२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

नेपालले चीनसंग मैत्रीपुर्ण सम्बन्ध राख्छ- श्रेष्ठ


२४०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २०, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ,  असोज १९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले ठूलो महŒव राख्ने बताउनुभएको छ । लामो समयपछि हुन लागेको यस खालको उच्चस्तरीय नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध झन् बलियो बनाउने स्पष्ट गर्दै उहाँले भ्रमणमा लेनदेनको कुराभन्दा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

    सम्बन्ध बलियो भएपछि लगानी आफँै आउनुका साथै आर्थिक सम्बन्ध पनि अगाडि बढ्ने पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले स्पष्ट पार्नुभयो । नेकपाले चीनका साथै अन्य मुलुकसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्न चाहेको उहाँले बताउनुभयो । चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच भएको अन्तरक्रिया कार्यक्रमबारे राखेको जिज्ञासामा उहाँले कसैको विचार सुन्दैमा त्यही विचार अँगाल्छन् भन्ने होइन, विचार सुन्नुपर्छ तर त्यसलाई कसरी प्रयोगमा ल्याउने, त्यो नेपालीमा भर पर्ने कुरा रहेको टिप्पणी गर्नुभयो । प्रस्तुत छ, चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण, नेपाल–चीन सम्बन्ध लगायतका विषयमा  नेकपाका प्रचार विभाग प्रमुखसमेत रहनुभएका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग गरेको कुराकानी :

    नेपाल र चीनबीच निकै पौराणिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध छ । सरकार र सरकारको बीचमा, नेपाली जनता र चिनियाँ जनताको बीचमा, नेपालका सबै राजनीतिक दलको चीनका सत्तासीन पार्टी चिनियाँ कम्युनिस्ट पार्टीसँग राम्रो सम्बन्ध छ । पछिल्लो समय राज्य र राज्यको बीचमा, जनता र जनताको बीचमा सम्बन्धका आयाम विभिन्न रूपमा अगाडि बढिरहेका छन् । ती आयामिक दुई देशबीचको सम्बन्ध अत्यन्त गहिरो र मैत्रीपूर्ण छन् । दुई देशको बीचमा जुन ढङ्गको सम्बन्ध अगाडि बढिरहेको छ, त्यो निकै सकारात्मक छ । किनभने चीनले कहिल्यै पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने काम गरेको छैन । नेपालको विकास प्रयासमा चीनले सहयोग पनि गर्दै आएको छ । त्यही भएर नेपाल–चीन सम्बन्धलाई हामीले उच्च महŒव दिएका छाँैं ।
    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार चीनतिर ढल्कियो भन्ने जुन आरोप छ, त्यो एकदमै प्रचारात्मक र भ्रमात्मक छ । कम्युनिस्ट हुँदैमा चीनतिर ढल्केको जुन आरोप लाग्ने गरेको छ, त्यो धेरैको बुझाइमा कमी रहेको बुझ्न सकिन्छ । कसैसँग ढल्किने, कसैसँग टाढा हुनु नै हाम्रो स्वतन्त्र पराराष्ट्र नीतिविपरीतको कुरा हो । हामी कहिल्यै पनि कुनै देशतिर ढल्किने वा कुनै देशबाट टाढिने काम गर्दैनौँ । हामी कसैसँग टाढा र कसैसँग नजिकको सम्बन्ध राख्दैनौँ । तर जोसँग हामी सम्बन्ध राख्छौँ, त्योसँग हामीले राम्रै सम्बन्ध राख्छौँ । त्यसमा हाम्रो पहल हुन्छ, कुनै प्रकारको विचलन पनि हुँदैन ।

    सन्तुलित परराष्ट्र नीति
    भारत पनि हाम्रो छिमेकी

    मित्रराष्ट्र हो । भारतसँग हाम्रो मैत्रीपूर्ण सम्बन्ध छ । सामाजिक, आर्थिक, सांस्कृतिक, जनता र जनताको बीचमा, राज्य राज्यको बीचमा सम्बन्ध छ । चीनजस्तै नेपाल र भारतको सम्बन्ध मैत्रीपूर्ण छ । भारतको विकल्पमा चीनसँग सम्बन्ध विस्तार गरेको जुन आरोप लाग्ने गरेको छ, त्यो पूरै गलत हो । त्यसमा कुनै सत्यता छैन ।

    नेपाल र भारतबीचको सम्बन्धलाई कसैले कम आँक्न मिल्दैन । हामी दुई देशबीचको सम्बन्धलाई निकै महŒव दिन्छौँ । सम्बन्धलाई उच्च स्थानमा राखेका छौँ । यो सम्बन्धलाई झन् सुदृढ बनाउन चाहन्छौँ, भारतको विकल्पमा चीन र चीनको विकल्पमा भारत हुने परराष्ट्र नीति हुनै सक्दैन । सन्तुलित परराष्ट्र नीतिमै नेपालको हित छ ।

    सी विचारको चर्चा

    केही दिनपहिले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच अन्तरक्रिया कार्यक्रम भएको थियो । त्यो अन्तरक्रिया कार्यक्रमलाई लिएर पनि विभिन्न टीकाटिप्पणी भयो भनी सुनियो । चिनियाँ कम्युनिस्ट पार्टी र हाम्रो नेपाल कम्युनिस्ट पार्टीबीच पहिलादेखि सम्बन्ध रहँदै आएको छ । त्यस सम्बन्धका आधारमा चिनियाँ कम्युनिस्ट पार्टीको विचार मात्र सुनेका छौँ । मेरो विचारमा यस्तो खालको वैचारिक बहस सबै दलको बीचमा हुनुपर्छ । कसैको विचार सुन्दैमा उसैको हुन्छ भने होइन । विचार आदानप्रदान गर्नु राम्रो कुरा हो । विचार सुनेपछि कुन कुरा लिने, कुन कुरा नलिने त्यसमा भर पर्छ । हाम्रो देशको राजनीतिक प्रणाली र त्यसको प्रक्रिया कसरी अगाडि बढेको छ । क्रान्ति कसरी सफल भएको छ । क्रान्तिलाई कसरी मूलधारमा ल्याएको छौँ । ती सबैका बारेमा हामीले मात्र निर्णय गरेका छौँ र स्वतन्त्र रूपमा सम्पन्न गरेको कुरा विश्वसामु छर्लङ्ग छ ।

    हाम्रो आफ्नै मौलिक पहिचान छ, सिद्धान्त र विचार छ । हामी कसैको नक्कल गर्दैनौँ । यसबारेमा स्पष्ट हुनु जरुरी छ । नेपाली काँग्रेस पनि सोसलिस्ट इन्टरनेसनलको सदस्य रहेको छ । नेपाली काँग्रेसले कुनै विदेशी पार्टीसँग छलफल गर्दा हामीले त्यसमा कुनै आपत्ति जनाएनौँ र भविष्यमा जनाउँदैनाँै पनि । किनभने कुनै अरू देशको दलसँग सम्बन्ध राख्दा त्यो कस्तो खालको सम्बन्ध हो, त्यसमा भर पर्छ ।

    सी पथका बारेमा पनि नेपालमा अनावश्यक चर्चा चलाइएको छ । सी जिनपिङ विचार भनेको चिनियाँ कम्युनिस्ट पार्टीको वैचारिक पक्षको महŒवपूर्ण अङ्ग हो । राष्ट्रपति सी जिनपिङको विचारका बारेमा उहाँहरू (चिनियाँ कम्युनिस्ट पार्टीका नेता)ले के भन्नुहुन्छ, त्यो सुन्ने कुरा भयो अन्तरक्रियामा । तर सुन्दैमा अँगालिहाल्नुपर्छ भन्ने होइन । त्यो विचारधारामा केही राम्रा कुरा छ भने त्यसलाई मनन गर्न सकिन्छ तर नक्कल गर्न सकिँदैन ।

    नेपालमा आफ्नो मौलिकतामा आफ्नो क्रान्ति कसरी अगाडि बढायौँ र मौलिक ढाँचाको लोकतन्त्रलाई कसरी अगाडि बढायौँ, त्यो कुरा पनि हामीले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूलाई सुनायौँ । तर सी जिनपिङ विचार नेकपाको विचार होइन भन्ने कुरामा हामी प्रस्ट छौँ । सी जिनपिङ विचार चिनियाँ कम्युनिस्ट पार्टीको विचार हो र चिनियाँ कम्युनिस्ट पार्टीले कहिल्यै पनि हामीले यो विचार अँगाल्नुपर्छ भनी भनेन । र, कसैले भन्दैमा त्यसलाई स्वीकार गर्ने कुरा पनि हुँदैन ।

    मुख्य कुरा मित्रता

    चीनका राष्ट्रपति सीको हुने नेपाल भ्रमणलाई हामीले निकै महŒवका साथ लिनुपर्छ र सोहीअनुसार तयारी पनि गर्नुपर्छ । चीनको तर्फबाट धेरै लामो समयपछि यस्तो उच्च तहको भ्रमण हुन लागेको हो । सरकारले यसलाई सफल बनाउनुपर्छ । सफल बनाउनुको यो अर्थ होइन कि सपिङ लिस्टजस्तो योजना तयार गर्ने र राष्ट्रपति सी आउनेबित्तिकै त्यहाँ पेस गर्ने । मुख्य कुरा मित्रता हो । मित्रता जति गहिरो हुन्छ, यस्ता लेनदेनका कुराहरू भई नै रहन्छन् ।
    धेरैको टिप्पणी सुन्ने गरेको छु, चीनका राष्ट्रपति सी नेपाल भ्रमणमा आउँदा सरकारले यो माग्छ, त्यो माग्छ । त्यो गलत सोच हो । कुनै देशको राष्ट्रप्रमुख आउँदैमा केही मागिहाल्नुपर्छ भन्ने होइन । दुई देशको सम्बन्ध कसरी दीर्घकालीन रहन्छ र दुई देशको बीचमा मैत्रीपूर्ण सम्बन्धका साथै आर्थिक सम्बन्ध, लगानी सम्बन्ध कसरी अगाडि बढ्छ, त्यो कुरामा ध्यान दिने हो, हात पसार्ने होइन ।

    चीनसँग रहँदै आएको दीर्घकालीन सम्बन्धलाई अझै उचाइमा पु¥याउने गरी छलफल अगाडि बढाउनुपर्छ । त्यसपछि आफैँ क्रमिक रूपमा विकासका कार्यहरू पनि अगाडि बढ्छन् । दुई देशको बीचमा मैत्रीपूर्ण सम्बन्धका साथै आर्थिक सम्बन्ध पनि महŒवपूर्ण सम्बन्ध हो । आर्थिक सम्बन्ध पनि मैत्रीपूर्ण सम्बन्धले नै अगाडि बढ्छ । मित्रता अगाडि बढेपछि लगानी आफैँ आउँछ । यद्यपि सरकारले केही सहयोग अदानप्रदानका लागि तयारी गरेकै होला । के के कुरामा दुई पक्षको बीचमा हस्ताक्षर गर्ने भन्ने विषयमा सरकारले पनि तयारी गरेकै हुनुपर्छ ।

    नेपालको तर्फबाट पनि चीनका लागि समयसमयमा उच्चस्तरीय भ्रमण भई नै रहेको छ । त्यस्ता भ्रमणहरूले पनि दुई देशबीचको सम्बन्धलाई यो स्तरसम्म अगाडि बढाएको हो । बेलाबेलामा दुई देशको बीचमा उच्चस्तरीय भ्रमणहरू भइरहनुपर्छ । यस्तो भ्रमणले दुई देशबीचको आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध झन् बलियो बनाउँछ । दुवैले एकअर्काको देशका बारेमा बुझ्ने मौका पाउँछन्, केही सिक्ने मौका पाउँछन् । त्यसले गर्दा अहिले चीनका राष्ट्रपतिको हुन लागेको नेपाल भ्रमणले पनि दुई देशबीच रहेको शताब्दीऔँदेखिको सम्बन्धलाई झन् उचाइमा पु¥याउने छ ।  स्रोत गोरखापत्र

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार