२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

ऐतिहासिक पनौतीलाई विश्व सम्पदा सूचिको लागि प्रस्ताव,जिल्लाकै छुट्टै पहिचान रहेको नगर पनौती


६२९६ पाठक संख्या

भेष बहादुर दनुवार २०५३ साल माघ ११ गते पनौति नगरपालिका गठन भएको थियो । पनौति

  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र ८, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • भेष बहादुर दनुवार
    २०५३ साल माघ ११ गते पनौति नगरपालिका गठन भएको थियो । पनौति नगरपालिकामा संघिय संरचना अनुसार पछिल्लो समय केहि गा.वि.स. सहित समायोजन गरी १२ वटा वडामा विभाजन गरीएको छ । पनौति नगरपालिका आनन्द मल्लको शासन काल (ई.सं. १२७४ १३०१) मा प्राचिन पनौतिको स्थापना भएको विश्वास गरिए संगै देशको रुपमा छुटैं अस्तिव्त वि.सं. १८२० पछि नेपाल एकिकरणको क्रममा समाप्त भएको पाईन्छ । राजधानि काठमाडौंबाट दक्षिण पुर्वमा पर्ने यस नगरको केन्द्र सम्म ३२ कि.मि. दुरी रहेको छ । यो नगर पृथ्विको २७०ं३८ उत्तरी अक्षास र पुर्वि देशान्तर ८५०ं ३२ मा पर्दछ । कुल ३३.७८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको नगर समन्द्र सतहबाट १३०० मी देखि १६०० मी. को उचाईमा छ । पुर्वमा धुलिखेल नपा. पश्चिममा ललितपुर जिल्ला, उत्तरमा बनेपा नपा. र भक्तपुर, दक्षिण बेथानचोक गाउपालिका र ललितपुर जिल्ला पनौति नगरपालिका सीमा रहेको छन् । समशितोष्ण हावापानी पाईने यो नगरमा अधिकतम ३२० से. देखि न्यूनतम ५० से. सम्म तापक्रम रहने गर्छ भने औषत वर्ष बार्षिक १२०० मि.मि. सम्म हुन्छ ।

    पनौति नगरपालिकामा २०६८ को जनगणना अनुसार जातीगत रुपमा ब्रामण, क्षेत्रि र नेवारको बाहुल्यता रहेता पनि ठकुरी, मिजार, परियार, विश्व्कर्मा, घर्ती, पहरी, राई तामाङ्ग, सन्यासी र मगर लगायतको बसोबास पनि रहि आएको छ । यस नगरमा जम्मा १०११६ घरधुरी रहेको छ भने जम्मा जनसंख्या ४६५९५ रहेको देखिन्छ । ग्रामिण क्षेत्रको बाहुल्यता भएको यो नगरका अधिकांश नागरिकको प्रमुख आम्दानीको श्रोत कृषि उत्पादननै हो । आलु, धान, सुन्त्तला र दुग्ध पदार्थ यहाका प्रमुख उत्पादन हुन । हालका बर्षहरुमा हरियो तरकारी उत्पादनले समेत व्यवसायिक रुप लिदै छ । स साना घरेलु उद्योग, पल, व्यवसाय र दुग्ध प्रशोधन केन्द्र लगायत प्लाईउड काष्ट उधोग बाहेक नोकरी समेत यहाका पेशा बनेका छन् । पनौति नगरपालिका ऐतिहासिक पुरातात्विक प्राचिन एंव धार्मिक दृष्टिले समेत यहाका पेशा बनेका छन् । पनौति नगरपालिका ऐतिहासिक पुरातात्विक प्राचिन एवं धार्मिक दृष्टिले समेत अत्यन्त महत्व राख्दछ ।

    थुप्रै मौलिक सस्कृती र परम्पराको धनी पनौतिमा विभिन्न जात्रा, पुर्व पुजा नियमित जसो चलिरहन्छन् । प्रत्येक बाह्र वर्षको माघ महिनामा त्रिबेणि घाटमा लाग्ने मकर मेला, १२ वर्षमा हुने हलसिद्धि देवताको जात्रा, प्रत्येक वर्ष हुने ज्या पुन्हि (पनौति जात्रा) देविनाच भद्रकालि नाच, विस्केट जात्रा, रंगनाथ (मन्दिर) जात्रा, माधवनारायण मेला लगायत अनगिन्ति मेला पर्वले पनौतिको सास्कृतीक भव्यतालाई अझै उचो बनाई राखेको छ ।

    यहाका ईन्द्रश्वर महादेव (राजकुमारी विरुमा देविबाट वि.सं. १३५१ मा निर्मित) भद्रकालि, बम्हायणि, बद्रिनाथ, केदारनाथ, तोला नारायण, उन्मत्त भैरवका मुर्ति एवं मन्दिरका कलात्मकले प्राचिन युगको अद्धितीय शिल्पकारिताको नमुना प्रस्तुत गरिरहेको छ, उन्नमत्तभैरवका मुर्ति एवं कलात्मकताले प्राचिन युगको अद्धितीइ शिल्पकारीताको नमुना प्रस्तुत गरीरहेको छ । बजार टोलका पुराना घरमा समेत पुराना शैली र कला प्रष्ट देखिन्छ । धनेश्वर महादेव मन्दिर र खोपासी स्थित रंगनाथ मन्दिर एवं द्रौपदादेवि मन्दिर यसका थप उदारहण हुन । प्राचिन कला, सस्कृती र ऐतिहासिकतालाई ख्याल गरी सरकारले प्राचिन स्मारक संरक्षण ऐन बमोजिम पनौतिको खास क्षेत्रलाई प्राचिन स्मारक क्षेत्र तोकेको छ । यिनै महत्वलाई विश्वसामु पु¥याई यसको भविष्यलाई अझ सुनिश्चित गर्न प्राचिन पनौतिलाई विश्व सम्पदा सूचिमा समाबेश गर्न प्रस्ताव युनेश्कोमा विचाराधिन छ ।
    वि.सं. १९७२ मा स्थापत पनौति पाठशाला (हालको पनौति नि.मा.वि.) बाट सुरु भएको पनौति क्षेत्रको सस्थागत शैक्षिक विकासले थुप्रै फडको मारिसकेको छ ।

    अनगिन्ति प्राथमिक तहका सामुदायिक तथा निजि विद्यालयका अलावा नि.मा.वि. तहका समेत त्यत्तिकै संख्यामा विद्यालयहरु चलिरहेका छन् । नेपालकै पहिलो सूचना प्रविधि पार्क अवस्थित पनौतिको प्राचिन डाडाले घेरीएको एैतिहासिक एवं धार्मिक थलाका रुपमा अवस्थित पनौती साच्चै सुन्दर छ ।
    पनौति नगरपालिकाको मुख्य नारा कृषि, कला र सस्कृती हाम्रो चिनारी, हरित पर्यटकिय गौरवमय पनौति रहेको छ । सामुदायिक सारथि मार्फत पनौति नगरपालिकाको वडा नं. १ साविक रयाले गा.वि.स.मा पारस्पिरिक जवाफदेहिता स्थानिय पहल परियोजना सञ्चालन निरन्तर भईरहेको छ । यस क्रममा पनौति नगरपालिका वडा नं.१ मा तुलप्रसाद सापकोटाको संयोजक तथा विनिता श्रेष्ठको सहसंयोजकत्वमा स्थानिय सभा गठन गरि कार्य अगाडी बढाइएको अवस्था छ ।

    पनौति नगरपालिकाको वडा कार्यालय आसपासका युवाहरुलाई समेटेर शुरुवातको समयमा गठन गरिएको वडा नं. ३को रेडियो श्रोता समुह गठनकार्य १ नं. वडामा विनिता श्रेष्ठको सहजकर्ताको रुपमा रयाल रेडियो रोशि श्रोता समुह पनि गठन गरि कार्य अगाडी बढाइएको छ । समग्रमा स्थानिय सरकार पारदर्शि जवाफदेशि र नागरिकको पहुचमा स्थानिय सरकार पुग्न पर्छ भन्ने मान्यताका साथ पनौति नगरपालिका लागी रहेको छ । पनौति नगरपालिकामा पारदर्शि र जवाफदेहि सरकारको विकासकोलागी प्रथम रुपमा प्रत्येक वडा कार्यालयमा नागरिक वडा पत्र राखि नागरिकको सेवा लिने प्रक्रियाको सहज जानकारी साथ अगाडी बढिएको अवस्था रहेको छ । यो नागरिक वडा पत्र राख्ने परम्परा साविक गा.वि.स. हुदा पनि थियो र पछिल्लो समयमा नगरपालिको वडा कार्यालय हुदा पनि यस कार्यले निरन्तरता पाईरहेको छ । नागरिक वडा पत्रको साथै नगरपालिकाले नगरपालिकाको नागरिकको जिज्ञासा वडामा मात्र नभई नगरपालिका संग पनि रहने हुदा नगरपालिकाको आम नागरिकलाई सिधा जिज्ञासा राख्न नसक्ने तथा सुझावको रुपमा राख्नको लागी प्रत्येक वडामा सुझाव पेटिका पनि राखिएको छ । सुझाव पेटिकामा सुझाव संकलन गरि उक्त सुझावको मासिक रुपमा हुने कार्यपालिकाको बैठकमा सुझाव तथा जिज्ञासा सम्बोधन गर्ने परम्पराको विकास गरीएको छ ।

    पनौति नगरपालिका मार्फत के काम कसरी कुन अवस्थामा रहेको छ भन्ने जानकारीको लागी आम नागरिकलाई जानकारी गराउने र सुसुचित गराउने कार्यको लागी पनौति नगरपालिकोको त्रैमासिक रुपमा सुचनाको हक अन्र्तगत नगरपालिकाको वेभ साईट, फेसबुक पेज, तथा सुचना पाटिमा सुचना जारी सम्बन्धित विषयगत शाखाको लेखा, शिक्षा, स्वास्थ, कृषि, पशु, तथा महिला तथा वालबालिका विषयगत कार्यालयको गतिविधि प्रत्येक त्रैमासिक रुपमा प्रकासन गर्ने परम्परा स्थानिय सभाको खवरदारी मार्फत हुदै आएको छ । यस क्रममा पनौति नगरपालिकाको लेखा शामामा भएको उपभोक्ता समिति संगको सम्झौता तथा त्रैमासिक आम्दानीको श्रोत तथा निकासा कसलाई कति के प्रयोजनमा भएको सम्मका सुचना प्रकासन गर्ने निरन्तर अभ्यास गत आर्थिक वर्षको स्थानिय सभामार्फत भएको खवरदारीबाट शुभारम्भ अभ्यास ले निरन्तरता पाईरहेको छ र पाउने छ । पारदर्शि र जवाफदेहि सरकारको अनुभुति र अभ्यासको लागी पनौति नगरपालिकाले प्रविधि मैत्रिको लागी पछिल्लो समय फेसबुक आईडि तथा पेज क्रियट गरेको अवस्था छ भने मोवाईल एप्लिकेशनको शुभारम्भ प्रयोगमा ल्याइएकोे छ । यस प्रक्रिया मार्फत पनि पारदर्शि र जवाफदेहि सरकारको अभ्यास गरिरहेको छ । नगरपापिालिको आफ्नै वेभसाईट निरन्तर चलिरहेको र अपडेटमा राखिरहेको अवस्था विषयमा सुचना अधिकारी बताउनु हुन्छ । यस क्रममा नगरपालिकामा कार्यरत सुचना अधिकारीको दैनिक नगरपालिकाको गतिविधिको कार्य भित्र जिम्मेवारी बहन गरिरहेको अवस्था रहेको छ । यसका साथै यसका साथै नगरपालिकाको गतिविविध प्रकाशन कार्यकोलागी विभिन्न स्थानिय पत्र पत्रिका साप्ताहिकमा प्रकासन पनि गर्ने गरिएको छ । अझ विषगत विषय बस्तुलाई चुस्त र दुरुस्त पार्नको लागी कृषि शिक्षा, स्वास्थ, प्रकोप विपदका कुराहरुलाई छुट्टा छुट्टै सम्बोधन गरी सुचना सम्प्रेषण गर्ने अभ्यासको विकास गरीदै छ । नगरपालिकाले समग्रमा नागरिकको गुनासो सुन्नको लागी गत आर्थिक वर्षमा जनतासंग आमने सामन्ने कार्यक्रम प्रत्यक वडामा लिएर अगाडी बढेको अवस्था थियो भने यस वर्ष जनताको घर आगनमा नगरपालिका विषय समावेश गरी अगाडी बढिरहेको छ । समग्रमा सुचना सम्प्रेषण कार्यको लागी नगरपालिकाले एफ. एम रेडियो मार्फत पाक्षिक कार्यक्रम पनि प्रसारण गर्ने गरेको छ ।

    मासिक रुपमा टेलिभिजन मार्फत पनि नगरपालिकाको अभ्यासहरु प्रसारण गरि अगाडी बढेको र आम नागरिकको सल्लाह सुझा लिईरहेको अवस्था छ । समग्रमा प्रविधि मैत्रि, श्रोत मैत्रि, भुगोल मैत्रि, र नागरिकलाई सुसुचित गर्ने अभ्यास कार्य पनौति नगरपालिका रहोस भन्नको लागी । आगामी दिनमा अझ पारदर्शि र जवाफदेहि सरकारको भुमिका निर्वाह गर्नकोलागी पनौति नगरपालिका सहकार्य गर्न र सल्लाह सुझावकोलागी सदैव अपेक्षा राख्ने कुरा बताउनु हुन्छ पनौति नगरपालिकाका प्रमुख तथा उपप्रमुख सहित वडाका जनप्रतिनिधिहरु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार