२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

सफल बिरुवा चिल्लोपात असफल बिरुवा फुस्रो पात


२९८९ पाठक संख्या

  जम्बला लामा बौद्ध जागरण केन्द्र कोषाध्यक्ष तथा स्तुपा फाउण्डेशन नेपाल, केन्द्रीय सदस्य अर्थात नेपालको

  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन २३, मंगलबार मा प्रकाशित ५ साल अघि
  •  

    जम्बला लामा
    बौद्ध जागरण केन्द्र कोषाध्यक्ष तथा स्तुपा
    फाउण्डेशन नेपाल, केन्द्रीय सदस्य

    अर्थात नेपालको गणतान्त्रिक लोकतन्त्र साथै संघीयता असफल दिशातिर लागेको हो की भन्ने जनतालाई महसुस भएको छ । कारण बिरुवा सफल पैलेनै हुनुपर्छ यदि बिरुवा सफल भएन भने त्यो बिरुवा फुस्रो पात हुनेछ । अर्थात हुने बिरुवा चिल्लो पात, नहुने बिरुवा फुस्रो पात भनेझै हाम्रो नेपालमा आएको प्रजातन्त्रमा यस्तै खेल भइरहेको हो की भन्ने जनविचारहरु व्यापक हुन आएको छ । जस्तो रङ्गशालाको खेलमैदानमा फुटबल खेलेझै । बाम सरकारले हालसम्म एकताको रुपरेखा नै कोर्न सकिरहेको छैन । अनि कहाबाट संघीय गणतान्त्रिक लोकतन्त्र सफल हुन सक्छ । यदि चुनाव अगावै एकता गरी निर्वाचनमा गएको भए यस्तो अवस्था आउदैन थियो । मतलव भ्रष्टचार हुँदैन थियो ।

    अर्थात गाउँपालिका, नगरपालिका र प्रदेश सरकार बलियो हुन्थ्यो । अहिलेको अवस्था आउँदैन थियो । ता कि गाउँपालिका देखि नै भ्रष्टाचार भई आइएको छ, त्यसमाथि प्रदेश सरकार पनि भ्रष्टचारको दलदलमा फसेको नागरिकलाई आभास भएको छ । माथिको संघीय सरकार त ठुलो भ्रष्टको भुमरीमा नै फसेका छन् । जता हेरे उतै लथालिङ्ग, भताभुङ्ग को काम भइरहेको छ । यसका कारण हुन केन्द्रिय संघीय सरकार । समयको पालना गर्न नसकेका कारण ठूलो भ्रष्टचारमा तिनै तहको सरकार फसेको भन्ने जनआवाज आएको छ । तर केन्द्रिय सरकारले सुनेपनि नसुने जस्तो गरी रहेको नागरिकलाई महसुस भएको छ ।

    अर्थात गाउँपालिका र नगरपालिकामा नै ठूलो भ्रष्टचारको चलखेल भएको छ । यो भ्रष्टचार रोक्न नत केन्द्रिय सरकार नै अग्रसर भएको छ, नत प्रदेश सरकार नै अग्रसर भएको छ । दुवै तहको सरकार मौन रहनु नै भ्रष्टचारलाई बढवा दिएको हुन की भन्ने जनसमुदायलाई महसुस भएको छ ।

    सरकारको कमजोरी
    सबभन्दा ठूलो गल्ती सरकारको गाउँपालिका र नगरपालिकामा भएको भ्रष्टचार रोक्न नसक्नुको कारण हो । किन नरोकेको ? गाउँपालिकाको गाउँविकासमा गएको रकम सबै नगरप्रमुख र गाउँप्रमुख र वडाध्याक्षहरुलाई ७० लाख देखि ९० लाख सम्मको गाडी खरिद र प्रत्येक गाउँपालिकाको वडाध्यक्षहरुलाई ३÷३ लाख पर्ने मोटरसाइकल÷पल्सर छानी छानी आफ्नो श्रीमतीको दाइजोमा आएको जस्तो गरी लापरवाही गरेकोमा केन्द्रिय सरकार चुपचाप बस्नु नै ठूलो गल्ती थियो ।

    जनताले तिरेको करको तलव भत्ता मात्र होइन गरिब जनताको नाममा आएको विकासको रकम पनि दुरुपयोग गरी स्वयं प्रतिनिधिहरुले आफ्नो पूर्ति गर्ने गाउँपालिका र नगरपालिका प्रमुख किन चाहियो ? वाम सरकार । यो सदुपयोग हो की दुरुपयोग केन्द्रिय सरकारले आफै छुट्याउन । केही मात्रामा १ करोड लगभग रकमले गाउँपालिकाहरुमा कुनै सानो उद्योग या अस्पताल बन्न सक्थ्यो । विकट गाउँतिर सिटामल खान पाएको छैन, त्यही भोट दिने जनताको मनलाई दुखाएर मोज मस्ती गर्नु भनेको सम्पूर्ण प्रतिनिधिहरुले आफ्नो आमालाई नै घाँटी थिची मारेको सरह हो भन्ने जनसमुदायको गुनासो आएको छ ।

    हाल गाउँपालिका होस या नगरपालिकामा हालको आर्थिक वर्ष २०७५÷०७६ को बजेट शत प्रतिशत सदुपयोग भएको छैन । सबै आ–आफ्नो नातादार, फरीयादार र माफियाहरुको हातमा परेका छन् । त्यो माथि झन महिनामा तलव भत्ता खर्च उतिकै जान्छ । जव की साधन स्रोतहरु कार्यालयको समय १० देखि ५ बजेसम्मको हुन्छन् भने यी प्रतिनिधिहरुले २४ घण्टा नै काम गरे सरहको मासिक तेल खर्च बापत रकम लिने गरेका छन् । अर्थात आफ्नो बाबुको पैतृक सम्पती जस्तो ठान्छन् ।

    अनि प्रदेश सरकार भन्छन केन्द्र सरकारबाट सबै कार्य गर्न रोक लगायो । प्रदेश सरकार काम विहिन छ । तर जनतालाई लाग्छ प्रदेश सरकारले आफुले भ्याए सम्मको आफ्नो मतहातमा आएको विकासको हालीमुहाली चलाएको नै छन् । मात्र जनताको हातमा विकासको शून्य । केन्द्र सरकारमा त झन प्रधानमन्त्रीको नामै सुन्न नचाहाने मन्त्रीहरु छन् ।

    प्रधानमन्त्री आफैले मेडिकल कलेज सम्बन्धि डा.गोविन्द के.सी. सँग भएको सम्झौताको उलंघन गरी सम्झौता विपरित कार्यहरु गर्छन शिक्षामन्त्री तथा मन्त्रीहरुले । यस्तो प्रधानमन्त्रीको नै टेर पुछार नमान्ने संघीय सरकारका मन्त्रीहरुले के राष्ट्रमा संघीय प्रदेश सरकार अनि संविधानलाई कार्यान्वयन गर्न दिन्छ ? दिन्न जस्तो लाग्छ जनसमुदायलाई ।

    यी सबै कमजोर वर्तमान प्रधानमन्त्री केपी ओलीको आफ्नै कमजोरीको कारण हुन की भन्ने जनविचारहरु पनि आएको छ । अर्थात प्रधानमन्त्री केपी जी ले प्रथम संविधान निर्माणको बेला जस्तोको तागत हुँदाको जस्तो शक्ति किन गर्न सकेन । यहाँ त मन्त्रीहरुले नै प्रधानमन्त्रीलाई थर्काएको हो की भन्ने जनआंकलन पनि आएको छ ।

    त्यसैको प्रतिफल प्रधानमन्त्रीलाई गाउँपालिका देखि असफलको संकेतहरु देखाएका छन् । जथाभावी योजनाहरु तर्जुमा गरी विना योजनामा पनि रकम निकासा गरी भ्रष्टचार गराएको थाहा हुँदाहुदै पनि प्रधानमन्त्रीबाट कदम चाल्न नसक्दा प्रत्येक गाउँपालिका र नगरपालिकामा ठूलो ठूलो भ्रष्टाचार मौलाएको छ ।

    यी सबै व्यवहारहरु कानूनको अभावको कारण हुनसक्छ । तर सम्पूर्ण कानून नियमहरु सरकारले स्थानीय, प्रदेश सभा र संघीय सभा निर्वाचन सम्पन्न भएपछी तुरुन्त कानुन नियमहरु बनाएको भए हाल यस्तो समस्याहरु आउँदैनथ्यो । गर्नुभन्दा सोच्नुपथ्र्यो त्यो भएन किन ?

    त्यसकारण गाउँपालिका देखि लिएर प्रदेश संघीय सांसदसम्म छाडातन्त्र भएको जस्तो नागरिकलाई आभास भएको छ । अर्थात (नेकपा) को प्रत्येक नेताहरुको अभिव्क्तिबाट नै प्रष्ट हुन आउँछ । अर्थात पूर्व प्रधानमन्त्री माधव नेपालको आफ्नै तर्क र गुनासो र पूर्वप्रधानमन्त्री झलनाथ खनालको पनि आफ्नै तर्क र गुनासो साथै प्रधानमन्त्रीको राजिनामा माग गर्छन । यी सबै गुनासोहरु अखबारहरुमा व्यापक भएको छ । अनि कसरी संघीय प्रदेश सभा र नगरपालिका, गाउँपालिका कार्यान्वयन गर्न सफल हुन्छ त । यी सबै भद्रगोल स्थितीमा चलीरहेको अवस्थामा छ ।
    अनि यस्तामा सरकार भन्छन सरकारलाई घेराबन्दी भएको छ । तर कसरी कहाँ बाट भयो भन्ने कुरा सरकारले जनतालाई जवाफ दिनु पर्दैन ? त्यस्तै त गाउँपालिकातिर पनि व्यापक भ्रष्टचार भएको खुलमखुल्ला भएको छ, प्रत्यक्ष नै । सरकार हातमा हात राखेर बसेको छ किन सुनुवाई हुँदैन ।

    त्यसैकारण सफल बिरुवा चिल्लो पात असफल बिरुवा फुस्रो पात भन्ने चाहि तल्लो तहदेखि माथिल्लो तहसम्म भ्रष्टचारै च्रष्टचार भएको सरकार आँखा चिम्म गरी बस्ने अनि चौतफी घेरावन्दी भन्नु मिल्छ सरकारले ? विचार पु¥याउनु प¥यो नि त । कहाँ, कसरी भ्रष्टचार भएको छ त्यस ठाउँलाई केलाउँनु पर्दैन, कहाँ, कता अनियमिता भएको छ । व्यापक भ्रष्टचार भएको समाचारहरु अखबारहरुमा आइरहेको छ । सरकार भन्छ घेरावन्दी ।

    नेता प्रचण्डको दुखेसो
    अर्थात पुष्पकमल दाहाल प्रचण्डको पछुताउ, यस प्रकारको रहेछ । गत हप्तामा उनले विभिन्न मिडियाका सम्पादकहरुलाई सहजै भनिदिए जीवनमा दुइ कुराको निकै ठुलो पश्चाताप रहेको खुलासा गरेको रहेछ । त्यसबाट उनी उन्मुक्ति खोजीरहेका छन् सायद । उनको यो भनाई थियो सिंगापुर उड्नु अघिल्लो दिन २०७५ असोज ९ गतेको । जुन दिन उनले नेपालको विभिन्न मिडियाको सम्पादकहरुलाई बोलाएको थियो । अनि आफ्नो मनबाट भुल भएको पछुतो पोखेका थिए ।

    मनको पछुतो पोख्ने क्रममा प्रचण्डले भनेका थिए, मैले जीवनमा दुइवटा ठुलो गल्ती गरे । जसबाट मलाई पश्चाताप पनि भइरहेको छ भनि अभिव्यक्ति दिएको नागरिकले अखबारमा पढ्न पाए । ती दुई विषयमा एउटा विषय रहेछ गिरिजा प्रसाद कोइरालालाई राष्ट्रपती बनाउनु । तर कोइरालालाई राष्ट्रपती बनाउने अनौपचारिक सहमती भएको रहेछ । तर अन्तिममा प्रचण्ड आफैले खेल खेलेर माधव नेपाललाई राष्ट्रपती बनाउन तिर लागेछ र त्यो पनि नगरी प्रचण्डले राष्ट्रपतीको निर्वाचन गराउने खेलमा लागेछ ।

    त्यसैले गर्दा कोइराला र प्रचण्डको सम्बन्ध सुमधुर बन्ने पछिल्लो दिनमा गिरिजा प्रसाद कोइरालालाई यदि राष्ट्रपती बनाएको भए मओवादी अनुकुल संविधान जारी हुने थियो र माओवादी पार्टी अहिलेको अवस्था आउने थिएन, प्रचण्डको भनाई ।
    प्रचण्डले यही कुरा सम्पादकहरुलाई बताएको समाचार पढ्न पाए नागरिकले । सम्पादकहरुसँग प्रचण्डले भने की गिरिजालाई राष्ट्रपती बनाएको भए मेरो पाटी यस्तो हालतमा नआउँने थियो । यो घटनाबाट आफुलाई पश्चाताप भइरहेको छ भनि खुलासा गरेको व्यापक हुन आएको छ ।

    तर हाम्रो नेताहरुलाई न्याउरी मारी पछुतो भने जस्तो, अर्थात हगी सकेपछी दैलो देख्ने भन्ने जस्तो उखान मात्र याद आउँदो रहेछ भन्ने जनआंकलन पनि व्यापक भएको छ । समयमा चेत नआएको कारण घमण्डीको कारणनै देशको परिस्थिती डामाडोल भएको हुन की भन्ने जनसमुदायलाई महसुस भएको छ । अब पनि दुइ तिहाई बहुमतको दक्षी उठाउने नै हो भने जनताले ज्ञानेन्द्र शाहलाई मात्र होइन हाम्रो नेताहरलाई पनि लखेट्न बेर छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार