भुलभुलैयामा राख्न खोजेको थियो तर देउवालाई पनि सम्झना हुनु पर्ने हो की मैले म आपूm प्रधानमन्त्री भएको बेलामा माओवादी मन्त्रीहरुलाई मैले भनेको सुझाव नमानेको कारणले माओवादी मन्त्रीहरुलाई विना विभागिय मन्त्री बनाएको थियो भन्ने सोच देउवालाई किन आएन । अर्थात् म जस्तो गद्दार व्यक्ति अरु कोही छैन जस्तो गरी फेरी पनि प्रचण्डलाई भारतको उक्साहटबाट तल गिराउने खोजेको कुरा प्रचण्डलाई याद छैन जस्तो गरी जिस्काएको होइन देउवाले ?

    अब, देउवाको जमाना सिद्धिसकेको जनआवाजहरु पनि सुन्नमा आएको छ । उन कै काग्रेसजनहरुबाट पनि नागरिकलाई नाम नतोक्ने शर्त गरी सूचना आएको थियो तर देउवाले सोच्नुभन्दा गर्नुमा बढी लोभ देखाएको कारण उनको काँग्रेस पार्टीलाई घाटा भएको जनविचार आएको छ । अब पनि देउवा काँग्रेसमा नै रहीर¥यो भने काँगेसको समय समाप्त हुन जानेछ भन्ने काँग्रसीजनहरुबाट नै व्यापक भएको छ । लोभीको भाँडो उभिन्डो, फर्सी त होइन कुभिण्डो भनेजस्तो देउवालाई भएको जनसमुदायलाई महशुस भएको छ ।

    जनसुझाव

    अब बाम सरकारलाई जनसुझाव यस प्रकार आएको छ । जस्तो की गएको वर्षमा र वर्तमान् अवस्थामा भएको सुन तस्करी, करछली, आयल निगम जग्गा खरिदको मुद्दा र पुर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीहरु जस्तो भ्रष्ट ठग व्यक्तिहरुलाई कानूनको परिधिभित्र उभ्याउन सर्वप्रथम दायित्व हो भन्ने विचार र सुझाव आएको छ । अर्थात् करछली, भ्याट फिर्ता जस्तो गर्ने चुडामणी शर्मा जस्ता जग्गा खरिद सम्बन्धी महाभ्रष्टाचार गर्ने गोपाल खड्का जस्तो र अख्तियारको भर्खरमात्र रिटायर दिप वस्नेतजस्तोहरुको के कति गल्ती छ निजहरुले गरेको निर्णयहरु ठीक छ की बेठिक छ हेरी विचार गर्न सुझाव आएको छ सरकारलाई ।

    न्यायलयको कार्यक्षेत्र

    जवकी भर्खरै मात्र विराटनगर जिल्ला अदालतमा चलिरहेको ३३ किलो सुन काण्डको मुद्दामा परि तीन जना व्यक्तिको ज्यान गएको छ । सुन तस्करहरुलाई साधारण तारेखमा छुट्याउनको लागि पनि वरिष्ठ वकिलहरु पनि आर्थिक लोभको प्रलोभनको अवस्थामा परि सुनतस्करीहरुलाई धरौटी छुट्याउने वहस गरेको समाचार नागरिकलाई सुन्नमा आएको छ । यस्तो अवस्थालाई मध्येनजर गरी सरकार प्रमुख र न्यायलयले पनि मध्येनजर गरी ध्यान दिएको खण्डमा सुन तस्करीहरु कुनै पनि हालको नेपालको बामसरकारहरुले न्यायलय पक्ष पहल गरेको खण्डमा बामसरकारको मान सम्मान र इज्जत धर्म रहन्छ की भन्ने जनविचार पनि आएको छ । अर्थात् न्यायलयलाई, सरकारबाट राम्रो सुझाव पुगुन् भन्ने जनआशा छ । अर्थात् दोषीलाई कारवाही होस् । अतः बामसरकारको दुई पाइलटलाई विनम्र अनुरोध गर्दछु । यो दुःखको कुरा हो देश डुबाउने तस्करीहरुलाई कार्वाही गर्नको लागि जनआवाजहरु प्रसस्त आएको छ । धर्मले गर्दा मानवमा जन्मिन्छ, कर्मले गर्दा कोही प्रधानमन्त्री कोही भ्रष्टव्यक्ति, कोही तस्करी यो कर्महेतु फल हो ।

    लेखक
    जम्बला लामा
    बौद्ध जागरण केन्द्र तथा स्तुपा
    फाउण्डेशन नेपाल, केन्द्रिय सदस्य

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार