२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

किन गर्छन सासू वुहारीको झगडा


३०४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १९, आईतबार मा प्रकाशित ४ साल अघि
  • अधिकांश मानिस सबभन्दा राम्रो मानिससँग भेट्न र सबभन्दा राम्रो काम गर्न चाहन्छन् ।
    प्रत्येक पुरुष र नारीले आफ्ना लागि आदर्श जीवनसाथीको इच्छा राखेका हुन्छन् । तर वास्तविकता के हो भने संसारमा कोही पनि आदर्श हुँदैन । तपाईंले भगवानसँग बिहे गर्नुभयो भने पनि केही न केही गुनासो गर्नुहुनेछ । बिहे गरेपछि आमालाई खुशी गराउने कुरा गर्दा के बुझ्नुपर्छ भने आमाले आफूले जन्माएको सन्तानमा अधिकार खोज्छिन् । उनलाई आफ्नो सन्तान अरूसँग बाँड्न राम्रो लाग्दैन ।

    प्रजननका क्रममा र सन्तान जन्माइसकेपछि पनि नारीमा सन्तानप्रति सुरक्षाको भावना प्रबल हुन्छ । त्यसैले गर्दा उनी अर्को नारीप्रति झट्ट विश्वास गरिहाल्न सक्दिनन् ।अनि बुहारीको कुरा गर्दा उनी बिहेअघिको जिन्दगी पूरै अर्कै घरमा बिताएर आएकी हुन्छिन् । आफूलाई जन्म दिने आमाप्रतिको ममताको छायाँबाट छुट्टिएर उनी श्रीमानको आमाको निरीक्षणमा आइपुग्छिन् । उनलाई केही असहजता त हुन्छ नै र अलिक तीखो वचन प–यो भने ठाकठुकको स्थिति आइहाल्छ ।

    सासू बुहारीको सम्बन्धका बारेमा एउटा रोचक कथा पाइन्छ । एकचोटि एउटा परिवारको युवक बिहे गर्ने तरखरमा थियो । उसले आमालाई आफू एक केटीलाई मन पराउने बतायो र केटीलाई घरमा देखाउनका लागि अनुमति माग्यो ।

    ऊ आमाको आशीर्वाद लिन चाहन्थ्यो र स्वीकृति पनि । पछि गएर झगडा नहोस् भन्ने उसको उद्देश्य थियो । ऊ आफ्नी आमालाई धेरै मन पराउँथ्यो र उसले एक परीक्षण गर्ने योजना बनायो । एकदिन उसले आफ्नी केटी साथीका साथ अरू तीन युवतीलाई पनि घरमा ल्यायो । उनीहरू त्यहाँ डिनर गर्ने योजनामा थिए । आमाले आफ्नो वास्तविक गर्लफ्रेन्ड पत्ता लगाउन सक्लिन् कि भनी ऊ परीक्षण गरिरहेको थियो ।

    त्यसैले ऊ सबै केटीहरूसँग बराबर दर्जामा कुरा गरिरहेको थियो । गर्लफ्रेन्डलाई उसले विशेष भाउ दिएको थिएन ।
    पछि सबै गएपछि उसले आमालाई सोध्यो, ‘तपाईंले मेरो गर्लफ्रेन्ड चिन्नुभो त ?’ उनले जवाफ दिइन्, ‘मैले थाहा पाएँ । उसले रातो कपडा लगाएकी थिई ।’

    त्यसपछि छोरोले भन्यो, ‘तपाईंले कसरी थाहा पाउनुभयो ? मैले त उसलाई हेरेको पनि थिइनँ । तपाईंले थाहा नपाउनुहोस् भनेर म त जतिखेर पनि अरू केटीहरूलाई हेरिरहेको थिएँ ।’आमाले भनिन्, ‘ऊ भित्र आउनेबित्तिकै मलाई पटक्कै मन परिन । त्यसैले ऊ नै तिम्रो गर्लफ्रेन्ड हो जस्तो मलाई लाग्यो ।’

    भारतीय वेबसाइटबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार