२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

जानाजानी कालो कौवालाई सेतो हो भन्न मिल्छ ?


३८०९ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ पौष ३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • जम्बलालामा
    बौद्ध जागरण केन्द्र कोषाध्यक्ष तथा स्तुपा
    फाउण्डेशन नेपाल, केन्द्रीयसदस्य

    अर्थात २०६२-०६३ को जनआन्दोलन दवाउने खेल खेल्ने तत्कालीन राजा ज्ञानेन्द्रको पालामा मुख्य सचिव रहेको लोकमान सिंह कार्कीलाई जानाजानी २०७० को आम निर्वाचनको आन्तरिम मन्त्री परिषदको अध्यक्ष तत्कालीन सर्वोच्चको प्रधानन्यायधिस खिलाज रेग्मीको अध्यक्षतामा नेताहरुको आफ्नै छातीमा गोली ताक्ने व्यक्ति लोक मान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्ति गरी ठूलो गल्ती गरेको सायद हाम्रो वर्तमान वाम सरकार तथा पार्टीहरुको सम्पूर्ण नेताहरुलाई राम्रो सम्झना हुनु पर्ने हो ।

    अतः त्यस्तै खेल फेरी पनि सर्वोच्चको प्रधान न्यायधिस सिफारिसमा विवादित न्यायधिस चोलेन्द्र शंम्शेर ज.व.रा. लाई न्यायपरिषद र संवैधानिक परिषदबाट दोहो¥याएको हो की भन्ने नागरिक र जनसमुदायलाई महसुस भएको छ । अर्थात विवादित न्यायधिस भनि अघिल्लो महिनाअघि दिपकराज जोशीलाई संसद सुनुवाई समितिले दिपकराज जोशीलाई अस्विकृत भएको तात्तातो नै छ ।

    अर्थात त्यस्तै किसिमबाट फेरी पनि विवादित भ्रष्ट न्यायधिस चोलेन्द्र शंम्शेर ज.व.रा.लाई न्यायपरिषद र संवैधानिक परिषदले कालो कौवालाई सेतो बनाई सिफारिस गरिएकोमा सम्पूर्ण जनसमुदाय र न्याय क्षेत्रको नै अपमान गरेको हो की भन्ने जनआंकलन पनि आएको छ । मतलव साफ छ राणा भ्रष्ट न्यायधिस हुन भनी थाहा हुँदा हुँदै पनि उनैलाइृ किन र कसरी, कस्को दवावमा परि न्यायपरिषद र संवैधानिक परिषदबाट सिफारिस भयो भन्ने सामाजिक संजालमा पनि व्यापक हुन आएको छ ।

    चोलेन्द्र शंम्शेर ज.व.रा ले उनी जिल्ला अदालत, पुनरावेदन अदालत र सर्वोच्च अदालत सम्म आइपुग्दा पनि ठूला ठूला केसहरुलाई आर्थिकको प्रलोभनमा परी दुषित फैसलाहरु गरेको नजिरहरु भेटिएको छ । उदाहरणको लागी एक पिडित महिला ८२ वर्षको माइली तामाङ्ग लामाको सर्वस्से नै हरण भएको छ ।

    माइली तामाङ्ग लामाको फैसलाको पूर्ण पाठ

    अर्थात सर्वोच्च अदालतको इजालसले २०७५ वैशाख ७ गतेको दुषित निर्णय माननीय न्यायधिस श्री चोलेन्द्र शंम्शेर ज.व.रा. समेतले ०७१–ऋक्ष्(१२०८ मुद्दा मोही नामसारी । काठमाडांै जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.६ बौद्ध तीनचुले बस्ने माइली तामाङ्ग, लामावादी पुनरावेदक ।

    विरुद्द

    काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.६ बौद्ध स्थित शक्ति कार्पेट इन्डष्ट्रिज प्रा.लि.का संचालक भाई आफ्नो हकमा समेत तमदिन श्रेष्ठको छोरा का.जि.का.म.न.पा. वडा नं.६ तीनचुले बस्ने छेतेन ग्यूरमानश्रेष्ठ–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––१
    ऐ.जिल्ला ऐ.म.न.पा. वडा नं.६ बौद्ध तीनचुले बस्ने दोर्जे शेर्पाको छोरा आङदण्डी शेर्पा––––––१
    आङदण्डी शेर्पाको पत्नी ऐ.ऐ. बस्ने मिङमा डोमा शेर्पा ––––––––––––––––––––––––––––––––१
    टासीलामाको छोरा ऐ.ऐ. बस्ने दोर्जे लामा ––––––––––––––––––––––––––––––––––––––––––१
    नोरचुङ शाक्यकी छोरी ऐ.ऐ. बस्ने लक्ष्मीशाक्य ––––––––––––––––––––––––––––––––––––––१
    अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानको तर्फबाट अख्तियार प्राप्तकर्मा सामडुप गुरुङ्ग––––––––––––––––१
    श्री पशुपतीनाथअमलकोट कचहरी काठमाडौंजिल्ला म.न.पा. वडा नं.९ देवपतन –––––––––१
    श्री पशुपतीनाथ भण्डार तहवीलकार्यालय का.म.न.पा. वडा नं.९ देवपतन––––––––––––––––१

    अर्थात परापूर्व कालदेखि नै माइली तामाङ्ग लामाको पतितथा ससुरा क्रमशः लाल बहादुर तामाङ्ग र आइते सिंह तामाङ्गले जोताहाको तर्फबाट जोत कमोद गर्दै आएको बौद्ध ६ तीनचुले को माथि उल्लेखित विवादित जग्गाहरु कमोद गर्दै आएको लालबहादुर तामाङ्ग र आइते सिंह तामाङ्ग उनीहरुको कालगतिले परलोक भएको हुनाले २०२१ सालमा नै मोही कायम भएको र २ नं. अनुसुची तथा जोताह अस्थाई निस्सा प्राप्त भइसकेको अवस्थाको जग्गामा भू–माफियाहरुको चलखेलको कारण पिडित पक्षकुनै कतैबाट नै सुनुवाई नभएपछी बाध्यतावस कारण पिडित माइली तामाङ्गलामा काठमाण्डौं जिल्ला भूमिसुधार कार्यालयमा मोही नामसारीको निवेदन दिएको थियो ।

    त्यसपश्चात वषौंबार लागेर अन्तिम २०६९।०४।२३ मा विद्धान भूमिसुधार अधिकारी दिनेश शर्माले सुरु तहदेखि नै दवाव मूलक दवावहरुलाई चिरेर उनले पिडित पक्ष नै मोही नामसारी फैसला गरेको थियो । त्यसपछी प्रतिवादी पक्षले पुनरावेदन गरेर पुनरावेदनबाट पनि दुषित फैसला गर्ने न्यायधिस द्धाय नारायण प्रसाद दाहाल र नारायण प्रसाद शर्माले २०७१।०७।०९ मा यस्तो हुनै नसक्ने दुषित फैसला गरी आर्थिकको चलखेलबाट भएको जनसमुदायमा व्यापक भएको थियो त्यतिखेर पनि ।

    पुनरावेदन फैसलाको नतिजा

    फिल्डबुक बाट देखिएको वादी लालबहादुर पिडित पक्षको ससुरा २०३२ सालमा परलोक भएको देखिएका छन् । तत् अवस्थाको कानूनले बुहारीमा मोहीनामसारी हुने व्यवस्था गरेको पनि छैन । माइली तामाङ्ग लामाले विवादित जग्गा कहिल्यै पनि जोतभोग गरेकी छैनन् । यिनै जग्गा समेत सम्वन्धमा गुठी संस्थानको तर्फबाट केशवनाथ पौडेलले निर्णय वदर हक कायम मुद्दा दिएकोमा म छेतेन ग्यूरमान समेतलाई बुझि अदालतबाट नापनक्सा हुँदाको नक्सा मुचुल्कामा फिल्डबुकको लालबहादुरको छोरा जय बहादुरको समेत उपस्थिती रहेको र निजले आफु वा आफ्नो परिवारले जग्गा कमाई आएको भन्न नसकेको बाट पनि विवादित जग्गामा विपक्षी माइली तामाङ्गको भोग नभई म छेतेन र मबाट लिने व्यक्तिहरुको भोग रहेको कुरा पुष्टि हुन्छ ।

    वादीले दावी लिएको अन्य जग्गामा समेत वैकुण्ठ प्रसाद श्रेष्ठले खिचोला हककायम देखि लुटपिट समेतका विभिन्न मुद्दाहरु दिएकोमा निज समेतले मुद्दा हारी अन्तिम रहेको मिसिल समेत मौजुदा हुँदा विवादको जग्गाको जग्गाधनि गुठी संस्थानवा रघुवर वैद्य नभई श्री पशुपतीनाथ जग्गा धनी हुन ।

    अर्को व्यक्तिलाई जग्गाधनि देखाई हाल कायम रहेको व्यक्तिको मोहीकायम गराई नामसारी गरी पाउँभन्ने दावीे अनुसार हुने होइन भन्ने समेत व्यहोराको छेतेन ग्यूरमान श्रेष्ठको संयुक्त प्रतिउत्तर पत्र। अतः यस्तो अन्धो कानूनबनाउने पुनरावेदनका तत्कालीन न्यायाधिस नारायण दाहाल र नारायण शर्मा माथि कारवाही हुने की नहुने । यो न्यायपरिषको आफ्नो कानुनी विचार हो ।

    उच्च अदालतको निर्णय नै सदर

    अर्थात पिडित पक्ष उच्च अदालतले भूमिसुधारबाट मोहीको नामसारी हककायम गरी दिए भूमिसुधारको पवित्र निर्णयलाई भूमाफिया पक्षनै दुषित फैसला निर्णय भयो भनि पिडित महिला माइली तामाङ्ग लामा सर्वाेच्चमा रिट दर्ता गरी न्याय माग्न गएकोमा उल्टै सर्वोच्चबाट पनि अपमान, दुषित फैसला गरे । आँखामा पट्टी बाधि तराजु समाती न्यायधिसको अघिल्लो भागमा उभ्याएको कानूनको अन्धो देवीलाई नै अपमान हुनेगरी हाल सर्वोच्चको वहालवाला न्यायाधिस श्री चोलोन्द्र शम्शेर ज.व.रा. ले २०७५ साल वैशाख ७ गते रोज ६ मा गाई मारी गधा पोस्याए जस्तो गरी एक एकल नारी गरिब दुःखी महिला माइली तामाङ्ग लामालाई बाच्नु न मर्नु अवस्थामा पु¥याए ।

    सर्वाेच्चबाट दुःखी महिला माथि अन्याय गरी पुनरावेदनको दुषित फैसलालाई नै सदर गर्नु भनेको उनले २ करोड ८० लाख जनसमुदाय र कानूनको देवीको धजी उडाएको होइन भन्ने न्याय परिषद र सामाजिक सञ्जालमा व्यापक हुन आएको छ ।

    यी जग्गाको जग्गाधनीहो काठमाण्डांै जिल्ला साविक का.न.पा. वडा नंं.११ बस्ने रघुवर वैद्यको हो र उनले जो जसलाई सुक्रिविक्रि गरेता पनि उनको भाग मात्र जाने हो । यहाँ त जोताहाको भाग समेत किर्ते गरी रैकर जग्गालाई पशुपती गुठिमा कसरी परिणत भयो भन्ने तीनचुले वासीको गुनासो हो ।

    रैकर जग्गा पशुपती गुठीको पुरानो लगतमा पनि फेला परेको देखिदैन । अर्थात काठमाण्डौं गुठी तहसिल भद्रकालीमा पनि लगतमा प्रस्तुत भएको देखिदैन भने यस्तो सरासर रैकर जग्गामाथि एक दुःखी महिलामाथि यस्तो दुषित फैसला गर्ने न्यायधिस श्री चोलेन्द्र शम्शेर ज.व.रा.लाई कुन रुपमा लिन्छ, सुनुवाई समितिले हेर्न बाँकी नै छ ।

    यो दुषित फैसला गर्र्नुअघि २०७५।०१।०१ गते नै करौडौंको चलखेल हुँदैछ भनी पिडित महिलालाई सूचना प्राप्त भएको थियो । तर पिडित पक्षको विचार थियो कानूनले आफुलाई नै पाएको छ भनि ढुक्क साथ बसेको बेलामा तिम्रो तर्फ फैसला भएन भन्ने खबर आउने बित्तिकै पिडित महिला हालसम्म पनि शरिरले कामगर्न सकेको छैन । पिडित महिलाको सोचाई थियो आफुलाई नेपाल सरकारको भूमिसुधार शाखाकार्यालय काठमाण्डौंबाट आफु पक्ष फैसला गरेको थियो । हुन त न्यायधिसहरु जनताको सत्रु त होइन । जनताको शत्रु भनेको भष्ट्रचार हो । त्यसकारण पटक पटक हामीले भन्दै आएका छ की न्यायधिसहरुको पनि सम्पती शुद्धिकरण हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । घरमा एकजना चोर छ भने त्यो घरको सबै जनालाई चोरको सज्ञा दिने गर्छन समाजले तर चोर त मात्र एकजना थियो । त्यसकारण न्यायलय सुधारमा आयो भने राष्ट्रमा सुधार हुनेछ नत्र अदालतहरुमा पनि कालो कौवालाई सेतो बनाएको जस्तो भ्रष्ट न्यायधिस लाई प्रधान न्यायधिस सिफारिस गर्दा कतै प्रष्टचारको माहोल बढाउने खेल त होइन भन्ने जनविचारहरु आएको छ ।

    अतः हालै नाम सिफारिस भएको चोलेन्द्र शंम्शेर ज.व.रा.उनी प्रधान न्यायधिसमा योग्य हुने अर्थात देखिने ठाउँ कतै पनि देखिदैन । उनको नाममा विभिन्न पिडित व्यक्तिहरुले विभिन्न ठाउँमा उजुरी गरी सकेको अवस्थामा छ । उनलाई परेको उजुरी १, न्यायपरिषद २, संवैधानिक परिषद ३, राष्ट्रपती कार्यालय शितलनिवास र प्रधानमन्त्री तथा मन्त्री परिषदमा समेत उजुरी दर्ता भएको अवस्थामा यस्तो किसिमको दुषित फैसलागर्ने न्यायधिस राणालाई कसरी प्रधानन्यायधिस बनाउने भन्ने जनसमुदायमा हल्लीखल्ली भएको छ ।

    अर्थात न्याय परिषद, संवैधानिक परिषद, राष्ट्रपती कार्यालय तथा मन्त्रीपरिषदले बेलैमा विचार पु¥याएनभने न्यायपरिषद भित्र अनर्थ हुने धेरै सम्भावना देखेको छ । नागरिकले र जनसमुदायले सुझाव पनि गर्दछु कि हेरी विचार गरी, प्रधानन्यायधिस लाई सिफारीस गर्नु हुनेनै छ । वर्तमान न्यायधिस राणा व्यक्तिगत हिसावले कसैको सत्रु भने होइन् । मात्र उनले कानुनलाई पन्छाएर आर्थिक प्रलोभनमा परेर विभिन्न किसिमको दुषित फैसलाहरु गरेको सूचना प्राप्त भएको छ । आवश्यक परेको खण्डमा सबुत प्रमाण समेत पेश गर्नेछु ।

    अतः अन्धो मानिसलाई अन्धोले डो¥यायो भने कहा पुग्छ त भने खाल्डोमा । जस्तो की भ्रष्ट न्यायधिसलाई प्रधानन्यायधिस बनायो भने त्यसले सर्वोच्च अदालतको मान मर्यादामा धक्का पुग्छ भन्ने जनसुझावहरु सुनुवाई समितिलाई दर्शाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार