२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

ढावाडोल न्यायलय


२९०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ श्रावण २५, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • जम्बला लामा
    बौद्ध जागरण केन्द्र कोषाध्यक्ष तथा स्तुपा
    फाउण्डेशन नेपाल, केन्द्रीय सदस्य

    कहि नभएको जात्रा नेपालमा हो की भन्ने सामाजिक सञ्जालमा व्यापक हुन आएको छ । अर्थात नेपाली काँग्रेसका महानायक नेता सेर बहादुर देउवा स्थानीय तह, प्रदेश सभा र संघीय संसदबाट हार खाएको देउवालाई दुई तिहाई सरकारलाई कसरी हुन्छ, जसरी हुन्छ बदनाम गराउने नियतमा छन् देउवा । तर उनलाई कतैबाट पनि सफल हुने लक्षण भने छैन, भन्ने उनको मनमा महसुस भएको पनि जनसमुदायलाई आभास भएको छ ।

    देउवाको बानी, सोच, उनले कहिल्यै पनि पछाडी फर्केर हेर्ने छैन उनमा । आफु सत्तामा भएको बेलामा देउवाले सरकारको नीति नियम भन्दा बाहिर गएर जथाभावी निर्णय गरेको सायद देउवालाई याद हुनु पर्ने हो । तर लाज लाई नै पचाएको देउवालाई सायद याद आउनुपर्ने उनलाई । कार्यकर्ता आफ्नै नेता र जनतालाई पनि जालझेल गर्नसक्ने नेपाली काँग्रेसका एकमात्र महानायक व्यक्ति हुन उनी देउवा ।

    आफुले चाहि सरकार प्रमुख हुँदा आजीवन प्रधानमन्त्री पद पाए जस्तो गरी प्रहरी संगठन, न्यायालय, न्यायपालिकामा धमाधम आफु आन्तरीम सरकार प्रधानमन्त्री हुँदामा पनि जथाभावी निर्णयहरु गरेको नै थियो देउवाले । एउटा पुरानो याद पाठक वर्ग सामु राख्न चाहान्छु । तत्कालीन के.पी. ओली सरकार ढलाउनको लागी तत्कालीन माओवादीको अध्यक्ष पुष्प कमल दाहाललाई ललाई फकाई एमाले र माओवादीको मिलिजुली सरकारलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उक्साएर केपी ओली प्रधानमन्त्रीलाई राजिनाम गराउन बाध्यता पारेको थियो । त्यसैको फलबाट उनले प्रधानमन्त्री पद हडप्न पाएको थियो । फेरी त्यसैको फलबाट गएको निर्वाचनहरुमा हार व्यहोर्नु परेको पनि थियो देउवाले । देउवाले चुनावमा हारेको मेरो कारण होइन भनी सबै नेता कार्यकर्ताहरुलाई नै हारको जिम्मेवारी लिनुपर्ने भनी ढिपी गरेको होइन ?

    वर्तमान सरकारको निर्णय विरुद्ध

    काँग्रेस सभापती देउवालाई के खोजेको कानो आँखा भनेजस्तो, डा.गोविन्द के.सीले मेडिकल शिक्षा सुधारको लागी उनले १५ औं पटक जुम्लामा गएर जुम्ला स्थित अस्पतालमा मेडिकल शिक्षा सुधारको लागी अनशन सुरु गरेको थियो । भ्याली भित्र मेडिकल कलेजलाई १० वर्षसम्म सिफारीस, लाइसेन्स दिनु नहुने र सम्बन्धन पनि दिन नहुने भनि डा. केसीले २ करोड ८० लाख जनपक्ष भई अनसन बसेको थियो ।

    तर काँग्रेस नेता देउवाले उनी आफु प्रधानमन्त्री भएको बेलामा पनि यहि मागलाई तेस्र्याएर डा.केसी अनसन बसेको नै थियो । तर देउवाले हाल आएर काग्रेस पाटी नै डा.केसी तथा २ करोड ८० लाख जनपक्ष भएको नौटंकी बहाना देखाएकोमा जनसमुदायलाई नै लाजको महसुस भएको छ । अर्थात उनी प्रधानमन्त्री हुँदा चाही डा.केसीको माग दिनु नसक्ने अरु प्रधानमन्त्री भएकोमा चाहि काँग्रेसले बन्द हडताल जस्तो नसुहाउँदो कार्य गर्न मिल्छ ? वास्तवमा हो भने यी सबै व्यवहारहरु काँग्रेसकै पालादेखी सुरु भएको अड्कल काँग्रेसकै कोइराला थर भएको नेताले अभिव्यक्ति दिएको खुलासा हुन आएको छ ।

    त्यो अवस्थाले गर्दा नै अहिले यस्तो असजिलोपन भएको उनको भनाई छ । लाग्छ उनको भनाई सेर बहादुर आफु प्रधानमन्त्री हुँदा डा.केसीको नाक मुख देख्न पनि मन नपर्ने, अब आएर अनसन बसेको ठाउँमै गएर डा.केसीलाई भेट गरी आफ्नो राजनीतिक दुनो सोज्याउने खेल रचेकोमा काँगेसभित्र नै गुनासोहरु भएको सूचना नागरिकलाई प्राप्त भएको छ ।

    यदि देउवासँग पहुच भएको भए प्रधानमन्त्री केपी ओलीलाई रंगशालामा फुटबल खेलेजस्तो गरी खेल्ने थियो देउवाले । तर उनको राजनीतिक घुसेको सुइको पाएपछी उ भन्दा बाम सरकार के कम । तुरुन्त (नेकपा) नेपाल कम्युनिष्ट पार्टीको दुई अध्यक्षले २ करोड ८० लाख जनपक्ष अर्थात डा.गोविन्द केसीको माग पुरा गर्ने निर्णय भए पश्चात देउवाको राजनिति आकाक्षा समाप्त नै भएको जनसमुलायलाई आभास भएको छ ।

    यी सबै काँग्रेस कै कारण हो त ?
    २०६२÷०६३ को जनआन्दोलन दवाउन खोज्ने ज्ञानेन्द्रको पालोमा मुख्य सचिव भएको व्यक्ति लोकमान सिंह कार्कीलाई तत्कालीन स्व.प्रधानमन्त्री शुशिल कोइराला, तत्कालीन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वप्रधानमज्त्री माधव नेपाल, पूर्वप्रधानमन्त्री सेर बहाादुर देउवा र पूर्वप्रधानमन्त्री प्रचण्ड दाहाल समेत र अन्तरिम चुनावी सरकारको अध्यक्ष पूर्व प्रधान न्यायाधिस खिलराज रेग्मी समेत सबैजना मिलेर त्यस्ता भ्रष्ट व्यक्ति लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्ति गरेको होइन ? यो एउटा नजिर थियो । यसलाई जनताले मूल्यांकन गरीराखेको छ ।

    यस्तै काँग्रेसकै अन्तिम प्रधानमन्त्री भएको बेला अर्थात सेरबहादुरले बहुमत बाम गठबन्धनलाई मौकामा चौका हान्ने उनले प्रथम त प्रहरी संगठनलाई नै तहस नहस गरेको सर्व विदितै छ । उनको घमण्डीको कारण तेस्रो तहको व्यक्ति जय बहादुर चन्दलाई जवरजस्ती प्रहरी महा निरिक्षक नियुक्ति गरे । बरियाता क्रममा महानिरिक्षक हुनुपर्ने व्यक्ति नवराज सिलवाललाई पछारेर चन्दलाई नियुक्ति गरेको थियो देउवाले ।

    त्यसक्रममा चित्त नबुझेपछी नवराज सिलवाल कानुनी उपचारको क्रममा लाग्नुपर्ने बाध्यता भयो । त्यसै सिलसिलामा सिलवालले आफु मरियाता क्रममा परेको व्यक्तिलाई पछाडी पारी तेस्रो स्थानको व्यक्तिलाई नियुक्ति गरेको भनी उनले सर्वोच्चमा रिट दायर गरेको थियो । र सर्वोच्च अदालतबाट अर्थात पूर्व महिला प्रधान न्यायाधिस सुशिला कार्किले नवराज सिलवाल पक्ष नै क्रमवद्ध अनुसार जय बहादुर चन्दलाई काम कारवाही नगर्न नगर्नु भनी सिलवाल पक्ष नै आन्तरीम आदेश जारी ग¥यो ।

    सेर बहादुर देउवाले अदालतको नै खिल्ली उडाई उनले दोस्रो तहको व्यक्ति प्रकाश अर्याललाई महा निरिक्षक नियुक्ति गरी आफ्नो मर्दाङगी, दादागीरी देखाएको साथै उनले पूर्व प्रथम महिला न्यायाधिस सुशिला कार्की माथी खनिन पुग्यो देउवा, महाअभियोग । त्यसैको अन्जाम नै निर्वाचनको परिणामबाट थाहा हुन्छ की देउवा कस्तो व्यक्ति हो, ताक परे तिवारे नत्र गोदामे । अर्थात डा.केसीको नामै सुन्न मन नपर्ने व्यक्ति देउवाले अनसन बसेको ठाउँमा गएर डा. केसीलाई उक्साएर चिप्लो घसेको भनी जनसमुदायलाई आभास भएको छ । देउवाले डा.ण्केसी लाई भेट्न गत श्रावण ४ गते टिचिङ अस्पतालमा गएर भेट गरेको थियो ।

    त्यो उनको मथ थियो जसरी हुन्छ केपी सरकारलाई तर्साउने हतियार अर्थात तरवार बुनी रहेको थियो । अन्तत सरकारले जनपक्ष अथवा डा.गोविन्द केसीको जाहेज मागलाई पुरा गर्ने भनी सम्झौता भएपछी देउवाको सातोपुत्लो गएको भन्ने सामाजिक सञ्जालमा व्यापक हुन आयो । साथै तत्कालीन एमालेका माफिया नेता लोभी कार्यकर्ताहरुको पनि ३ छक पारेको जनसमुदायलाई महसुस भएको छ ।

    प्रमाणपत्र नक्कलीनै हो त ?

    हालैको का.मु प्रधानन्यायाधिस दिपक राज जोशीको प्रमाण पत्र नै नक्कली भनी मिडिया मार्फत व्यापक भएको छ । सायद त्यसैको कारणले हो की का.मु प्रधानन्यायाधिसका नातेदारहरु द्धारा सुनुवाई समितिका एकजना महिला सदस्य नेकपाकी सदस्य निरुपाल लाई गत मंगलबार साझ एक अज्ञात व्यक्तिले उनलाई पेस्तोल देखाएर धम्क्याएको खबरले पनि कतै दिपक राज जोशीको नै हात त रहेको हैन भन्ने जनआंकलन पनि व्यापक भएको छ ।

    दिपक राज जोशीले पटक पटक विवादित फैसलाहरु गरेको पुष्टि हुन आएको छ । उनले २०५४ भदौ मा जिल्ला अदालत झापाले हर्क बहादुर लिम्बु भन्ने व्यक्तिलाई २ वर्ष कैद र १५ हजार जरिवाना गरेको थियो । तर त्यो मुद्दा पुनरावेदन अदालत इलाममा पुग्यो । २०५५ मा पुनरावेदन अदालत इलामको न्यायधिस दिपकराज जोशी र विश्वनाथ जोशीले अभियुक्त लाई सफाई दिएको थियो । प्रमाण भएको व्यक्तिलाई सफाई दिएको भन्दै सर्वोच्चका न्यायाधिस भैरव प्रसाद लम्साल र बलराम केसीले २०६१ चैत्र ११ गते जोशीको कार्यक्षमतामा प्रश्न उठाएको रहेछ । न्यायपरिषदले फैसला अध्ययन गरी मूल्याकन गर्नुपर्ने ठहर गरेका पाइएको छ । यसरी पुनरावेदनको फैसला माथी सवोच्चले अनुसन्धान गरेर न्यायधिसको क्षमतामा प्रश्न उठाएको थियो । तिनै न्यायधिस अहिले सवोच्चको प्रधान न्यायाधिसमा सिफारीस भएको भन्ने गुनासोहरु न्यायापरिषदबाट आएको छ ।

    का.मु. प्रधान न्यायाधिस विवादै विवादमा मुछिए पछी हाल उनी राजिनामा नदिकन जवरजस्ती १५ दिन बिदा बस्दै गरेको मिडियाद्धारा व्यापक भएको छ । दिपक राज जोशीले त्यस्तै अर्को विवादित फैसला गरेको पुष्टी हुन आएको छ । कैलालीको मुसुरियामा एउटी थारु थरका बालिका बलाकृत भएको मुद्दाको फैसलामा पनि दिपक राज जोशी विवादित भएको मिडिया द्धारा खुलासा हुन आएको छ ।

    सुस्त मनस्थिती भएको बालिकालाई बसभित्रै बलत्कार गरेको आरोपमा हरी चौधरी, विवेक शाही, किरन चौधरी र जीवन थापालाई पक्राउ गरिएको थियो । जिल्ला अदालत कैलालीले अभियुक्तहरुलाई पुर्पक्षको लागी थुनामा राखेको थियो । तर पुनरावेदन अदालत दिपायलको तत्कालीन मूख्य न्यायाधिस दिपक राज जोशी धनगढीमा झरेर स्थलगत सुनुवाइको क्रममा विवेक शाहीलाई २० हजार जरिवाना रुपैया धरौटीमा छाडीदिएको खुलासा हुन आएको छ ।

    साथै किरन चौधरीलाई पनि थुनामुक्त गरिदिएको खुलासा भएको छ । जोशीले गरेको फैसलाले पिडितलाई अन्याय भएको भन्दै पुनरावेदन अदालतले उल्ट्याई दिएको थियो । दिपक राज जोशी आर्थिक बनेपछी मरिहत्ते गरी विवादित फैसला गर्नुमा माहिर न्यायाधिसमा पर्छ भन्ने अधिवक्ताहरुले नै गाइगुई गुपचुप व्यापक भएको जनसामु खुल्नमा आएको छ । यस्तै विवादित फैसलाको नतिजाले नै उनको प्रधानन्यायाधिस सुनुवाई समितिबाट अस्विकृत भएको हुनसक्छ भन्ने जनविचारहरु पनि आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार