२०८० फागुन १५, मंगलबार | Tue, 27, Feb, 2024

कहाँ चुक्दैछ पाँचखाल नगरपालिका ?धुलिखेलेले फ्याँकेको बोत्तल ,पाँचखालेको खेतीमा फल्छ


२८९६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र १४, बिहिबार मा प्रकाशित ४ साल अघि
  • विजय अधिकारी “विराट“काभ्रे


    पानी जीवन हो , पानी विनाको जिवनको परिकल्पना हुन सक्दैन , पाँचखाल नगरपालिका र यसका आन्तरिक पानिका श्रोत के हुन त ? पाँचखालको पानी यहाँको खानेपानी र सिंचाईमा पर्याप्त छ, छैन ? यहाँका पानीका श्रोत तथा तिनिहरुको संरक्षण भएको छ, छैन ? पाँचखालको पानीको समस्या तथा सामाधान हरु के हुन सक्छन त ? “पाँचखाल र पानी पाँचखाल शहर कृषि नगर भनेर नामाकरण गरिएको पाँचखालको पानीको विषयमा चर्चा नगर्नु गलत हुन्छ ।
    पाँचखालको आन्तरिक पानिको श्रोत भनेको झिगुखोला र यसका साखा खोलाहरु र तिनिहरुको मुहान नै हुन । पाँचखालको आन्तरिक पानीको मुहान पाँचखालका अलावा नमोबुद्ध , धुलिखेल , बनेपाका साथै मण्डनदेउपुर नगरपालिका समेत पर्ने गर्दछ ।

    अब हामी चर्चा गरौं मुहान संरक्षण तथा जलप्रदुशण नियन्त्रणको स पाँचखालको पानिको मुहान आफ्नै नगरपालिका भित्र मात्रै नभई अन्य नगरपालिकामा समेत रहेको सर्व्विद्वितै छ । विशेषगरी झिगुखोला , डाँफेखोलाका मुहानहरु धुलिखेल , नमोबुद्ध र बनेपा नगरपालिकामै पर्दछन । नमोबुद्ध , धुलिखेल र बनेपा नगरपालिकाको उत्तरपुर्वि पहाडदेखि बग्ने पानी ढलो पाँचखालको झिगुखोलामा मिसिदै जाने हुँदा यसलाई “झिगु पानी ढलो“ भन्दा फरक नपर्ला ।

    यहि कारण पाँचखालको पानीको मुहान संरक्षणका साथै जलप्रदुशण नियन्त्रण गर्नका लागि पाँचखाल नगरपालिकाको निजी प्रयाशमा मात्रै सम्भब हुनेछैन । पाँचखाल नगरपालिकाले जलप्रदुशण नियन्त्रण तथा मुहान संरक्षणका लागि उल्लेखित नगरपालिकाहरु सँग छलफल तथा सहकार्य गरि अगाडि बढ्नुको विकल्प छैन ।

    पछिल्लो समय पाँचखालका आम बुद्धिजीवी माझ चर्चामा रहेको विषय भनेको पाँचखालको जलवायु प्रदुषण तथा यसको आम जनजिवनमा परेको असरनै हो , नगरपालिकाको एकमात्र बग्ने पानिको नेटवर्क झिगुखोला र यसको घट्दो पानिको बहाव , यसको प्रदुषण र त्यसका कारण पाँचखालबासिमा हुनसक्ने विभिन्न प्राणघातक रोगहरुको संक्रमणको खतरा नै हो । जुन जायज पनि छ ।

    पाँचखाल नगरपालिकाको झिगु पानिढलोमा १ दशक भन्दा अघिदेखिनै धुलिखेल नगरपालिकाले अव्यवस्थित ढंगबाट फोहोर फ्याँक्दै आएको छ । धुलिखेल काभ्रेको पर्यटकिय नगरि हो , नेपालकै पर्यटनको केन्द्रहरु मध्ये एक महत्त्वपूर्ण शहर ।धुलिखेल नगरपालिकाको शुन्दरता र सरसफाइका कारण यहाँ विश्वभरबाट पर्यटक हरु आउने गर्दछन ।

    धुलिखेल नगरपालिकाले “झिगु पानी ढलो“ मा अव्यवस्थित फोहोर फ्याँक्नाले गर्दा त्यस्को प्रत्यक्ष प्रभाव स्वरुप धुलिखेलद्वारा डम्पिङ भएको फोहोर आज पाँचखालका किसानहरुका खेत खेतमा पुगेका छन । झिगुखोलाबाट राजकुलो हुँदै किसानहरुले खेतीमा पानी मात्रै हैन धुलिखेलको फोहोर र ढल समेत लगाउन बाध्य छन । यसले यहाँको कृषि जन्य उत्पादनमा ह्रास आएको छ भने अव्यवस्थित डम्प भएका विभित्र रसायनजन्य फोहोरहरु खेतीमा आईपुग्दा त्यसले यहाँको वातावरण तथा पर्यावरणमा गम्भीर संकट पैदा गरेको छ ।

    यसै सन्दर्भमा यहाँका एकजना किसान सँग खेती कस्तो छ त बा भनी प्रश्न गर्दा उहाँको जवाफ थियो स् “खेती गज्जब छ बाबू , पहिलापहिला धान र आलु मात्रै नभई तरकारी पनि गज्जबले खेती गरिन्थ्यो , अहिले त धुलिखेलेको ढल मात्रै हैन , लुतो , ठेउला , क्यान्सर , खालि सिसि पुराना कागज , थोत्रे बोतल , अस्पतालको सिरिन्ज सबै खेती हुन्छ एकैसाथ !“

    धुलिखेल नगरपालिकाले दैनिक संकलन गर्ने फोहोरका अलावा धुलिखेल हस्पिटलबाट निस्कने फोहोर हरु समेत “झिगु पानि ढलोमा“ मिसाईने गरेको पाईएको छ । अस्पताल बाट निस्कने फोहोरहरु (mभमष्अब िधबकतभ ) , मानव अंगहरु र रसायनिक पदार्थको मिश्रणले गर्दा विभित्र प्रकारका घातक जिवाणुहरुद्वारा पाँचखालको मानवजीवन तथा अन्य जैविकरअजैविक तत्वहरुमा विभिन्न रोगका संक्रमणको खतरा रहेको छ ।

    यसले पाँचखालको पर्यावरणमा मात्रै नभई यहाँको मानव स्वास्थ्य र उत्पादनमा समेत प्रत्यक्ष रूपमा खलल पुर्याउदै आएको धुलिखेल नगरपालिकाको रबैया प्रष्ट हुन आउछ । “पाँचखालमा यस्तो अन्याय छ बोलिदिने कोहि भएन , अत्याचारका विरुद्ध लड्लान भनी जनप्रतिनिधि चुनियो तर तिनिहरु त धनप्रतिनिधि पो रहेछन त बाबू “ भन्ने अर्का एकजना किसानको भनाई पनि निकै मार्मिक लाग्यो यो स्तम्भकारलाई ।

    निश्चितरूपमा धुलिखेल नगरपालिकाले आफ्नो नगरपालिकाको फोहोरमैला आफ्नो भुभागभित्र डम्पिङ गर्न पाउछ , तर बर्खे भेलमा बग्दै आउने , लाखौं मानिसहरुको स्वास्थ्यमा प्रभाव पार्ने गरि नागरिकको जनस्वास्थ्य जस्तो अति संवेदनशील विषय समेत ख्याल नगरि डम्पिङ गर्नु न्यायोचित हुन सक्दैन ।

    पाँचखाल काभ्रेको अन्नभण्डारका रुपमा परिचित छ , पाँचखाल जोगाउदा मात्रै काभ्रेपलाञ्चोकले कृषिमा आत्मनिर्भरता हासिल गर्न सक्छ । यो हुनत समग्र काभ्रे जिल्लाको सरोकारको विषय भएता पनि , मुख्य रुपमा पाँचखाल नगरपालिकाकै धेरै सरोकार रहन्छ ।यदि यहाँको अन्नभण्डारको विनाशमा नगरपालिकाले चासो देखाउदै निराकरणमा पहल नगर्ने हो भने भविष्यको पाँचखाल कस्तो होला ? परिकल्पना गर्न सकिन्न । पाँचखाल नगरपालिका आफ्नो भुगोलको जैविक विविधता , पर्यावरण र जनस्वास्थ्य सवालमा चुकेको पो छ कि कतै ?

    धुलिखेल नगरपालिकाले गरेको यो ज्यादतीका विरुद्धमा पाँचखाल नगरपालिकाको छलफल , सहमति र सहकार्य साथै संघर्षको सन्धर्भमा ध्यानाकर्षण नहुनु , नगरकार्यपालिकामा निर्वा्चित भएको १ बर्ष भन्दा लामो समयसम्म ब्यतित हुँदा समेत जनप्रतिनिधिको यती धेरै गम्भीर विषयमा ध्यानाकर्षण नहुनु दुर्भाग्यपूर्ण देखिन्छ । यसको निराकरणका लागि कतिपनि ढिलाई नगरि पाँचखाल नगरपालिकाले ठोस कदम चाल्नुपर्ने देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार