२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

प्रथमत धर्म के हो ?


२८९५ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २७, सोमबार मा प्रकाशित ५ साल अघि
  • जम्बला लामा
    बौद्ध जागरण केन्द्र तथा स्तुपा
    फाउण्डेशन नेपाल, केन्द्रिय सदस्य

    अर्थात् धर्म भनेको खोजर पाउने होइन किन भने खोज्ने चिज हो हाम्रो साथबाट हराएको वस्तु हो । त्यो वस्तु पनि अमूल्य वस्तु हो भने पाउनलाई गाह्रो हुन्छ । त्यो वस्तु अरु कुनै व्यक्तिलाई मिलिसकेको हुन्छ । त्यसकारण पाउनुलाई बडो मुस्किल हुन्छ बहुमुल्य वस्तु त्यसैले उदाहरणको लागि पाठक वर्गलाई धर्म के हो ? भन्ने सम्बन्धी केही सुझावहरु उल्लेख गरेका छौं ।

    अमृतरुपी धर्म सेवन गरी सुख प्राप्त गर्न सकुन् र आत्माग्रह त्यागी परकल्याणका निमित्त सुन्यताको गम्भिर अर्थलाई समेत चित्त सन्ततिमा अर्थबोध गर्न सकुन् भन्ने बुद्ध भगवानको उपदेश हो । अर्थात् सातौं बुद्ध हुन् लुम्विनीमा जन्म भएको (शाक्यमुनी बुद्ध) गौतम बुद्ध ।

    अर्थात् आजभन्दा २५६३ औं वर्ष अघि शान्तिको अग्रदुत बुद्ध भगवान यस धर्तिमा मानवको भेष धारण गरी पश्चिम तराई नेपालको लुम्बिनीमा जन्म भएको थियो । उहाँ हुनुहुन्थ्यो राजा सुद्धोधनको छोरा राजकुमार । उहाँका आमा हुनुहुन्थ्यो महामाया । राजा सुद्धोधनको २ वटी रानीहरु थिए । जेठी रानीको नाम महामाया र कान्छी रानीको नाम प्रजापति । सिद्धार्थ गौतम बुद्ध महामायाको कोखबाट जन्मनु भएको थियो ।

    अर्थात् एक दिन राती रानी महामाया निदाएको बखतमा भयानकको सपना देख्यो । अनि विउझने विक्तिकै राजा सुद्धोधनलाई सुनाएकी, मलाई सपनामा सेतो चन्द्रमालाई निलेको देखें भनि सुनाएको के मात्र थिए राजा सुद्धोधनले रानी महामायालाई बेस्सरी गाली गरी यस्तो नराम्रो सपना सुनाउने मलाई भनि रिसाए राजा सुद्धोधन ।

    त्यो रातभरी रानीलाई गाली गर्दै सुत्न नै दिएन रानीलाई । रानी महामायालाई पनि पर्न पिर प¥योकी यस्तो नराम्रो सपना देखे मैले र किन सुनाए राजालाई विथ्थामा । रातभरी सुत्न पनि पाएन भनि मनमनमा दुःख लागी गुनगुनाउन थालिन् रानीले । अव विहान पनि गालि नै खाने भयो भनि चिन्तामा डुविन् रानी ।

    त्यसपश्चात जव विहान भयो तव राजा सुद्धोधनले भने तिमी नरिसाउ किनभने तिमिले राम्रो सपना देखेको थियो र फेरी निदायो भने त्यो राम्रो सपना कट्नेछ भनि रानीलाई सुझाए पछि रानी पनि मख्ख भई राजालाई सत्कार गरी पाउमा दर्शन गरी आशिर्वाद लिइन् रानी महामायाले ।

    क्रमंश दिन महिना, वित्दै गयो जव ९ महिना पूरा भएको बखतमा रानी महामाया तिलौरोकोट आफ्नो माइतिघरमा जाने क्रममा लुम्बिनीको जंगल बीचबाटोमा पुग्दा रानीलाई सुत्केरी बेथा लाग्यो । त्यहाँनिर एउटा ठूलो पिपलको बोटमा अडी उभिएको ठाउँबाटमा नै सातौ शाक्यमुनी बुद्धको जन्म भयो । साथै जन्मिने वित्तिकै सात कदम अघि हिडे भगवान बुद्ध । सातै कदममा पाइलै पिच्छे कमलको पूmल पूmल्दै ७ ओटा कमलको पूmल पनि उत्पन्न भयो ।

    यी माथि उल्लेख शब्द जानकारीको लागि मात्र सुझाएको हो पाठकवर्गलाई । अर्थात् धर्म भन्ने र मान्ने विधिको नियमहरुको पालना अपनाउने सम्बन्धीमा म मेरो तर्फबाट पनि मैले अध्ययन गरी बुझेको शब्दहरुलाई छोटकरीमा र बुझ्नेगरी यहाँ उल्लेख गर्ने जमर्को गरेको छु । केही गल्ती भएको पनि हुन सक्छ त्यसमा क्षमा चाहन्छु र सुझाव पाउन पनि अनुरोध गर्दछु ।

    धर्म के हो भन्ने विषय यस प्रकारका छन् । यी तीन विषयले आर्थात् शरीर, बचन र मनले अरुलाई अहित हुन कार्य नगर्ने भन्ने जनाउछ । जस्तो कि बहुजन हिताय बुहुजन सूखाय ।। र शरीर बचन र मनले जे चितायो त्यो नै उत्पन्न हुन्छ हामीबाट । राम्रो चिताय फल राम्रो नै आउँनेछ । नराम्रो चिताय फल पनि नराम्रो नै आउनेछ । उदाहरणको लागि आपूm त दुःखमा छ भने झन आपूmभन्दा अरु ठूलो दुःखमा परेको देखिन्छ हाम्रो आँखाले । धर्म भन्नु नै अरु माथि हितको कार्य गर्नु नै धर्म हो भन्नुभएको छ भगवान वुद्धले ।

    त्यसै कारण उहाँले मानव भेषमा जन्म लिनु भएको हो र संसार अनित्य छ कही कतै नित्य भन्ने देख्न सकेको छैन, हामी पृथ्वीवासी मानवले । यदि नित्य हो भने जन्मदेखि मरण अवस्था सम्ममा हाम्रो शरीर किन बुढो भएर चाउरिएर गएको । कपाल किन फुलेको दाँत किन झरेको इत्यादीबाट नै थाहा हुन्छ की प्राणी मात्र होइनन् संसार नै अनित्य छन् भन्ने भगवान बुद्धको अमृतरुपी महावाणीबाट प्रस्ट हुन्छ ।

    आपूm को हो ?

    मात्र, शरीर , बचन र मन हो भनि बुझ्नु जरुरी छ । १) शरीरको व्यवहार के हो ? २) बचनले बोल्ने शब्द कस्तो हो ? र मन (चित्त) ले कस्तो किसिमको चिताउने हो यी तीन विषय हुन् आफै । आफैमा भएको यी वस्तुलाई चिन्न सकेन भने धर्म के हो भन्ने बुझ्नलाई गाह्रो हुन्छ । आपूm को हो भन्ने विषयलाई सोच्न जरुरी छ । धर्म, कर्म र कर्ता शब्द राम्रोसँग बुझ्न सकेको खण्डमा धर्मको भाषा बुझ्न सजिलो मार्ग प्राप्त हुनेछ ।

    जस्तोकी माथि उल्लेख भगवान बुद्धको २५६३औं वर्ष अघि मानवभेषमा यो धर्तिमा पैदा भएको कारण हुन् यो धर्तिका मानवहरुलाई पनि धर्म के हो र धर्मको कार्यहरु के भन्ने विषयालाई बुझाउनको लागि सातौं शाक्यमुनि बुद्ध अर्थात् सिद्धार्थ गौतम बुद्धको रुपमा मानव भेषमा जन्म लिएका हुन् ।
    भगवानले भन्नु भएको छ की मानव शरीर एउटा पाहुना घर हो । १) अर्थात् एउटा छत हुन् । विज्ञानरुपी चित्तलाई अडइराख्ने छत । हिडडुल गर्न मद्दत गर्ने कहाँ जान प¥यो त्यहाँसम्म पनि पु¥याउनसक्ने क्षमता भएको शरीर हुन् पाहुनाघर ।
    २) भगवान बुद्धले भन्नुभएको छकी बचन, एक अपशब्द पनि बोल्न सक्ने सम्मान तरिकाको भाषा पनि प्रयोग गर्न सक्ने क्षमता भएको शब्द पनि हो भन्नुभएको छ भगवानले । शान्ति र क्रान्ति निम्त्याउने काम पनि शब्दबाट नै हुनआउछ भन्नुभएको छ, भगवान बुद्धले ।
    ३) चित्त (मन) मनले जे जो चिताए पनि हुने भएकोले भगवान बुद्धले भन्नु भएको छ अर्थात् आपूmले चिताएरको हुनै पर्ने अर्कोले गरेको काम चाँही नहुने सबै आफैले मात्र गर्नु पर्ने अरुचाँही सफल नहोस म आफु चाहि राम्रो सफल होस भनी भावना भएको वस्तु हो चित्त । भगवान बुद्धले यसरी शरीर, वचन र मनको उपदेशहरुलाई हामी मानव जातीले पनि बुझ्न सकुन भन्ने उद्देश्यले यस धर्तिमा आउनु भएर प्रवचन दिनु भएको हो ।

    कोन्छ्योकको अर्थ (त्रिरत्न) हो

    अर्थात १) धर्मकया, २) संभोगकय, ३) निर्माणकय अथवा बुद्ध धर्म र संघ यी त्रिरत्नलाई नै संबोटा लिपीबाट कोन्छ्योक सुम भनिन्छ । बुद्धधर्म भित्रतीन–तीनप्रकारका धेरै नियमहरु हुन्छन् ।

    अर्थात शरीर, बचन र मन अथवा शरीरले गर्नु पर्ने व्यवहार के हो, वचनले कस्तो भाषा बोल्नु पर्दछ र मनले कस्तो भावना चिताउनु पर्दछ अर्थात बुद्ध धर्मको राम्रो ज्ञान भएको र धर्म ज्ञानको कस्तो किसिमको कार्यन्वयन गर्ने, यी विषयहरुको राम्रोसँग अनुयायीहरुलाई अध्यापन गर्नुनै सदासाय सदाचार भनिन्छ । र बुद्ध भगवानले अनुयायीहरुलाई यस प्रकारको वचन दिनु भएको छ की, धर्म भन्नुनै दिन दुखीहरुको सेवा गर्नु नै ठूलो धर्म हो भन्नु भएको छ । पुजा आजा गर्ने भनेको मनलाई आनन्द र शान्ति पार्नु हो । पृथ्वीको सम्पूर्ण दुःखी प्राणीहरुको सेवा गर्न पाउँदा अति आध्यात्मिक सन्तोष मिल्छ । त्यसको कल्पना पनि गर्न सकिदैन भन्नु भएको छ । र यी तीन विषयगतमा १) भगवानको स्मरण गर्ने, २) धर्म अथवा पृथ्वीमा कुनै पनि प्राणीहरुलाई अहित हुन व्यवहार नगर्ने त्यो नै महान धर्म हो भनी बुझ्नु पर्दछ र ३) संघ अथवा समूहगत भए कुनै पनि काम काज गर्न सक्ने अवस्था हुनेछ । यसैलाई बौद्ध धर्म र संघ भन्नु भएको छ ।
    अर्थात कुनै पनि कार्यहरु अथवा गोन्पा, मानी, छ्योइतेन इत्यादी निर्माण गर्नुलाई संघको आवश्यक पर्छ भन्ने संघको अर्थ यसै किसिममा बुझ्को लागी सुझाव पनि हो यो । र अर्को महाचार्य दिपाङकर श्री ज्ञान (अतिस) विरचित बोधिपथ प्रदीपमुल ग्रन्थबाट के भनिन्छ भने पृथ्वीमा तीन प्रकारको पुरुषहरु छ भनी व्याख्या गरेका छन् । १) अधम पुरुष २) मध्यम पुरुष ३) उत्तम पुरुष भनी लेखिएको ग्रन्थमा छ । अर्थात १) जसले कुनैपनि उपायबाट केवल संसारीक सुखलाई मात्र आफ्नै लागी अभिष्ट हुन्छ भनी सोच्दछ, उसलाई अधम पुरुष हो भनी बुझ्नु पर्दछ । २) जो भाव सुख दुःख देखी विमुख हुन्छ, पाप कर्मदेखि अलग रहेर केवल आफ्नो निर्वानको अभिलासा गर्दछ त्यस्तो व्यक्ति मध्यम पुरुष हो भनी बुझ्नु पर्दछ । ३) स्वशान्त नगद दुःखहरुको पूर्ण नाश गर्न चाहन्छन् त्यस्तो व्यक्ति उत्तम पुरुष हो भनी बुझ्नु पर्दछ भनी महाचार्य दिपाङकर श्री ज्ञान (अतिस) बाट वचन भएको हो र अतिसबाट नै यस्तो एउटा वाचन गर्नु भएको छ की जो कोहिले अञ्जलीबाँधी (दशऔला जोडी) बोधि चित्त उत्पादन गरेमा त्यही पुजा अधिक विशिष्ट हुनेछ । त्यसको कुनै सिमा पनि हुँदैन भनेर भन्नु भएको छ ।

    अतः हामी मानव जातीहरु चार दुःखको महासागर बाट दुखी रहेको अवस्थाहरु यस प्रकार छन् । १) संसारीक परिवारको घेरामा फसी रहेका छौं ।, २) हामी मानव थोरै आयुक्षण सम्पती भएको व्यक्तिहरु हुन ।, ३) जन्मेको किन मर्नुलाई, ४) कर्मको फल यी चार विषयलाई मनन गर्न सकेमा पनि हामी मानवलाई बोधिचित्तको फल यही जुनीमा प्राप्त हुनेछ ।
    यसको लागी सदाचार हुनु अति जरुरी छ । यसमा छोड्नुपर्ने सदाचार र ग्रहण गर्नुपर्ने सदाचार गरी दुई प्रकारका छन् । पहिलो पात्रको ती दोष चाही यस प्रकारका छन् । १) धर्म श्रवण गर्दा कानले सुनेन भने घोप्टो परेको भाडो जस्तो दोष, २) सुनेको मनमा राखेन भने पिंधप्वाल परेको भाडो जस्तो दोष र ३) मनक्लेससँग मिश्रित गरी सुन्दा विषयुक्त खाना जस्तै दोष हुन्छ भनेको जस्तो तीन प्रकारका हुन्छन्

    त्यसैको कारण गुरुहरुले धर्मको प्रवचन दिने बेलामा मन कतै नपठाई एकाग्र चित्त भई शरीर, वचन र मन लगाएर ध्यान दिएन भने माथि उल्लेखित तीन प्रकारको विषय जस्तो हुनेछ । त्यस काराण त्रिरत्नको सधै शरण गमन गर्नु अति जरुरी छ । सदासय सदाचार हुनु पर्छ भनेको हो अर्थात मतिसोधन (मन परिवर्तन) अथवा अभ्यास गर्नु पर्दछ । यस्तो अभ्यास शरीर वचन र मन बोधिचित्त भावना (ऋषिमन) भएर भावना ग¥यो भने जम्बुदिप (पृथ्वी) को सम्पूर्ण प्राणीहरुले पनि बोधिचित्त प्राप्त भई सबै प्राणी उद्धार हुन्छ भन्ने भगवान बुद्धबाट वचन भएको छ र धर्म हेतु के हो भन्ने बुझ्नु पनि जरुरी भएको छ ।

    चार प्रकारका दुःखहरु हुन्छन् प्राणीहरु माथि
    १) केवा दुङलः जन्मनुको दुःख २) घवी दुङलः बुढाबुढी हुने दुःख ३) नवी दुङलः रोग बिरामी हुने दुःख ४) छिवा दुङलःमृत्युको दुःख अर्थात दुःख माथी सुख भनेको कहि कतै भेटिदैन । दुःख सबै आफ्नो मनबाट नै उत्पन्न हुने विषय हो । त्यसकारण सुख भन्नु नै मन सधै शान्ति राख्नु र अरु माथि अहित नगर्नु नै सुख हुन भन्ने भगवान बुद्धको उपदेशमा उल्लेख छ ।

    अन्तिममा प्राणीदान

    झ्याङछुव सेम्छ्योग रिम्पोछेः (अति उत्तम बोधिचित्त रत्न)
    माके पानाम क्य ग्युरचिगः (अहिलेसम्म उत्पन्न नभएकोहरुमा उत्पन्न होउन)
    केवा ञ्याम्पा मेपा याङः (एकपल्ट उत्पन्न भइसकेपछी कदापी क्षय भएर नजाउन)
    गोङने गोङदु फेल्वार श्योगः (बरु उत्तरोत्तर फैलिएर जाउन)

    अर्थात यसरी प्राणीधान गरिदा आफ्नो परिवारमा सुख प्राप्ती होस, छरछीमेकी, कुल कुटुम्ब र आफन्तजनहरमा राम्रो मेलमिलाप होस र विश्वमा नै सुख शान्ति र समृद्धि छाउन, समग्र विश्वमा द्धन्द, युद्ध, भय, सन्त्रास हटी सबैमा सुख शान्ति छाउन ।
    यसरी माथि उल्लेखित शब्दहरुलाई मनमा राख्दै भदन्त भगवान बुद्धले दिनु भएको शान्ति र अहिंसाको शिक्ष सबैले प्राप्त गर्न सकुन । अन्तिममा सम्पूर्ण सत्व प्राणीहरुले कुनै पनि विध्न बाधा रहित तवरमा बुद्धत्व प्राप्त गर्न सकुन भन्दै परिणमन र प्राणी दान गर्नु पर्दछ ।

    ।। भवतु सर्वमङ्गलम ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार