२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

सरकार ठूलो की नागरिक समाज ?


२७७१ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ श्रावण ८, मंगलबार मा प्रकाशित ५ साल अघि
  • अर्थात् हाल नेपालमा भईरहेको राजनैतिक अस्थिरताले निम्त्याएको द्वन्दमा कसको गलत हो भन्ने छुट्याउन नागरिक समाज अर्थात् मानव अधिकारबादीको हो । मतलब, सरकार ठूलो कार्यकारी अधिकार प्रयोग गर्न पाउनेमा छ भने नागरिक समाज, मानव अधिकारवादीले सुझाव, निर्देशन सरकारलाई दिने । यहाँनेर कसको के कमजोरी छन् भन्ने कुरामा दुवै पक्ष टसमस भएको देखिएको छ ।

    अर्थात् प्रधानमन्त्री ओलीले आफ्नो कार्यकर्ताहरुलाई आदेश नै दिएको छ की, सरकारलाई काम गर्न दिएन । त्यसकारण कार्यकर्ता र संसदहरुलाई तयार हुनु प¥यो भनि डरछेरुवा तालको अभिव्यक्ति दिनु भनेको बाम सरकारलाई दिएको मतको नै अपमान भएको सामाजिक संजालमा व्यापक हुन आएको छ । राष्ट्रको प्रमुख व्यक्ति हुनु भएको प्रधानमन्त्री ओलीजीको यस्तो अभिव्यक्तिले २ करोड ८० लाख जनसमुदायको मूटुमा नै चोट परेको जनसमुदायलाई महशुस भएको छ ।

    प्रधानमन्त्री सबै राजनीतिक पार्टी, जनता र प्रत्येक चिकित्सक संघको अभिभावक हो नी र निस्पक्ष ढंगको दृष्टिकोणबाट हुर्नु पथ्र्यो तर प्रधानमन्त्री ओलीजीले एकतर्फी पार्टी कार्यकर्ता, मेडिकल माफिया र मेडिकल संचालन गर्न लगानी गर्ने व्यापारी पक्ष भई एकतर्फ घमण्डी व्यवहार देखाउनु प्रधानमन्त्रीजीको गलत हो भन्ने नागरिक समाज जनसमुदाय र मानवअधिकारबादीहरुको गुनासो आएको छ ।

    यस्तै पारोले समृद्धि नेपाल तथा समृद्ध नेपाल पनि कसरी बन्छ भन्ने व्यापक हुन आएको छ । अर्थात् प्रधानमन्त्री पार्टी कार्यकर्ता र व्यापारिक माफियाको हो की, समग्रहमा हो? राष्ट्रपक्ष की ? यसको जवाफ अव प्रधानमन्त्रीजीले दिनुपर्ने अवस्था आएको छ । जनपक्ष वा भ्रष्ट पक्ष छिटो भन्दा छिटो जनताले जवाफको अपेक्षा गरेको छ ।

    किनभने राष्ट्रप्रमुखले घमण्डी देखायो भने त्यो राष्ट्रमा सुगति होइन, दुर्गती अवस्य निम्त्याउनेछन् भन्ने हाम्रा बुढापाका हजुरबाहरुको उखान थियो । त्यसकारण प्रधानमन्त्रीजीले एक कदम पछाडी हटेर सोच लियो भने अति राम्रो हुनेछ भन्ने जनसमुदायलाई महशुस भएको छ ।

    मतलब, राष्ट्रप्रमुख बलियो भयो भने सम्पूर्ण मन्त्रालय, अख्तियार र अदालत विभिन्न अड्डाका प्रमुखहरु पनि तहमा आउने छ । नत्र राष्ट्रप्रमुखले आफै कमजोरी देखाएको खण्डमा कुनै पनि कर्मचारी वर्गले आफ्नो प्रभुत्व जमाउनेछ र भ्रष्टाचारलाई टेवा पुग्ने छ । अनि सरकारप्रमुख प्रधानमन्त्रीलाई घेराबन्दी बनाई राजिनामा गराउने खेलसम्म हुनेछ भन्ने नागरिकको विचार हो ।

    त्यसै कारण बामसरकालाई जनसमुदायको तर्फबाट पनि जतिसक्दो छिटो छरितोको व्यवहार अपनायर अस्थिरबाट स्थिर सरकार र संविधानको कार्यन्वयन गर्नको लागि सुझाव गर्दछु । हामी जनताको आवाज तथा सुझाव पनि गर्दछौं ।

    डा. गोविन्द केसी

    नागरिकलाई लाग्छ मेडिकल शिक्षा सुधारको लागि अनसनरत डा. केसीको माग प्रति सरकारको ध्यान पुगोस् उनको माग सबैखाले जाहेज नै भएको सातौं प्रधानमन्त्रीहरुमा अवगत भएको विषय नै हुन् । कता, कता लालचमा आएर यी सबै भताभुंग भएको हो की भन्ने नागरिकको विचार हो । पटक पटक अनसन वस्दै सरकारसँग पटक पटक बार्ता भई सम्झौता पनि भएको नै थियो । तर कुनचाँही कुनामा गएर थन्काएको हो त्यो बुझ्न जनतालाई गाह्रो भएको छ ।

    अन्तिम पटक अनसन

    अर्थात् नागरिकलाई लाग्छ अबको अनसन अन्तिम नै हुनसक्छ भन्ने नागरिकको आँकलन हो । कित सरकार माफिया पक्ष, कित सरकार जनपक्ष यी धारबाट निर्णय गर्नु उचित हुनेछ । यदि यो भएन भने सरकारले आफ्नो इज्जत बचाउनको लागि कठिनाई आउनेछ भन्ने जनसमुदायलाई आभाष भएको छ ।
    अव सरकारले पनि दयाँ बायाँ नगरिकन अन्तिम निर्णय लिनुको विकल्प छैन । समयले पर्ख म आएको छु भन्दैन । समय आयो कि गयो त्यसकारण समयको पालना गर्नु ढिलो गर्नु हुन्न भन्ने नागरिकले पनि सुझाव गर्दछु । हामी त सुझाव दिने मात्र हौं । निर्णयमा जाने नजाने सरकारको आफ्नो भरमा पर्छ ।
    अनशनरत डा. गोविन्द केसीले आफ्नो स्वार्थको लागि नभई २ करोड ८० लाख जनसमुदायको स्वास्थ्यको लागि उनी मरन अवस्थाको दोसाँधमा छन् । उनको माग थियो मेडिकल शिक्षा कुनै मेडिकल माफिया र व्यापारीको हातमा नपरुन् । सरकारको मातहतबाट नै संचालन होस् अर्थात् सरकारतहबाट भयो भने गरिव विद्यार्थीहरुले पनि डा. पढ्न पाउँछ भन्ने हो र मेडिकल शिक्षा पनि सुधार हुनेछ भन्ने मनासय हुन् डा. केसीको ।

    यहाँ त आकास नै खस्ने हो की भन्ने गोविन्द केसीले गर्दा भनि मेडिकल अस्पतालमा लगानी गरेको भ्रष्ट संसदहरु नै उर्लेपछी प्रधानमन्त्रीलाई निर्णय गर्न असजिलो भएको नागरिकलाई महशुस भएको छ । प्रधानमन्त्रीले राष्ट्रप्रमुखको हैसियतले आफ्नो सो विवेक विचारले निर्णय लिनु सक्नुप¥यो भन्ने जनसुझाव आएको छ । स्वयं प्रधनमन्त्री तथा उपकुलपति आफै जानुन् ।

    नागरिकको सुझाव

    यतिखेरको अवस्था जटिल बनेको शिक्षकहरु नै राजनीतिमा अग्रपंतिमा देखा परेकोले जस्तो की यातायातको सिण्डिकेटजस्तो शिक्षामा पनि देखिएको छ । अर्थात् बढ्दो लगानी गिर्दो नतिजा । गत असारमा आएको एस.इ.इ.को नतिजाले देखाएको छ । नतिजा परिणामुखी देख्न सकेन । कारण जवसम्म विद्यालयमा अद्यापन गराउने शिक्षकलाई राजनीति गर्ने छुट दिईन्छ सरकारी विद्यालय सुधारको लागि सरकारले जति लगानी गरेपनि त्यसको नतिजा निरासजनक भईरहन्छ ।

    सरकारले आधारभूत र माद्यामिक शिक्षा निशुल्क तथा उच्चमाध्यामिक शिक्षा सर्भसुलभ गर्ने भने पनि विद्यालयमा कार्यरत शिक्षकहरुले जवसम्म राजनीति गरिन्छ तबसम्म सरकारी विद्यालय शिक्षा सुधारिदैन । यस्तै भएको कारण गोविन्द केसीले जाहेज माग राखेको कारण हुन् । उच्चमाध्यामिकसम्म निशुल्क शिक्षा गर्न दायित्व सरकारको हो । यो किन भएन ? अनि २ करोड ८० लाख जनसमुदायपक्ष लडेको डा. गोविन्द केसीलाई राष्ट्रप्रमुख तथा उपकुलपति जस्तो व्यक्तिले गोविन्द किन भाकै बसेको कर्णालीमा गएर भन्ने अभिव्यक्ति नै थियो उपकुलपतिको महाभूल ।

    बाम सरकारले शाख जोगाउँछ

    जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनसनरत डा. गोविन्द केसीलाई सरकारले जिवनरक्षाको लागि भन्दै जवरजस्ती सैनिक हेलिकप्टरमा अपहरण तरिकाले श्रावण ३ गते काठमाडौमा ल्याएको छ । तर आपूmलाई काठमाडौ ल्याउने सरकारको निर्णय प्रति असहमत, डा. केसीको प्रतिरक्षामा हजारौं समर्थकले प्रदर्शन समेत गरेपछि सरकारले नामर्दपन देखाई विकट कर्णालीमा अनसन स्थलबाट सत्याग्राहीलाई निकाल्नको लागि सिंहदरबारले मुलुकका ४ वटै सुरक्षा अंग प्रयोग गरेको थियो ।
    डा. केसीको समर्थक चिकित्सक, स्वास्थयकर्मी र स्थानीयको विरोध चिर्नको लागि सुरक्षा कर्मीले अस्पताल भवन भित्र अन्दाधुन्द लाठीचार्ज अत्याधिक बल प्रयोग गरेपछि डा.केसी स्वयं जनधनको क्षति हुनबाट रोक्न आग्रह गर्दे काठमाडौं आउने निक्र्यौलामा पुगेको अवस्था भयो ।

    डा. केसीको सत्यग्रह प्रकरणमा सरकारबाट अस्पतालभित्रै भएको यो विभिन्न बल प्रयोग निन्दनिय छ । अस्पताल भित्र नै प्रहरी छिरेर बल प्रयोग त राजाहरुको पालामा पनि भएको छैन भन्ने जनसमुदायलाई महशुस भएको छ । अव सरकारले शाख जोगाउछ की जोगाउदैन । सरकार आफै जानुन् ।

    जम्बला लामा
    बौद्ध जागरण केन्द्र कोषाध्यक्ष तथा स्तुपा
    फाउण्डेशन नेपाल, केन्द्रीय सदस्य

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार