२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

निर्दल व्यवस्था थियो राजाको, बहुदल थियो नेताको, गणतान्त्रिक लोकतन्त्र आयो जनताको प्रजातन्त्र


३७६८ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन ३, बुधबार मा प्रकाशित ५ साल अघि
  • हालैको राजनीतिक कार्यशैलि ठिक विपरित भएको जनसमुदायलाई महशुस हुन थालेको छ किन ? यो सबै व्यवहार उच्च तहको राज गर्ने राजनेताको कार्यशैलि नै हुन् भन्ने सत्ता पक्षकै नेता कार्यकर्ताबाट नै खुलासा हुन आएको छ । अनि जनता झन् वर्तमान् सरकारदेखि सजक हुन थालेका समाचारहरु पनि व्यपाक हुन आएको छ । अर्थात् सामाजिक संजालमा ।
    बाम एकता सरकारले एकताको प्रभुत्व जमाउनुको सट्टा कार्यकर्ता र नेताहरुलाई सरकारको विरोध गर्ने जनता र प्रतिपक्ष दललाई अरिंगालको उखानमा दाँजेर मुठभेट निम्त्याउन लागेको त होइन ? प्रधानमन्त्री केपी ओली शर्माले भन्ने जनविचारहरु पर्याप्त मात्रामा सुन्नमा आएको छ नागरिकलाई ।

    अर्थात् संसारभरी नै नाम कहलाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष तथा प्रधानमन्त्री हुनुभएको खड्क प्रसाद ओलीले यस्तो शब्द (बचन) कसरी आयो ? किन बोल्यो ? भन्नेमा जनता र नेकपाको नेता कार्यकर्ता मात्र होइनन् २ करोड ८० लाख जनसमुदाय नै अलमलमा परेको व्यपाक हुन आएको छ । अर्थात् राष्ट्रप्रमुखको शब्दालाई ।
    हामीले सुनेका थियौं बाल्यकालमा जुजुबाबजेहरुले भन्नुहुन्थ्यो महिला वर्गमा रुद्रीघण्टि हुँदैन । तर हाम्रा राष्ट्रप्रमुख प्रधामन्त्री केपीओली ज्यूबाट यो बचन फुत्त निक्ल्यो कसरी ? प्रधानमन्त्रीकोमा पनि अन्दाजा भएन की के हो ? माफ गर्नुहोला सरकार प्रमुखबाट नै यी शब्द आएको हुनाले जनतामा निरास छाएको महशुस भएको छ ।

    मनको बाघले खादैन वनको बाघले पक्कै खान्छ
    अर्थात् हामी मानवलाई वनको बाघले नखाए पनि मनको बाघले खायो भने रातदिन निन्द्रा लाग्दैन । बरु बनको बाघले खायो भने आनन्द नै हुन्छ । मतलब सदाको लागि सबै दुखी शुखी नै समाप्त हुन्छ तर मनको बाघले खायो भने जुनसुकै बेलामा जुनसुकै व्यक्तिको चिन्ताले वित्यास हुनेछ ।

    कारण राजनीतिक स्तरबाट नै बुझिन्छ की हाम्रा प्रधानमन्त्री केपी ओलीज्यूलाई कतै भ्रम त भएनकी भन्ने जनआँकलनहरु हाल व्यापक भएको छ । जनताको सुझाव तथा गुनासो यस्तो छ की राष्ट्रप्रमुखजस्तो तथा राष्ट्रबादी नेता हुनु भएको प्रधानमन्त्री जस्तो व्यक्तिको यस्तो कमजोरी कसरी भयो भन्नेमा जनमत आएको छ ।
    उहाँलाई २ करोड ८० लाख जनताले चुनेर पठाएको व्यक्ति हुन् । कसरी कमजोरी भएर यस्तो शब्द बोल्नुभयो भन्ने जनगुनासो आएको छ । हाम्रा बलियो हिम्म भएको प्रधानमन्त्री खड्कप्रसाद ओली कहिल्यै पनि कमजोरी हुन सक्दैन भन्ने जनआवाजहरु पनि आएको छ ।

    अर्थात् वहाँलाई कार्यकर्ता र नेताले जिताएको होइनन् । हामी सबै जनताको मनोआकंक्षाको बलबाट आएको (विजय) भएको हुन् । त्यस्ता महान व्यक्तिले कार्यकर्ता र नेताहरुलाई उक्कासाहट गर्नु भनेको स्वाभानिय होइन यो आशोभनिय हुन् की भन्ने जनविचारहरु आएको छ ।

    वहाँलाई आफ्नै पार्टीको नेताहरुले नै खिल्ली उडाएको महशुस भएको छ । अर्थात् अरिंगालको जस्तो सामुहिकता खोज्नेले आपूmले पनि त्यही शैली अपनाउनु पर्छ तर महिले सामुहिता हराएको छ । के हुदै छ ? के गरिदै छ ? कसैलाई थाहा हुदैन भन्ने अभिव्यक्ति पनि अखबारहरुमा प्रदेश नेताहरुको अभिव्यक्ति नागरिकले पढ्न पाए । त्यसकारण को कस्तो पार्टी भित्र कमजोरी छ भनी खोज नीति गर्नुमा नै भलो होला की भन्ने जनसमुदायको पनि सुझाव आएको छ । अर्थात् मनको बाघले खानु भन्दा सोच्नु नै वेस होला की प्रधानमन्त्री ज्यू ।

    चौतर्फी आक्रमण (घेरा) बन्दी

    यो सबै आफ्नै पार्टीभित्रबाट जन्मेको किचोलोका कारण नै हुन् भन्ने जनआँकलन आएको छ । अर्थात् घरको धुरी मिल्यो भने त्यो घर कहिल्यै पनि बत्किदैन एति घरको धुरी मिलेन भने त्यो घर छिट्टै भत्किने छ । त्यसकारण पार्टीको अध्यक्ष तथा राष्ट्रप्रमुख प्रधामन्त्री ज्यूलाई सुझाव गर्न पनि जिज्ञासाको साथ भन्नु पर्दामा पार्टीको तीन तहलाई नै मिलाउनमा उत्तम हुनछ की भन्ने नागरिकको तर्फबाट पनि सुझाव गर्दछु ।

    अर्थात् ग्रासलेबल, जिल्ला लेबललाई तहको साथ निर्विवाद रहित मनोनित गर्ने र केन्द्रमा पनि के कसो भएको छ त्यसमा मध्येनजर गरी ताम, जाम मिलाउन सकेमा कुनै कतैबाट विरोध आक्रमण आउने छैन । त्यसकारण कार्यकर्ता र नेतालाई मात्र बकबक बोल्दामा नेता कार्यकर्ता नै विरोधमा आएको हो की भन्ने जनसमुदायलाई आभाष भएको छ ।
    अतः सिरदेखी पाउसम्म पाउदेखि शिरसम्म लाएको कपडा टक्क मिलेको छ की छैन हेरी बिचार गरी लाउने हो । मतलब तल्लो तहको कार्यकर्तालाई व्यवस्थित गरी जिल्ला स्तरको नेता र कार्यकर्तालाई व्यवस्था राम्रोसँग मिलाएको खण्डमा सरकार चलाउन सहज हुनेछ नत्र भने किन रोयो मंगले आफ्नै ढंगले भनेजस्तो उखानमा परिणत हुने बेर छैन प्रधानमन्त्री ज्यू, ।
    यी सबै नेकपा कै माथिदेखि तलसम्मको अव्यवहारिकताको कारण नै हुन् । अर्थात् दोस्रो अध्यक्ष प्रचण्ड दाहाललाई पनि कहिले दुई वर्ष पुग्छ अनि मेरो पालो आउँछ भनि पर्खाइमा छन् उनी प्रधानमन्त्री बन्नुमा । यो त समृद्धि नेपाल होइन आफ्नै वृद्धि पद प्रधानमन्त्रीमा मन गाडेर वसेका छन् नेता दाहाल । अनि कहाँबाट आउछन् प्रधानमन्त्री केपी ओलीलाई समर्थन पार्टीबाट ।

    अर्थात् प्रचण्ड दाहाल रहस्यमय भारत प्रमणले नै देखाई सकेको छ । उनले भारतको भ्रमणमा रहेको बेलामा भारतीय प्रत्रकारहरुसँगको भेटवार्तामा बोलेको थियो अवको दुई वर्षपछि म प्रधानमन्त्री हुन्छु । यो कतै बोल्ने शब्द हो आफ्नो देशको आन्तरिक राजनैतिक विषयलाई भारतमा म फेरी पनि प्रधानमन्त्री हुने भो भनि सुनाउने काइदा हो ? नेता प्रचण्डज्यूको ।

    त्यसकारण हाम्रो नेपालको नेताहरुको पनि महिलाहरुकोजस्तो रुद्रीघण्टी नभएको हो की भन्ने सामाजिक संजालमा मात्र होइन विदेश तिर पनि व्यापक भएको छ । अर्थात् भारतमा । के खोजेको कानो आँखो भनेजस्तो अर्थात् उनले प्रधानमन्त्री केपी ओलीलाई देखिसहन छैन की जस्तो त्यही ठाउँमा गएर हाम्रो नेताले जुँगा मुसारेर भाषण ठोक्ने यो काइदा ठीक भएन की भन्ने जनविचारहरु व्यापक भएको छ ।

    नत्र तत्कालिन माओवादी हाल (नेकपा)बाट नै प्रधानमन्त्रीलाई चौतर्फी आक्रमण आउने क्रम जारी रहिरहने भन्ने जनसमुदायलाई महशुस भएको छ । यो किचलो, कचिंकल कहिलेसम्म हुने हो भन्ने जनतामा महशुस भएको छ । यो कुरा ध्रुवसत्य हो । नेता दाहाललाई की त प्रधानमन्त्री कि त अध्यक्ष यी दुई पद मध्ये एक पद निश्चित चाहिएको छ ।

    प्रधानमन्त्रीको निर्भरमा

    अतः निर्दलय थियो राजाको, बहुदल थियो नेताको र गणतान्त्रिक लोकतन्त्र अर्थात् प्रजातन्त्र थियो जनताको यी सबै अव बामगठबन्धन एकता भएपछि सबै ध्वस्त हुन लागेको छ । यसलाई जोगाउनको लागि सबै व्यवहार प्रधानमन्त्रीको हातमा छन् । नागरिकको सुझाव पनि हो । विक्रेर, नासेर पछि सम्हाल्नु धरै गाह्रो हुनेछ ।
    अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीबाट एक पद त्यागी राजिनामा गरी एकपद दाहाललाई दिएको खण्डमा तलदेखि माथिसम्मको सेटिङ्ग तुरुन्त मिल्छ, नत्रभने भारत र नेपाली काँगे्रसको उक्साएको भरमा फेरी पनि नेपालको राजनीतिक उथलपुथल हुने सम्भावना प्रबल छ । समयमा नै विचार पु¥याउने हो की भन्ने जनविचार आएको छ ।

    जम्बला लामा
    बौद्ध जागरण केन्द्र कोषाध्यक्ष तथा स्तुपा
    फाउण्डेशन नेपाल, केन्द्रीय सदस्य

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार