२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

धनेश्वर महादेव गुठीको अपमान गर्ने नै हो त ?


३०७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ कार्तिक २१, बुधबार मा प्रकाशित ५ साल अघि
  • जम्बला लामा
    बौद्ध जागरण केन्द्र कोषाध्यक्ष तथा स्तुपा
    फाउण्डेशन नेपाल, केन्द्रीय सदस्य

    अर्थात् २०४१ सालदेखि नै धनेश्वर महादेव गुठीको जग्गा सम्बन्धी विवाद हुँदै आएकोमा २०७५ साल भदौ २८ गतेका दिन बनेपा नगरपालिका वडा नं. ११ बाट सिफारिसको निर्णय भएको जानकारी पीडित पक्ष नागरिकलाई खबर गरेको थियो । उक्त जग्गाको जग्गाधनी धनेश्वर महादेव गुठी र जोताहा मोहीमा आनन्तलिङ्ग जंगम भएको कुनै कतैबाट विवादित अर्थात् अन्य भने हुने होइन । यहाँ त भूमाफियाहरुको चलखेल र तत्कालिन नगरपालिकाको भ्रष्टकर्मचारीहरुको मिलोमतबाट यतिका वर्ससम्म लम्ब्याएको खुलासा हुन आएको छ ।

    यी विवादित जग्गाको पूर्ण पाठ यस प्रकारका छन् । गुठी तहसिल भद्रकालीको कार्यालयमा प्राप्त भएको लगतमा देखिए अनुसार मिसिल महादेव गुठीको नाममा नै १९०२ सालमा नै लगत खडा भए अनुसार पुर्णभद्रलिंङ्ग जंगम समेत ४ जना जिम्मामा लगत तयार पारेको देखिन्छ ।

    तत् पश्चात २०१०।०१।३० मा पनि यी नै ४ जनाको नाममा नै लगत खडा भएको गुठी तहसिल कार्यालय भद्रकालीमा भएको लगतमा उल्लेख छ । साथै भूमिसुरधार शाखा कार्यालय –मालपोत कार्यालय) काभे्र, धुलिखेलमा मोही लगत अर्थात् अनुसूची २ नियम ६ सँग सम्बन्धितमा पनि मोही महलमा अनन्तलिंग जंगम नै कायम भएको र (४नं.) जोताहाको अस्थायी निस्सामा जनांगाल उग्रतारा तत्कालिन गाउँ पञ्चायत उल्लेख पाइएको छ ।
    यो माथिको उल्लेखित विवादित जग्गाधनी धनेश्वर महादेव गुठी र मोही महलमा २०२१ सालमा नै भूमिसुधार ऐन लागू भएपछि आनन्दलिङ्ग जंगम मोही कायम भएको सर्वविधितै छन् भने यी भूमाफियाहरुको चलखेल र तत्कालिन नगरपालिका अर्थात् स्थानीय तह विहिन अवस्थाको कारणले गर्दा पवित्र धनेश्वर महादेव गुठीको जग्गालाई अपवित्र गर्ने चलखेल तत्कालिन अवस्थाको बनेपा नगरको हालीमुहाली गर्ने कानूनी सल्लाहकार ध्रुव नेपाल र श्याम त्रिपाठीले नियम कानूनको पालना नगरी धनेश्वर महादेव गुठीको अर्थात् भगवान महादेव शिवजीको नै अपमान गरेको होकी भन्ने पीडित पक्ष र बनेपा नगरवासीको गुनासो सुन्नमा आएको छ ।

    त्यति मात्र होइन तत्कालिन नगरप्रमुख नभएको अवस्थामा आर्थिकको कुरा मिलाएर १ लाख ५० हजार रुपैयाँ हाल बहालवाला कानूनी अधिकृत श्याम त्रिपाठीलाई तत्कालिन माओवादीको गाउँ स्तरको नेता भुवन थापा मार्फत हाम्रा मेरा दाई प्रल्हाद जंगमबाट रकम हस्तान्तरण भएको अवस्था थियो । तर उनले रकम पुगेन भनि सिफारिस नदिएपछि उनीबाट पछि रकम जवर्जजस्ती फिर्ता लिएका हौं । साक्षी किनाराको भुवन थापा हाल बनेपा नगरपालिका ११ मा नै मौज्जुद छन् । आवस्यक परेको बेलामा उपस्थित गराउने छौं भनि पीडितले जानकारी जनसमुदायलाई गराएको छ ।

    यी यस्ता व्यक्ति कानूनी सल्लाहकारले हालसालै नगरप्रमुखुलाई पनि फसाउने खेल रचेको खुलासा हुन आएको छ धनेश्वरवासीलाई । अर्थात् २०७५।०६।११ गते नगरप्रमुखको हस्ताक्षर भएको पत्र एउटा मालपोत कार्यालयलाई प्राप्त गराएको सामाचार सुन्नमा आएको छ । त्यो कति सम्मको सत्य हो ? नगरप्रमुख आफै जानुन् मतलब साफ छ । श्याम त्रिपाठीको उक्साहटमा परी नगरप्रमुखले यो विवादित जग्गाको दर्ता नगर्नु भनि रोक्का पुुर्जि पठाएको भन्ने बनेपा जनसमुदायलाई जानकारी आएको छ ।

    काभ्रेनापी शाखामा भएको प्रमाण

    अर्थात् काभ्रे मे. नापी शाखाको फिल्डबुकमा नाप नक्सा भएको बेलामा उक्त जग्गा कित्ताकाट गरी एउटै खलाको जग्गालाई दुई कित्ता गरी २६ र २७ कित्ताकाट गरेता पनि फिल्डबुकमा अनन्तलिंङ्ग जंगमनै मोही कामय भएको देखिन्छ । कुनै विवाद छैन ।

    त्यतिखेर नै दर्ता भएको भनि अमिनी रामसरणबाट प्रमाणित भएको व्यहोरा अवगत नै छ फिल्डबुकमा यस्तै किसिमले पूर्जा पाउनको लागि आनन्तलिंङ्ग जंगमले पनि खुब कोसिस गरेको नै थियो त्यसपछि अनन्तलिंग जंगमको पनि कालगतिले उनको मृत्यु भएपश्चात उनको छोरा शंखर जंगमले आफ्नो हक अधिकारको लागि फाइललाई अघि बढाएकोमा उनको पनि कालगतिले मृत्यु भएपश्चात उनको हक पाउने उनको श्रीमती कान्छी जंगमले हक कायम गरी पाउँ भनि काभ्रे मालपोत कार्यालयमा हक कायमको निवेदन दिएकोमा उनको पनि कालगतिले मृत्यु भएपश्चात उनको पनि हक खाने छोरा प्रदिप जंगमले हक कायम साथै मोही नामसारीको निवेदन दिन बनेपा नगरपालिाकामा गएको अवस्था थियो ।

    यो कस्तो विडम्बना बनेपा नगरको कार्य अर्थात् यी कानूनी अधिकृत महाभ्रष्ट छ भनेर थाहा पाउँदा पाउँदै पनि नगर प्रमुख जस्तोलाई पनि फसाउन पछि परेनन् । के पुच्छरले टाउको हल्लाउछ ? तर बनेपा नगरपालिकाको कानूनी सल्लाहकार श्याम त्रिपाठी जस्तो एक जना कर्मचारीले जनप्रतिनिधिजस्तो नगरप्रमुखलाई हल्लाउने भनेको पुच्छरले टाउको हल्लाएजस्तो धनेश्वर र बनेपा नगरवासीहरुलाई महशुस भएको छ ।

    अर्थात् टाउकोले पुच्छरलाई हल्लाउन पर्नेमा ठीक विपरित पुच्छरले टाउको हल्लाएको होकी भन्ने बनेपा नगरवासीलाई महशुस भएको छ । यी विवादित जग्गालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि मिति २०७२।१२।२४ को वैठकले नै निर्णय गरिसकेको छ मात्र स्थानीय तहको सिफासिरको आवश्यक भनि निर्णय संख्या ५५१ मा हेर्नुहोला भनि पीडित पक्षको गुनासो छ ।
    अर्थात् २० वर्षदेखि स्थानीय तह विहिन भएको अवस्था थियो । तर नगरप्रमुखकोमा गएर निवेदन दिने क्रममा प्रमुखद्वारा तपाईको ७ नं. वडामा पर्छ त्यहा जानु भनेपछि प्रमुखको आदेशको पालना गरी बनेपा नगरपालिका वडा नं. ७ मा पुगेर निवेदन दिने क्रममा ७ नं. वडाअध्यक्ष वर्ण शाक्यले यो मेरो कार्यक्षत्रमा पर्दैन त्यसकारण तपाईहरु तपाईको कार्यक्षत्र ११ वडामा पर्छ त्यहा जानु भन्ने आदेश पाएँ । त्यस विषयमा नागरिकलाई पनि जानकारी गरेको थियो पीडितले साथै गुनासो । यो कस्तो विडम्बना हो ।

    त्यसपछि पीडित प्रदिप जंगम आफ्नो क्षेत्रको ११ वडा कार्यालयको वडाअध्यक्ष समक्ष आफ्नो दुःखको पीडा सुनाई सिफारिसको माग गर्दा ११ वडाको अध्यक्ष विद्वान वडाअध्यक्ष शिव थापाले म जनताको सेवा गर्न आएको हो जनताले मलाई भोट दिएर जिताएर पठाएको छ । म त्यो कार्य पूरा गर्ने छु भनि विद्वान अध्यक्ष शिव कुमार थापाले पीडितको माग बमोजिम कानून अनुसार उक्त विवादित जग्गाको सिफारिस धनेश्वर महादेवलाई साक्षी संझि ऋषिमनबाट सिफारिस भएकोमा पीडित पक्षले धन्यबाद समेत व्यक्त गरेको सुनाउछन् पीडितले ।

    तिललाई पहाड बनाएको हो ?

    बनेपा नगरपालिकामा हल्ला चल्यो तिललाई पहाड भन्ने उखान । अर्थात् धनेश्वर महादेव गुठी जग्गाको सम्बन्धी करिवन १ हजार रोपनी पनौती धुलिखेल र बनेपा गरी जम्मा जम्मी १ हजार रोपनी जग्गा दर्ता गरी लालपुर्जा प्राप्त भएको छ । यो जग्गा कसरी लोप भयो ? यो त आयस्तमा आएको छ । बरु हालसम्म दर्ता नभएको धनेश्वर महादेव गुठीको जग्गा लोप भईरहेको अवस्थामा छ ।

    जव दर्ता भर्ई प्रमाण पुर्जा पाएपछि तिरो तिरान तिर्न पाउँछ । अनि गुठी संस्थालाई आयस्था उपलब्ध हुन्छ । हालसम्म सो जग्गा लोप भएर वसीरहेको छ । हाल त्यसै जग्गालाई भूमाफियाहरुले गुठी जग्गा लोप हुन लाग्यो भनि झुट्टो फजुल कार्यहरु गरी एकजना व्यक्तिको इज्जतमा हानी पुग्ने गरी व्यापक गर्नु भनेको धनेश्वर महादेव गुठीको नै अपमान हो की भन्ने धनेश्वरवासीलाई आभास भएको छ ।

    अर्थात् विद्वान ११ नं.को वडाध्यक्ष शिव कुमार थापा माथि यस्तो घृणित शब्द तथा अव्यवहारिक तरिकाबाट करोडौं भ्रष्टाचार ग¥यो भनि १५० जनाको नक्कली हस्ताक्षर गर्ने भूमाफियाहरुलाई कानून लाग्छ की लाग्दैन ? परापूर्वकालदेखि नै जोत कमौत गर्दै आएको आफ्नो भूमि माथि र हाम्रो अधिकारलाई नै बञ्चित हुने गरी व्यापक गर्ने यी भूमाफियाहरुलाई जिल्ला प्रशासन कार्यालय धुलिखेल र बनेपा नगरपालिकालाई विनम्र अुरोध गर्दछु भनि पिडित पक्षको गुनासो सुन्नमा आएको छ । यो व्यवस्था लोकतान्त्रिक गणतन्त्र हो की जनतालाई ठग्ने तन्त्र ? नागरिकको बुझाई हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार